निकुञ्ज तिवारी...................
सेप्टेम्बर, ७ २०१७
दक्षिण कोरियाका नेपाली अवैधानिक हुण्डी दलालहरुको विगविगी छ । सस्तो दररेटमा स्वदेश रकम पठाइदिने भन्दै कामदारहरुसंग पैसा उठाउँने सव–एजेन्टहरु व्यापक रुपमा कृयाशील छन् ।
जसमध्य पैसा उठाउने अधिकाशं हुण्डी एजेन्टहरुले दलाल ‘लिडर’ लाई पैसा बुझाउने गर्छन् । र उनिहरुले ढिलोचाडो स्वदेशमा पैसा पठाइदिन्छन । तर पछिल्लो समय भने कतिपय हुण्डी लिडरहरु उठाएको पैसा कुम्ल्याएर भाग्ने वा गुपचुप बस्ने गरेका पनि छन् ।
कोरियामा रहेका एनआरएन प्रतिनिधि, एनसिसी प्रतिनिधि, व्यवसायी, षणनार्थी भिषावहाक, अवैधानिक, सामाजिक तथा राजनीतिक कृयाकलापमा संलग्न र इपिएस कामदारहरु हुण्डी व्यवयायमा संलग्न छन् ।
उनिहरु आफ्ना च्यानलमा रहेका कामदारहरुसंग पैसा उठाइ प्रमुख लिडरलाई दिन्छन् । उसले चाइना, हङ्कङ वा कोरियन व्यापारीलाई पैसा दिन्छन र नेपालमा उनीहरुकै एजेन्टमार्फत पैसा लिने र ग्राहकको आफन्तलाई दिन्छन् । एक जना कामदारको पैसा पठाइएिवापत चारदेखि छ जनाले कमिसन खान्छन् ।
सजिलै पैसा उठाउन मिल्ने र आम्दानी पनि राम्रै हुने भएकाले अधिकांश नेपालीहरु यसतर्फ आर्कर्षित छन् । अवैध भएपनि उनिहरु लुकिछिपि हुण्डी रकम उठाइरहेका छन् ।
पछिल्लो समय ‘षणनार्थी भिषावाला’ एक हुण्डी दलालले नेपाली कामदारहरुसंग नेपाल पैसा पठाइदिन्छु भन्दै करिब ३ करोड नेपाली रुपैयाँ उठाई फरार भएका थिए । स्रोतका अनुसार उनी हालसम्म कोरियामै लुकेर काम गरिरहेका छन् ।
त्यस्तै केहि वर्षदेखि फरार छन् अर्का हुण्डी दलाल । उनले पनि कामदारहरुबाट करोडभन्दा बढि उठाएर वेपत्ता भएका थिए । त्यस्तैगरी, लाखौं रुपैयाँ उठाएर बेपक्ता छन् अर्का एक ब्यवसायी ।
दलालाहरु आजको भोलीनै नेपालमा पैसा पठाइदिन्छौ भन्दै कामदारसंग चर्को रकम असल्ने तर नेपालको असहजताको कारण देखाउँदै महिनौसम्म पनि नदिने गरेको पाइएको छ । भने कतिपयले आजको भोलीनै दिनेपनि पाइएको छ ।
बैंक मार्फत स्वदेश रकम पठाउदा देशको आर्थिक सर्पोटका साथै सुरक्षित र विश्वासिलो भएपनि ‘महंगोे’ र झण्झटीलो भन्दै अधिकांश कामदारहरु बैंक प्रयोग गर्दैनन् । तर पछिल्लो समय नेपालसरकारले ल्याएको वाध्यकारी नियमका कारण भने कतिपय कामदारहरु बैंकतर्फ आर्कर्षित भएका छन् ।
यहाँ कार्यरत अधिकाशं नेपालीहरु बैंकभन्दा हुण्डीतर्फ आर्कर्षित छन् । ‘बैंकमार्फत नेपाल रेमिट गर्दा शुल्क महङ्गो छ । तर हुण्डीदर सस्तो छ, त्यसैले नेपालीहरु धेरैले हुण्डी कारोबार गर्छन ।’ एक व्यवसायीले भने ।
हुण्डी दलालहरुकको आ–आफ्नै सञ्जाल छ । र आ–आफ्नै गा्रहक पनि । अनि रकम पठाइदिएबापत लिने दररेट पनि ।
उनिहरु आफन्त, चिनजानेको र नियमित ग्राहकका लागि अलिक थोरै र नचिनेको कहिलेकाही
पठाउनेका लागि अलिक बढि शुल्क लिने गरेको नेपालीहरु बताउछन् ।्
त्यस्तै, आफु लोकप्रिय र धेरैभन्दाा धेरै ग्राहक बनाउनका लागि नेपालमा पहिला पैसा दिने र कोरियामा पछि लिने गरेका पनि छन् । उनिहरुमध्य कसैले नेपालमा बैंकमा जम्मा गरिदिने र कसैले आफन्तलाई नै भेटेर पैसा दिने गरेका एक कारोबारीले बताए ।
यहाँबाट नबिल, सिद्वार्थ, नेपाल बाणिज्य, नेपाल इन्भेष्ट्रमेन्ट, हिमालय, ग्लोबल आईएमई, एभरेष्ट, सानिमा र मेगा बैंकमा रकम पठाउन सकिने व्यवस्था छ ।
जसमध्य केइबीहानामार्फत नविल, सिद्धार्थ, नेपाल बाणिज्य र सानिमा बैंकमा पठाउन सकिने छ । त्यस्तै, केबिमार्फत ग्लोबल आइएमी र नेपाल इन्भेष्टमेन्टबैंक, उरीमार्फत एभरेष्ट, हिमालय र मेगाबैंकमा पैसा पठाउन सकिने छ । त्यसोत केही रेमिट कम्पनीहरु पनि कोरियामा कृयाशील छन् ।
अधिकाशं नेपाली कामदारहरु भने बैंकिङ माध्ययमको बारेमा अनभिज्ञ रहेको बताउछन् । समयको अभावका साथै बैंकले दिने सेवा–सुविधाको बारेमा उचित परामर्श नपाउदा हजारौले अवैधानिक हुण्डीमार्फत करोडौ रुपैयाँ नेपाल पठाइरहेका छन् ।
हाल कोरियामा ५० हजारको हाराहारीमा नेपालीहरु कार्यरत छन् । उनीहरुले मासिक १ लाख बचत गर्छन् । नेपाल सरकारले बैंकिङ माध्ययमलाई व्यवस्थित र पत्यक कामदारसमक्ष पु¥याउन सकेमा मासिक ५ अर्व भित्रिने र वार्षिक ६० अर्व रुपैयाँ वैधानिक तबरलै भित्रिने थियो ।
http://epaper.karobardaily.com/epapermain.aspx?pgno=3&eddate=2017-9-07&edcode=820009

No comments:
Post a Comment