Friday, May 28, 2021

जुलाईबाट कोरियामा विदेशीलाई निशुल्क कोरोना खोप, कसरि लगाउने ?



निकुञ्ज तिवारी
सउल, २८ मे २०२१
दक्षिण कोरियामा बसोबासरत विदेशी नागरिकले पनि आउँदो जुलाई पहिलो साताबाट सरकारले निशुल्क उपलब्ध गराएको एस्टाजेनेका कोरोना खोप लगाउन पाउने भएका छन्।


कोरियामा ९० दिनभन्दाबढि बसोबास गरेको जुनसुकै आप्रवाशीले खोप लगाउन पाउने छन्।


मेडिकल स्टाप, कोरोनाका विमारी र सत्तरी वर्षभन्दा माथिका वृद्धवृद्धाहरुलाई मे अन्तिमसम्म कोरोना खोप दिइसकिने बताइएको छ। जुनबाट ६० वर्षमाथिका मानिसहरुलाई लगाइने छ।


जुलाई पहिलो साताबाट १८ वर्षमाथि ६० वर्षसम्मका कोरियन विदेशीसबैले कोरोना खोपको आवेदन दिएर खोप लगाउन पाउने छन्। खोप आफुँ बसोवासरत नजिकैको स्वास्थ केन्द्रमा उपलब्ध हुने रोग नियन्त्रण र रोकथाम एजेन्सीले जनाएको छ।


खोप लगाउनका लागि बैधानिकको हकमा आप्रवाशी परिचय पत्र र अबैधानिकका लागि पासपोर्ट वा सवारीचालक अनुमति पत्र हुनुपर्ने छ। भने खोपको तालिक जुन महिनामा सार्वजानिक हुने छ।


राष्ट्रिय स्वास्थ बिमामा समेटिएका व्यक्तिहरुले सार्वजानिक स्वास्थ केन्द्रहरु साथै अन्य अस्पतालहरुमा गएर पनि खोप लगाउन सक्नेछन्।


विदेशीका लागि सरकारले विभिन्न भाषा समेटेर वेवसाइट बनाउने बताइएको छ। जुनमा सार्वजनिक हुने वेवमार्फत पनि खोप आवेदन (एप्लाई) गरेर खोप लिन सकिने छ। वेबमा अंग्रजी, जापानी, चिनियाँ, रुसी, भियतनामी, अरबी गरी १२ भाषाहरुको सहायत हुने बताइएको छ।


त्यस्तै, खोप लगाएपछि देखिन सक्ने साइडइफेक्टको रिर्पोटका लागि सरकारी वेवसाइटमा नम्बरहरु राखिने पनि जनाइएको छ।


कोरिया रोग रोकथाम केन्द्रले २४ घण्टा हटलाईनको सुविधा पनि दिइरहेको छ। जहाँ कोरोनाको खोप र अन्य बारेमा सोधपुछ गर्न सकिने छ।

Thursday, March 25, 2021

कोरियामा रङगशाला निर्माणकोलागि सहयोग अभियान थालनी

निकुञ्ज तिवारी

सउल, २५  मार्च 


 

चितवनमा निर्माणाधिन गौतम वुद्ध अन्तराष्ट्रिय रङगशाला निर्माणका लागि आर्थिक अभाव भएपछि कोरियामा सहयोग अभियानको थालनी भएको छ।

धुर्मुस सुन्तली फाउण्डेशनद्धारा स्वदेश र विदेशमा बसोवास गर्ने नेपालीहरुको आर्थिक सहयोगमा निर्माणधिन रङगशालाका लागि आर्थिक अभाव भएको फाउण्डेशनले जनाएको छ। 

रंगशाला निर्माणमा चरम आर्थिक संकट आइपरेपछि रंगशाला निर्माणका लागि कलाकार धुर्मुस सुन्तली मेचि महाकाली अभियानमा छन्। कलाकार सुन्तलीले सहयोग अपिल गर्दा धरधरी रोएको भिडियो भाइरल समेत भइरहेको छ।  

चितवनमा धुर्मुस सुन्तली फाउन्डेसनले रंगशाला निमार्ण गर्ने शुरुवाती क्रम देखि नै यसका पक्ष विपक्षमा विभिन्न तर्क वितर्क हुँदै आएका थिए। कोरिया कार्यरत नेपालीहरुले पनि सामाजित सञ्जालमा पक्ष विपक्षमा तर्क राख्दै आएका थिए। 

हाल सहयोग रकम संकलन गर्ने युवाहरुको रंगशाला निर्माणले नेपालको समग्र खेलकुद विकासमा ठूलो टेवा पुग्छ भन्ने विचार बोकेका छन् । सहयोग गर्न इच्छुक लेयस समुहमा रहेका युवा अभियन्ताहरुसँग सम्पर्क गर्न सकिनेछ। 

अभियान एक महिना जारी रहने छ। 

नेपालको गौरव शान सास्कृतिक पहिचान झल्कने धार्मिक इतिहास बोकेर बन्दै गरेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण स्थलको लागि हामी सबै कोरिया बासीहरुमा बिनम्र अनुरोध गर्दछौं। जति सकिन्छ आफ्नो इच्छा खुसीले सहयोग गरौं। 

सहयोग संकलनका लागि खाता नं.को विवरण यसप्रकार रहेको छ । 

खाता  नम्बरः

23391047512307 -KEB HANA BANK 

 Raut Khyamraj

 

 सहयोग अभियानका लागि सम्पर्क फोन नं.  यसप्रकार रहेको छ । 

 प्रकाश कट्टेल (पाँचथर) 01083799486

 युबक राई (मोरंग) 01041599502

ख्याम राज राउत (खोटाङ)  01058624673

सन्जु क्षेत्री  (पोखरा)  01091257033

हिरा राउत ( खोटाङ) 01021787374

सरोज  खड्का (सर्लाही) 01044185344

 

हालसम्म सहयोग गर्नेहरुको नामावली यसप्रकार रहेको छ ।

 

१.सन्जु क्षेत्री (कास्की) ५१,१११ वन

२. प्रकाश कट्टेल (पाँचथर) ६०,००० वन

३. ख्यामराज राउत (खोटाङ) ७०,००० वन

४. हिरा राउत (खोटाङ) १५०,००० वन 

५. कृष्ण राउत (खोटाङ) ६०,०००  वन

६. ज्ञानेन्द्ध कार्की (तेह्रथुम) ५०,००० वन

 ७. मोहन भन्डारी (गुल्मी) ५५,००० वन

 ८. धन बहादुर नेपाल (इलाम) ४०,००० वन

९. सरोज खड्का (सर्लाही) २१,००० वन

 १०. डोल ब आले(राज) (स्याङ्जा) ३०,००० वन

११.कल्याण कट्टेल ६१,००० वन

१२. केदार राई (संखुवासभा)  ३०,००० वन

१३. तिर्थ कार्की (सर्लाही) ५०,००० वन

१४. नविन पौडेल (झापा) ६०,००० वन

१५. किशोर सुवेदी (झापा) ५०,००० वन 

१६. टीआर प्रसाद पौडेल (कपिलवस्तु) ६०,००० वन

१७. शम्भु गौतम (मोरोंग) ५०,००० वन 

१८.निकुञ्ज तिवारी १५ ,००० वन 

Wednesday, January 6, 2021

• कोरियामा निशुल्क कोरोना परिक्षण अनुभव र गर्ने तरिका

 निकुञ्ज तिवारी

इन्छन्, दक्षिण कोरिया
६ जनवरी २०२१

कोरियामा चिसो मौसम सुरु भएसंगै केहि सातादेखि कोरोनाका संक्रमितहरुपनि बढिरहेका छन्।

कोरिया सरकारले मुलबासीसंगै कानुनी या ग्रैहकानुनी तबरमा जिवनयापनगरिहेका आप्रवाशी नागरिकको कोरोना परिक्षण निशुल्क गरिरहेको छ।

तपाइँको वरपर पनि संक्रमित छन् ? तपाइँले आजसम्म कोरोना परिक्षण गर्नुभएको छैन ? र कोरोना परिक्षण गर्न मन छ ?

छ भने–

परिक्षण गर्दा भिषा, भाषा, पासपोर्ट र आप्रवाशी परिचयपत्र केहि नभएपनि हुन्छ। मात्र मोवाइल नम्बर भए पुग्छ।
विदाको दिन, शनिबार, आइतबार र हरेक बार विहान नौ बजेदेखि बेलुकी छ बजेसम्म कोरोना निशुल्क परिक्षण गर्न पाइन्छ।

काकाव म्याप वा गुगल सर्चमा 코로나선별지료소 वा COVID-19 screening center सर्च गर्नुहोस। तपाईँ बसेको नजिकै यस्तै सेन्टर देखिन्छन्। त्यहाँ गएर कोरियनमा ‘नान् कोरोनारल् हाक्किनहार वास्सयो।”  वा अंग्रजीमा कोरोना ‘आइ वान्ट टु चेक कोरोना ।’ मात्रै भने पनि हुन्छ।

पहिलो बुथमा रहेका मेडिकल स्टाफहरुले त्यहाँ राखिएको स्यानिटाइजरले तपाईको हात धुन लगाउँछन् र तपाईको नाम र मोवाईल नम्बर लेख्न लगाउँछन् । अंग्रेजिमा पनि लेख्न सकिने छ। र त्यो नाम लेखेको पेपर लिएर तपाईँलाई अर्को बुथमा पठाउँछन् ।

उक्त वुथमा तपाईको नाम र फोन नम्बर चेक गरेपछि खकार र र्याल राख्ने सानो सिसी तपाईलाई दिन्छन् ।

तपाइँ त्यो सिसी लिएर अर्को बुथमा गएपछि त्यहाँ खटिएका स्टाफले तपाइँको नाक र मुखबाट खकार र र्यालको स्याम्पल लिन्छन् र चौविस घण्टाभित्र तपाईको मोवाइलमा परिक्षण नतिजा पठाइदिने जानकारी दिन्छन् ।

भोलीपल्ट तपाइको मोवाइलमा उम्संगइम्निदा आयो भने तपाई सुरक्षित हुनुहुन्छ
यदि, यान्ग्संगइम्निदा आयो भने तपाई कोरोना संक्रमित हुनुहुन्छ ।

