निकुञ्ज तिवारी
दक्षिण कोरिया
(ईपिएस लागू भएयताको १२ वर्षमा सुतेकै अवस्थामा मृत्यु हुने, आत्महत्या गर्ने र कार्यस्थल दुर्घटनामा मृत्यु हुनेको संख्या सबैभन्दा धेरै छ । सडक दुर्घटना र कारणै नखुल्ने गरी मृत्यु हुनेको संख्या पनि अधिक छ । दैनिक कामको ओभरलोड धेरै र सुताई वा आराम गर्ने समय थोरै भएमा क्रोनिक फटिकको लक्षण देखा पर्छ । त्यसले मानिसको जिउमा तागत नहुने, थकाइ मात्र लाग्ने, राम्रोसँग निद्रा नलाग्ने, खाना खान मन नलाग्ने, पेट तथा जिउ दुख्ने, वाकवाकी लाग्ने र स्मरण शक्तिमा ह्रास आउनेजस्ता लक्षण देखा पर्छन् ।
नेपाली युवाको प्रमुख आकर्षक रोजगार गन्तव्य दक्षिण कोरिया जाने क्रम बर्सेनि बढ्दै गइरहेको छ । नेपाली युवाको कोरिया प्रवेश बढेसँगै विभिन्न कारणले मृत्यु हुने संख्या पनि बढ्दै गइरहेको छ । श्रम कानुन र रोजगारजन्य सुरक्षाका लागि विश्वमा नै उदाहरणीय देशमा मानिए पनि मृत्युलाई रोक्न सकिएको छैन ।
नेपालीहरू रोजगारीका लागि दक्षिण कोरिया आउन थालेदेखि हालसम्म १५० जनाले ज्यान गुमाएका छन् । सन् २०१७ मा सबैभन्दा धेरै २३ जनाको विभिन्न कारण निधन भएको छ भने २०१८ मा १४ जनाको निधन भएको छ । २०१९ मा १ जनाको निधन भएको छ । २०१८ मा १४ जनाको विभिन्न कारण निधन भयो । सो अवधिमा आत्महत्या ३, कम्पनी दुर्घटनामा ३, सुतेकै अवस्थामा ३, हृदयघात २, सडक दुर्घटना २ र डुबेर १ जनाको निधन भएको थियो । दक्षिण कोरियामा रोजगारी र घरजम गर्न सन् २००७ देखि आएकामा हालसम्म १५० जना नेपालीको मृत्यु भएको छ ।
कोरियामा करिब ५० हजारको हाराहारीमा नेपालीको बसोबास छ । कोरियामा मृत्युका कारण आत्महत्या, कम्पनी दुर्घटनामा, हृदयघात, बिरामी र कारण खुल्न नसकेका मृत्युका विभिन्न कारणहरू रहेका छन् ।
ईपिएस लागू भएयताको १२ वर्षमा सुतेकै अवस्थामा मृत्यु हुने, आत्महत्या गर्ने र कार्यस्थल दुर्घटनामा मृत्यु हुनेको संख्या सबैभन्दा धेरै छ । सडक दुर्घटना र कारणै नखुल्ने गरी मृत्यु हुनेको संख्या पनि अधिक छ । दैनिक कामको ओभरलोड धेरै र सुताई वा आराम गर्ने समय थोरै भएमा क्रोनिक फटिकको लक्षण देखा पर्छ । त्यसले मानिसको जिउमा तागत नहुने, थकाइ मात्र लाग्ने, राम्रोसँग निद्रा नलाग्ने, खाना खान मन नलाग्ने, पेट तथा जिउ दुख्ने, वाकवाकी लाग्ने र स्मरण शक्तिमा ह्रास आउनेजस्ता लक्षण देखा पर्छन् । कोरियामा कार्यरत नेपाली डाक्टर राजेशचन्द्र जोशी दैनिक लामो समय काम गर्दा आराम र खानपानमा ध्यान दिनु आवश्यक हुने बताउँछन् ।
कोरियामा आत्महत्या गर्नुको मुख्य कारण डिप्रेसन रहेकोे बताइन्छ । पारिवारिक झमेला, एक्लोपना, भाषा, हावापानी, रात्रीकालीन काम र भिन्न संस्कृतिका कारण डिप्रेसन हुने गरेको छ । त्यस्तै, ज्यान गुमाउनुको मुख्य कारण पारिवारिक तनाव, लामो समय काम, खानपानमा ध्यान नदिनु, अत्यधिक मदिरा सेवन गर्नु र नियमित स्वास्थ जाँच नगाराउनु इत्यादि रहेका छन् ।
कोरियामा सन् २०१३ मा १८, २०१४ मा ८ जनाको निधन भएको थियो । यसैगरी २०१५ मा २२ जनाको निधन भएको दूतावासको तथ्यांकमा उल्लेख छ ।
यो अवधिमा आत्महत्या ८, कम्पनी दुर्घटनामा ४, सुतेकै अवस्थामा २, हृदयघात ४, अकारण ३ र हत्या १ जनाको भएको छ । २०१६ मा आत्महत्या ७, कम्पनी दुर्घटनामा ५, सुतेकै अवस्थामा ४, हृदयघात १, सडक दुर्घटना २, रोगले १ गरी २० जनाको निधन भएको थियो । २०१७ मा २३ जनाको निधन भएका मध्ये आत्महत्या ७, कम्पनी दुर्घटनमा ८, सुतेकै अवस्थामा ३, अकारण ३ र रोगले २ जना रहेका थिए । २०१८ मा १५ जनाको निधन भएकोमा आत्महत्या ३, कम्पनी दुर्घटनामा ३, सुतेकै अवस्थामा ३, हृदयघात २, सडक दुर्घटना २, उपचारका क्रममा १ र डुबेर १ जनाको निधन भएको छ ।
सरकारले विदेशमा नेपालीको आत्महत्याका घटनाहरूको विषय संवेदनशील भएको जनाउँदै आएको छ । नेपाल र श्रम गन्तव्य दुवै देशको सरकारले उत्तिकै प्राथमिकताका साथ चासो दिएर आपसी सहकार्य गरेर मृत्युका कारण रोकथामका लागि पहल गर्नुपर्ने बताइँदै आएको छ । युवाको आर्कषण श्रम गन्तव्य दक्षिण कोरियामा नेपालीको मुत्युको दोस्रो प्रमुख कारण आत्महत्या रहेको कोरियाका लागि पूर्व श्रमसहचारी अनिल गुरुङले एक कार्यक्रममा पेश गरेको प्रतिवेदनमा उल्लेख छ ।
उनले प्रस्तुत गरेको प्रस्तुतिमा रोजगारीका लागि कोरिया गएर हालसम्म मृत्यु हुने नेपालीमध्ये आत्महत्या मृत्युको दोस्रो कारण बनेको उल्लेख छ । वैदेशिक रोजगार विभागअन्तर्गत ईपीएस कोरिया शाखाका अनुसार सन् २०१७ को आठ महिनामा कोरियामा १७ नेपालीको मृत्यु हुँदा चारजनाले आत्महत्या गरेका छन् । ईपीएस शाखा नेपालका अनुसार कोरिया जाने नेपाली कामदार जे सोचेर कोरिया जान्छन्, त्यो भन्दा विपरीत अत्यधिक कामका कारण विस्तारै निरास भएर आत्महत्याको बाटो रोज्ने गरेका छन् । कोरियामा कुल मृत्युमा करीब २८ प्रतिशत आत्महत्याको कारणले मृत्यु हुने गरेको छ ।
No comments:
Post a Comment