निकुञ्ज तिवारी
इन्छन् २४, अप्रिल २०१९, दक्षिण कोरिया
दक्षिण कोरियामा निम्प्निियाले ग्रसित भई उपचारार्थ अमृत कुवँरले अस्पतालको सैयाबाट बि पोजेटिभ रगतको लागि सहयोगको अपिल गरेका छन् । लामो समयसम्म उपचार गर्दापनि फोक्सोले राम्रो काम नगरेपछि नयाँ फोक्सो प्रत्यारोपण गर्नुपर्ने र जसका लागि बि पोजेटिभ भएका १० जनाको रगत आवश्यक हुने अस्पताल श्रोतले जनाएको छ ।
पर्वत फलेबास नगरपालिका खानिगाउँ ५ का २६ वर्षिय युवक अम्रित कुवँर राजधानी सउलको आन्याङस्थित हान्रिम शिक्षण मुटु अस्पताल (한림대학교성심병원) मा गत जनवरी ७ गतेबाट उपचारार्थ भर्ना भएका छन् ।
मानविय नाताले रगत दान गरी अमृतको जिवन बचाइदिन कोरियामा रहेका नेपालीहरुसमक्ष अपिल गरिएको छ । जसको बि पोजेटिब रगत छ उहाँले आफ्नो परिचयपत्रका साथ आन्याङ्स्थित अस्पतालमा वा सुवनस्थित तल दिइएको ठेगानामा गई रगत दिन सक्नुहुनेछ ।
आइसियु (भेन्टिलेटर) मा राखेर निम्प्निियाको उपचार गराइरहेका कुँवरको आर्थिक अवस्था कमजोर भएकोले कोरियामा केहि महिना पहिला आर्थिक सहयोग अभियान थालिएको थियो । जसमा संकलन भएको रकममध्य केही प्रतिशत अस्पताललाई, केहि प्रतिशत उनका मालिकलाई र केही प्रतिशत अभियानकर्ताको खातामा छ । उक्त रकम आवश्यकपर्दाको क्षणका लागि राखिएको छ ।
अस्पताल वरिपरि हुनेहरुका लागि
ठेगाना : 경기 안양시 동안구 동안로 130 (롯데 백화점 출구) 옆 건물 : 4 호선 범계역 4-1 번
सम्पर्क नम्बर : 031-357-8842
सम्पर्क नम्बर : 031-357-8842
수원역 वरिपरी हुनेहरुको लागी :
ठेगाना : 경기 수원시 팔달구 덕영대로 923-1 새수원 빌딩 4층 ( Ak 플라자 ) 육교 건너편 ( 분당선 9,10 번 출구 )
सम्पर्क नम्बर : 031-245-6518
ठेगाना : 경기 수원시 팔달구 덕영대로 923-1 새수원 빌딩 4층 ( Ak 플라자 ) 육교 건너편 ( 분당선 9,10 번 출구 )
सम्पर्क नम्बर : 031-245-6518
सम्पर्कको लागि–
लक्ष्मी गुरुङ् (अध्यक्ष एनआरएन) 01020786649
लक्ष्मी गुरुङ् (अध्यक्ष एनआरएन) 01020786649
No comments:
Post a Comment