Friday, August 28, 2020

कोरियामा ‘नो मास्क, नो राइड’

निकुञ्ज तिवारी इन्छन्, 
दक्षिण कोरिया २८ अगस्ट २०२० 

 दक्षिण कोरियामा भिडभाड हुने जुनसुकै स्थानमा र सार्वजानिक सवारीसाधनहरुमा यात्रागर्दा यात्रु र चालक दुबैपक्षले अनिवार्य मास्क लगाउनुपर्ने नियम छ। 
कोरोना भाइरसका कारण सरकारले गत मे २६ देखि ‘नो मास्क, नो राइड’ नियम लागु गरेको हो। नियम लागु गरेको ३ महिनाको समयमा मास्क नलगाई यात्रा गर्ने ३४९ जना यात्रुहरु पक्राउ परेका छन्। 
तीमध्य १६४ जनाले अन्य यात्रुहरुलाई दुब्र्यवहार गरेको आरोप पनि छ। ‘उनिहरुलाई अन्य यात्रुहरुले मास्क लगाउन अनुरोध गर्ने गरेका थिए।’ मास्क नलगाई सार्वजानिक यातायातमा यात्रा गर्दा विभिन्न दुर्ववहारजन्य घटनाहरु पनि घट्ने गरेका छन्। 
 शुक्रबार विहान सउल मेट्रो रेल नम्बर २ मा मास्क नलगाई यात्रा गरेका एक यात्रीलाई मास्क लगाएका यात्रुले मास्क लगाउन अनुरोध गर्दा भनाभनका साथै कुटपीटै भएको थियो। 
 त्यसैगरि, गत साता पनि एक वृद्ध यात्रुलाई अर्का यात्रुले मास्क लगाउन अनुरोध गर्दा हानाहान भएको थियो। त्यसरी, मास्क नलगाई यात्रा गर्दा गालीजलैज तथा हानाहानैका घटना बढ्न थालेका छन्। 
 त्यसैगरी इन्छन्क्षेत्रभित्रका सम्पूर्ण सार्वजानिक स्थलहरुमा मास्क लगाउनुपर्ने र नलगाएको उजुरी आई पक्राउ परेमा १ लाख वन अर्थात् करिब १० हजार रुपैयाँ जरिमाना लगाउने नियम ल्याएको छ। 
आँफू मास्क लगाउ र अरुलाई पनि मास्क लगाउन अनुरोध गरौं। मास्क लगाउँदा कोरोना भाइरसबाटमात्रै होइन, स्वासप्रस्वासबाट सर्ने अन्य सरुवा रोग र धुलोधुवाँ जस्ता प्रदुषणबाट जोगिऔं। स्वस्थ बनौं। 
त्यसैगरी, हिजोआज भाइरस संक्रमित बढ्न थालेपछि सरकाले सामाजिक दुरी कायम गर्न नागरिकसमक्ष अनुरोध गरेको छ भने राजधानी सउलमा १० जनाभन्दा बढि जम्मा हुन नपाउने नियम बनाएको छ। 
 कोरियामा आज शुक्रबार ३७१ जना कोरोना संक्रमित थपिएका छन्। आजसम्म १९ हजार ७७ जनामा कोरोना संक्रमित भएका छन्। जसमध्य १४ हजार ५५१ जना निको भएका छन्। भाइरसका कारण ३१६ जनाले ज्यान गुमाएका छन्।

Wednesday, August 26, 2020

राजधानी सउलले विदेशीलाई भत्ता दिने


निकुञ्ज तिवारी
इन्छन्, दक्षिण कोरिया
२६ अगस्ट २०२०


दक्षिण कोरियाको राजधानी सउल महानगरपालीकाले महानगरभित्र बसोबास गर्ने हरेक विदेशी नागरिकहरुलाई कोरोना भत्ता दिने जनाएको छ। भत्ता पाउनका लागि सउल महानगरपालिका भित्र ९० दीन बसेको हुनुपर्नेछ।

राहत भत्ताकालागि अगष्ट ३१ देखि सेप्टेम्बर २५ गतेसम्ममा महानगरपालीकाको वेबसाइट http://fds.seoul.go.kr अनलाइन आवेदन दिन सकिने छ । त्यसतै नजिकैको बिदेशी परामर्श केन्द्रमा गएर पनि आवेदन दिन सकिने छ।

राहतबापत एक व्यक्तिकोलागि प्रति महिना १.७६ मिलियन वन। दुइ जना भएको परिवारको लागि २.९९ मिलियन वन। तिन जना भएको परिवारकोलागि ३.८७ मिलियन वन। चार जना भएको परिवारकोलागी ४.७५ मिलियन वन।

पाच जना भएको परिवारकोलागी ५.६३ मिलियन वन। छ जना भएको परिवारकोलागी ६.५१  मिलियन वन। र सात जना भएको परिवारकोलागी ७.३९ मिलियन वनका दरले वितरण गरिने बताइएको छ ।

सोमबारदेखि सुक्रबारसम्म अनलाईन आवेदन दिन पाइने छ। शनिबार र आइतबार आवेदन दिन पाइने छैन।

महानगरपालीकाले गत मार्चमा कोरोना भाइरसका कारण आर्थिक अवस्था कमजोर भएका नागरिकहरुकालागि ५ सय ४२ दशमलब ३ बिलिएन वन छुट्याएको थियो।
राजधानी सउलमा ९५ लाखभन्दा बढि विदेशीहरुको बसोवास रहेको महानगरपालीकाले जनाएको छ।

Wednesday, April 1, 2020

नेपालमा कोरोना फैलिइहालेमा कोरियाबाट सिकौं




निकुञ्ज तिवारी
इन्छन्, दक्षिण कोरिया
१ अप्रिल २०२०

आफ्नो स्वास्थको पहिलो चिकित्सक आफै हौं।

मानिसले आफ्नो स्वास्थलाई तन्दुरुस्त, मजबुत र फूर्तिलो बनाईराख्नु जरुरी छ। स्वस्थ र निरोगी शरिरका लागि अपनाउनुपर्ने सावधानी र सचेतनाको सामान्य जानकारी स्वयमंमा हुनु जरुरी छ।
हामीले खाने खानाकै कारणबाट विभिन्न रोगहरु उत्पन्न हुने गर्छन्। त्यसैले, दैनिक खाना, खाजामा ध्यान पु¥याउँ। पेय पदार्खबाट रोगहरु निम्तिन्छन्। त्यसैले, पिउने पदार्थमा सचेत रहौं। 
कतिपय रोगहरु आफ्नै लापवार्हीका कारण लाग्छन्। र त्यस्ता रोगहरुको प्रत्यक्ष–अप्रत्यक्ष असर अरुले पनि भोग्नुपर्ने हुन्छ।
त्यसको भयाभह उदाहरण हो – डिसेम्बर ३१ देखि चिनको बुहान शहरमा फैलिएको कोरोना १९ नामक घातक भाइरस। जुन भाइरसका कारण विश्वमा लाखौं मानिसहरु संक्रमित छन्। केही हजारले ज्यान गुमाएका छन्।
एक जनामा देखा परेको कोरोना भाइरसले त्यहाँ महामारी रुप लिएको थियो। र संक्रमित कम भएपनि निधन हुने र उपचारपद्धती जारी नै छ। त्यसपछि कोरोनाले उग्ररुप लिएको दोस्रो देश हो दक्षिण कोरिया। त्यसपछि युरोपियन र अमेरिकन देशहरुमा कोरोनाले उग्र रुप लिइरहेको छ।

कोरिया प्रवेश

राजधानी सउलदेखि ३ सय ५० किमी दक्षिण शहर थेगुस्थित एक अस्पतालमा जनवरी १९ मा कोरोनाको एक बिमारी भेटिएको थियो। चर्चमा गएर फर्किएको मानिसमा कोरोनाको लक्षण   देखिएपछि जनवरी २० मा अन्य केहि नागरिकहरुमा फैलिएको थियो।
जति छिटो कोरोनाका संक्रमितहरु बढ्न थाले त्यतिनै धेरै सर्तकतामा जोड दिइयो। संक्रमित शहर थेगुमा बढि सर्तकता अपनाइयो। सडक, यातायात, कलकारखाना, चर्च, विद्यालयहरुमा विशेष क्षेत्र घोषण गर्दै औषधी छरियो। र सरकारले नागरिकहरुलाई विशेष काम बाहेक बाहिर ननिस्कन अनुरोध ग¥यो।
भाइरस फैलिदैफैलिदै गयो। जनवरी २० देखि फैलिएको भाइरस एक दुई जनामा हुँदै फेब्रेवरी पहिलो सातामा केहि सय पुग्यो। फेब्रेवरी अन्तिमदेखि मार्च पहिलो सातासम्म दैनिक एक हजारमानिससम्म संक्रमित भए। हिजो आज निकै मानिस संक्रमित हुदै गएका छन्।
युरोप र अमेरिकी राज्यहरुमा भाइरसका नयाँ संक्रमितहरुको संख्या बढ्दो छ। दैनिक हजारौं जना संक्रमित हुने गरेका छन्। भने सयौं जनाको निधन हुने गरेको समाचारसंस्थाहरुले जानकारी दिइरहेका छन्।

