Friday, May 28, 2021

जुलाईबाट कोरियामा विदेशीलाई निशुल्क कोरोना खोप, कसरि लगाउने ?



निकुञ्ज तिवारी
सउल, २८ मे २०२१
दक्षिण कोरियामा बसोबासरत विदेशी नागरिकले पनि आउँदो जुलाई पहिलो साताबाट सरकारले निशुल्क उपलब्ध गराएको एस्टाजेनेका कोरोना खोप लगाउन पाउने भएका छन्।


कोरियामा ९० दिनभन्दाबढि बसोबास गरेको जुनसुकै आप्रवाशीले खोप लगाउन पाउने छन्।


मेडिकल स्टाप, कोरोनाका विमारी र सत्तरी वर्षभन्दा माथिका वृद्धवृद्धाहरुलाई मे अन्तिमसम्म कोरोना खोप दिइसकिने बताइएको छ। जुनबाट ६० वर्षमाथिका मानिसहरुलाई लगाइने छ।


जुलाई पहिलो साताबाट १८ वर्षमाथि ६० वर्षसम्मका कोरियन विदेशीसबैले कोरोना खोपको आवेदन दिएर खोप लगाउन पाउने छन्। खोप आफुँ बसोवासरत नजिकैको स्वास्थ केन्द्रमा उपलब्ध हुने रोग नियन्त्रण र रोकथाम एजेन्सीले जनाएको छ।


खोप लगाउनका लागि बैधानिकको हकमा आप्रवाशी परिचय पत्र र अबैधानिकका लागि पासपोर्ट वा सवारीचालक अनुमति पत्र हुनुपर्ने छ। भने खोपको तालिक जुन महिनामा सार्वजानिक हुने छ।


राष्ट्रिय स्वास्थ बिमामा समेटिएका व्यक्तिहरुले सार्वजानिक स्वास्थ केन्द्रहरु साथै अन्य अस्पतालहरुमा गएर पनि खोप लगाउन सक्नेछन्।


विदेशीका लागि सरकारले विभिन्न भाषा समेटेर वेवसाइट बनाउने बताइएको छ। जुनमा सार्वजनिक हुने वेवमार्फत पनि खोप आवेदन (एप्लाई) गरेर खोप लिन सकिने छ। वेबमा अंग्रजी, जापानी, चिनियाँ, रुसी, भियतनामी, अरबी गरी १२ भाषाहरुको सहायत हुने बताइएको छ।


त्यस्तै, खोप लगाएपछि देखिन सक्ने साइडइफेक्टको रिर्पोटका लागि सरकारी वेवसाइटमा नम्बरहरु राखिने पनि जनाइएको छ।


कोरिया रोग रोकथाम केन्द्रले २४ घण्टा हटलाईनको सुविधा पनि दिइरहेको छ। जहाँ कोरोनाको खोप र अन्य बारेमा सोधपुछ गर्न सकिने छ।

Thursday, March 25, 2021

कोरियामा रङगशाला निर्माणकोलागि सहयोग अभियान थालनी

निकुञ्ज तिवारी

सउल, २५  मार्च 


 

चितवनमा निर्माणाधिन गौतम वुद्ध अन्तराष्ट्रिय रङगशाला निर्माणका लागि आर्थिक अभाव भएपछि कोरियामा सहयोग अभियानको थालनी भएको छ।

धुर्मुस सुन्तली फाउण्डेशनद्धारा स्वदेश र विदेशमा बसोवास गर्ने नेपालीहरुको आर्थिक सहयोगमा निर्माणधिन रङगशालाका लागि आर्थिक अभाव भएको फाउण्डेशनले जनाएको छ। 

रंगशाला निर्माणमा चरम आर्थिक संकट आइपरेपछि रंगशाला निर्माणका लागि कलाकार धुर्मुस सुन्तली मेचि महाकाली अभियानमा छन्। कलाकार सुन्तलीले सहयोग अपिल गर्दा धरधरी रोएको भिडियो भाइरल समेत भइरहेको छ।  

चितवनमा धुर्मुस सुन्तली फाउन्डेसनले रंगशाला निमार्ण गर्ने शुरुवाती क्रम देखि नै यसका पक्ष विपक्षमा विभिन्न तर्क वितर्क हुँदै आएका थिए। कोरिया कार्यरत नेपालीहरुले पनि सामाजित सञ्जालमा पक्ष विपक्षमा तर्क राख्दै आएका थिए। 

