Wednesday, June 19, 2019

कोरियन र आप्रबाशी कामदारको ज्याला फरक हुुनुपर्छ – पूर्व प्रधानमन्त्री ह्वान


निकुञ्ज तिवारी
इन्छन्, १९ जुन २०१८

दक्षिण कोरियाका राष्ट्रपति मुन जे इनले सन् २०२० का लागि न्युनतम ज्याला प्रतिघण्टा १० हजार वन पु¥याउने कार्ययोजना बनाइरहेका बेला मुख्य विपक्षी लिबेर्टी पार्टीका अध्यक्ष ह्वान क्यो अहनले कोरियन र आप्रबाशी कामदारको ज्याला फरक हुनुपर्ने राय ब्यक्त गरेका छन् ।

उनले आज बुसान उद्योग बाणिज्यसंघमा स्थानिय व्यवसायीहरुसंगको भेटमा यस्तो भनेको कोरिया टाइन्सले लेखेको छ । साना तथा मझौला उद्योगहरुलाई पर्न गएको आर्थिक भारलाई कम गर्न उनको पार्टीले यो पस्ताब ल्याउने बताएका थिए ।

स्वदेशी र आप्रबाशी कामदारलाई दिइने ज्यालामा समानता हुनु उचित छैन । ‘समान ज्यालाले स्वदेशी कामदारले देशका लागि दिएको योगदानको कदर हुदैन, यसैले विदेशी कामदारको तुलनामा स्वदेशी कामदारले ज्याला बढि हुनुपर्छ ।’ उनले भनेका छन् ।

ह्वान बर्खास्त पूर्व राष्ट्रपति पार्क गु हेको कार्यकालमा करिब २ वर्ष प्रधानमन्त्रीको जिम्वेवारी सम्हालेका थिए ।
तर श्रम नियामावलीको धारा ६ का अनुसार लैङगीक, राष्ट्रियता, धार्मिक, सामाजिक मुल्यमान्यताका आधारमा कुनैपनि कामदारलाई भेदभाव गर्न पाइने छैन् ।

अन्तराष्ट्रि श्रम संगठन (आइएलओ) ले पनि ज्यालाको आधारमा कामदारलाई भेदभाव गर्न नपाइने जनाउँदै आइरहेको छ ।

कोरियाले सन् २०१८ मा २०१९ (यो वर्ष) का लागि १०.९ प्रतिसतले ज्याला वृद्धि गरेको थियो । सन् २०१८ मा प्रतिघण्टा ७५३० वन थियो भने यसवर्ष ८३५० वन छ ।

No comments:

जुलाईबाट कोरियामा विदेशीलाई निशुल्क कोरोना खोप, कसरि लगाउने ?

निकुञ्ज तिवारी सउल, २८ मे २०२१ दक्षिण कोरियामा बसोबासरत विदेशी नागरिकले पनि आउँदो जुलाई पहिलो साताबाट सरकारले निशुल्क उपलब्ध गराएको एस्टाजेन...