Sunday, December 24, 2017

स्मार्ट राजधानीलाई खुल्ला पत्र

निकुञ्ज तिवारी ....

प्रिय, राजधानी काठमाडौं ! तिम्रो चरणमा स्पर्श गर्न नपाएको लामो समय भएछ । यसै साता केहि दिनका लागि स्मार्ट मोवाईल बोकेर म तिम्रो स्मार्ट सिटीभित्र पस्दैछु । प्रतिक्षा गर ल ।

म एकदमै उत्सुक छु । स्मार्ट शहर हेर्न । स्मार्ट शहरभित्रका स्मार्ट सडक देख्न । स्मार्ट सडकमा गुड्ने स्मार्ट साधन चढ्न । स्मार्ट साधनभित्र यात्रा गर्ने स्मार्ट मानिसहरु हेर्न । र स्मार्ट मानिसहरुले गर्ने स्मार्ट व्यवहारको महसुस गर्न ।

काठमाडौं, तिमी स्मार्ट भएको म हेर्न आउँदैछु । जब म तिम्रो स्मार्ट सहरका लागि प्रस्थान गर्नेछु । तब तिमीभित्रका अव्यवस्थित व्यथितिहरुको दुर्गन्ध मभित्र कुनै पनि हालतमा प्रवेश गर्न पाउने छैनन् ।

पहिला–पहिला तिम्रो शहरका लागि यात्रा सुरुगर्दा मभित्र छट्पटाउने दिविद्धाका संका उपसंका र तिरस्कारले यसपटक पक्कै पनि पालो पाउने छैनन् । र तिम्रो स्मार्ट सिटीका खातिर ममा पूर्ण विश्वास्को खुल्दुली छ– यसपालीको मेरो यात्रा निसंकोच निश्फ्रिक्रि र रमणिय हुनेछ ।

पहिले जस्तै यसपाली यात्रा सुरुगरेदेखिबाटै ठगिएर म आँफूले आँफैलाई धिक्र्काने छैन । हिनताले मन लाचार हुने छैन । नेपाल र नेपालीहुनुमा एकदमै गर्वले नाक फुलाउँदै म स्वतन्त्रापूर्वक तिम्रो शहरमा प्रवेश गरी एकफन्को घुम्नेछु । र मेरा केहि काम सहजै फत्ते गरी फर्कनेछु ।

तिम्रो शहरका लागि छुट्ने यातायातका साधन स्मार्ट हुनेछन् । स्मार्ट साधन गुडाउने चालक–सहचालकहरु स्मार्ट व्यवहारमा प्रस्तुत हुनेछन् । उनिहरुबाट कुनै तितो दुव्र्यवहार फेस गर्नुपर्ने छैन । भाडादरमा कुनै बार्गेनिङ् गर्नुपर्ने छैन । दिनदहाडै कोही ठगिनुपर्ने छैन । साधनभित्र ठेलमठेल गर्नुपर्ने छैन । सिटबाट कुनैपनि दुर्गन्ध आउने छैन । बसभित्र कोचाकोच गरी बस्नुपर्ने छैन ।

मैले यात्रा गर्ने यातायातका साधनमा कुनै खराबी आउने छैन । कुनैपनि सवारी साधनहरु सडकमै बिग्रे पनि लथालिङ्ग भताभुङ्ग अव्यवस्थित छाडिने छैन । तत्काल किनारा लगाइ मर्मत गरिनेछ । जसका कारण राजमार्ग बन्द या जाम हुनेछैन । छाडा चौपाया कहिँपनि देखिने छैनन् । राजमार्गमा कुनै अवरोध सिर्जना हुनेछैन । चालकमा केहि तनाब उत्पन्न हुनेछैन । वस, फराकिला सफा र चिल्ला सडक हुनेछन् ।

सडककिनारामा हरियाली बगैंचाहरु हुनेछन् । र ती बगैंचाबाट निस्कने स्वच्छ अक्सिजन र फूलहरुको वास्ना सुंग्दासुग्दै म तिम्रो शहर टेक्नेछु ।

