Saturday, October 7, 2017

कोरिया र नेपाली युवा

nikunja tiwari

south korea and nepali youth.
निकुञ्ज तिवारी...........
देखाई सुनाई र पढाइमा दक्षिण कोरिया जति शुन्दर र सभ्य छ । भोगाई र व्यवहारमा अलिक फरक छ । एसियामा चौथो र विश्वमा दशौं स्थानको विकसित मुलुक कोरियामा वर्षेनी लाखौं आप्रवाशी कामदारहरु कामको खोजिमा भित्रिन्छन् । 

दक्षिण कोरियाले सन् ९० को दशकमा चरम विकासको गतिलिएसंगै नेपाली युवाहरु रोजगारीका लागि यहाँ आउन थाले । इपिएस माध्ययमभन्दा पहिला विभिन्न एजेन्सीमार्फत कोरियमा आएका थिए । 

जब सन् २००७ देखि कोरियाले रोजगार अनुमति प्रणाली ‘इपिएस’ लागु ग¥यो । तब नेपाली युवाहरुले कोरियामा रोजगारीको अवसर पाउदै गए । त्यसपछि कोरियाले १६ छिमेकी देशबाट बार्षिक हजारौं अदक्ष कामदारहरु भित्राइरहेको छ । 

हाल कोरियामा नेपालीहरुको संख्या दैनिक बढ्दो छ । पछिल्लो एक आंकडाका अनुसार इपिएस मार्फत ४८ हजार र अन्य विभिन्न माध्ययमबाट आएका गरी करिब ५५ हजारको हाराहारीमा नेपालीहरु बसोवास गर्छन् ।

दक्षिण कोरिया विश्वमा सातौं आत्मनिर्भर भएको देश हो । पाँच करोडको हाराहारीमा रहेको यहाँको जनसँख्याको शतप्रतिशत साक्षर छन् । कोरियन श्वास्थस्तरमा विश्वमा तेस्रो स्थानमा रहेको छ । 
विश्वकै पहिलो दु्रत इन्टरनेट सेवा भएको कोरियाका ९५ प्रतिशत जनसंख्या इन्टरनेटको पहुँचमा छन् । यहाँका मानिसको दैनिक गतिविधि सुचनाप्रविधिसंग सम्वन्धित छ । र सुरक्षा पनि ।


विकास गती ः

२० औं सताब्दीमा उच्च गरिबीको रेखामुनि रहेको दक्षिण कोरिया २१ औं सताब्दीमा आइपुग्दा विश्वमा तहल्का मच्चाइरहेको छ । सन् १९५० को दशकमा गृहयुद्धमा फसेको कोरियाले चरम भोकमरीको सामना गर्नुपरेको थियो । 

नेपाल लगायत अन्य छिमेकी राष्ट्रले खाद्यान्न सहयोग गरेको कोरियाले पछिल्लो ६० वर्षमा चामत्काररिक विकास ग¥यो । यहाँको विकासका आधार – विकासमैत्री सरकारी नीति, लगानी योग्य वातावरण, इमान्दार कर्मचरीतन्त्र र मिहेनती नागरिक मात्रै हुन भन्दा फरक पर्दैन । 

नागरिकहरु कोही देशभित्रै त कोहि इजरायल, साउदी अरब, मलेसिया, हङकङ, जापान, जर्मन, दुबै लगायतका अन्य छिमेकी राष्ट्रमा काम गर्न गए । त्यहाँबाट विभिन्न सिप र अर्थ आर्जन गरी स्वदेश फर्के र स्वतन्त्र रुपमा उद्योग तथा कर्षि फाम खोले । र आय आर्जन गर्न तर्फ लागे । 

गृहयुद्ध पश्चात् कोरियाले पहिलो पटक सन् १९६० मा पञ्चवर्षिय राष्ट्रिय कार्ययोजना लागु ग¥यो । त्यो संगै विकासका कार्य थालनी गर्दा नै यहाँको प्रतिब्याक्ति आय ८० अमेरिकी डलर थियो । 

सन् १९९७ सम्म १० हजार अमेरिकी डलर पु¥याउने लक्ष्य राखेको कोरियाले सन् ६० अगाडि लागेको उच्च आर्थिक मन्दीका कारण सफल हुन सकेन । यद्यपि, प्रतिब्यात्ति आय क्रमश वृद्धि हुदै गयो । सन् १९८० मा १६ सय डलर रहेकोमा सन् १९९८ मा प्रतिब्याक्ति आय करिब सात हजार डलर पुग्यो । 