राष्ट्रपति मुनको शाहसिलो कदम

कोरोनाले उग्र रुप लिदैं गएको संकेतपश्चात राष्ट्रपति मुन जे इनले कोरोना संक्रमितहरुलाई भेटे। रोगको उपचारमा खटिएका चिकित्सकको टोलीहरुलाई हौषला दिए। र भाइरस    फैलिन नदिन र फैलिइ हालेमा हुने मानवीय क्षति न्यूनिकरणमै ध्यान केन्द्रित गराए। 
देशमा संक्रमित फैलिन नदिनका लागि देशबासीहरुलाई अनुरोध गरे। सर्तकता अपनाउन नागरिकहरुसमक्ष आग्रह गरे। सरकार, कर्मचारीतन्त्र र नागरिक सबै उत्तिकै जिम्मेवारीतबरले लाग्नुपर्नेमा जोड दिए।
देशबासीहरुलाई सम्बोधन गर्दै उनले कोरोना भाइरस रोकथामका लागि सरसफाईमा ध्यान दिन आग्रह गरे। मास्क लगाउन आग्रह गरे। जमघट नहुन आग्रह गरे।
किट उत्पादनमा जोड दिए। मुलुकभर परिक्षणशाला स्थापना गरे। र संक्रमित ब्यक्तिको सम्पर्काम रहनेहरुको खोजी र उनिहरुलाई परिक्षण गर आग्रह गरे।
मास्क उत्पादन हुने कारखानाहरुमा गएर मास्क, स्यानीटाइजर उत्पादनमा जोड दिन आग्रह गरे।
उनले कोरोना विरुद्ध युद्ध घोषण गरे। कोरोना संक्रमित उपचार, स्याहार र रोकथामका लागि उनले २५ खर्ब अमेरिकी डलर छुट्याए।
त्यसपश्चात, देशको अर्थतन्त्रमा गिरावट नआवोस भन्दै साना तथा मझौला उद्योगका राहतका लागि १५० ट्रिलिएन वन छुट्याए। र मारमा परेका उद्योगहरुलाई वितरण गरे।
अमेरिकी राष्ट्रपति डोनाल्ड टम्प, फ्रान्सका राष्ट्रपति इम्यानुअव म्याक्रो र स्वीडेनका प्रधानमन्त्री स्टेफेन लगायतका अन्य मुलुकले राष्ट्रपति मुन जे इनलाई भाइरस नियन्त्रण र                    औषधोपचारमा सहयोग गर्न अनुरोध गरका छन्।

आपतकालिन अवस्था घोषण

राजधानी सउलबाट तीनसय किमी दक्षिण शहर थेगुस्थित एक चर्चमा जनवरी १९ मा देखा परेलगत्तै उक्त शहरमा आपतकालिन अवस्था घोषणा गरिएको थियो। तर नागरिकहरुमा कुनै प्रतिवन्ध लगाएन तर चर्च, विश्वविधालय, वस, रेल स्टेशन, लगायतका भिडभाड बढि हुने स्थानमा सतकर्ता अपनाउन आग्रह ग¥यो।
पहिलो संक्रमण देखिएलगत्तै सरकारले चिकित्सकहरुसमक्ष छलफल गरी औषधिजन्य सामाग्री, किट लगायतका अन्य सावधानीका सामाग्रीहरु उत्पादन गर्ने कम्पनीहरुलाई उपचार र परिक्षणका लागि आवश्यक सामाग्रीहरु उत्पादनमा बढावा दिन आग्रह गरे।
सरकारले सुरक्षाका लागि किट्स उत्पादनसंगै आपूर्तिमा जोड दिएर धेरैभन्दा धेरै नागरिकमा परिक्षण गरायो।
हाल दैनिक १ लाख किट्स उत्पादन भइरहेको छ । दैनिक हजारौंलाई परिक्षण गररहेको छ। भने किट्स लगायतका अन्य सुरक्षाका सामाग्रीहरु अन्य देशमा वितरण गर्ने तयारी गरिरहेको छ।

परिक्षण र सरसफाईमा सर्तकता

कोरियाले मुलुकभर सरकारी अस्पताल, जनस्वास्थ कार्यालय, क्लिनिक गरी छ सयभन्दा बढि कोरोना परिक्षण र उपचार केन्द्र स्थापना गरी सेवामा बढावा दियो।
मुलुकभर ४ लाख १० हजार ५६४ जना मानिसहरुमा कोरोना परिक्षण गर्न सफल भयो। परिक्षण सफल बनाउन नागरिकहरुले सरकारलाई सहयोग गरिरहेका छन्।
भाइरसको लक्षण देखिनेहरुलाई आइसोलेसनमा राखि उपचार गरियो। र उनिहरुसंग एक साता अघिदेखि सम्पर्कमा आउनेहरुको खोजिगर्दै परिक्षण र उपचारमा व्यापकता दियो।
सिसिटिभि फुटेज र जिपिएसको माध्ययमबाट खोजि गर्दै परिक्षण र उपचारमा जोड दिइयो।
परिक्षणका लागि करिब दश मिनट लाग्ने र एक घण्टाभित्रै संक्रमण भए नभएको पुष्टी हुने कोरोना परिक्षण गर्न सरकारले नागरिहरुसमक्ष अनुरोध ग¥यो।

इर्मजेन्सी अलट म्यासेज

विभिन्न दुरसञ्चार कम्पनीहरुले स्मार्टफोनमा इर्मजेन्सी अलट म्यासेज दिदै आइरहेका       छन््। कोरोना संक्रमित भएको स्थानको जानरकारी सहित उक्त ठाउँमा नजार र जानै परेमा सावधानीका सामाग्रीहरु अपनाई जान अनुरोध गरिरहेको छ।
स्यानीटाइजर र साबुन पानीले हात धुन,  मास्क प्रयोग गर्न, रुघाखोकी लागेको भएमा मास्क प्रयोग गर्न, हाच्छ्युँ गर्दा अरुलाई नपर्ने गरी गर्न, परिचित वा अपरिचित मानिसहरुसग हात नमिलाउन र अंकमाल नगर्नलगायतका सावधानी प्रसित गर्दै आइरहेको छ।

स्यानिटाइजर र मास्कको व्यापक प्रयोग

कोरियाका अस्पतालहरुमा स्यानीटाइजर र मास्क निशुल्क उपलब्ध छ। बस, रेल र अपाटमेण्टका लिफ्ट, कलकारखानाका गेटमा स्यानीटाइजर राखिएको छ।
त्यस्तै, विभिन्न कामले अस्पताल जाने र कलकारखानामा कार्यरतहरुको नियमित ज्वरो नापिइरहेको छ। 

निशुल्क परामर्श

सरकारले कोरोना भाइरसको संक्रमणको लक्षण देखिएमा मा फोन गरी परामर्श लिन अनुरोध पनि गरिरहेको छ। या नजिकका अस्पतालहरुमा सम्पर्क गरि आँफूमा भएको लक्षणहरु बताउन र उपाचार विधि अपनाउन पनि सरकारले आग्रह गरिरहेको छ।

डरत्रास फैलाएन

हाम्रो देशको सामाजिक सञ्जाल जस्तो यहाँको सञ्जालमा भयाभह फैलिएको छैन।  छिनछिनमा तातिरहने हाम्रो सञ्जाल भने यहाँ तातेको छैन। 
यहाँ बेकामका अनलाइनहरु र युटुबे भाइरसहरु छैनन्। भएकाहरु आफ्नै उद्धेश्यहरुमा व्यस्त  छन्। बेकाममा मानिसभित्र डर, त्रास र निराशा फैलाएनन् र फैलाउँदैनन् पनि।
आफ्रनै नियमकानुन छ। आफ्नै लक्ष्य र उद्धेश्य छ। आफ्नै प्राप्ती छ।
हाम्रा जस्ता बकम्फुसेहरु आँफै चिकित्सक बनेर औषधोपचारविधि सिकाइरहेछन्। तर यहाँ त्यस्तो छैन। भइहालेमा कडा कावार्ही हुन्छ। जरिमाना हुन्छ।

नागरिकहरुमा चेतनाको द्धृष्य

बसमा र रेलमा यात्रा गर्दा मास्क लगाएको देखिन्छ। एकआपसमा कुराकानी गरेको देखिदैन। परिचितसंग बोल्नै परेपनि टाढैबाट बोलेको देखिन्छ। हात मिलाएको देखिदैन। अपरिचित एकअर्कालाई हेरेको देखिदैन। कसैको नजिकै आएर कोहि बोलेको देखिदैन। थुकको छिटा अरुको शरिरमा पर्ने गरी खोकेको देखिदैन। र हाच्छ्युँ गरेको देखिएन। देखियो त पछाडि फर्केर वा हातले छेकेर खोकेको र हाच्छ्यु गरेको।

सवारीसाधनमा जनचेतना

कोरियामा गुड्ने बस, रेल, ट्याक्सीलगायतका सार्वजानिक सवारीसाधनमा कोरोनासम्बन्धी जनचेतनात्मक जानकरी पढ्न, हेर्न र सुन्न पाइन्छ।
कोरोना भाइरस लाग्नबाट जोगिन र लागिहालेमा अपनाउनुपर्ने सावधानी र उपचार सम्बन्धी   चेतनामुलक जानकारीका साथै लक्षण, बच्ने उपाय र परामर्शका लागि अस्पतालका फोन नम्बरलगायतका जानकारीहरु राखिएका छन्।

कोरोनाबाट बच्चे उपाय

सरसफाइमा ध्यान पु¥याउँ। धेरै मानिसहरु जमघट हुने ठाउँहरुमा नजाऔं। मास्क लगाएर यात्रा गरौं । खोक्दा वा हाँच्छ्यु गर्दा अरुलाई नपर्ने तरिकाले नाकमुख छोपेर गरौं। बाहिर गएर घर फर्केपछि हातमुख साबुनपानीले धोऔं। स्वास्थको ख्याल गरौं। र संक्रमणको संका लागेमा तत्काल परामर्श लिउँ। अस्पताल जाऔं। र कोरोनालगायतका भाइरसबाट सदा बचौं। स्वास्थ नै धन हो।

संक्रमित पूर्ण निको

मार्च १३ मा कोरोना संक्रमित भएर थेगुस्थित पोहाङ क्लिनिकमा भर्ना गरिएको ९७ वर्षिय एक वृद्ध बुधबाार पूर्ण निको भएर घर फिर्ता भएकी छन्। कोरोना संक्रमितपश्चात उपचार गरी निको हुन्छ भन्ने पछिल्लो बयोवृद्ध महिला हुन् उनी । कोरोना संक्रमित भएर उपचारपश्चात निको हुने उनि पहिलो वृद्ध महिला हुन्।  क्लिनिकले उनलाई पूर्ण निको भएको घोषणा गरी घर पठाएको बताइएको छ। हाल उनी घरमै कोरोन्टाइनमा रहेकीछन्।
त्यस्तै, संक्रमित मध्य ५० प्रतिशत विरामी निको हुँदै घर फर्किइरहेका छन् । विहिबार साझसम्ममा ५ हजार ४०८ जना पूर्ण निको भएर घर फर्किए भने ४ हजार २१६ जनाले उपचार सेवा लिइरहेका छन्।

