Sunday, September 25, 2016

चल्ला कोरल्न नपाउदा


निकुञ्ज तिवारी.........

वर्षा ऋतुको पहिलो साता । चराचुरुङ्गीहरुले गुढ बनाउने र सन्तान उत्पादन गर्ने मौसम । 

केहि दिन पहिला देखिनै भगेरी जस्तै सानो चरीले सन्तान उत्पादन गर्नका लागि सानो पोथ्रामा गुढ लगाउन सुरु गरेकी थिइ । र अथह मिहेनतपूर्वक घर बनाइरहेकी पनि थिइ ।

गुढ बनाउन उसले लगाएको मिहेनत देख्दा मलाई औधी आनन्द लाग्थ्यो । र लुकीलुकी दिनमा विस तीस पटक हेरिरहन्थे उसको इमान्दारीता र परिश्रम ।

त्यो सब मैले नियालीरहेको थिए । उसले चाल नपाउने गरी र चाहान्थे पनि मेरो कारण उसलाई डिस्र्टब नहोस । र मैलै सुटुक्क फोटो पनि खिचीरहेको थिए ।
जब गुढ बनाइसकेपछि चरीले पाँचा दिनमा पाँच बटा फूल पारेकी थिइ । त्यो पनि मैले मोवाइलको क्यामारामार्फत क्याप्चर गरीरहेको थिए । हल्का निला निकै सुन्दर फुल मलाई छोउ–छोउ लाग्थ्यो । तर मैले नाङ्गा हातले छोएमा विग्रने डर थियो र छोइन पनि ।
म त्यो दिनको कल्पना गर्दै प्रतिक्षामा थिए । जुन दिन पाँच बटा फिस्टे चरीका बचेराले सानो गुढको प्वालबाट संसार चिहाउने छन् । र आफ्ना आमाको माया ममतामा हुर्कने छन् । अनि भुर्रर उडेर आकास छुने छन् ।
तर विडम्बना मेरो लागी भन्दा पनि त्यो चरीका लागि त्यो दिन आएन ।

आज दिउँसो म उत्सुक हुदैँ र सोच्दै सोच्दै हेर्न गएको थिए । उसको गुढ नजिक । चरीले चल्ला कोरलीहोला । कती सुन्दर होलान् ती बचेराहरु । आज ती चरीहरुलाई हत्केलामा राख्ने छु ।
तर गुढ भत्केको पो देखे । म असाध्यै दुखी भए । 

उसले बनाएको गुढ भत्केको नजिकै गए । र नियाले गुढ बनाउन प्रयोग भएका सानासाना झार कुनै त्यही पोथ्राम अल्झेका त कुनै भुइमा खसेका । 

त्यहाँ फुलको खोजी गरे । तर केहि पनि पाइएन । कसले भत्काइदियो होला उसको घर । कसले निमोठिदियोहोला चल्ला कोरल्ने उसको अधिकार ? आज दिनभरी मनमा अनेकौ प्रश्न खडा भए ।
विचरा, उसमा कति ठूलो रहर, चाहना र खुशी थियो होला आफ्ना पाँच बचेरालाई संसारमा उड्न सिकाउने ।

त्यसको नजिकै । अलि परको एक डालीमा चरी निराश भइ उमिरहेको पो देखे । अनि मपनि उ जस्तै निराश भए र रुम फर्किए । 

No comments:

जुलाईबाट कोरियामा विदेशीलाई निशुल्क कोरोना खोप, कसरि लगाउने ?

निकुञ्ज तिवारी सउल, २८ मे २०२१ दक्षिण कोरियामा बसोबासरत विदेशी नागरिकले पनि आउँदो जुलाई पहिलो साताबाट सरकारले निशुल्क उपलब्ध गराएको एस्टाजेन...