निकुञ्ज तिवारी....
पछिल्लो समय ‘नयाँ शक्ति’ को भातृसंगठन ‘अन्तराट्र्रिय नेपाली समाज’ दक्षिण कोरियाले सिंगो कोरियालाई विभिन्न क्षेत्रमा विभाजन गरी संगठन विस्तार गरिरहेको छ ।
त्यही समाजले आउँदै गरेको कोरियन महान् चाड ‘छुसक’ को सार्वजनिक विदाको दोस्रो दिन सेप्टेम्बर १५ मा पूर्व प्रधानमन्त्री र हाल नयाँ शक्तिका संयोजक तपाई डा. बाबुराम भट्टराईलाई कोरियामा निम्त्याउँदै छ ।
तर, केही समय पहिला हालका प्रधानमन्त्री पुष्पकमल दाहालको अस्ट्रलिया भ्रमण क्यान्सिल भएको थियो । त्यसरीनै, कतै उल्टापल्टा नभएमा । या, यसरी बुझौं । कोरिया सरकारसमक्ष हजारौ सर्वसाधारण नागरिक मारेको आरोप नपुगेमा । हजारौं नागरिक अंगभगंहुने गरी अपाङ्ग बनाएको आरोप नपुगेमा ।
कैयंन नागरिक बेपक्ता र कैयनं बालबालिका टुहुरो बनाइ सत्तामा आयको आरोप नपुगेमा । देशमा द्धण्द्ध श्रीर्जना गरी खर्बौको धनजनको क्षति गराएको आरोप नपुगेमा ।
र आफ्नो मुलुकभित्र कार्यरत अदक्ष आप्रवाशी श्रमिकहरुलाई राजनीतिक झण्डा ओडाइ यहाँको स्वतन्त्रतामाथि खलबल पुग्ने आरोप नपुगेमा । तपाईलाई कोरियाको अध्यागनम विभागले इन्ट्री दिनेछ ।
सेप्टेम्बर १६ मा राजधानी सउलस्थित एक हलमा आयोजित ‘आर्थिक विकास र समृद्ध नेपाल निर्माणमा नयाँ शक्तिको भूमिका’ विषयक भेलालाई तपाईले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
कोरियन नागरिकहरुको रातदिन खटाइले समृद्ध भएको मुलुकमा आएर तपाईले ठूल–ठूला नारा ओकल्नुहुनेछ । चन्द्रमानै पुग्ने आट देखाउनुहुनेछ । केहि वर्षपछि कोरियाभन्दा अगाडि बढ्ने गफ चु्ट्नुहुनेछ । विपक्षि राजनीतिक दलको खेदो खन्नुहुनेछ । बर्तमान सरकारको खुट्टा तान्नुहुनेछ । रोजीरोटीका लागि मजदुरी गर्न आएका केहि युवाहरुलाई उक्साउनुहुनेछ । अनि उनिहरुलाई राजनीतिकको बेरङ्ग पोताउनुहुनेछ ।
तपाईको चतुर गला देशको आर्थिक विकास र समृद्धमा भन्दा आफ्नो कार्यकता बढाउनेमा बढि फोकस हुनेछ । र तपाईले आफूँ पुरानो भएपनि नयाँ शक्ति गठन गर्न सकेकोमा मख्ख पर्नुहुनेछ । पार्नुहुनेछ ।
भ्यायसम्म अग्ला–अग्ला भवनको छेऊ, सामुन्द्रिक किनार, सफा र फराकिला सडक किनार, सुन्दर र रमणीय पार्क, व्यस्त शहर–बजार, गएर फोटो खिचाउँनुहुनेछ । अनि मनमनै यो देशको उच्च पदमा रहेको सपना देख्नुहुनेछ । कल्पना गर्नुहुनेछ । र ओठमा ङिच्च मुस्कान देखाएपनि मनमस्तीष्क गहुङ्गो बनाएर फर्कनुहुनेछ । जसरी पहिला आएका एक पूर्वप्रधानमन्त्रीले गरेका थिए ।