हाल सहयोग रकम संकलन गर्ने युवाहरुको रंगशाला निर्माणले नेपालको समग्र खेलकुद विकासमा ठूलो टेवा पुग्छ भन्ने विचार बोकेका छन् । सहयोग गर्न इच्छुक लेयस समुहमा रहेका युवा अभियन्ताहरुसँग सम्पर्क गर्न सकिनेछ। 

अभियान एक महिना जारी रहने छ। 

नेपालको गौरव शान सास्कृतिक पहिचान झल्कने धार्मिक इतिहास बोकेर बन्दै गरेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण स्थलको लागि हामी सबै कोरिया बासीहरुमा बिनम्र अनुरोध गर्दछौं। जति सकिन्छ आफ्नो इच्छा खुसीले सहयोग गरौं। 

सहयोग संकलनका लागि खाता नं.को विवरण यसप्रकार रहेको छ । 

खाता  नम्बरः

23391047512307 -KEB HANA BANK 

 Raut Khyamraj

 

 सहयोग अभियानका लागि सम्पर्क फोन नं.  यसप्रकार रहेको छ । 

 प्रकाश कट्टेल (पाँचथर) 01083799486

 युबक राई (मोरंग) 01041599502

ख्याम राज राउत (खोटाङ)  01058624673

सन्जु क्षेत्री  (पोखरा)  01091257033

हिरा राउत ( खोटाङ) 01021787374

सरोज  खड्का (सर्लाही) 01044185344

 

हालसम्म सहयोग गर्नेहरुको नामावली यसप्रकार रहेको छ ।

 

१.सन्जु क्षेत्री (कास्की) ५१,१११ वन

२. प्रकाश कट्टेल (पाँचथर) ६०,००० वन

३. ख्यामराज राउत (खोटाङ) ७०,००० वन

४. हिरा राउत (खोटाङ) १५०,००० वन 

५. कृष्ण राउत (खोटाङ) ६०,०००  वन

६. ज्ञानेन्द्ध कार्की (तेह्रथुम) ५०,००० वन

 ७. मोहन भन्डारी (गुल्मी) ५५,००० वन

 ८. धन बहादुर नेपाल (इलाम) ४०,००० वन

९. सरोज खड्का (सर्लाही) २१,००० वन

 १०. डोल ब आले(राज) (स्याङ्जा) ३०,००० वन

११.कल्याण कट्टेल ६१,००० वन

१२. केदार राई (संखुवासभा)  ३०,००० वन

१३. तिर्थ कार्की (सर्लाही) ५०,००० वन

१४. नविन पौडेल (झापा) ६०,००० वन

१५. किशोर सुवेदी (झापा) ५०,००० वन 

१६. टीआर प्रसाद पौडेल (कपिलवस्तु) ६०,००० वन

१७. शम्भु गौतम (मोरोंग) ५०,००० वन 

१८.निकुञ्ज तिवारी १५ ,००० वन 

Wednesday, January 6, 2021

• कोरियामा निशुल्क कोरोना परिक्षण अनुभव र गर्ने तरिका

 निकुञ्ज तिवारी

इन्छन्, दक्षिण कोरिया
६ जनवरी २०२१

कोरियामा चिसो मौसम सुरु भएसंगै केहि सातादेखि कोरोनाका संक्रमितहरुपनि बढिरहेका छन्।

कोरिया सरकारले मुलबासीसंगै कानुनी या ग्रैहकानुनी तबरमा जिवनयापनगरिहेका आप्रवाशी नागरिकको कोरोना परिक्षण निशुल्क गरिरहेको छ।

तपाइँको वरपर पनि संक्रमित छन् ? तपाइँले आजसम्म कोरोना परिक्षण गर्नुभएको छैन ? र कोरोना परिक्षण गर्न मन छ ?

