Monday, September 10, 2018

कोरियामा प्रवाशी महिला यौन दुव्र्यवहारमा परेमा कार्यस्थान परिवर्तन गर्न पाउने


निकुञ्ज तिवारी
सउल १०, सेप्टेम्बर २०१८...
sexually harassed femalemigrant workers to be allowed change workplace

दक्षिण कोरियामा रोजगारीका लागि आएका प्रवाशी महिलाहरुमाथि कार्यस्थानमा यौन दुव्र्यवहार भएमा सजिलै कार्यस्थान परिवर्तन गर्न पाउने भएका छन् । मानवअधिकार आयोगका अनुसार कोरियाको कृर्षि क्षेत्रमा कार्यरत आप्रवाशी महिला कामदारहरु बढि यौनहिंशामा पर्ने गरेका छन् ।

आप्रवाशी महिला कामदारहरु कार्यस्थानमा यौन दुव्र्यवहारको सिकार हुने गरेको बताउँदै कोरियाको मानवअधिकार आयोगले उनिहरुले कार्यस्थान परिवर्तन गर्न पाउनुपर्ने भन्दै श्रम मन्त्रालयमा निवेदन दिएको थियो । उक्त निवेदन स्वीकृत गर्देै श्रम मन्त्रालयले अबदेखि काम गर्ने ठाउँमा महिलामाथि कुनैपनि यौनजन्य दुव्र्यवहार भएमा कम्पनी वा फमहाउस परिवर्तन गर्न पाउने छन् ।

कोरियामा रोजगारीका लागि आएका करिब ३० प्रतिशत महिला कामदारहरु यौनहिंशामा पर्ने गरेको आयोगको रिर्पोटमा उल्येख छ । यहाँ करिब ३ लाख २४ हजार आप्रवाशी महिला कार्यरत छन् । उनिहरुले कृर्षि फाम, रेष्टुरेण्ट र उत्पादनमुलक क्षेत्रमा काम गर्छन् ।

कोरिया आएकामध्य ५० प्रतिशत आप्रवाशी महिलाहरु कृर्षि क्षेत्रमा (ग्रिनहाउस) काम गर्छन् । उनिहरु कार्यस्थानमै बनाइएको घर (कन्टेनर) मा बस्नुपर्ने र त्यहाँ बढिभन्दा बढि यौनहिंशा हुने आयोगले जनाएको छ ।

मानवअधिकार आयोगले २०१६ मा गरेको एक सर्वेक्षण अनुसार ग्रिनहाउसमा काम गर्ने र कन्टेनरमा खानेबस्ने ८७ आप्रवाशी महिलामध्य ५५ जनाले यौन दुव्र्यवहारको सिकार हुनुपरेको बताएका थिए ।
आयोगले श्रममन्त्रिलाई उक्त हिंशाको बारेमा जानकारी गराउँदै आएको थियो । सोही अनुरुप यौनहिंशामा पर्ने आप्रवाशी महिला कामदारलाई सजिलै कार्यस्थान परिवर्तन गर्ने बातावरण मिलाईदिन फाम संचालकहरुलाई अनुरोध गरिएको छ ।

No comments:

जुलाईबाट कोरियामा विदेशीलाई निशुल्क कोरोना खोप, कसरि लगाउने ?

निकुञ्ज तिवारी सउल, २८ मे २०२१ दक्षिण कोरियामा बसोबासरत विदेशी नागरिकले पनि आउँदो जुलाई पहिलो साताबाट सरकारले निशुल्क उपलब्ध गराएको एस्टाजेन...