निकुञ्ज तिवारी
इन्छन्, २० जुन २०१८
कोरियाका पूर्व प्रधानमन्त्री तथा विपक्षी लिबेर्टी पार्टीका अध्यक्ष ह्वान क्यो आनले हिजो आफुले बोलेको ‘आप्रवाशी कामदारलाई असमान ज्याला गर्नुपर्छ‘ भन्ने भनाई आज फिर्ता लिएका छन् ।
उनको भनाइलाई लिएर चौथर्फी आलोचना भएपछि आज सउलमा भएको संसदिय बैठकमा उनले आफुले बोलेको कुरा फिर्ता लिदै भने ‘मसंग क्षमा माग्ने कुनै शब्द छैन । मेरो भनाइको अर्थ आप्रवाशी वा स्थानिय कुनैपनि कामदारहरुबीच भेदभाव गर्ने थिएन । अर्थ मोडिएको हो ।’
हिजो उनले बुसान उद्योग बाणिज्यसंघमा स्थानिय व्यवसायीहरुसंगको भेटमा कोरियन र आप्रबाशी कामदारको ज्याला फरक हुनुपर्ने राय ब्यक्त गरेका थिए । साना तथा मझौला उद्योगहरुलाई पर्न गएको आर्थिक भारलाई कम गर्न उनको पार्टीले यो पस्ताब ल्याउने बताएका थिए ।
स्वदेशी र आप्रबाशी कामदारलाई दिइने ज्यालामा समानता हुनु उचित छैन । ‘समान ज्यालाले स्वदेशी कामदारले देशका लागि दिएको योगदानको कदर हुदैन, यसैले विदेशी कामदारको तुलनामा स्वदेशी कामदारले ज्याला बढि हुनुपर्छ ।’ उनले भनेका थिए ।
दक्षिण कोरियाका राष्ट्रपति मुन जे इनले सन् २०२० का लागि न्युनतम ज्याला प्रतिघण्टा १० हजार वन पु¥याउने कार्ययोजना बनाइरहेका छन् ।
ह्वान बर्खास्त पूर्व राष्ट्रपति पार्क गु हेको कार्यकालमा करिब २ वर्ष प्रधानमन्त्रीको जिम्वेवारी सम्हालेका थिए ।
तर श्रम नियामावलीको धारा ६ का अनुसार लैङगीक, राष्ट्रियता, धार्मिक, सामाजिक मुल्यमान्यताका आधारमा कुनैपनि कामदारलाई भेदभाव गर्न पाइने छैन् ।
अन्तराष्ट्रि श्रम संगठन (आइएलओ) ले पनि ज्यालाको आधारमा कामदारलाई भेदभाव गर्न नपाइने जनाउँदै आइरहेको छ ।
कोरियाले सन् २०१८ मा २०१९ (यो वर्ष) का लागि १०.९ प्रतिसतले ज्याला वृद्धि गरेको थियो । सन् २०१८ मा प्रतिघण्टा ७५३० वन थियो भने यसवर्ष ८३५० वन छ ।
प्रबासी मजदुर संघले (एमटियु) आज पार्टी कार्यालय अगाडी विभेदकारी बोलि फिर्ता लिनुपर्ने, आप्राबाशी कामदारहरुसंग माफ माग्नुपर्ने, आप्राबासी मजदुरलाई भेदभाव गर्ने अभिव्यक्ति दिन बन्द गर्नुपर्ने लगायतका माग राखी ज्ञापन पत्र बुजाएको अध्यक्ष उदय राइले बताएका छन् ।
प्रबासी मजदुर संघले (एमटियु) आज पार्टी कार्यालय अगाडी विभेदकारी बोलि फिर्ता लिनुपर्ने, आप्राबाशी कामदारहरुसंग माफ माग्नुपर्ने, आप्राबासी मजदुरलाई भेदभाव गर्ने अभिव्यक्ति दिन बन्द गर्नुपर्ने लगायतका माग राखी ज्ञापन पत्र बुजाएको अध्यक्ष उदय राइले बताएका छन् ।
No comments:
Post a Comment