Saturday, December 30, 2017

कोरियामा जनवरीबाट तलब बढ्ने



निकुञ्ज तिवारी...
पोखरा ३० डिसेम्बर २०१७

दक्षिण कोरियासले सन् २०१८ का लागि १६.४ प्रतिशतले न्यूनतम पारिश्रमिक वृद्धि गर्ने गत अगष्टमा संसदबाट पारित भएको थियो । उक्त घोषणा भोली जनवरी १ तारिकबाट कार्यान्वयनमा आउने भएको छ । बढेको ज्याला जनवरीदेखि डिसेम्बरसम्म लागु हुने श्रम तथा रोजगार मन्त्रालयले जनाएको छ ।

न्युनतम पारिश्रमिक वृद्धिभएसंगै इपिएस मार्फत कार्यरत आप्रवाशी र तल्लो लेबलका मुलबासी करिब ३१ लाख भन्दाबढि कामदारहरु लाभान्वित हुनेछन् । जसमा इपिएसमार्फत आउने १७ मुलुकका कामदारपनि उत्साहित छन् ।

जुलाई १६ शनिबार सरकार, मजदुर संगठन र व्यवसायी प्रतिनिधिबीच उक्त निणर्य भएको थियो । ज्याला अगष्ट ५ मा संसदबाट पारित भएको हो ।

नयाँ पारिश्रमिक अनुसार प्रतिघण्टा ७ हजार ५३० वन (६.६४ डलर) हुनेछ । यसवर्ष प्रतिघण्टा ६ हजार ४७० वन थियो । 

हप्तामा ४० घण्टा (मासिक २०९ घण्टा) कामगर्ने कामदारले यसवर्षको न्युनतम मासिक १३ लाख ५२ हजार ७१२ वन बाट बढेर । १५ लाख ७३ हजार ७७० वन पाउने छन् । नेपाली रुपैयाँ १ लाख २७ हजार ४५० हुनेछ ।

त्यस्तै हप्तामा ४४ घण्टा काम गर्ने कामदारले यसवर्षको १३ लाख ६४ हजार १०३ मा –९९ हजार ५७९ वन बढेर) १४ लाख ६३ हजार ६८२ पाउने छन् । नेपाली रुपैयाँ १ लाख ६७ हजार ६६ रपैयाँ हुनेछ ।

(नेपाली ९ रुपैयाँ ४२ पैसा बरावर कोरियन वन १०० हुन्छ) अघिल्लो वर्ष यसवर्षका लागि ७.३ प्रतिशत वृद्धि भएको थियो । ज्याला वृद्धिले कोरियामा कार्यरत नेपालीहरु उत्साहित भएका छन् ।

‘देशको आर्थिक वृद्धि, मूल्यवृद्धि र ज्यालावृद्धि लगायतका विभिन्न सुचकांकको आधारमा न्यूनतम ज्याला वृद्धि गरिएको हो ।’ ज्याला निर्धारण समितिका अनुसार ‘हरेक वर्ष ज्याला वृद्धि गर्ने सरकारको उद्धेश्य अनुसार ज्याला तय गरिएको हो ।’ 

यधपि, श्रमिकको हक अधिकारमा कृयाशील टे«ड युनियनहरुले मन्त्रालयले बढाएको ज्यालामा सन्तुष्ट नभएको बताइएका छन् । उनिहरुले अहिलेको ज्याला १० हजार वन हुनुपर्ने माग राख्दै आएका थिए । ‘दैनिक बढ्दो मूल्यवृछि र गुणस्तरिय जीवनका लागि अहिले बढाइएको ज्याला ज्याँदै न्यून हो।’ कोरियन कन्फेडेरेशन अफ टे«ड युनियन प्रतिनिधिले भनेका छन् ।  

एसियाका १७ देशका यूवाहरुको आकर्षक रोजगारी स्थल बन्दै गएको कोरियमा प्रत्येक बर्षको तलब बृद्धिले नेपाली श्रमिकहरु उत्साहित बनेका छन् । यधपि, कतिपय साना तथा घरेलु उद्योगहरुमा कार्यरत आप्रवाशी कामदारहरुले भने न्युनतम ज्याला पनि नपाउने गरेको बताएका छन् । 

कृर्षि तथा पशुपालन भिषावाहकका लागि लागि कामादार र संचालकबीच आपसी समझदारीमा ज्याला तय हुने जनाइएको छ ।

कोरियाले सन् १९८८ देखि ज्याला निर्धारण समितिमार्फत प्रत्येक वर्ष न्यूनतम ज्याला निर्धारण गर्दै आएको छ । जुन बेलाको न्यूनतम ज्याला ४ सय ६२ वन थियो । सरकारले सन् २००९ मा ६.१, २०१० मा २.७५, २०११ मा ५.१, २०१२ मा ६.०, २०१३ मा ६.१, २०१४ मा ७.२, २०१५ मा ७.१, २०१६ मा ८.१ र २०१७ का लागि ७.३ प्रतिशतले ज्याला बढाएको थियो ।

आगामी वर्षका लागि लिइएको भाषा परीक्षामा पास भएका नेपालीहरुको कन्ट्याक जनवरीबाट आउने जानकारीमा छ ।

सन् २०१७ मा स्थगित गरिएको सिविटि परीक्षा २०१८ मा हुने कोरियास्थित नेपाली राजदुतावाशका श्रमसहचारी डिल्लीराम बास्तोलाले बताएका छन् ।


No comments:

जुलाईबाट कोरियामा विदेशीलाई निशुल्क कोरोना खोप, कसरि लगाउने ?

निकुञ्ज तिवारी सउल, २८ मे २०२१ दक्षिण कोरियामा बसोबासरत विदेशी नागरिकले पनि आउँदो जुलाई पहिलो साताबाट सरकारले निशुल्क उपलब्ध गराएको एस्टाजेन...