१० मिनटमा चेक

सउल महानगरपालिकाले मार्च २६ बिहिबारदेखि सार्वजानिक स्थलहरुमा आवतजावत         गर्ने मानिसहरुको कोरोना चेकजाच सुरु गरेको छ। १० मिनट मात्र समय लाग्ने उपकरणमार्फत मानिसहरुलाई कोरोना छ या छैन भन्ने चेक गरेको छ।
उक्त चेकजाचमा कोरोनाको लक्षण देखिएमा तुरुन्त अस्पताल भर्ना गरिने पनि जनाइएको छ।

सेल्फ क्वारेन्टाइन

अमेरिका र युरोपियन मुलुकबाट कोरिया आउने नागरिकहरुमध्य ३४ देखि १०१ जनासम्ममा कोरोनाको कोरोनाको लक्षण देखिपछि सरकारले उक्त देशबाट प्रवेश गर्ने सम्पूर्ण यात्रुहरुलाई १४ दिनसम्म सेल्फ क्वारेन्टाइनमा बस्न आग्रह गरेको छ।
कोरियाका प्रधानमन्त्री चुङ से कुनले बिहिबार संसदिय बैठकमार्फत विदेशबाट आएकाहरुमा कोरोनाको लक्षण नदेखिएतापनि १४ दिनसम्म क्वारेन्टाइनमा बस्न र यदि नियम उल्लङ्गन गरेको पाइएका कावार्ही गरिने बताएका छन्।

कोरोना परिक्षण, संक्रमित र निधन

दक्षिण कोरियामा जनवरी २० देखि अप्रिल १ सम्ममा ४ लाख १० हजार ५६४ जनामा परीक्षण गरिएको छ। यो कार्य हालपनि जारी छ।
कोरोना फैलिएको मुख्य शहर थेगु हो । कोरोना संक्रमित र निधन हुने पञ्चानब्बे प्रतिशत वृद्धवृद्धा भएको समाचारमाध्ययमहरुले फूकिरहेछन्।
कोरोना संक्रमित ९ हजार ८८७ जना छन्। १६५ जनाको निधन भएको छ। ५ हजार ५५७ जना पूर्ण निको भएर घर फिर्ता भएका छन्। ४ हजार १५५ जनाले उपचार लिइरहेका छन्। मंगलबार साँझसम्म १२५ जनामा मात्र कोरोना १९ को लक्षण देखिएको छ।
निधन हुनेहरु सबै बुढाबुढि छन। जुन पहिलेदेखि दम, सुगर, निमोनिया, स्वासप्रस्वाससम्बन्धिका विमारीहरु रहेका छन्।
यो लेख तयार पार्दासम्म कोरियामा नेपालीहरु कोरोनाको संक्रमित नभएको पाइएको छ। 

https://twitter.com/NikunjaT

Tuesday, March 31, 2020

कोरोना कहर : कोरियाबाट केही सिक्ने कि!


Wednesday, March 18, 2020

कोरियामा कोरोना संक्रमित घट्दो नेपालीहरु संक्रमित छैनन्



निकुञ्ज तिवारी
इन्छन्, दक्षिण कोरिया
१८ मार्च २०२०


जनवरी २० तारिकका दिन कोरियाको थेगुस्थित एक अस्पतालमा १ जनालाई कोरोना भाइरसको लक्षण देखा परेपछि दैनिक बढ्दो क्रममा रहेको संक्रमित दर हाल न्यून छ।

मार्च ३ तारिक एकैदिन ६०० जनामा देखिएको संक्रमण दर मार्च १४ शनिबार १०७, मार्च १५ आइतबार ८४, मार्च १६ सोमबार ७४ र मार्च १७ मंगलबार ८४ जनामा मात्र देखिएको स्वास्थ मन्त्रालयले जनाएको छ। 

करिब दुई महिनाको समयमा 8413 जनामा कोरोना भाइरसको लक्षण देखिएको छ। जसमा 1540 जना उपचारपश्चात निको भई घर फर्किएका छन्। भने 86 जनाको निधन भएको छ। जसमा अधिकांश वृद्धवृद्धा छन्।
कोरियाको थेगु, खेङसाननाम्दो र सउलमा बढि फैलिएको कोरोनाको लक्षणबाट हालसम्म नेपालीहरुमा सुरक्षित रहेका छन्। 

दक्षिण कोरियामा कार्यरत आप्रवाशी कामदारहरुमा कोरोनाको लक्षण देखिएको छैन । यो समाचार तयार पार्दासम्म कोरियामा नेपालीहरु सुरक्षित छन् । 

सरकारले दिइरहेको लाईभ अपडेटमा संक्रमित दर पनि घटिरहेको बताइएको छ ।

कोरियामा कार्यरत नेपालीहरुका नेपालमा रहेका आफन्तहरु चिन्तित नरहन यहाँ कार्यरत नेपालीहरुले आग्रह गरेका छन् ।

हालसम्म कोरोना संक्रमित हुनेहरु र निधन हुनेहरु अधिकाशं विमारी अवस्थाका वृद्धवृद्धा र बालबालिका मात्र रहेका छन् । 

सरकारले विद्यालयहरु, चर्चहरु, विवाह उत्सवहरु, पार्टी जन्मोत्सवजन्यलगायतका जमघटका कार्यक्रम नगर्न नागरिहरुसमक्ष अनुरोध गरेको छ । तर एकाधवाहेक अधिकाशं उद्योग, कलकारखानाहरु खुलिरहेका छन् ।

राष्टपति मुन जेइनले संक्रमित क्षेत्र थेगुमा गएर नागरिकसमक्ष माफी मागिरहेका छन्। त्यसैगरि बजारमा मास्क नपाउँदा पनि उनले देशबासीसमक्ष माफी माग्दै स्वास्थप्रति सबै नागरिकहरु सचेत रहन आग्रह गरेका छन्। राष्ट्रपति मुनले कोरोनाविरुद्धका लागि २५ अर्व अमेरिकी डलर छुट्याएका छन्।

चिनको हुवेइ प्रान्तको वुहान सहरबाट निस्कएको कोरोना भाइरस यतिबेला चिन, दक्षिण कोरिया, इटाली, इरान, जापान, सिंगापुर, फ्रान्स, हङकङ, स्पेन, अमेरिका लगायत विश्वका  १०८ देशमा फैलिएको छ । 

करिब २ महिनाको समयावधिमा कोरोनाबाट लाखौं नागरिक संक्रमित भएका छन् भने केही हजारले ज्यान गुमाएका छन् । विश्वभर संक्रमण बढ्दो छ । 

सरसफाइमा ध्यान पु¥याउँ। धेरै मानिसहरु जमघट हुने ठाउँहरुमा नजाऔं। मास्क लगाएर यात्रा गरौं । खोक्दा वा हाँच्छ्यु गर्दा अरुलाई नपर्ने तरिकाले नाकमुख छोपेर गरौं। बाहिर गएर घर फर्केपछि हातमुख साबुनपानीले धोऔं। स्वास्थको ख्याल गरौं। र संक्रमणको संका लागेमा तत्काल परामर्श लिउँ। अस्पताल जाऔं। र कोरोनालगायतका भाइरसबाट सदा बचौं। स्वास्थ नै धन हो।

Monday, March 16, 2020

कोरियामा कोरोना सकस


डायरी

निकुञ्ज तिवारी
इन्छन्, दक्षिण कोरिया
१६ मार्च २०२०

गाउँघर, शहरबजार, चोकगल्लीअङ्कित समाज भयाभह छ ? या छैन ? थाहा छैन। 

तर सामाजिक सञ्जालरुपी समाज अत्यन्त्रै भयाभहको पनि अन्तिम कष्ट्रकर स्थितिमा गुज्रीरहेछ। छिनछिनमा तातिरहेछ। त्यहीँ तातिरहेको परिस्थितिमा मानिसहरुको मनस्थिति चिसिरहेछ। धमिलिइरहेछ। निरासिइरहेछ।  

च्याउँजस्तै उम्रिएका अनलाइन र युटुबे भाइरसेहरुले मानिसभित्रको डर, त्रास र निराशा दैनानुदिन चौगुनाका दरले ह्वात्तै वृद्धिदिएका छन्। कोहि डरत्रास फैलाइरहेका छन्। त कोहि आँफै चिकित्सक बनेर औषधोपचारविधि सिकाइरहेछन्।

सामाजिक सञ्जालमा देखापरेको भयाभह स्थितिलाई पछ्याउँदै शहरको भयाभहस्थितिको भयाभह रुप हेर्न इच्छा जाग्र्यो मलाई। कोरोना बाचिरहेको शहरको। र मानिसहरुलाई सताइरहेको शहरको।


शनिबारको साँझ। रफ्तारमा छु। अफिसबाट रुम र रुमबाट सउल एक फन्को लगाउने।

म कहिलेकाहीं यति धेरै हतारिन्छु। म किन यति धेरै हतारिन्छु ? मेरो मन किन यति धेरै अतालिन्छ ? मलाई पटक्कै थाहा हुँदैन। र नहोस पनि। त्यसको पछिल्लो उदाहरणहो रफ्तार। मानौं यती धेरै रफ्तार की, मैले भर्खरै टेकेको पाइलाहरु भासिएर संसारबाटै बिलाइरहेछन्। 

जेब्राक्रममा पुग्न पनि मलाई हतार छ। पूर्वबाट रफ्तारमा गुडेर आइरहेको बिकासेकारको जोडको हर्न सुन्न पनि मलाई हतार छ। बिना जेब्राक्रसमै कुदें। र कुदेँरै जेबीमार्टको गल्लाीहुँदै ब्लुथेक अपार्टको फेदमा पुगें। 

नवौं तलामा वनरुम छ।

अपार्टमेन्टको लिफ्टमै कोरोनाभाइसले आक्रमण गरेपछि अस्पतालाइज गरिएकी महिलाको अवस्था दयनिय छ। शुक्रबार साँझको अपडेट टिभि समाचार थियो। 

