Tuesday, March 3, 2020

कोरियामा कोरोनाबाट नेपालीहरु सुरक्षित


निकुञ्ज तिवारी
इन्छन्, दक्षिण कोरिया
३ मार्च २०२०


दक्षिण कोरियामा कार्यरत आप्रवाशी कामदारहरुमा कोरोनाको लक्षण देखिएको छैन । यो समाचार तयार पार्दासम्म कोरियामा नेपालीहरु सुरक्षित छन् ।

कोरियामा कार्यरत नेपालीहरुका नेपालमा रहेका आफन्तहरु चिन्तित नरहन यहाँ कार्यरत नेपालीहरुले आग्रह गरेका छन् ।

एनआएनए कोरिया शाखाले सोमबार एक विज्ञप्ती प्रकाशित गर्दै यहाँ रहेका आप्रवाशीहरु हालसम्म सुरक्षीत रहेको जनाएको छ ।

राजधानी सउलबाट ३ सय ५० किलोमिटर दक्षिण थेगु सहरको सिन्छोन्जी चर्चबाट फैलिएको कोरोनाले त्यहाँभने व्यापक रुप लिएको छ । दैनिक ३ देखि ५ सय जनासम्ममा कोरोना भाइरसको लक्षण देखिएको समाचारमाध्ययमरुले जनाइरहेका छन् ।

कोरोनाबाट संक्रमित र मृत्युहुने अधिकाशं चर्चका सदस्यहरु रहेका छन् । चर्चका प्रमुखले ली मानहीले सोमबार सार्वजानिक रुपमा माफि मागेका समाचारसस्थाहरुले जनाएका छन् ।

हालसम्म कोरोना संक्रमित हुनेहरु र निधन हुनेहरु अधिकाशं वृद्धवृद्धा र बालबालिका मात्र रहेका छन् ।

सरकारले विद्यालयहरु, चर्चहरु, विवाह उत्सवहरु, पार्टी जन्मोत्सवजन्यलगायतका जमघटका कार्यक्रम नगर्न नागरिहरुसमक्ष अनुरोध गरेको छ । तर एकाधवाहेक अधिकाशं उद्योग, कलकारखानाहरु खुलिरहेका छन् ।

राष्टपति मुन जेइनले संक्रमित क्षेत्र थेगुमा गएर नागरिकसमक्ष माफी मागिरहेका छन्। त्यसैगरि बजारमा मास्क नपाउँदा पनि उनले देशबासीसमक्ष माफी माग्दै स्वास्थप्रति सबै नागरिकहरु सचेत रहन आग्रह गरेका छन् ।

दक्षिण कोरियामा हालसम्म ५ हजार १ सय ३५ जना संक्रमित र २६ जनाले ज्यान गुमाएका छन् । भने ३१ जना निको भएर घर फर्र्किएका छन् ।

चिनको हुवेइ प्रान्तको वुहान सहरबाट निस्कएको कोरोना भाइरस यतिबेला चिन, दक्षिण कोरिया, इटाली, इरान, जापान, सिंगापुर, फ्रान्स, हङकङ, स्पेन, अमेरिका लगायत विश्वका  ६८ देशमा फैलिएको छ ।

करिब २ महिनाको समयावधिमा कोरोनाबाट लाखौं नागरिक संक्रमित भएका छन् भने केही हजारले ज्यान गुमाएका छन् । विश्वभर संक्रमण बढ्दो छ ।

धेरै संक्रमित हुनेमा पहिलोमा चिन छ । जहाँ ८० हजार २८ जना संक्रमित भएका छन् भने २९ सय १२ जनाले ज्यान गुमाएका छन् ।

इरानमा ९३८ संक्रमित र ५४ जनाको ज्यान गुमाएका छन् । इटालीमा १६९४ जना संक्रमित र ३४ जनाले ज्यान गुमाएका छन् । भने जापानमा ९६२ जना संक्रमित र १२ जनाले ज्यान गुमाइसकेका छन् ।


कोरोनाको लक्षणहरु
⦁ लगातार ज्वरो आउने ।
⦁ खोकी लाग्ने ।
⦁ श्वास फेर्न गाह्रो हुने।
⦁ निमोनिया हुने।
⦁ श्वासप्रश्वासका अन्य रोगहरुको संक्रमण हुने।
⦁ मिर्गौला फेल हुने ।
⦁ रोगप्रतिरोधात्मक क्षमता कमी भएमा मृत्यु पनि हुने।

कोरोना संक्रमणबाट कसरी बच्ने
⦁ सरसफाइमा ध्यान दिने।
⦁ धेरै मानिसहरु जमघट हुने ठाउँहरुमा नजाने।
⦁ मास्क लगाएर यात्रा गर्ने।
⦁ खोक्दा वा हाँच्छ्यु गर्दा अरुलाई नपर्ने तरिकाले नाकमुख छोपेर गर्ने।
⦁ बाहिर गएर घर फर्केपछि हातमुख साबुनपानीले धुने।
⦁ स्वास्थको ख्याल गर्ने ।
⦁ हात नमिलाउने
⦁ संक्रमणको संका लागेमा तत्काल अस्पताल जाने

No comments:

जुलाईबाट कोरियामा विदेशीलाई निशुल्क कोरोना खोप, कसरि लगाउने ?

निकुञ्ज तिवारी सउल, २८ मे २०२१ दक्षिण कोरियामा बसोबासरत विदेशी नागरिकले पनि आउँदो जुलाई पहिलो साताबाट सरकारले निशुल्क उपलब्ध गराएको एस्टाजेन...