सम्भवत ः तपाईको कोरिया भम्रण पहिलोपटक हो । र म चाहान्छु । नेपालका राजनीतिक दलका शीर्ष नेताहरुले कोरिया देख्नुपनि पर्छ । एकै पुस्तामा सम्भव भएको यहाँको चरम विकासको नमुना प्रत्यक्ष हेर्नु पनि अन्यन्त आवश्यक छ ।
यो अर्थमा की, सन् १९५० को दशकमा गृहयुद्धले तहसनहस भई भोकमरीले तड्पीएको दक्षिण कोरियालाई तपाईका बुवा, बाजेले खाधान्न सहयोग पठाउनुभएको थियो । त्यसको ५० वर्षपछि तपाईले मानवशक्ति सहयोग पठाइरहनुभएको छ । फरक यत्ति हो–बाबुबाजे सिमित खाद्यान्न मात्र सहयोग गरेका थिए ।
अहिले तपाईले बार्षिक पाँचदेखि सातहजार मानवशक्ति सहयोग पठाइरहनुभएको छ । र त्यीमध्य तपाईका सयौं कार्यकताहरु कोरियाको विकासमा दचचित्त भई अहोरात्र खटिइरहेका छन् ।
र तपाईले देख्नुपर्छ विश्वविद्यालयको डिग्री लिएर म्याचुड भएकादेखि जुगाँको रेखी नपलाएका कलिला हजारौं अनुहारहरु । जो पसिना चुहाउँदै । आँसु पिउँदै । रगत बगाउँदै । दैनिक आठदेखि अठार घण्टासम्म लगातार अजङ्गका ‘रोबटमेसिन’ संग पैठेजोरी खेल्छन् । पलाष्टिकका टनेलभित्र वाह्र घण्टाभन्दाबढि ननस्टप गुम्सिन्छन् । पशुपक्षींको रेखदेखमा रातदिन खटिन्छन् । आप्रवाशी मात्र होइन, स्वयम् यहीका नागरिकको पनि खटाइ उस्तै हुनेगर्छ ।
अनि, छाती पग्लेर बगेको पसिना, मुटु रसायर चुहियको आँसु र मन–मस्तिष्क पाकेर फुटेको रगतको थोपामा आफ्नो देश आकृती देख्छन् । जीजिविषाको आभाष पाउँछन् । र समृद्धिको खाका कोर्छन् मनमनै ।
हो, उनिहरुको खटाइ, लगाव, इमान र परिश्रमको अनुसन्धान गर्नुपर्नेछ तपाईले । उनीहरुको पसिना, आँसु र रगतको तागत र महत्व निचोड निकाल्नुपर्नेछ तपाइले ।
र अनुमान गर्नुपर्नेछ–स्वभाविकता, व्यवहार र आदारमा खड्केको अभावको । मनमा बल्किरहेको अस्थिरतार, अशान्ति र द्धिविधाको । अधुरा चाहना, अपुरा आकांक्षा र खुशीहरूको । इमान, स्वाभिमान र सम्मानमा लागेको चोट, पीडा र व्यथाहरुको ।
डा. भट्टराई ज्यु, तपाईले भिन्नता छुट्टाउनुपर्नेछ । कोरियाका विभिन्न उद्योग, कलकारखाना, कृर्षि र पशुपालन क्षेत्रमा नेपालीले गर्ने परिश्रम र उनिहरुले पाउने ज्याला र व्यवहारको । र पढ्नुपर्नेछ उनीहरुको अनुहार जो त्रिभुवन विश्वविद्यालयको सटिफिकेटको सिरानी हालेर अर्काको देशमा थड क्लासको थ्रिडि काम गर्नुपर्दाको पीडा र भोगाई ।
अनि सोच्नुपर्नेछ तपाईले–के तिनिहरुमा स्वदेशकै विकासमा खर्चने सोच र सामथ्र्यको अभाव छ ? के तिनिहरुमा खोज, आविस्कार र नयाँ–नयाँ विषयको जोखिम मोल्नसक्ने शक्ति छैन ? के राष्ट्रको उन्नती–प्रगतीका लागि लड्न उनिहरुको पाखुरीमा दम, लगाव र खुबी छैन ?