म झसङ्गिए। तर्सिए। र तर्किए। अपाटको लिफ्ट चढ्ने बटम थिच्च। जकेटको गोजिमा हातका औंला राखेर लिफ्टको बटम थिच्ने प्रयास गरें। गोजिमा डटपेन रहेछ। डटपेनको सहायताले लिफ्टको बटम थिचें। कसेर मास्क लगाएँ। औंलाहरु गोजीमा लुकाएँ। 

लिफ्ट खुल्यो। पुनः डटपेनकै सहायताले लिफ्टको ढोका लगाएँ। लिफ्ट उक्ल्यो आकासतर्फ। भाइरसका भाइहरु नभएको इमाएजिन गर्दै रुम पुगें।


मोबाइलमा काकावमेफ एप अन गरें। स्थानिय क्षेत्रमा गुड्ने लोकल बसको समयतालिका हेरें। नौं मिनटभित्रमा बस आउँदैछ। म चढ्नुपर्ने स्टेशन पुग्न तीनदेखि चार मिनट लाग्छ। 

हतारहतार डे«स चेञ्ज गरें। पाइन्टको पछाडीको दाहिने गोजिमा बैंक, र आइडीकार्ड छिराएँ। मोवाइल चार्जर र हेडसेट जकेटको गोजीमा खाजें। जहिल्यै मोबाइल कबरमै रहिरहने बसकार्डलाई व्यवास्था गर्दै मास्क लगाएँ। र खाट छेउमा रहेको मोबाइललाई ट्याप्प टिपेर कुँदे पुनः उहीँ रफ्तारले। उहिँ तबरले। उहिँबाटोहुँदै बस स्टेशन पुगें।

जहाँ, एक जमाथ मास्कधारीहरु प्रतीक्षारत छन् बसको। उनिहरु ब्यग्ग्र हतारमा देखिन्छन्। एक पटकको आँखा झिम्क्याई टिभि स्कृनमा। र अर्को बसको रुटामा। जो कैयँन दुरदेखि यस वरपरका कारखानाहरुमामा हड्डी धसारेर फर्किएका हुन्। र हड्डीलाई केही घण्टा विश्राम दिन बासमा फर्किर्ने धुनमा छन्। 

मैले लुकीलुकी एककको नाकमुखइतर अनुहार चिहाएँ। 

धेरैजनामोवाइलमै व्यास्तछन्। मौन छन्। निराश छन्। डरले भयाभित छन्। रसर्तक पनि छन्। लाग्यो उनिहरु भाइरसको अपडेट हेर्दैछन्।  

बस स्टेशनमा राखिएको टिभि स्किृनसंगै जडित माइकमार्फत महिला आवाजमा गुञ्जिइरहेछ। बस नं. ७९ आउँदैछ। प्रतीक्षा गर्नुहोस्।

नेभेगीसन् टिभि स्कृनमा बस आएको संकेतसंगै बस आयो।

बस रोकियो। मास्कवाला चालकले स्टेरिङ् सिटबाटै दुबै ढोका खोलिदिए। अगाडिबाट चढ्ने र पछाडिबाट झर्ने। 
यात्रुहरु लाइनवाइलाइन् बसभित्र उक्लिदैछन्। चालकले शिर निहुराई प्रत्यक यात्रुलाई स्वागत अभिवादन गरिरहेछन्। यात्रुले पनि अभिवादन फर्काउदै बसको ढोकानेरै राखिएको काडरिडरमा टिमनी कार्ड (विशेष मेसिनबाट पैसा राखेपछि बस, रेल र ट्याक्सीको भाडा तिर्नमिल्ने) टसाउँदै पछाडिपछाडि सर्दै छन्। 

वृद्धवृद्धा, अपाङ्ग र गर्भवती महिलाहरुका लागि आरक्षण गरिएका सिट खाली छन्। तर यात्रुहरु उभिएरै यात्रा गरिरहेछन्।

मास्क नलगाएका कोही छैनन्। र एकआपसमा बोल्ने पनि कोही छैनन्। एकअर्कालाई हेर्ने पनि कोही छैनन्। नजिकै आएर बोलेमा, खोकेमा र हाच्छ्यु गरेमा भाइरस सर्नसक्छ। तर हेर्दैमा त सर्दैन भन्ने थाहा हुँदाहुँदै पनि मानौं कसैलेकसैलाई हेरेका छैनन्। सबै आफ्नै धुनमा मौन र मोवाइलमा व्यस्त छन्।


बसमा राखिएको नेभेगिसन टिभि स्कृनमा यो र आगामी स्टेशनको नाम दिइरहेछ। र आवाजमा पनि भनिरहेछ। 
यो स्टेशन रेल स्टेशन हो।

अधिकाशं यात्रुहरु यहिँ स्टेशनमा झरे। यहाँबाट छुटने मोनोरेल कम्प्युटरचालित हो। जहाँ चालक हुँदैन । एकजना निरिक्षक चालक हुन्छ। प्रतिमिनट एकसय पचासदेखि दुईसय किमीको गतीमा गुड्ने रेलका स्टेशनहरु दुईदुई मिनटको फेरमा छन्। यहाँबाट अन्य रेलहरु परिवर्तन गर्नपनि मिल्छ। 

इन्छन् विमानस्थलदेखि सउल स्टेशनको एक्सपे्रस रेल खमाम स्टेशनमा आउँदैछ। म त्यहीँ रेल चढ्ने र सिधै सउल पुग्ने सोँच बनाई रेल परिवर्तन गरेँ।


कोरियामा कोरोनाको पहिलो लक्षण देखिएको शहर थेगु हो। कोरोनालागेकामध्य नब्बे प्रतिशत विरामीहरु त्यहाँ छन्। र निधन हुनेहरुपनि। त्यो प्रान्त अत्यन्तै निराशामा छ। शोकमा पनि छ। र त्रासमय छ। मलाई त्यहाँको गतिविधि नकिकबाट हेर्ने मन छ। तर समयको अभाव छ।

दोस्रोमा कोरोनाले धेरैलाई सताएको शहर हो राजधानी सउल। जहाँका लागि म हिडिरहेछु। साथीहरु म जान लागेको देखेर डराईरहे। र नजा भनिरहे। तर म हिडिरहे। निश्चिन्त, निस्फिक्रि, परिश्रमी र इमान्दारीताको जिवन बाँचिरहेँछु। त्यसैले त मलाई केहिको भयले छुदैँन। कसैको डर लाग्दैन। सिवाय स्वयमँ।

रेल परिवर्तन गर्ने स्टेशन भित्रैको बाटोमा छु। जहाँ कोरोना भाइरस जाँच गर्ने स्वचालित मेसिन राखिएको छ। जुन, मेसिनमा जोडिएको हेल्थ सेन्सरले सय मिटर वरपर कोरोनाको लक्षण भएको मानिसलाई पत्ता लगाउन सक्छ। मेसिनप्रति कर्के नजर लगाउँदै मासिनसहरु आवतजावत गरिरहेछन्।

मास्कइतरका अनुहारहरु छैनन्। प्रायले सेता, निला, पहेँला र काला रङ्गका मास्क पैह्रिरहेछन्। हातमा मोवाइल र कानमा ठेडि घुसाएका छन्। सबै आआफ्नै धुनमा छन्। 

सउल जाने रेलको प्रतीँक्षमा छु। इन्छन विमानस्थलबाट सउल जाने रेल आउँदैछ। रेल आउञ्जेल म मासिनसहरुको मनस्थिति बुझ्ने कोशिष गर्दै छु। स्टेशनको पूर्वपश्चिम गर्दैछु। 

मान्छे ठोकिएर ढल्ला तर आँखा कसैसंग जुद्य्दैन। कोरियनहरु अपरिचितप्रति आँखा जुधाउँदैनन्।

लाग्छ, कतिबेला भाइरस कसको आँखामा गाडिन्छ। कसको नाकबाट छिर्छ। कसको हत्केलामा टासिन्छ। तर कसैलाई अत्रोपत्रो छैन। प्रयावरण त्रासमय छ। भाइरस काल बनेर आइरहेछ। 

मलाई लागेथ्यो। सञ्जालका कृयाकलापहरु सबै झुट हुन्। तर सबै झुट होइन रहेछन्। बाहिरको बातावरण पनि त्रासरहित नै छ। तरजति सामाजिक सञ्जालमा छ। त्यति पटक्कै छैन।

रेलको प्रत्यक डिब्बाका छेउछेउ हुने असक्त वृद्धवृद्धाका लागि राखिएका बाह्रसिट र बिचबिचमा हुने गर्वभती महिलाका लागि राखिएका सिट एकाध खाली छन्। अन्य पुरै भिड छ। निस्कने निस्किरहेका छन्। चढ्ने चढिरहेका छन्। तर मास्कइतर कोहि छैनन्।

रेल गुड्यो । डिब्बामा बसिरहेका र उभिइरहेका अधिकाशँ मोवाइलमा ब्यस्त देखिन्छन्। विमानस्थलबाट छुट्ने रेलमा विदेशमा गएका र आएका धेरै हुन्छन्। उनिहरुसंगै कोरोनाका भाइरसहरु पनि नआएका होलान् भन्न सकिदैन्। मैले पनि मास्कका डोरीलाई टाइट गरें।


किम्फो इन्टरनेशनल विमानस्थलको जमिन मुनीको स्टेशनमा रेल रोकियो। 

घरबाट आफन्तहरुको फोन आइरहेछ। कोरियामा कोरोनाले मानिसहरु मरेकामरै छन्। छिटो घरफिर्ता आउ। म शान्त्वनाका शब्दहरुले सम्झाइबुझाइरहेछु। आखिर, कालै आएको छ र छ भने पानीको गल लागेर पनि मानिसहरु संसारबाट बिदा भएका छन्। काल नआएसम्म केहि हुँदैन। 

कोरोनाकै कारण निधन हुने पञ्चानब्बे प्रतिशत वृद्धवृद्धा भएको समाचारमाध्ययमहरुले फूकिरहेछन्।