त्यस्तै राजमार्ग छेउछाउका होटल, रेष्टुराँ र सौचालयहरु व्यवस्थित र सफा हुनेछन् । सौचालयबाट निस्कने गन्धजस्तो दुर्गन्ध, होटल र रेष्टुराँहरुका किचनबाट निस्कने छैन । होटल र रेष्टुराँहरुका किचन र खानाखाने डेक्सबेन्चबाट निस्कने गन्धजस्तो दुर्गन्ध सौचालयबाट निस्कने छैन । होटल, रेष्टुराँको वरिपरिको वातावरण सुगन्धित र स्वस्छ हुनेछ । पानी सफा र स्वस्थ हुनेछ । 

हरिया र राता टाउँके झिंगा घुमिरहेको बासी सडेगलेको होइन, स्वस्थ र ताजा खानेकुरा पाइनेछन् । यात्रामा राजमार्गका होटलमा कहिल्यै खाना नखाने मजस्ताले पनि सजिलै खाना खान सकुन् ।  जहाँ मिठो मानिमानि खाइएको खानाले सातदिनसम्म पेट अटसमटस र अनइजि फिलिङ्स हुनेछैन । तिम्रो शहरमा खोलिएका औषधीपशसलमा चहार्नुपर्ने छैन ।

जहाँँ बिस रुपैयाँ लिटर पाइने पानीलाई चालिस तिर्नु पर्नेछैन । एक कप पानीमा एकचम्चा चिनी र चियापत्ती राखेर उमालेको पाँच, दश रुपैयाँको तातो चिनीपानीलाई तीस, चालिस तिर्नुपर्ने छैन । सत्तरीपर्ने रेडबुललाई एकसय दश तिनुपर्ने छैन । एक सय पचास पर्ने सादाखानामा दुई पिस बाख्रीको मासु थप्दा चार सय तिर्नुपर्नेछैन । तिर्नुपरेपनि गुणस्तिरिय र स्वार्थवर्धक हुनेछ ।

र खुशीको कुरात यो छ की यात्रुमहानुभावले जुन खाना खान्छन् त्यहीँ खाना होटल संचालकहरुले  खाएको देख्न पाइनेछ । र संचालकहरुले यात्रुहरुलाई पाहुनासमान् सम्मानित व्यवहारले आदरसत्कार गर्नेछन् ।
स्मार्ट राजधानी पस्ने मुख्यद्धार थानकोटको उकालोमा एक मिनट पनि जाम हुनेछैन । र थानकोट उक्लेर काठमाडौं लागेपछि यसअघाडि म भित्रको एउटा मन् गर्वले गद्गद् हुन्थ्यो । किनकी, शरिरका बाहिरी आवरणमा मात्र होइन, देशको मुख्य माटोलाई मेरो फोक्सोसम्म पु¥याउन पाउँथे । र मभित्र अचाक्ली देशभक्तिको महसुस हुन्थ्यो । यसपटकको यात्रामा यस्तो महसुस गर्न कदापि पाउने छैन ।

देख्न पाउनेछैन–
धुलो, धुवा, फोहोरमैला र कोलाहल । साँघुरा सडक । भग्नावशेष सार्वजनिक सम्पति । जिर्णअवस्थाका सवारीसाधन । सार्वजनिक सवारीसाधनमा हुने कोचाकोच । सडक किनारामा जम्मा हुने वेरोजगारीको भिड । अव्यवस्थित ट्राफिक । फुटपाथको लथालिङ्ग व्यवसाय । मगन्तेहरुको रोधन । ट्याक्सीहरुको लुट । सपिङ् महलहरुको मनपरितन्त्र । खुल्ला सार्वजनिकस्थलमा गरिने दिशापिसाव र छाडा चौपाया । आवाशगृह वा व्यवसायीक भवन बनाउँदा प्रयोग गरिने फुटपाथको धराप । 