र तपाईले देख्नुपर्नेछ नागरिकको हितका निम्ती कृयाशील सरकारले अपनाएको प्रविधि, विधि र व्यवस्थापन । नीति, नियम र कानुन । शान्ति, सुरक्षा र सम्मान । विकास, रोजगारी र गुणस्तरीय जिवनस्तर । यातायात, आवास र सडक र । शैक्षिक तथा स्वास्थ, विमाका सुविधाहरु ।
राष्ट्रको उन्नती, प्रगति र समृद्धिका लागि नागरिकले अपनाएको इमान, स्वाभिमान र परिश्रम । झुकाव, लगाव र आधार ।
राजनीतिक दलले अपनाएको नागरिकप्रतिको उच्च आदार–सम्मान । जनतामैत्री नीति, विकासमैत्री रणनीति, राष्ट्रप्रतिको कतव्र्य, बाह्यराष्ट्रप्रतिको सम्मान, सद्भाव, प्रतिष्ठा र इज्जत ।
कर्मचारीतन्त्रले अपनाएको इमान्दारीता, बफादारीता, लगनशीलता र नागरिकप्रति दिलाएको सेवाभाव, संस्कार, संस्कृति, विश्वास, नैतिकता र जवाफदेहिता । कामगर्ने शैली र साधन ।
र तपाईले थाहा पाउनुपर्नेछ मिनटमिनटको महत्व । ६० सेकेण्डमा यीनीहरुले कति धेरै उत्पादन गर्छन् । श्रम, श्रमीक र ज्यालाको महत्व । प्रविधि र विधिले सरलीकृत गरेको सुविधाजनक जीवनशैली । शीप, क्षमता र चेतनाको स्तर । स्वास्थ, सुरक्षा र खानपानको स्तर ।
अनि तपाईले सोच्नुपर्नेछ, ५० देखि ६० वर्षकोबीचमा दक्षिण कोरियाले कसरी यति ठूलो छलाङ्ग मा¥यो । र आर्थिक, राजनैतिक, सामाजिक–साँस्कृतिक हरेक तवरमा आज विश्वको टप टेनभित्र प¥यो ।
कोरियाले यति छोटो समयमा कसरी यति लामो विकासको मार्ग तय ग¥यो ? तपाईले एक साता लगाएर कोरिया घुम्नुपर्नेछ । जमिनमाथि बनाइएका अग्लाअग्ला व्यवसायीक भवन र जमिनमुनी नौ स्टेपसम्म निर्मित टे«न लिग, विशाल नदि (हानखाङ) मुनीबाट कुदाईने टे«न । ड्राइवर विनै जमिनभन्दा ३० फिटमाथिको मेट्रो रेल । दुरीअनुसार निर्माण गरिएका सडक, यातायातका साधन र तिनिहरु कुदाउँनेको सम्मान, व्यवहार र आचरण । ट्राफिकप्रहरीबिनैको व्यवस्थित र मर्यादित सडक ।
लाखौजनालाई रौजगारी दिएको पानीजहाज कम्पनी, मोटर कम्पनी, विश्वबजारमा पु¥याउने इलेक्टोनिक्स कम्पनी, इत्यादी । उद्योग, कलकारखाना र त्यसवाट निस्केको रासायनीक तथा हानीकारण पदार्थको व्यवस्थापन । पर्यावरणप्रतिको चासो र स्वास्थप्रतिको चेतना । साथै, कृर्षिमा गरिएको आधुनिकीकरण । र बजार व्यवस्थापन । यावत..... ।
प्रकृतिले मात्रै हावा, पानी र जमिन दिएको कोरियाको हालको प्रतिव्यक्ति आय वार्षिक २८ हजार ०७१ अमेरिकी डलर छ । (बैंक अफ कोरिया गत मार्चमा प्रकाशित एक तथ्याङ्क)
जवकी, आर्थिक अर्थतन्त्रमा संगसंगै उदाएको हाम्रो देशको प्रतिव्यक्ति हालको आय बार्षिक ६ सय ८९ अमेरिकी डलर छ । (वल्डबैंकको तथ्याङ्क)
वल्डबैंकको तथ्याङ्कअनुसार १९६० मा कोरियाको ११ सय ०२ थियो भने नेपालको २ सय ६७ डलर थियो । यति धेरै अन्तर हुनको मुख्य कारण के ? तपाईले खोज्नुपर्नेछ ।
लाग्छ, गुनासाहरु कहिल्यै सकिदैनन् । समस्याहरु कहिल्यै समाधान हुदैनन् । जबसम्म तपाईजस्ता विद्धानहरुले राजनीतिको ढोका बन्द गरेर उद्योगको ढोला खोल्नसक्दैनन् ।
करिबकरिब ४० हजार नेपालीहरु कार्यरत दक्षिण कोरियामा तपाईलाई स्वागत छ । र तपाईको भ्रमणले राजनीतितर्फ उन्मुख होइन्, हाम्रो ध्यान उद्योग व्यवसायतीर उन्मुखहोस ।

No comments:
Post a Comment