Tuesday, August 29, 2017

कोरियाबाट नेपाल रेमिट्यान्स शुल्क महंगो

निकुञ्ज तिवारी..................
२९ अगष्ट २०१७


बाजुराका भवानी रानामगर इपिएस मार्फत रोजगारीका लागि दक्षिण कोरिया आएको झण्डै एक वर्ष भयो । यसबीच उनले करिब नेपाली रुपैयाँ दश लाखको हाराहारीमा आर्जन गरे । आर्जित सबै रकम हुण्डी मार्फत नेपालमा रहेका आफ्ना आफन्तलाई पठाए ।

कोरियाबाट नेपाल पैसा पठाउने बैंकिङ शुल्क महङ्गो र अति झण्झटीलो भएको कारण देखाउँदै उनिजस्ता हजारौं नेपाली कामदारले करोडौं रुपैयाँ अवैधानिक हुण्डी मार्फत स्वदेश पठाइरहेका छन् । ‘बैंकिङ शुल्क महंगोका साथै झण्झट भएकाले हुण्डीद्धारा सस्तो शुल्कमा पैसा पठाइरहेको छु ।’ उनले भने ‘हामी जस्ता कामदारका लागि यहाँको बैंकिङ माध्ययम अति महङगाो छ । त्यसैले अवैधानिक भएपनि हुण्डीमै कारोबार गर्ने मजस्ता धेरै छन् ।’

विदेशमा काम गर्ने नेपालीहरुले पठाएको विपेर्षणलेनै मुलुकको अर्थतन्त्रमा टेवा पु¥याइरहेको बेलामा बैंकिङ माध्ययम सस्तो, सरल र प्रत्येक कामदारसम्म नपुग्नु दुःखत पक्ष भएको कामदारहरुको गुनासो छ । बैंक मार्फत स्वदेश रकम पठाउदा मुलुकको आर्थिक विकासका साथै सुरक्षित र भरपर्दो भएपनि महङ्गोका कारण अधिकांश कामदारहरु बैंक प्रयोग गर्दैनन् । हुण्डीप्रयोग गर्दा मुलुकको राजश्व छलिएकोमा दुःख लाग्ने स्वयम् कामदारहरुको भनाइ छ ।

कोरियाको सउलमा मुख्य केन्द्र रहेको केइवीहाना बैंकले आप्रवाशी कामदारको रेमिट्यान्स पठाइदिएबापत प्रत्यकक कारोबारमा ८ हजार वन अर्थात ८ डलर शुल्क लिने गरेको छ । केइबिसंग संझौता भएका नेपालका बैंकहरुले प्रति रेमिट प्रति कारोबार ७ डलरसम्म अथार्त ७ सयको हाराहारीमा कमिसन लिदै आएको छन् ।

नविल बैकका नेपाल प्रतिनिधि विदुर निङ्लेखु लिम्बुले बैंक मार्फत नेपाली रुपैयाँ एक लाख रेमिट गर्नका लागि करिब १८ हजार कोरियन वन ( करिब १६ सय‚ लाग्ने जानकारी दिए । ‘बैंकिङ दर महङगो भएपनि सुरक्षित हुन्छ ।’ उनले भने “बैंकिङ माध्ययमबाट रकम रेमिट गर्दा राष्ट्रलाई पनि फाइदा हुन्छ ।’

त्यसरीनै एक हुण्डी संचालकले १० हजार वन (करिब आठ सयको हाराहारीमा नेपाली रुपैयाँ एक लाख पठाइदिने गरेको बताए । बैंकको तुलनामा हुण्डी शुल्क धेरैनै सस्तो छ । रकम अवैध बाटो हुँदै स्वदेश पुग्ने हुनाले दररेट फरक पर्नेगर्छ । तर जोखिम पनि उत्तिकै छ ।

एक लाख नेपाली रुपैयाको रेमिटमा बैंक र हुण्डीको फरक करिब १० हजारको हाराहारीमा हुन्छ । त्यसैले नेपालीहरु हुण्डीप्रतिको जोखिम मोलर पनि बैंकभन्दा हुण्डीतर्फ आर्कर्षित छन् ।

आप्रवाशी कामदारलाई लक्षित गरी कोरियाको केइविहाना र कुकमिन बैंकले केही शाखामा आइतबार पनि खुल्ला गर्ने गरेको लिम्बुले जानकारी दिए । उनका अनुसार कोरियामा कार्यरत प्राय नेपालीहरुले खाता खोल्ने गरेका तर रकम रेमिट थोरैले मात्र गर्ने गरेका छन् ।

पछिल्लो नेपाल सरकारले विदेशमा कार्यरत नेपालीले आर्जित रकम बैंकिङ माध्ययममार्फत पठाए पुनंः श्रम स्वीकृत नपाउने र वैदेशिक रोजगारीमा जान नपाउने बाध्यात्मक नितिले केही नेपालीहरु बैंकतर्फ चासो देखाएका लिम्बुले बताए । उनका अनुसार कतिपय नेपालीले पुरानो खाता एक्टीब गर्न र कतिपय नयाँ खाता खोल्न आइरहेका छन् ।

नविल बंैकले कोरियामा कार्यरत नेपालीहरुका लागि विभिन्न सुविधाहरु उपलब्ध गराइरहेको जनाएको छ । कामदारको रकम रेमिट गर्नेदेखि लिएर बैंकमा भएको आफ्नो खातामा भएको रकम आफ्नो परिवारलाई एकमुष्ट टान्सफर गरिदिने, रकम लामो समय नचाहिएको खण्डमा मुद्धती खातामा रकम जम्मा गरिदिने, विभिन्न सेयर खरिद गर्नका लागि डिम्याट खाता खोलिदिने, ऋणको व्यवस्थालगायतका सुविधा दिएको छ ।
इपिएस मार्फत आएका अधिकाशं कामदारले ‘केइबिहानामा इजिवान’ खाता खोलेका छन् । जसमध्य यो सेवा उपभोग गर्नेहरु निकै कम भएको नेपाली बैंकका प्रतिनिधिहरु बताउँछन् ।
कोरियाबाट प्राप्त रेमिटेन्सलाई सरकारी तवरबाट ब्यवस्थित गर्ने हो भने सरकारलाई पनि फाइदा पुग्ने र कामदारले पनि सुरक्षीत तबरले रकम रेमिट गर्न पाउने एक नेपालीले बताए ।
http://epaper.karobardaily.com/epapermain.aspx?pgno=3&eddate=2017-8-29&edcode=820009#


No comments:

जुलाईबाट कोरियामा विदेशीलाई निशुल्क कोरोना खोप, कसरि लगाउने ?

निकुञ्ज तिवारी सउल, २८ मे २०२१ दक्षिण कोरियामा बसोबासरत विदेशी नागरिकले पनि आउँदो जुलाई पहिलो साताबाट सरकारले निशुल्क उपलब्ध गराएको एस्टाजेन...