त्यसरीनै सन् २००० मा १० हजार पु¥यायो । सन् २००१ मा सरकारले आर्थिक मन्दीको अन्त्य भएको घोषण  ग¥यो । सन् २०१७ को मध्यसम्म आइपुग्दा २९ हजार १ सय १५ डलर रहेको छ । भने विश्वका १७ राष्ट्रका नागरिकलाई प्रत्यक्ष रोजगार दिइरहेको छ । भने अन्य कतिपय देशका नागरिक अपत्यक्ष रोजगारी दिइरहेको छ ।

परनिर्भरबाट आत्मानिर्भर ः

५०–५३ को दशकमा गृहयुद्धमा फसेको कोरिया त्यसको केही वर्ष हरेक क्षेत्रमा जर्जर थियो । सन् १९४५ मा जापनी उपनिवेशबाट मुक्ति र आन्तरिक युद्धका कारण तहसनहस भएको कोरियासंग आर्थिक पुर्वाधारका निम्ती साधनस्रोतको अभाव थियो । हरेक कुरामा बैदेशिक सहायताको आवश्यकता थियो । 
विकिपिडियाका अनुसार कुल ग्रार्हस्थ उत्पादनमा १७२ राष्ट्रमध्य अन्तिममा थियो । यहीँ स्थितिमा कोरियाले सन् १९६० देखि रण्ाँनीतिक रूपमा आथिर्क विकास योजनाको सुरुवात गरेको थियो ।
यो ५७ वर्षमा छोटो अवधिमा कोरिया एउटा विकसित आधुनिक एवं औधोगिक राष्ट्रमा रुपान्तरित भएको छ । 
छोटै अवधिमा सामाजिक आथिर्क सम्पन्न सम्भव दक्षिण कोरिया विकासका हिसाबले एकै पुस्ताको जीवनकालभित्रै रूपान्तरण भएको हो । र राष्ट्रिय हितमा काम गर्ने हो भने राष्ट्रको उन्नतिमा असम्भव भन्ने छैन भन्ने ज्वलन्त उदाहरण भएको छ ।

निर्वाहमुखी कृर्षिमा आधारित दक्षिण कोरिया अहिले समृद्ध आधुनिक औद्योगिक अर्थतन्त्रमा उदायको छ । आर्थिक विकासका अलवा सामाजिक, साँस्कृतिक र राजनीतिकस्तर पनि विश्वका अग्रणी स्थानमा आइसकेको छ ।

राष्ट्रको आवश्यकताअनुरूपको प्रभावकारी विकास नीति र बलियो राजनीतिक नेतृत्व कै फलस्वरूप अहिले कोरियालीको प्रतिव्यक्ति आयमा ३ सय गुण्ाँभन्दा बढीले वृद्धि भएको छ । 

राष्ट्रको बलियो विकास नीति, नागरिकको निरन्तरता संर्घष र विकासमा ध्यान केन्द्रित सरकारकै उपजका रुपमा लिइन्छ । 

पार्क चुङ ली को योगदान ः

दक्षिण कोरिया विश्वमा सहयोग दिने मध्य दशौं स्थानमा छ । कोरियनहरु त्यसको प्रमुख श्रेय मान्छन् सन् १९६१ देखि १९७९ सम्म सरकारको नेतृत्व सम्हालेका तत्कालिन राष्ट्रपति पार्क चुङ लीलाई । 

मुख्यतः उनले अपनाएको सरकारको विकास नीति, बैदेशिक सहयोग र जनताको स्वर्तहस्फुर्त सहभागिता जस्ता विकासमैत्री कृयाकलापले कोरियाले छोटो समयमा विकासको छलाङ् मारेको हो ।

युद्धपश्चात् छाएको चरम गरिबीलाई सहयोग गर्न बाह्रय राष्ट्रहरुले आर्थिक अनुदान दिए । त्यसको सही सदुपयोग र नागरिकको परिश्रमले नै कोरिया आजको कोरिया हुनपुग्यो । र अर्थतन्त्रमा आफुलाई मजबुत तुल्यायो ।



हान नदिको चमत्कार ः 

कोरियन नागरिकहरु आफ्नो देशको चरम विकासको श्रेय हान नदिलाई दिन्छन् । पुर्वदेखि बग्दै आएको नदि राजधानी सउलको बीचभाग हुँदै पपश्चिमतर्फ बगेको छ ।

कोरियाले अपनाएको ‘सेमाउल’ नयाँ गाउँ अभियानले नागरिकको आर्थिक एवम् सामाजिकस्तर उन्नति उकासेको हो । जनताको ग्रामीण आर्थिक, शैक्षिक, सामाजिक र साँस्कृतिक जिवनस्तर उकास्नका लागि यसले महत्वपुर्ण भुमिका खेलेको मानिन्छ । ग्रामीण आर्थिक विकासको सन्र्धभवमा उक्त अभियानलाई आजसम्म पनि उक्तिकै रुपमा लिइन्छ । 