छ भने–

परिक्षण गर्दा भिषा, भाषा, पासपोर्ट र आप्रवाशी परिचयपत्र केहि नभएपनि हुन्छ। मात्र मोवाइल नम्बर भए पुग्छ।
विदाको दिन, शनिबार, आइतबार र हरेक बार विहान नौ बजेदेखि बेलुकी छ बजेसम्म कोरोना निशुल्क परिक्षण गर्न पाइन्छ।

काकाव म्याप वा गुगल सर्चमा 코로나선별지료소 वा COVID-19 screening center सर्च गर्नुहोस। तपाईँ बसेको नजिकै यस्तै सेन्टर देखिन्छन्। त्यहाँ गएर कोरियनमा ‘नान् कोरोनारल् हाक्किनहार वास्सयो।”  वा अंग्रजीमा कोरोना ‘आइ वान्ट टु चेक कोरोना ।’ मात्रै भने पनि हुन्छ।

पहिलो बुथमा रहेका मेडिकल स्टाफहरुले त्यहाँ राखिएको स्यानिटाइजरले तपाईको हात धुन लगाउँछन् र तपाईको नाम र मोवाईल नम्बर लेख्न लगाउँछन् । अंग्रेजिमा पनि लेख्न सकिने छ। र त्यो नाम लेखेको पेपर लिएर तपाईँलाई अर्को बुथमा पठाउँछन् ।

उक्त वुथमा तपाईको नाम र फोन नम्बर चेक गरेपछि खकार र र्याल राख्ने सानो सिसी तपाईलाई दिन्छन् ।

तपाइँ त्यो सिसी लिएर अर्को बुथमा गएपछि त्यहाँ खटिएका स्टाफले तपाइँको नाक र मुखबाट खकार र र्यालको स्याम्पल लिन्छन् र चौविस घण्टाभित्र तपाईको मोवाइलमा परिक्षण नतिजा पठाइदिने जानकारी दिन्छन् ।

भोलीपल्ट तपाइको मोवाइलमा उम्संगइम्निदा आयो भने तपाई सुरक्षित हुनुहुन्छ
यदि, यान्ग्संगइम्निदा आयो भने तपाई कोरोना संक्रमित हुनुहुन्छ ।

Friday, August 28, 2020

कोरियामा ‘नो मास्क, नो राइड’

निकुञ्ज तिवारी इन्छन्, 
दक्षिण कोरिया २८ अगस्ट २०२० 

 दक्षिण कोरियामा भिडभाड हुने जुनसुकै स्थानमा र सार्वजानिक सवारीसाधनहरुमा यात्रागर्दा यात्रु र चालक दुबैपक्षले अनिवार्य मास्क लगाउनुपर्ने नियम छ। 
कोरोना भाइरसका कारण सरकारले गत मे २६ देखि ‘नो मास्क, नो राइड’ नियम लागु गरेको हो। नियम लागु गरेको ३ महिनाको समयमा मास्क नलगाई यात्रा गर्ने ३४९ जना यात्रुहरु पक्राउ परेका छन्। 
तीमध्य १६४ जनाले अन्य यात्रुहरुलाई दुब्र्यवहार गरेको आरोप पनि छ। ‘उनिहरुलाई अन्य यात्रुहरुले मास्क लगाउन अनुरोध गर्ने गरेका थिए।’ मास्क नलगाई सार्वजानिक यातायातमा यात्रा गर्दा विभिन्न दुर्ववहारजन्य घटनाहरु पनि घट्ने गरेका छन्। 
 शुक्रबार विहान सउल मेट्रो रेल नम्बर २ मा मास्क नलगाई यात्रा गरेका एक यात्रीलाई मास्क लगाएका यात्रुले मास्क लगाउन अनुरोध गर्दा भनाभनका साथै कुटपीटै भएको थियो। 
 त्यसैगरि, गत साता पनि एक वृद्ध यात्रुलाई अर्का यात्रुले मास्क लगाउन अनुरोध गर्दा हानाहान भएको थियो। त्यसरी, मास्क नलगाई यात्रा गर्दा गालीजलैज तथा हानाहानैका घटना बढ्न थालेका छन्। 
 त्यसैगरी इन्छन्क्षेत्रभित्रका सम्पूर्ण सार्वजानिक स्थलहरुमा मास्क लगाउनुपर्ने र नलगाएको उजुरी आई पक्राउ परेमा १ लाख वन अर्थात् करिब १० हजार रुपैयाँ जरिमाना लगाउने नियम ल्याएको छ। 
आँफू मास्क लगाउ र अरुलाई पनि मास्क लगाउन अनुरोध गरौं। मास्क लगाउँदा कोरोना भाइरसबाटमात्रै होइन, स्वासप्रस्वासबाट सर्ने अन्य सरुवा रोग र धुलोधुवाँ जस्ता प्रदुषणबाट जोगिऔं। स्वस्थ बनौं। 
त्यसैगरी, हिजोआज भाइरस संक्रमित बढ्न थालेपछि सरकाले सामाजिक दुरी कायम गर्न नागरिकसमक्ष अनुरोध गरेको छ भने राजधानी सउलमा १० जनाभन्दा बढि जम्मा हुन नपाउने नियम बनाएको छ। 
 कोरियामा आज शुक्रबार ३७१ जना कोरोना संक्रमित थपिएका छन्। आजसम्म १९ हजार ७७ जनामा कोरोना संक्रमित भएका छन्। जसमध्य १४ हजार ५५१ जना निको भएका छन्। भाइरसका कारण ३१६ जनाले ज्यान गुमाएका छन्।