रेलमा चड्ने र झर्ने क्रम जारी छ। मास्कधारीयात्रुहरुको।

रेल अन्डरग्राउण्डमै कुदिरहेछ। लाग्छ, रेलको गतीभन्दा तिब्र गतीमा मान्छेहरुको मन कुँदिरहेछ। उनिहरु छिट्टै बासस्थान पुगेर स्वयमं क्वारेन्टाइनमा बस्न आतुर छन्। 

हामी यात्रारत रेल किम्फो विमानस्थलहुँदै मागुकनारु, डिजिटल मिडियासिटी, हुदेइप्गु, खुदक र सउल स्टेशनको नौतलामुनीको लीगमा पुगिएर रोकियो। यात्रुहरु सबै निस्किए। र आआफ्नो गन्तव्यतर्फ मोडिए।

जमिनबाट नौ तला मुनी। व्यवस्थित रेलमार्ग। वृद्धवृद्धाका लागि लिफ्ट। अन्यका लागि एलिभेटर र सिमेण्टी सिडि। बिचबिचमा ट्वान्टीफोआवर पसल (जहाँ प्याकिङ खानाका साथै अन्य खाजा, पानी र अन्य जुस पदार्थहरु किनेर खान सकिन्छ।)

जमिनमुनीबाट करिब आठ मिनेट एलिभेटरमा हिडेर म जमिनमुनीकै अर्को लोकल रेल चढ्ने ठाउँतिर लागें।
छल्लानाम्दो सिन्सानबाट खेङिगदोको सोयोसान जानका लागि आइरहेको एकनम्बर रेललाइन चढेर दोङ्देमुन (जुन ठाउँ नेपालीहरुको लागि कोरियाका विशेष चाडपर्वमा जमघट हुने सिटि हो।) त्यहाँ पुग्ने सोच बनाई रेल परिवर्तन गरें। 


मास्कधारीहरुले रेल खचाखच छ। भाइरसको डर सबैमा छ। डर यसकारण कि भाइरसले आक्रमण गरिहाल्यो भने मरिनहालिएपनि दुख पाइन्छ भन्नेमा।  र डिब्बा मौन छ। कानमा इएरफोन छ।

एकअर्कामा बोल्न त परै जावोस् हेर्न पनि नहेर्नेहरु यसपाली भने सबैको ध्यान ममा आयो। सबैले मतिर आँखा तेर्साए। र फर्काइहाले। मलाई हाच्छ्यु आएको थियो। नाकभित्रको रौं नाक र मुख जोड्ने प्वालमा अड्केर।

उनिहरुलाई भएको होला। यसमा पक्कै कोरोनाका लक्षण छन्। उनिहरुले छड्के आँखाले हेर्दै मास्क कसेर लगाए। सतर्कता अपनाए। उनिहरु बेस्सरी हतासिए। मानौं यसरी हतासिय की गुडिरहेको रेल रोकेर कुद्न चाहें। भाग्न चाहेँ। तर, मन कुँदाएपनि रेल रोकिएन। कुनै भैपरि नआएसम्म स्टेशनबेगर रोकिदैन पनि।

टे«नमा स्टेशन्का नाम मात्र होइन । समाचारका हाइलाइट। मौसमको जानकारी।  कोरोनाका लक्षण, बच्ने उपाय र परामर्शका लागि नम्बरलगायतका जानकारीहरु हेर्न र सुनिएको छ। 

रेलको नेभिगेशन टिभिमा दोङ्देमुन आएको मौखिक र अक्षराम्स जानकारीसंगै रेल रोकियो।

बसको भाडारिडर मेसिनमा सवारीकार्ड टसाएँर यात्रा सुरुवात गरेको मैले रेलबाट उत्रदा पुनः टसाएँ। किलोमिटर अनुसार न्युनतम् भाडामा केही रकम थपेर काट्यो। तीन नम्बर गेटबाट निस्किदा रातको साँढे आठ भएको छ। मौसम एक डिग्री । 

(कोरियाको सार्वजानिक सबारीसाधन कार्ड प्रयोग गर्दा बसबाटहोस् या रेलबाट उत्रिएको पचासमिनटको वारपारमा अर्को बस या रेल चड्दा पुरै पैसा लाग्दैन। किलोमिटर अनुसार थप भाडा तिर्नुपर्ने हुन्छ। सो जानकारी कार्डमै हुन्छ। र भाडारिडरमेसिनले अटो काट्ने गर्छ।)

पहिलापहिला आधारातसम्म जाग्राम रहने यो सिटि अहिले सुनसान छ। सवारीसाधनहरुपनि कम गुडिरहेछन्। नेपालीहरुले व्यापार, व्यावसाय गर्ने ठाउँ। रेमिट बैंक र हुण्डी कारोबार गर्नेइलाका। नेपाली युवाहरु गन्थनमन्थन गर्न भेटिने हब। र यो पनि भनौं नेपालीले नेपालीलाई गुट्मुटाई लुट्ने ठाउँ।

एक फन्को लगाइ म जुङ्रोतर्फ लागेँ। सुनको शहर। कोरियाको प्राचिनशहर। 
रातभर ननिधाउने त्यो शहर पनि आधाआधी निधाँइसकेछ। 

रातको दश बज्दैछ। म कोरियन रेष्टुराँमा छिरँे। दुइजना कामदार पाहुना कुरेर बसेका । हत्तपत्त उनिहरुको चेहेरामा मुस्कान आयो । मलाई स्वागत गरे। मैले खाना चाहेको मगाएँ। तर, मैले मगाएको खाना त्यहाँ नभएको जानकारी पाएँ। पाक्न समय लाग्ने भएपछि म निस्किएँ। र अर्कोमा पसेँ। त्यहाँ पनि उस्तै सुनसान लाग्यो।  

शहरमा हिजोआज खानाखाने पाहुनाहरु निकै कम आउँछन्। खासै परिकारहरु पनि         पाक्दैनन्। सहर सुन्य छ। चोकचोकमा साँझहरु गुञ्जिदैनन्। घुमन्तेहरु आउँदैनन्। रेष्टुराँ मालिक गुनासो गर्छन्। 

निकैबेरको भलाकुसारीसंगै उनले मलाई एक बटुका मिएक खुक (समुन्द्रीसागको सुप) भात र  केहि किम्ची दिएँ। कुरागर्दै खानाखाएँ र साहुलाई धन्यबाद दिदैं म रेष्टुराँबाट बाहिरिएँ। 

रातको एघार बज्न केहि मिनट बाँकी छ। एकाध मानिसहरु मात्र हिडडुलमा छन्। केही निजी र सार्वजानिक सबारी बराबरीमा गुडिँरहेछन्।

कुँदिरहेको ट्याक्सीलाई हात उठाएँ। रोक्न संकेत दिएँ। ट्याक्सी रोकियो। चालक पनि मास्कमा र म पनि मास्कमा। मास्कभित्रैबाट मैले खाङ्वामुन सम्म पु¥याइदिन अनुरोध गरेँ।  उनले     ट्याक्सीलाईलाई युटन गरे। र खाङ्वामुनतर्फ स्टेरिङ् तेर्साए। 

ट्याक्सी चालक पनि मौन। म पनि मौन। कोहि बोल्न चाहेनौं। सायद, दुबै डरमा  छौं।      ट्याक्सीमा भाइरसहरु छन् की भन्ने डर मलाई। र प्यासेन्जर भाइरसग्रसित होकी भन्ने उनलाई डर। कतिबेला कुन भाइरसले आक्रमण गर्ने हो। त्रासमा छन्। र बाध्यतामा छन्। जिजीविषाकालागि।

कार्ड दिएँ। ट्याक्सीमा रहेको भाडारिडरमेसिनद्धारा मिटरमा चढे अनुसार उनले भाडा लिए।  मैले धन्यबाद दिदैं ट्याक्सिबाट निस्किए। ऊ गुडिहाल्यो।


सेजोङ्रो खाङ्वामुन मध्य सउल।

जहाँको बिच सडकमा राजा सेजोङ् छन्। अजङ्घको शरिर लिएर मन्द मुस्कानमा आसिन छन्। देबे्र हातमा किताब र दाईने हातले केहि इसारा गर्दैछन्। शालिकमा होइन, नागरिकको मनमा अमर छन्। उनले कोरियामा बोलिदै आएको भाषा उत्पादन गरेँ। कोरिया देशबासीहरुलाई हान्गुल सिकाए। दश हजार वन (कोरियन दश हजारको नोट) नोटमा पनि रहेका उनले १४१८ देखि २२ सम्म कोरियामा शाशन गरेका थिए।

कहिँपनि अध्यारो नरहेको सडकमा कुँद्नेहरुको मन भने अध्याँरो भएको छ। तर कसैप्रति     होइन। मानिसहरु एकाध हिडिरहेछन्। खासै चहलपहल छैन। सुन्यप्रायः छ। कोरियामा शान्तिपूर्ण होस् या अशान्तिपूर्ण आन्दोलन धर्ना दिने ठाउँ हो यो। 

यहाँका केहि सडक र चोक हिड्दाहिड्दै रातको एक बज्यो। भाइरसले नभेट्याइहाले पनि   भट्याएजस्तै थकित भएको म नजिकैको मोथेल (होटल) तर्फ लागेँ।

डर अन्धविश्वासको जड हो। अज्ञानाताको छाँया हो। डर कु्ररताको स्रोत पनि हो। त्यसैले डर संग डराउँने होइन। डरसंग जुधौं। अनावश्यक डरलाई मनबाट हटाऔं। डरलाई जितौं। खानपान र सरसफाइमा ध्यान पुराऔं। रोगप्रतिरोधात्मक क्षमतामा ह्रास ल्याऔं। र स्वस्थ जिवन बाँचौं।

सरसफाइमा ध्यान पु¥याउँ। धेरै मानिसहरु जमघट हुने ठाउँहरुमा नजाऔं। मास्क लगाएर यात्रा गरौं । खोक्दा वा हाँच्छ्यु गर्दा अरुलाई नपर्ने तरिकाले नाकमुख छोपेर गरौं। बाहिर गएर घर फर्केपछि हातमुख साबुनपानीले धोऔं। स्वास्थको ख्याल गरौं। र संक्रमणको संका लागेमा तत्काल परामर्श लिउँ। अस्पताल जाऔं। र कोरोनालगायतका भाइरसबाट सदा बचौं। स्वास्थ नै धन हो।