आफ्नै किशिमको मौलिक नीति अपनाएको दक्षिण कोरियाले पहिला सहयोग लिने देशबाट अहिले सहयोग दिने देशका रुपमा चिनाएको छ । गरीब विपन्न राष्ट्रहरुलाई वर्षेनी आर्थिक सहयोग गरिरहेको छ । 

कोरियाका उत्पाददित बस्तु आज विश्वप्रसिद्ध भएका छन् । सामसुङ, हुण्डाई, किया, एलजीले विश्वबजारमा ब्यापक स्थान पाएका छन् । कोरियाले इलोक्टोनिक्स सामान मोवाईल, कम्प्युटर लगायत यातायातका साधन, पानीजहाज, प्लास्टीक जन्य सामग्री, मेडिसिन, तेलजन्य पदार्थ, फलाम, स्टिल, अर्गानिक केमिकल लगायतका सामाग्री विश्ववजारमा निर्यात गर्छ ।
विश्वका कतिपय गरीब राष्ट्रलाई वर्षेनी आर्थिक अनुदान दिदै आएको दक्षिण कोरियाले एसियाका अल्पविकसीत मुलुकको रोजगारदाता भएको छ । यहाँ रोजगारीका लागि आएका आप्रवाशीहरुले वर्षेनी अबौं डलर रैमिट्यान्स स्वदेश पठाइरहेका छन् ।  

समयको महत्व ः 

कोरियामा समय, श्रम र पैसाको महत्वको एक–एक हिसाव हुन्छ । कार्यस्थानमा होस् या अन्य सभा, गोष्ठि, वा जुनसुकै ठाउँमा नै किन नहोस । उनीहरु तोकिएकै समयमा उपस्थित हुन्छन् ।
त्यसैको उपज प्रविधि र विधिले उनिहरुको बचाइलाई सरलीकृत गरेको छ । जीवनशैली सुविधाजनक छ । नागरिकहरु राष्ट्रको समुन्नतीप्रति इमान्दार, वफादार र लगनशील छन् । उनिहरुमा जिज्ञाशा, चेतनासंगै नया विषयको खोजी र जोखिम मोल्ने शक्ति छ । 
कारण इमान, जवान र लगावकोहो । प्रकृतिले मात्रै हावा, पानी र माटो दिएको देशका नागरिकले ‘पाल्ली–पाल्ली’ ( छिटो–छिटो ) नारामै दु्रत विकास गरे । 
यहाँको विकासको गति उच्च देख्दा हामी हरेक कुरा नेपालसंग दाँज्ने गर्छौ । दैनिक फस्टाउँदो यहाँको विकास । व्यवसायीक भवन, सडक, औधोगिक कलकारखाना, शैक्षिक क्षेत्र, सामाजिक क्षेत्र । 
देशको परिवर्तन दिनप्रदिन उच्च छ । यहाँका हरेक युवामा जिज्ञाशा, चेतनासंगै नयाँ विषयको खोजी र जोखिम मोल्ने शक्ति छ ।

व्यवहार ः

यहाँको संस्कृति, भाषा, खानपान र काम गराई नितान्त भिन्न छ । यिनिहरु भन्छन् (मानी मकयो, पाल्ली इलहेयो) धैरे खाउँ । छिटो–छिटो काम गरौें । बढिभन्दा बढि उत्पादन गरौं ।
अधिक कोरियनहरु नम्र र अशल स्वभावका हुन्छन् । एकाद कडा स्वभावका हुन्छन् । तर साना तथा मझौला, कृर्षि तथा पशुपालन कम्पनी संचालकहरुले कामदारप्रति गर्ने व्यवहार भने पाल्तु होइन छाडा जनवारसमान हुन्छ ।
यहाँ आउने अधिकांश आप्रवाशीहरु आँफूले आर्जन गर्ने धनभन्दा सयैं गुना बढि नमीठा अनुभूतिहरू बोकेर फर्किन्छन् । हिनताबोध, ग्लानी, व्यवहारमा अभाव, मनमा अशान्ति, र स्वाभिमानमा चोटैचोट यावत ।
युवा स्वदेशका लागि मेरुद्धण्ड हो । हरेक पक्षमा सक्षम हुन्छ । तर यहाँ आएपछि अन्धो अदक्ष बन्छ । एउटा काम सिक्न सयौं पटक दोहो¥याउनुपर्छ । काम सहज छैन । दैनिक दश घण्टाभन्दा बढि कठोर परिश्रम गर्नुपर्छ । यहाँको भाषा, र छिटो–छिटो काम नजान्दाको कष्ट, र मालिकको प्रताडना खप्न निकै गाह्रो हुन्छ । स्वदेशमा हाशिल गरेको ज्ञान र सीपको खासै काम छैन ।
सिक्नुपर्ने पाठ ः
हाम्रो जस्तो विकाशशील मुलुकका लागि द.कोरियाको अनुभवबाट सिक्ने मूख्यतः गरिबी न्यूनीकरण र आर्थिक विकासको कार्य हो । राष्ट्रको स्थायी शान्ति र आर्थिक उन्नतिका लागि नेतृत्वदेखि सर्वसाधारणसम्म सवैमा राष्ट्रप्रति जिम्मेवारी, लगनशील र इमान्दारीता हुनुपर्छ । र निरन्तर प्रयास । उद्यमशील नीति हुनु आवश्यक छ ।   
मुलुकको आवश्यकतावमोजिम प्रभावकारी विकास नीति र दृढ इच्छाशक्ति भएको राजनीतिक नेतृत्वकै कारण कोरिया छोटो समयमै आधुनिक एवं औद्योगिक राष्ट्रमा रूपान्तण भएको हो । यहाँको सामाजिक, साँस्कृतिक एवम् आर्थिक विकास एकै पुस्तामा भएको मानिन्छ ।

