Sunday, November 20, 2016

‘दाई, मैले कोरियन भाषा पढ्न थाले । तपाईको कुनै प्रतिक्रिया ?’

निकुञ्ज तिवारी...
nikunja tiwari

‘हेलो दाई, म भर्खर १८ पुगेर १९ बर्ष लाग्दैछु । विएस्सी फस्ट सेमेस्टरको स्टुडेन्ट हुँ । मलाई कोरिया आउने रहर छ । तर रहर मात्र होइन, बाध्यता पनि छ । अब हुने कोरियन भाषा परीक्षा कहिले हुन्छ होला ? कोरिया आउन कति उमेर हुनुपर्छ र कति पैसा लाग्छ ? कृपया, बताइदिनुहोला है ।’

फेसबुक पेजमा आएको टेक्स म्यासेजको मैले सामान्य जानकारीमुलक रिप्लाई दिए । र सोधें –

‘अनि, भाई, यती सानै उमेरमा कोरिया नै किन आउनुप¥यो त ? बल्ल १९ वर्ष टेक्दै हुनुहुन्छ । र विएस्सी पनि पढ्दैहुनुहुन्छ । घरमै बस्न पाउनुभएको छ । आमाबुवाले जुटाएको मिठोनमिठो खाना पाउनुभएको छ । क्यारिम खेल्न पाउनुभएको छ । साथीभाइहरुसंग घुमघाम गर्न पाउनुभएको छ । सायद थोरैधेरै पकेट खर्च पनि पाउनुभएकै छ होला । र फेसबुक अपडेट गर्न भ्याउनुभएकै छ ।’

मैले टेक्स म्यासेज पठाए । र जिक्कियको स्टिगरसहित लेखें ‘तपाईको ओठ निचो¥यो भने दुध आउन सक्छ ? सायद, जुंगाको रेखी पनि बस्न पाएको छैन होला ? यस्तो कलिलो उमेरमा कोरिया आएर के गर्नुहुन्छ ? कोरिया तपाईले सोचे जस्तो सजिलो पनि छैन । त्यसैले, नेपालमै आफ्नो करियर बनाउनतीर लाग्दा उचित हुन्छ नी ।’ 

भोलीपल्ट जवाफ आयो ‘के गर्नु दाई ? नेपालमा बसेर ? तपाई जान्न चाहनुहुन्छ ? एकपटक नेपाल आएर हेनुर्स् ।’ उनले ठुस्सिएको स्टिगरसहित टेक्स म्यासेज पठाए । ‘दाई, म तपाईको फेसबुकको फलोहर हुँ र सुभचिन्तक पनि । यो सानै उमेरमा प्रदेश पस्नु मेरो पनि रहर कहाँ हो र ? समाज र राष्टको परिस्थिति र पारिवारको बाध्यताअनुसार नै मैले सोँच बनाएको हुँ । यदि, सक्नुहुन्छ र चाहानुहुन्छ भने कोरिया आउने उपाय बताइदिनुहोस् क्यारे ।’

कोरियाका कति कुरा सुनाएँ । स्वदेशका कति कुरा बुँझाए । सक्नेजति फकाए । अलिकति आफ्नो पन देखाएँ । अलिकति प्रदेशका दुख देखाएँ । अलिकति आश्वासन देखाएँ । फेसबुककै नाता हो । तैपनि अलिकति स्नेह देखाएँ । र कोरियन भाषा होइन, विएस्सीनै नियमित पढ्न लगाएँ । 

त्यसपछिका दिनदेखि उनीसंग नियमित म्यासेज आदानप्रदान हुँदैछ । उनले विएस्सी पास गरेर मास्टर डिग्रीको पहिलो बर्षमा अध्ययनरत छन् । 

अत्यन्तै अध्ययनशील, मिहेनती र समझदार छन् । अहिले उनी विहान कलेज र दिउसो कम्युटर इन्स्चिच्युटमा पार्टटाइम काम गर्छन् । मासिक २० देखि २५ हजारसम्म कमाउने गरेको म्यासेजमा लेख्छन् ।

तर, केहीदिन अगाडि उनको म्यासेज आयो ‘दाई, मैले कोरियन भाषा पढ्न थाले । तपाईको कुनै प्रतिक्रिया ?’
दक्षिण कोरिया, सउल #southkorea

No comments:

जुलाईबाट कोरियामा विदेशीलाई निशुल्क कोरोना खोप, कसरि लगाउने ?

निकुञ्ज तिवारी सउल, २८ मे २०२१ दक्षिण कोरियामा बसोबासरत विदेशी नागरिकले पनि आउँदो जुलाई पहिलो साताबाट सरकारले निशुल्क उपलब्ध गराएको एस्टाजेन...