यो लेख तयार पार्दासम्म कोरियामा नेपालीहरु कोरोनाको संक्रमित नभएको पाइएको छ।      अधिकाशं वृद्धवृद्धामा कोरोनाको लक्षण देखिने गरेको समाचारमाध्ययमहरुले जनाएका छन्। कोरोना संक्रमित ८२३६ जना छन्। ७६ जनाको निधन भएको छ। ११३७ जना पूर्ण निको भएर घर फिर्ता भएका छन्। सोमबार साँझ ७४ जनामा मात्र कोरोना १९ को लक्षण देखिएको छ। अस्ति, हिजो र आजको संक्रमित दर निकै कम छ। 

Monday, March 9, 2020

कोरियामा कोरोनाबाट नेपालीहरु सुरक्षित, संक्रमित दर घट्दो


निकुञ्ज तिवारी
इन्छन्, दक्षिण कोरिया
९ मार्च २०२०

दक्षिण कोरियामा कार्यरत आप्रवाशी कामदारहरुमा कोरोनाको लक्षण देखिएको छैन । यो समाचार तयार पार्दासम्म कोरियामा नेपालीहरु सुरक्षित छन् ।

सरकारले दिइरहेको लाईभ अपडेटमा संक्रमित दर पनि घटिरहेको बताइएको छ ।

कोरियामा कार्यरत नेपालीहरुका नेपालमा रहेका आफन्तहरु चिन्तित नरहन यहाँ कार्यरत नेपालीहरुले आग्रह गरेका छन् ।

एनआएनए कोरिया शाखाले सोमबार एक विज्ञप्ती प्रकाशित गर्दै यहाँ रहेका आप्रवाशीहरु हालसम्म सुरक्षीत रहेको जनाएको छ ।

राजधानी सउलबाट ३ सय ५० किलोमिटर दक्षिण थेगु सहरको सिन्छोन्जी चर्चबाट फैलिएको कोरोनाले त्यहाँभने व्यापक रुप लिएको छ । दैनिक ३ देखि ५ सय जनासम्ममा कोरोना भाइरसको लक्षण देखिएको समाचारमाध्ययमरुले जनाइरहेका छन् । 
तर अस्ति, हिजो र आज कोरोनाका विरामीहरु क्रमस घटिरहेका छन् ।

कोरोनाबाट संक्रमित र मृत्युहुने अधिकाशं चर्चका सदस्यहरु रहेका छन् । चर्चका प्रमुखले ली मानहीले सोमबार सार्वजानिक रुपमा माफि मागेका समाचारसस्थाहरुले जनाएका छन् ।

हालसम्म कोरोना संक्रमित हुनेहरु र निधन हुनेहरु अधिकाशं विमारी अवस्थाका वृद्धवृद्धा र बालबालिका मात्र रहेका छन् ।

सरकारले विद्यालयहरु, चर्चहरु, विवाह उत्सवहरु, पार्टी जन्मोत्सवजन्यलगायतका जमघटका कार्यक्रम नगर्न नागरिहरुसमक्ष अनुरोध गरेको छ । तर एकाधवाहेक अधिकाशं उद्योग, कलकारखानाहरु खुलिरहेका छन् ।
राष्टपति मुन जेइनले संक्रमित क्षेत्र थेगुमा गएर नागरिकसमक्ष माफी मागिरहेका छन्। त्यसैगरि बजारमा मास्क नपाउँदा पनि उनले देशबासीसमक्ष माफी माग्दै स्वास्थप्रति सबै नागरिकहरु सचेत रहन आग्रह गरेका छन् ।
दक्षिण कोरियामा हालसम्म ७ हजार ४४८ जना संक्रमित र ५३ जनाले ज्यान गुमाएका छन् । भने १६६ जना निको भएर घर फर्र्किएका छन् ।

चिनको हुवेइ प्रान्तको वुहान सहरबाट निस्कएको कोरोना भाइरस यतिबेला चिन, दक्षिण कोरिया, इटाली, इरान, जापान, सिंगापुर, फ्रान्स, हङकङ, स्पेन, अमेरिका लगायत विश्वका  १०८ देशमा फैलिएको छ ।

करिब २ महिनाको समयावधिमा कोरोनाबाट लाखौं नागरिक संक्रमित भएका छन् भने केही हजारले ज्यान गुमाएका छन् । विश्वभर संक्रमण बढ्दो छ ।

धेरै संक्रमित हुनेमा पहिलोमा चिन छ । जहाँ ८० हजार ७३५ जना संक्रमित भएका छन् भने ३ हजार ११९ जनाले ज्यान गुमाएका छन् ।

इरानमा ६ हजार ५६६ संक्रमित र १९४ जनाको ज्यान गुमाएका छन् ।
इटालीमा ७ हजार ३३५ जना संक्रमित र ३६६ जनाले ज्यान गुमाएका छन् ।
जापानमा १ हजार १९८ जना संक्रमित र १४ जनाले ज्यान गुमाइसकेका छन् ।
फ्रान्समा १ हजार २०९ जना संक्रमित र १९ जनाले ज्यान गुुमाइसकेका छन् ।
अमेरिकामा ५५४ जना संक्रमित र २२ जनाले ज्यान गुमाईसकेका छन् ।
स्पेनमा ६७४ जना संक्रमित र १७ जनाले ज्यान गुमाईसकेका छन् ।


कोरोनाको लक्षणहरु
लगातार ज्वरो आउने ।
खोकी लाग्ने ।
श्वास फेर्न गाह्रो हुने।
निमोनिया हुने।
श्वासप्रश्वासका अन्य रोगहरुको संक्रमण हुने।
मिर्गौला फेल हुने ।
रोगप्रतिरोधात्मक क्षमता कमी भएमा मृत्यु पनि हुने।

कोरोना संक्रमणबाट कसरी बच्ने
सरसफाइमा ध्यान दिने।
धेरै मानिसहरु जमघट हुने ठाउँहरुमा नजाने।
मास्क लगाएर यात्रा गर्ने।
खोक्दा वा हाँच्छ्यु गर्दा अरुलाई नपर्ने तरिकाले नाकमुख छोपेर गर्ने।
बाहिर गएर घर फर्केपछि हातमुख साबुनपानीले धुने।
स्वास्थको ख्याल गर्ने ।
हात नमिलाउने
संक्रमणको संका लागेमा तत्काल अस्पताल जाने

Tuesday, March 3, 2020

कोरियामा कोरोनाबाट नेपालीहरु सुरक्षित


निकुञ्ज तिवारी
इन्छन्, दक्षिण कोरिया
३ मार्च २०२०


दक्षिण कोरियामा कार्यरत आप्रवाशी कामदारहरुमा कोरोनाको लक्षण देखिएको छैन । यो समाचार तयार पार्दासम्म कोरियामा नेपालीहरु सुरक्षित छन् ।

कोरियामा कार्यरत नेपालीहरुका नेपालमा रहेका आफन्तहरु चिन्तित नरहन यहाँ कार्यरत नेपालीहरुले आग्रह गरेका छन् ।

एनआएनए कोरिया शाखाले सोमबार एक विज्ञप्ती प्रकाशित गर्दै यहाँ रहेका आप्रवाशीहरु हालसम्म सुरक्षीत रहेको जनाएको छ ।

राजधानी सउलबाट ३ सय ५० किलोमिटर दक्षिण थेगु सहरको सिन्छोन्जी चर्चबाट फैलिएको कोरोनाले त्यहाँभने व्यापक रुप लिएको छ । दैनिक ३ देखि ५ सय जनासम्ममा कोरोना भाइरसको लक्षण देखिएको समाचारमाध्ययमरुले जनाइरहेका छन् ।

कोरोनाबाट संक्रमित र मृत्युहुने अधिकाशं चर्चका सदस्यहरु रहेका छन् । चर्चका प्रमुखले ली मानहीले सोमबार सार्वजानिक रुपमा माफि मागेका समाचारसस्थाहरुले जनाएका छन् ।

हालसम्म कोरोना संक्रमित हुनेहरु र निधन हुनेहरु अधिकाशं वृद्धवृद्धा र बालबालिका मात्र रहेका छन् ।

सरकारले विद्यालयहरु, चर्चहरु, विवाह उत्सवहरु, पार्टी जन्मोत्सवजन्यलगायतका जमघटका कार्यक्रम नगर्न नागरिहरुसमक्ष अनुरोध गरेको छ । तर एकाधवाहेक अधिकाशं उद्योग, कलकारखानाहरु खुलिरहेका छन् ।

राष्टपति मुन जेइनले संक्रमित क्षेत्र थेगुमा गएर नागरिकसमक्ष माफी मागिरहेका छन्। त्यसैगरि बजारमा मास्क नपाउँदा पनि उनले देशबासीसमक्ष माफी माग्दै स्वास्थप्रति सबै नागरिकहरु सचेत रहन आग्रह गरेका छन् ।

दक्षिण कोरियामा हालसम्म ५ हजार १ सय ३५ जना संक्रमित र २६ जनाले ज्यान गुमाएका छन् । भने ३१ जना निको भएर घर फर्र्किएका छन् ।

चिनको हुवेइ प्रान्तको वुहान सहरबाट निस्कएको कोरोना भाइरस यतिबेला चिन, दक्षिण कोरिया, इटाली, इरान, जापान, सिंगापुर, फ्रान्स, हङकङ, स्पेन, अमेरिका लगायत विश्वका  ६८ देशमा फैलिएको छ ।

करिब २ महिनाको समयावधिमा कोरोनाबाट लाखौं नागरिक संक्रमित भएका छन् भने केही हजारले ज्यान गुमाएका छन् । विश्वभर संक्रमण बढ्दो छ ।

धेरै संक्रमित हुनेमा पहिलोमा चिन छ । जहाँ ८० हजार २८ जना संक्रमित भएका छन् भने २९ सय १२ जनाले ज्यान गुमाएका छन् ।