नेतृत्व वर्गदेखि आम नागरिक सवैमा राष्ट्रिय एकताको हुनु आवश्यक छ । मुलुकबाट मैले के लिए, भन्नुभन्दापनि मुलुकलाई मैले के दिए र के दिनसक्छु । भन्ने भावना पलाउनु आवश्यक छ । के युवा, के पौढ र के वृद्ध सवैले सक्नेजति काम ग¥योभने देशले विकासको गति लिन्छ ।

यद्यपी, नीतिनिर्माताले राज्यभित्रका साधन–स्रोतको अधिकतम सदुपयोग हुने गरी विकासमैत्री रणनीति लिनु आवश्यक छ । 

नेपाली युवा र रेमिट्यान्स ः

राष्ट्र बनाउने दिमागमा सोच र पाखुरामा शक्ति भएका अधिकांश नेपाली युवा कोरिया आएका छन् । उनिहरु दैनिक १० देखि १८ घण्टा सम्म काम गर्छन् । धेरै काम गरेर, धेरै पैसा कमाउन चाहन्छन् । जेहोस् यहाँको कृर्षि क्षेत्र इतर गतिलो आर्जन हुन्छ । र वार्षिक अबौं रुपैयाँ नेपाल भित्राइरहेका छन् ।
तर अदक्ष युवा वर्गलाई कोरियामा काम गर्न त्यति सहज भने छैन । ‘थ्रिडि अर्थात डर्टी, डेन्जर र डिफिकल्ट’कठोर श्रम गर्नुपर्ने बाध्यता, भाषा नजान्दाको कष्ट, र मालिकको प्रताडना खप्न नसकेर कतिपय युवा फ्रस्टेशनको सिकार हुन्छन् । भने कतिपयले मृत्युको बाटो रोज्छन् ।
युवाले मुलुकको परिवर्तनका लागि इतिहासका कयौं कालखण्डदेखि अहिलेसम्म महत्वर्पूण योगदान दिदैं आए । देश रुपान्तरणका लागि उनिहरुको शीप र क्षमताको भरपुर उपयोग भएन । राज्यले सत्र्मागमा हिँडाउन र फाइदा लिन सकेन । 
देश विकाशोन्मुख अवस्थामा छ । कृर्षि, पर्यटन, जलस्रोत लगायत पशु पंछीपालन, तरकारी खेतीमा रोजगारीको प्रचुर सम्भावना छ । तर नेपाली युवाहरु आफ्नो भूमिमा होइन अर्कैको भूमिमा काम गर्न बाध्य छन् । 
स्वदेशको विधि र व्यवस्थापन निकैनै कमजोर छ । जसले जहाँ जे गरेपनि मनपरितन्त्र छ । नियम–कानुन गरीवदुखीका लागि मात्र छ । दैनिक उपभोग्य खाद्यबस्तुदेखि औषधीसम्म केही शुद्धता छैन । 
कोरियमा एउटा घेरामा बस्न पाइन्छ । पसिना बगाएर खान पाइन्छ । अनि नयाँनयाँ प्रविधिसंग साक्षात्कार हुन पाइन्छ । 
http://nagarikplus.nagariknews.com/epaper/src/epaper.php?id=3166#page/19

No comments:

जुलाईबाट कोरियामा विदेशीलाई निशुल्क कोरोना खोप, कसरि लगाउने ?

निकुञ्ज तिवारी सउल, २८ मे २०२१ दक्षिण कोरियामा बसोबासरत विदेशी नागरिकले पनि आउँदो जुलाई पहिलो साताबाट सरकारले निशुल्क उपलब्ध गराएको एस्टाजेन...