Friday, June 15, 2018

कोरियाली राष्ट्रपतिको सहयोग जारी


निकुञ्ज तिवारी
सउल, (दक्षिण कोरिया) १५ जुन, २०१८
korean president moon jae in help in nepal

दक्षिण कोरियाको राष्ट्रपति निर्वाचित हुनु अगावै सन् २०१६ जुनमा नेपालको भुकम्प प्रभावित क्षेत्रलाई सहयोग गरेका राष्ट्रपति मुन जे इनले आँफूले गरेको सहयोगलाई पुन जारी राख्ने बताएका छन् । कोरियन प्रजातन्त्रिक पार्टीका तर्फबाट राष्ट्रपति निर्वाचित भएका मुनले दुईपटक नेपाल भम्रण गरिसकेका छन् ।

दुई वर्षअघि नेपालको भूकम्प प्रभावित क्षेत्रको भ्रमण गरी उद्धारमा सहयोग गरेको नुवाकोटको आरुखर्क माध्यमिक विद्यालयलाई व्यक्तिगत रुपमा १ करोड ३५ लाख वोन करिब १३ लाख ४८ हजार २०० रुपैयाँ सहयोग गरेका हुन् ।

नेपालमा २०१५ को अप्रिलमा गएको ७.८ म्याग्निच्यूडको भूकम्पका कारण क्षतिग्रस्त भएको नुवाकोटको आरुखर्क माध्यमिक विद्यालयमा राष्ट्रपति मून र उनका सहयोगीले श्रमदान र आर्थिक सहयोग गरेका थिए ।

कोरियाको राष्ट्रपति रहेकी ’पार्क ग्युन हे’ भ्रष्टाचार अभियोगका कारण अपदस्थ भएपछि मे २०१७ मुन राष्ट्रपतिमा निर्वा्चित भएका थिए ।  कोरियन मिडियामा उनले नेपालमा गरेको सहयोगको चर्चा भएको थियो ।

राष्ट्रपति मुनले भूकम्पपछि भ्रमणका बेला आरुखर्कका बालबालिका र स्थानीयलाई आफ्नो सहयोग जारी राख्ने बताएका थिए । सोही प्रतिबद्धता अनुरुप पुनः सहयोग गरिएको जानकारी राष्ट्रपति कार्यलय ब्लू हाउसले जनाएको छ । राष्ट्रपति मुनले केही महिनाअघि आफूले श्रमदान र सहयोग गरेको विद्यालयको पुर्न्निर्माणका बारे चासो राखेका थिए ।

राष्ट्रपति मुनले आफू र आफ्नो सहयोगीबाट १ करोड ५० लाख वोन संकलन गरेका हुन् । १ करोड ५० लाख वोन मध्ये विद्यालयलाई १ करोड ३५ लाख र बाँकी १५ लाख वोन विद्यालय पुर्न्निर्माणमा जुटेका कामदारलाई स्वास्थ्य उपचारका लागि राष्ट्रपति मुनले सहयोग गरेका छन् ।






No comments:

जुलाईबाट कोरियामा विदेशीलाई निशुल्क कोरोना खोप, कसरि लगाउने ?

निकुञ्ज तिवारी सउल, २८ मे २०२१ दक्षिण कोरियामा बसोबासरत विदेशी नागरिकले पनि आउँदो जुलाई पहिलो साताबाट सरकारले निशुल्क उपलब्ध गराएको एस्टाजेन...