Friday, January 18, 2019

कोरियाको अस्पतालबाट जीवन बचाइदिन नेपाली समुदायसमक्ष अपिल

निकुञ्ज तिवारी..
इन्छन् १८, जनवरी २०१९, दक्षिण कोरिया

दक्षिण कोरियामा निम्पिनिया ग्रसित भई उपचारार्थ एक युवकले अस्पतालको सैयाबाट आर्थिक सहयोगको अपिल गरेका छन् । आफुँसंग भएको पैसा उपचारमा सकिएपछि कोरियावासी नेपालीहरुसमक्ष सहयोगको अपिल गरेका हुन् ।

पर्वत फलेबास नगरपालिका खानिगाउँ ५ का २६ वर्षिय युवक अम्रित कुवँर राजधानी सउलको आन्याङस्थित हान्रिम शिक्षण मुटु अस्पताल (한림대학교성심병원) मा गत ७ गतेबाट उपचारार्थ भर्ना भएका छन् । 

इपिएस भिषामा काम गर्न कोरियाको आन्सान थान्वनगुमा आएका उनी गत ७ अचानक बिमारी भएपछि अस्पताल भर्ना गरिएको र लगत्तै आइसियुमा राखिएको थियो । कुबँर हाल जिवन र मृत्युको दोषाधमा रहेकाले उनको जीवन बचाइदिन सम्पूर्ण नेपाली समुदायसंग आग्रह गरिएको छ ।

आइसियु (भेन्टिलेटर) मा राखेर निम्पिनिया उपचार गराइरहेका कुँवरको आर्थिक अवस्था कमजोर भएकोले सहयोगको अपिल गरेका हुन् । उनी कार्यरत कम्पनीले उपचारमा लागेको सबैपैसा ब्यर्होन नसक्ने बताएको कारण बिमारीका साथीहरु र आफन्तहरु चिन्तित भएका छन् । 

५ दिनमा १ करोड २० लाख कोरियन वन लागेको र अझै २ सातासम्म आइसियुमा राखेर उपचार गर्नुपर्ने भएकोले ३ देखि ४ करोड वनसम्म लाग्ने उनका कम्पनी सहकर्मी नबराज कार्कीले बताए । 

उनका आफन्तहरुका अनुसार उपचारका लागि धेरै पैसा लाग्ने भएको हुँदा र त्यती धेरै रुपैयाँ आँफु र परिवारसमक्ष नभएका कारण कोरियामा रहेका नेपालीहरुलाई आर्थिक सहयोग गरिदिन आग्रह गरेका हुन् ।

पर्वत समाज दक्षिण कोरियाले पनि बिमारी कुवँरलाई सहयोग गर्न आग्रह गरेको छ । समाजका प्रतिनिधि नारायण भुषालले उपचारार्थ कुवँरलाई सकेको सहयोग गरी जीवन बचाइदिन कोरियामा रहेका नेपालीहरुसमक्ष अनुरोध गरेका छन् ।


सहयोगको लागि–
TIWARI NIKUNJA PRASAD
IBK BANK (आइबिके बैंक)
22141949002017  

सम्पर्कको लागि–
नबराज कार्की (कम्पनीको सहकर्मी) – 01054331732
योगेन्द्र कुबँर – 01046896795
नारायण भुषाल – 01090622484
मिन बि क   –  01048658501
दिपक सापकोटा –  01058167073

लक्ष्मी गुरुङ (अध्यक्ष एनआएनए)-01020786649
इपिएस छिन्गु (अरुण श्रेष्ठ) -01064427387

निकुञ्ज तिवारी – 01021308258

No comments:

जुलाईबाट कोरियामा विदेशीलाई निशुल्क कोरोना खोप, कसरि लगाउने ?

निकुञ्ज तिवारी सउल, २८ मे २०२१ दक्षिण कोरियामा बसोबासरत विदेशी नागरिकले पनि आउँदो जुलाई पहिलो साताबाट सरकारले निशुल्क उपलब्ध गराएको एस्टाजेन...