Wednesday, August 26, 2020

राजधानी सउलले विदेशीलाई भत्ता दिने


निकुञ्ज तिवारी
इन्छन्, दक्षिण कोरिया
२६ अगस्ट २०२०


दक्षिण कोरियाको राजधानी सउल महानगरपालीकाले महानगरभित्र बसोबास गर्ने हरेक विदेशी नागरिकहरुलाई कोरोना भत्ता दिने जनाएको छ। भत्ता पाउनका लागि सउल महानगरपालिका भित्र ९० दीन बसेको हुनुपर्नेछ।

राहत भत्ताकालागि अगष्ट ३१ देखि सेप्टेम्बर २५ गतेसम्ममा महानगरपालीकाको वेबसाइट http://fds.seoul.go.kr अनलाइन आवेदन दिन सकिने छ । त्यसतै नजिकैको बिदेशी परामर्श केन्द्रमा गएर पनि आवेदन दिन सकिने छ।

राहतबापत एक व्यक्तिकोलागि प्रति महिना १.७६ मिलियन वन। दुइ जना भएको परिवारको लागि २.९९ मिलियन वन। तिन जना भएको परिवारकोलागि ३.८७ मिलियन वन। चार जना भएको परिवारकोलागी ४.७५ मिलियन वन।

पाच जना भएको परिवारकोलागी ५.६३ मिलियन वन। छ जना भएको परिवारकोलागी ६.५१  मिलियन वन। र सात जना भएको परिवारकोलागी ७.३९ मिलियन वनका दरले वितरण गरिने बताइएको छ ।

सोमबारदेखि सुक्रबारसम्म अनलाईन आवेदन दिन पाइने छ। शनिबार र आइतबार आवेदन दिन पाइने छैन।

महानगरपालीकाले गत मार्चमा कोरोना भाइरसका कारण आर्थिक अवस्था कमजोर भएका नागरिकहरुकालागि ५ सय ४२ दशमलब ३ बिलिएन वन छुट्याएको थियो।
राजधानी सउलमा ९५ लाखभन्दा बढि विदेशीहरुको बसोवास रहेको महानगरपालीकाले जनाएको छ।

Wednesday, April 1, 2020

नेपालमा कोरोना फैलिइहालेमा कोरियाबाट सिकौं




निकुञ्ज तिवारी
इन्छन्, दक्षिण कोरिया
१ अप्रिल २०२०

आफ्नो स्वास्थको पहिलो चिकित्सक आफै हौं।

मानिसले आफ्नो स्वास्थलाई तन्दुरुस्त, मजबुत र फूर्तिलो बनाईराख्नु जरुरी छ। स्वस्थ र निरोगी शरिरका लागि अपनाउनुपर्ने सावधानी र सचेतनाको सामान्य जानकारी स्वयमंमा हुनु जरुरी छ।
हामीले खाने खानाकै कारणबाट विभिन्न रोगहरु उत्पन्न हुने गर्छन्। त्यसैले, दैनिक खाना, खाजामा ध्यान पु¥याउँ। पेय पदार्खबाट रोगहरु निम्तिन्छन्। त्यसैले, पिउने पदार्थमा सचेत रहौं। 
कतिपय रोगहरु आफ्नै लापवार्हीका कारण लाग्छन्। र त्यस्ता रोगहरुको प्रत्यक्ष–अप्रत्यक्ष असर अरुले पनि भोग्नुपर्ने हुन्छ।
त्यसको भयाभह उदाहरण हो – डिसेम्बर ३१ देखि चिनको बुहान शहरमा फैलिएको कोरोना १९ नामक घातक भाइरस। जुन भाइरसका कारण विश्वमा लाखौं मानिसहरु संक्रमित छन्। केही हजारले ज्यान गुमाएका छन्।
एक जनामा देखा परेको कोरोना भाइरसले त्यहाँ महामारी रुप लिएको थियो। र संक्रमित कम भएपनि निधन हुने र उपचारपद्धती जारी नै छ। त्यसपछि कोरोनाले उग्ररुप लिएको दोस्रो देश हो दक्षिण कोरिया। त्यसपछि युरोपियन र अमेरिकन देशहरुमा कोरोनाले उग्र रुप लिइरहेको छ।