इरानमा ९३८ संक्रमित र ५४ जनाको ज्यान गुमाएका छन् । इटालीमा १६९४ जना संक्रमित र ३४ जनाले ज्यान गुमाएका छन् । भने जापानमा ९६२ जना संक्रमित र १२ जनाले ज्यान गुमाइसकेका छन् ।


कोरोनाको लक्षणहरु
लगातार ज्वरो आउने ।
खोकी लाग्ने ।
श्वास फेर्न गाह्रो हुने।
निमोनिया हुने।
श्वासप्रश्वासका अन्य रोगहरुको संक्रमण हुने।
मिर्गौला फेल हुने ।
रोगप्रतिरोधात्मक क्षमता कमी भएमा मृत्यु पनि हुने।

कोरोना संक्रमणबाट कसरी बच्ने
सरसफाइमा ध्यान दिने।
धेरै मानिसहरु जमघट हुने ठाउँहरुमा नजाने।
मास्क लगाएर यात्रा गर्ने।
खोक्दा वा हाँच्छ्यु गर्दा अरुलाई नपर्ने तरिकाले नाकमुख छोपेर गर्ने।
बाहिर गएर घर फर्केपछि हातमुख साबुनपानीले धुने।
स्वास्थको ख्याल गर्ने ।
हात नमिलाउने
संक्रमणको संका लागेमा तत्काल अस्पताल जाने

Wednesday, July 24, 2019

६,७०० जना मात्र कोरिया आउने

सन् २०१९ मा कोरियन भाषा परीक्षा पास गरेका १२,९०० मध्य ६,७०० जना मात्र कोरिया पठाउने एचआरडी कोरियाको नेपाल प्रमुख पार्क सुंग हिले बताएकी छिन.
जसमा ४,७०० उत्पादनमा र
२,००० जना कृषि तथा पशुपालनमा

Monday, July 22, 2019

कोरियामा भ्यान दुर्घटना हुदा ३ बिदेशी सहित ४ को निधन ९ घाइते

कोरियाको खावन परान्तमा आज बिहान भएको भ्यान दुर्घटनामा बिदेशी ३ सहित ४ जनाको निधन र १२ जना घाइते भएका छन्

निधन हुनेमा थाइल्याण्डका ३ जना कामदार र एक कोरियन रहेको बताइएको छ . घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको कोरियाका समाचारमाध्यमले जनाएका छन् .

१६ जना बोकेको भ्यान कसरि दुर्घटना भयो भन्ने बारेमा अनुसान्धान भइरहेको छ.

Wednesday, July 17, 2019

कोरियन राष्ट्रपति मुनले माफी मागे




निकुञ्ज तिवारी
सउल १७ जुलाई २०१९
moon jae in, president

सन् २०२० सम्ममा कोरियाको न्युनतम ज्यालाा प्रतिघण्टा १०,००० वन बनाउने राष्ट्रपति मुन जे इनको रणनीति सफल हुन नसक्दा उनले सम्पूण मजदुरसमक्ष माफी मागेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

सन् २०१७ को राष्ट्रपतिय चुनाबमा राष्ट्रपति मुनले २०२० सम्ममा प्रतिघण्टा ज्याला १०,००० वन पु¥याउने चुनाबी एक एजेण्डा बनाएका थिए ।

राष्ट्रपतिय चुनाबी दौरानमा राष्ट्रपति मुनले आफु राष्ट्रपति निर्बाचित भएमा आगामी ३ वर्षभित्रमा मजदुरको न्युनतम ज्याला प्रतिघण्टा १०,००० वन बनाउनेमा जोड दिएका थिए ।

जुलाई १२ विहीबार सरकार, मजदुर र व्यवसायीबीच लामो छलफलपश्चात सन् २०१९ का लागि २.९ प्रतिशतले न्यूनतम पारिश्रमिक वृद्धि गर्ने निर्णय भएको थियो । 

बढेको ज्याला अगष्ट ५ मा संसदबाट पारित हुनुपर्ने छ । यदि पारित भएमा सन् २०१९ जनवरीदेखि डिसेम्बरसम्म लागुहुने श्रम तथा रोजगार मन्त्रालयले जनाएको छ ।

नयाँ पारिश्रमिक अनुसार प्रतिघण्टा ८,५९० वन (७.३२ डलर) हुनेछ । ¬यसवर्ष प्रतिघण्टा ८,३५० वन छ । 

Friday, July 12, 2019

न्युनतम ज्यालाले नेपालीहरु उत्साहित छैनन्



minimum wage for 2020 south korea
निकुञ्ज तिवारी
सउल १२ जुलाई २०१८

दक्षिण कोरियाले आगामी वर्ष सन् २०१९ का लागि २.९ प्रतिशतले न्यूनतम पारिश्रमिक वृद्धि गर्ने निर्णय गरेको छ ।

बढेको ज्याला अगष्ट ५ मा संसदबाट पारित हुनुपर्ने छ । यदि पारित भएमा सन् २०१९ जनवरीदेखि डिसेम्बरसम्म लागुहुने श्रम तथा रोजगार मन्त्रालयले जनाएको छ ।

न्युनतम पारिश्रमिक वृद्धिभएसंगै इपिएस मार्फत कार्यरत आप्रवाशी र तल्लो लेबलका मुलबासी करिब ३३ लाख भन्दाबढि कामदारहरु लाभान्वित हुनेछन् । तर इपिएसमार्फत आउने १७ मुलुकका कामदारहरु त्यति उत्साहित छैनन् ।

जुलाई १२ विहिबार लगातार १३ घण्टासम्म सरकार, मजदुर संगठन र व्यवसायी प्रतिनिधिबीच भएको छलफलमा उक्त निणर्य भएको हो ।

व्यवसायी ९, मजदुर संगठन ९ र सरकारीपक्षका ९ जना गरी २७ जना प्रतिनिधिबिच १२ औं पटकसम्म बसेको बैठकले निष्कर्ष नलिकालेपछि सरकारी पक्षले प्रतिघण्टा ८,५९० र मजदुरपक्षले ८८८० वन हुनुपर्नेमा मतदान भएको थियो ।

जसमा सरकारीपक्षले राखेको ८,५९० मा १५ मत परेको थियो भने मजदुरपक्षले राखेको पस्ताबमा ११ मत परेको थियो ंभने १ मत अनुपस्थित थियो ।

कोरियाका राष्टपति मुन जे इनले सन् २०२० सम्म मजदुरको ज्याला १० हजार वन प्रतिघण्टा पु¥याउने प्रतिवद्धता गरेका थिए । उनको चुनाबी एजेन्डा यो पनि एक मुख्य थियो । तर उनको रणनीति सफल हुन सकेन ।
नयाँ पारिश्रमिक अनुसार प्रतिघण्टा ८ हजार ५९० वन (७.३२ डलर) हुनेछ । ¬यसवर्ष प्रतिघण्टा ८ हजार ३५० वन छ ।

यसवर्ष भइरहेको न्युनतम ज्याला १७ लाख ४५ हजार १५० वनबाट ५० हजार १६० बढेर १७ लाख ९५ हजार ३१० हुनेछ । जुन ज्याला सातामा ४० घण्टा (मासिक २०९ घण्टा) कामगर्ने कामदारले पाउनेछन् ।
जसको नेपाली रुपैयाँ १ लाख ६६ हजार ७७१ हुनेछ । १०० कोरियन वन बराबर ९ रुपैयाँ २९ पैसा आजको दररेट कायम छ । 

‘देशको आर्थिक वृद्धि, मूल्यवृद्धि र ज्यालावृद्धि लगायतका विभिन्न सुचकांकको आधारमा न्यूनतम ज्याला वृद्धि गरिएको हो ।’ ज्याला निर्धारण समितिका अनुसार ‘हरेक वर्ष ज्याला वृद्धि गर्ने सरकारको उद्धेश्य अनुसार ज्याला तय गरिएको हो ।’

यधपि, श्रमिकको हक अधिकारमा कृयाशील टे«ड युनियनहरुले मन्त्रालयले बढाएको ज्यालामा सन्तुष्ट नभएको बताइएका छन् । उनिहरुले अहिलेको ज्याला १० हजार वन हुनुपर्ने माग राख्दै आएका छन् । ‘दैनिक बढ्दो मूल्यवृछि र गुणस्तरिय जीवनका लागि अहिले बढाइएको ज्याला ज्याँदै न्यून हो।’

एसियाका १७ देशका यूवाहरुको आकर्षक रोजगारी स्थल बन्दै गएको कोरियमा प्रत्येक बर्षको तलब बृद्धिले नेपाली श्रमिकहरु उत्साहित बनेका छन् । यधपि, कतिपय साना तथा घरेलु उद्योगहरुमा कार्यरत आप्रवाशी कामदारहरुले भने न्युनतम ज्याला पनि नपाउने गरेको बताएका छन् ।

कृर्षि तथा पशुपालन भिषावाहकका लागि लागि कामादार र संचालकबीच आपसी समझदारीमा ज्याला तय हुने जनाइएको छ ।

आप्रवाशी कामदारको न्युनतम ज्यालाबाट रोजगारदाताले खानाबस्नबापत २० प्रतिशत कटौति गर्न पाउने व्यवस्था छ ।

कोरियाले सन् १९८८ देखि ज्याला निर्धारण समितिमार्फत प्रत्येक वर्ष न्यूनतम ज्याला निर्धारण गर्दै आएको छ । जुन बेलाको न्यूनतम ज्याला ४ सय ६२ वन थियो । सरकारले सन् २००९ मा ६.१, २०१० मा २.७५, २०११ मा ५.१, २०१२ मा ६.०, २०१३ मा ६.१, २०१४ मा ७.२, २०१५ मा ७.१, २०१६ मा ८.१, २०१७ का लागि ७.३, २०१८ का लागि १६.४, २०१९ का लागि १०.९ प्रतिशतले ज्याला बढाएको थियो ।


जुलाईबाट कोरियामा विदेशीलाई निशुल्क कोरोना खोप, कसरि लगाउने ?

निकुञ्ज तिवारी सउल, २८ मे २०२१ दक्षिण कोरियामा बसोबासरत विदेशी नागरिकले पनि आउँदो जुलाई पहिलो साताबाट सरकारले निशुल्क उपलब्ध गराएको एस्टाजेन...