देख्न सुन्न पाउनेछु–
सफा, सुन्दर र हराभरा स्मार्ट राजधानी । चाक्ला, चिल्ला र फराकिला स्मार्ट सडक, हरेक सवारीसाधनका लागि छुट्टाछुट्टै बाटा । सार्वजानिक सम्पतिको व्यवस्थित सर्वधन र संरक्षण । खुलमखुला सवारीसाधन । स्मार्ट ट्राफिक सिग्लन र जेब्राक्रस । साइकलजोन् । वाइफाइजोन् । व्यवथ्थित ढलनिकास । वेग्ला वेग्लै आवाशजोन् । व्यवसायीक भवन र औद्योगिक क्षेत्र । व्यवस्थित पैदलमार्ग । नो मगन्ते । सबै रोजगार । ट्याक्सिहरुको मिटरसिस्टम । कुनैपनि सामाग्रीको मुल्यमा एकरुपता । व्यवस्थित बसाईँ । सफा र गुणस्तरिय खाना र खाजाघर ।

सुँन्न पाउनेछैन–
सार्वजनिक सवारीसाधनमा हुने बार्गेनिङ, र तुच्छ व्यवहार । त्यहाँबाट निस्कले ध्वनि । सहचालको कर्कश आवाज र अभद्र शब्द ।

सुन्न पाउनेछु– 
सवारीसाधनमा हुने शिष्टाचार, सम्मान् । सवारीसाधनको मधुर आवाज । चालकसहचालकको नम्र र मिठास बोली । सार्वजानिक कार्यलयमा नागरिकप्रति गरिएको नम्रता, शिष्टता आदार । कामप्रतिको जिम्मेवारी र कर्तव्यको सत्कार । साना, मझौला तथा ठूला सपिङ् महलमा समान नकिन्दापनि ग्राहकलाई गर्ने शिष्टता ।

सुँग्न पाउनेछैन–
सडक किनार तथा खुल्ला सार्वजनिकस्थलमा गरिने दिशापिसावको गन्ध । कलकारखानाबाट प्युरिफाइ नगरि फालिएको ढल । घर, होटल तथा रेष्टुँराबाट बाग्मतीमा मिसाइएको फोहोर पानी । सडकमा मरेका छाडा चौपाया सडेको गन्ध । शहरभित्र कालाम्मे भएर रुमलिएर बस्ने दुषित वायु डिजेल, पेट्रोलको गन्ध ।

र सुँग्न पाउनेछु–
सडक किनार वरपरका हरियाली बगैंचाबाट निस्कने सुगन्ध । स्वस्छ, सफा र सुन्दर बाग्मतीको चिसो हावापानी । व्यवस्थित यातायातका साधन । चोकचोकमा पार्क र मगमगाउँदा फुलहरुको बास्ना । नदि किनाराको बगैँचा र आर्टिफिसियल पानीका छटाको मन्द वासना ।

भोग्नुपर्ने छैन–
कुनै सानो काम लिएर सार्वजनिक कार्यलयका कर्मचारीसंग अनुरोध गर्दा उनिहरुले गर्ने अनैतिक व्यवहार । ढिलासुस्ती । घुसखोरी । र तिर्नुपर्ने छैन दुई रुपैयाँ पर्ने फोटोकपीलाई पन्ध्र रुपैयाँ । दश रुपैयाँका हुने फोटो धुलाईलाई तीस रुपैयाँ । दश रुपैयाँ पर्ने टिकटलाई पन्ध्र रुपैयाँ । एक सयपनि नपर्ने खानालाई दुईसयपचास रुपैयाँ ।

र भोग्नुपर्नेछ –
छिटोछरिता कर्मचारीतन्त्र । शिष्ट र नम्र बोली व्यवहार । एक घण्टामा हुने काम दश मिनटमा । व्यवस्थित, मर्यादित सार्वजनिक निकाया । सस्तो सुलभ र हरेक नेपालीसमक्ष पुग्न सकेको शहरको बसाईँ । सफा, गुणस्तरिय खाना । व्यवस्थित र सर्वसुलभ बास । 

ओ काठमाडौं मलाई यस्तै स्मार्ट राजधानी हेर्ने रहर छ ।
https://www.facebook.com/nikunjatiwari/

No comments:

जुलाईबाट कोरियामा विदेशीलाई निशुल्क कोरोना खोप, कसरि लगाउने ?

निकुञ्ज तिवारी सउल, २८ मे २०२१ दक्षिण कोरियामा बसोबासरत विदेशी नागरिकले पनि आउँदो जुलाई पहिलो साताबाट सरकारले निशुल्क उपलब्ध गराएको एस्टाजेन...