कोरिया प्रवेश

राजधानी सउलदेखि ३ सय ५० किमी दक्षिण शहर थेगुस्थित एक अस्पतालमा जनवरी १९ मा कोरोनाको एक बिमारी भेटिएको थियो। चर्चमा गएर फर्किएको मानिसमा कोरोनाको लक्षण   देखिएपछि जनवरी २० मा अन्य केहि नागरिकहरुमा फैलिएको थियो।
जति छिटो कोरोनाका संक्रमितहरु बढ्न थाले त्यतिनै धेरै सर्तकतामा जोड दिइयो। संक्रमित शहर थेगुमा बढि सर्तकता अपनाइयो। सडक, यातायात, कलकारखाना, चर्च, विद्यालयहरुमा विशेष क्षेत्र घोषण गर्दै औषधी छरियो। र सरकारले नागरिकहरुलाई विशेष काम बाहेक बाहिर ननिस्कन अनुरोध ग¥यो।
भाइरस फैलिदैफैलिदै गयो। जनवरी २० देखि फैलिएको भाइरस एक दुई जनामा हुँदै फेब्रेवरी पहिलो सातामा केहि सय पुग्यो। फेब्रेवरी अन्तिमदेखि मार्च पहिलो सातासम्म दैनिक एक हजारमानिससम्म संक्रमित भए। हिजो आज निकै मानिस संक्रमित हुदै गएका छन्।
युरोप र अमेरिकी राज्यहरुमा भाइरसका नयाँ संक्रमितहरुको संख्या बढ्दो छ। दैनिक हजारौं जना संक्रमित हुने गरेका छन्। भने सयौं जनाको निधन हुने गरेको समाचारसंस्थाहरुले जानकारी दिइरहेका छन्।

राष्ट्रपति मुनको शाहसिलो कदम

कोरोनाले उग्र रुप लिदैं गएको संकेतपश्चात राष्ट्रपति मुन जे इनले कोरोना संक्रमितहरुलाई भेटे। रोगको उपचारमा खटिएका चिकित्सकको टोलीहरुलाई हौषला दिए। र भाइरस    फैलिन नदिन र फैलिइ हालेमा हुने मानवीय क्षति न्यूनिकरणमै ध्यान केन्द्रित गराए। 
देशमा संक्रमित फैलिन नदिनका लागि देशबासीहरुलाई अनुरोध गरे। सर्तकता अपनाउन नागरिकहरुसमक्ष आग्रह गरे। सरकार, कर्मचारीतन्त्र र नागरिक सबै उत्तिकै जिम्मेवारीतबरले लाग्नुपर्नेमा जोड दिए।
देशबासीहरुलाई सम्बोधन गर्दै उनले कोरोना भाइरस रोकथामका लागि सरसफाईमा ध्यान दिन आग्रह गरे। मास्क लगाउन आग्रह गरे। जमघट नहुन आग्रह गरे।
किट उत्पादनमा जोड दिए। मुलुकभर परिक्षणशाला स्थापना गरे। र संक्रमित ब्यक्तिको सम्पर्काम रहनेहरुको खोजी र उनिहरुलाई परिक्षण गर आग्रह गरे।
मास्क उत्पादन हुने कारखानाहरुमा गएर मास्क, स्यानीटाइजर उत्पादनमा जोड दिन आग्रह गरे।
उनले कोरोना विरुद्ध युद्ध घोषण गरे। कोरोना संक्रमित उपचार, स्याहार र रोकथामका लागि उनले २५ खर्ब अमेरिकी डलर छुट्याए।
त्यसपश्चात, देशको अर्थतन्त्रमा गिरावट नआवोस भन्दै साना तथा मझौला उद्योगका राहतका लागि १५० ट्रिलिएन वन छुट्याए। र मारमा परेका उद्योगहरुलाई वितरण गरे।
अमेरिकी राष्ट्रपति डोनाल्ड टम्प, फ्रान्सका राष्ट्रपति इम्यानुअव म्याक्रो र स्वीडेनका प्रधानमन्त्री स्टेफेन लगायतका अन्य मुलुकले राष्ट्रपति मुन जे इनलाई भाइरस नियन्त्रण र                    औषधोपचारमा सहयोग गर्न अनुरोध गरका छन्।

आपतकालिन अवस्था घोषण

राजधानी सउलबाट तीनसय किमी दक्षिण शहर थेगुस्थित एक चर्चमा जनवरी १९ मा देखा परेलगत्तै उक्त शहरमा आपतकालिन अवस्था घोषणा गरिएको थियो। तर नागरिकहरुमा कुनै प्रतिवन्ध लगाएन तर चर्च, विश्वविधालय, वस, रेल स्टेशन, लगायतका भिडभाड बढि हुने स्थानमा सतकर्ता अपनाउन आग्रह ग¥यो।
पहिलो संक्रमण देखिएलगत्तै सरकारले चिकित्सकहरुसमक्ष छलफल गरी औषधिजन्य सामाग्री, किट लगायतका अन्य सावधानीका सामाग्रीहरु उत्पादन गर्ने कम्पनीहरुलाई उपचार र परिक्षणका लागि आवश्यक सामाग्रीहरु उत्पादनमा बढावा दिन आग्रह गरे।
सरकारले सुरक्षाका लागि किट्स उत्पादनसंगै आपूर्तिमा जोड दिएर धेरैभन्दा धेरै नागरिकमा परिक्षण गरायो।
हाल दैनिक १ लाख किट्स उत्पादन भइरहेको छ । दैनिक हजारौंलाई परिक्षण गररहेको छ। भने किट्स लगायतका अन्य सुरक्षाका सामाग्रीहरु अन्य देशमा वितरण गर्ने तयारी गरिरहेको छ।

परिक्षण र सरसफाईमा सर्तकता

कोरियाले मुलुकभर सरकारी अस्पताल, जनस्वास्थ कार्यालय, क्लिनिक गरी छ सयभन्दा बढि कोरोना परिक्षण र उपचार केन्द्र स्थापना गरी सेवामा बढावा दियो।
मुलुकभर ४ लाख १० हजार ५६४ जना मानिसहरुमा कोरोना परिक्षण गर्न सफल भयो। परिक्षण सफल बनाउन नागरिकहरुले सरकारलाई सहयोग गरिरहेका छन्।
भाइरसको लक्षण देखिनेहरुलाई आइसोलेसनमा राखि उपचार गरियो। र उनिहरुसंग एक साता अघिदेखि सम्पर्कमा आउनेहरुको खोजिगर्दै परिक्षण र उपचारमा व्यापकता दियो।
सिसिटिभि फुटेज र जिपिएसको माध्ययमबाट खोजि गर्दै परिक्षण र उपचारमा जोड दिइयो।
परिक्षणका लागि करिब दश मिनट लाग्ने र एक घण्टाभित्रै संक्रमण भए नभएको पुष्टी हुने कोरोना परिक्षण गर्न सरकारले नागरिहरुसमक्ष अनुरोध ग¥यो।

इर्मजेन्सी अलट म्यासेज

विभिन्न दुरसञ्चार कम्पनीहरुले स्मार्टफोनमा इर्मजेन्सी अलट म्यासेज दिदै आइरहेका       छन््। कोरोना संक्रमित भएको स्थानको जानरकारी सहित उक्त ठाउँमा नजार र जानै परेमा सावधानीका सामाग्रीहरु अपनाई जान अनुरोध गरिरहेको छ।
स्यानीटाइजर र साबुन पानीले हात धुन,  मास्क प्रयोग गर्न, रुघाखोकी लागेको भएमा मास्क प्रयोग गर्न, हाच्छ्युँ गर्दा अरुलाई नपर्ने गरी गर्न, परिचित वा अपरिचित मानिसहरुसग हात नमिलाउन र अंकमाल नगर्नलगायतका सावधानी प्रसित गर्दै आइरहेको छ।

स्यानिटाइजर र मास्कको व्यापक प्रयोग

कोरियाका अस्पतालहरुमा स्यानीटाइजर र मास्क निशुल्क उपलब्ध छ। बस, रेल र अपाटमेण्टका लिफ्ट, कलकारखानाका गेटमा स्यानीटाइजर राखिएको छ।
त्यस्तै, विभिन्न कामले अस्पताल जाने र कलकारखानामा कार्यरतहरुको नियमित ज्वरो नापिइरहेको छ। 

निशुल्क परामर्श

सरकारले कोरोना भाइरसको संक्रमणको लक्षण देखिएमा मा फोन गरी परामर्श लिन अनुरोध पनि गरिरहेको छ। या नजिकका अस्पतालहरुमा सम्पर्क गरि आँफूमा भएको लक्षणहरु बताउन र उपाचार विधि अपनाउन पनि सरकारले आग्रह गरिरहेको छ।

डरत्रास फैलाएन

हाम्रो देशको सामाजिक सञ्जाल जस्तो यहाँको सञ्जालमा भयाभह फैलिएको छैन।  छिनछिनमा तातिरहने हाम्रो सञ्जाल भने यहाँ तातेको छैन। 
यहाँ बेकामका अनलाइनहरु र युटुबे भाइरसहरु छैनन्। भएकाहरु आफ्नै उद्धेश्यहरुमा व्यस्त  छन्। बेकाममा मानिसभित्र डर, त्रास र निराशा फैलाएनन् र फैलाउँदैनन् पनि।
आफ्रनै नियमकानुन छ। आफ्नै लक्ष्य र उद्धेश्य छ। आफ्नै प्राप्ती छ।
हाम्रा जस्ता बकम्फुसेहरु आँफै चिकित्सक बनेर औषधोपचारविधि सिकाइरहेछन्। तर यहाँ त्यस्तो छैन। भइहालेमा कडा कावार्ही हुन्छ। जरिमाना हुन्छ।

नागरिकहरुमा चेतनाको द्धृष्य

बसमा र रेलमा यात्रा गर्दा मास्क लगाएको देखिन्छ। एकआपसमा कुराकानी गरेको देखिदैन। परिचितसंग बोल्नै परेपनि टाढैबाट बोलेको देखिन्छ। हात मिलाएको देखिदैन। अपरिचित एकअर्कालाई हेरेको देखिदैन। कसैको नजिकै आएर कोहि बोलेको देखिदैन। थुकको छिटा अरुको शरिरमा पर्ने गरी खोकेको देखिदैन। र हाच्छ्युँ गरेको देखिएन। देखियो त पछाडि फर्केर वा हातले छेकेर खोकेको र हाच्छ्यु गरेको।

सवारीसाधनमा जनचेतना

कोरियामा गुड्ने बस, रेल, ट्याक्सीलगायतका सार्वजानिक सवारीसाधनमा कोरोनासम्बन्धी जनचेतनात्मक जानकरी पढ्न, हेर्न र सुन्न पाइन्छ।
कोरोना भाइरस लाग्नबाट जोगिन र लागिहालेमा अपनाउनुपर्ने सावधानी र उपचार सम्बन्धी   चेतनामुलक जानकारीका साथै लक्षण, बच्ने उपाय र परामर्शका लागि अस्पतालका फोन नम्बरलगायतका जानकारीहरु राखिएका छन्।

कोरोनाबाट बच्चे उपाय

सरसफाइमा ध्यान पु¥याउँ। धेरै मानिसहरु जमघट हुने ठाउँहरुमा नजाऔं। मास्क लगाएर यात्रा गरौं । खोक्दा वा हाँच्छ्यु गर्दा अरुलाई नपर्ने तरिकाले नाकमुख छोपेर गरौं। बाहिर गएर घर फर्केपछि हातमुख साबुनपानीले धोऔं। स्वास्थको ख्याल गरौं। र संक्रमणको संका लागेमा तत्काल परामर्श लिउँ। अस्पताल जाऔं। र कोरोनालगायतका भाइरसबाट सदा बचौं। स्वास्थ नै धन हो।

संक्रमित पूर्ण निको

मार्च १३ मा कोरोना संक्रमित भएर थेगुस्थित पोहाङ क्लिनिकमा भर्ना गरिएको ९७ वर्षिय एक वृद्ध बुधबाार पूर्ण निको भएर घर फिर्ता भएकी छन्। कोरोना संक्रमितपश्चात उपचार गरी निको हुन्छ भन्ने पछिल्लो बयोवृद्ध महिला हुन् उनी । कोरोना संक्रमित भएर उपचारपश्चात निको हुने उनि पहिलो वृद्ध महिला हुन्।  क्लिनिकले उनलाई पूर्ण निको भएको घोषणा गरी घर पठाएको बताइएको छ। हाल उनी घरमै कोरोन्टाइनमा रहेकीछन्।
त्यस्तै, संक्रमित मध्य ५० प्रतिशत विरामी निको हुँदै घर फर्किइरहेका छन् । विहिबार साझसम्ममा ५ हजार ४०८ जना पूर्ण निको भएर घर फर्किए भने ४ हजार २१६ जनाले उपचार सेवा लिइरहेका छन्।

१० मिनटमा चेक

सउल महानगरपालिकाले मार्च २६ बिहिबारदेखि सार्वजानिक स्थलहरुमा आवतजावत         गर्ने मानिसहरुको कोरोना चेकजाच सुरु गरेको छ। १० मिनट मात्र समय लाग्ने उपकरणमार्फत मानिसहरुलाई कोरोना छ या छैन भन्ने चेक गरेको छ।
उक्त चेकजाचमा कोरोनाको लक्षण देखिएमा तुरुन्त अस्पताल भर्ना गरिने पनि जनाइएको छ।

सेल्फ क्वारेन्टाइन

अमेरिका र युरोपियन मुलुकबाट कोरिया आउने नागरिकहरुमध्य ३४ देखि १०१ जनासम्ममा कोरोनाको कोरोनाको लक्षण देखिपछि सरकारले उक्त देशबाट प्रवेश गर्ने सम्पूर्ण यात्रुहरुलाई १४ दिनसम्म सेल्फ क्वारेन्टाइनमा बस्न आग्रह गरेको छ।
कोरियाका प्रधानमन्त्री चुङ से कुनले बिहिबार संसदिय बैठकमार्फत विदेशबाट आएकाहरुमा कोरोनाको लक्षण नदेखिएतापनि १४ दिनसम्म क्वारेन्टाइनमा बस्न र यदि नियम उल्लङ्गन गरेको पाइएका कावार्ही गरिने बताएका छन्।

कोरोना परिक्षण, संक्रमित र निधन

दक्षिण कोरियामा जनवरी २० देखि अप्रिल १ सम्ममा ४ लाख १० हजार ५६४ जनामा परीक्षण गरिएको छ। यो कार्य हालपनि जारी छ।
कोरोना फैलिएको मुख्य शहर थेगु हो । कोरोना संक्रमित र निधन हुने पञ्चानब्बे प्रतिशत वृद्धवृद्धा भएको समाचारमाध्ययमहरुले फूकिरहेछन्।
कोरोना संक्रमित ९ हजार ८८७ जना छन्। १६५ जनाको निधन भएको छ। ५ हजार ५५७ जना पूर्ण निको भएर घर फिर्ता भएका छन्। ४ हजार १५५ जनाले उपचार लिइरहेका छन्। मंगलबार साँझसम्म १२५ जनामा मात्र कोरोना १९ को लक्षण देखिएको छ।
निधन हुनेहरु सबै बुढाबुढि छन। जुन पहिलेदेखि दम, सुगर, निमोनिया, स्वासप्रस्वाससम्बन्धिका विमारीहरु रहेका छन्।
यो लेख तयार पार्दासम्म कोरियामा नेपालीहरु कोरोनाको संक्रमित नभएको पाइएको छ। 

https://twitter.com/NikunjaT

Tuesday, March 31, 2020

कोरोना कहर : कोरियाबाट केही सिक्ने कि!


जुलाईबाट कोरियामा विदेशीलाई निशुल्क कोरोना खोप, कसरि लगाउने ?

निकुञ्ज तिवारी सउल, २८ मे २०२१ दक्षिण कोरियामा बसोबासरत विदेशी नागरिकले पनि आउँदो जुलाई पहिलो साताबाट सरकारले निशुल्क उपलब्ध गराएको एस्टाजेन...