Tuesday, December 13, 2016

कोरियामा फैलिदो ‘फेसबुक ठगी’ देखि साबधान !


निकुञ्ज तिवारी...
korean flag

फेसबुकमा विज्ञापन देखेकै भरमा उनलाइ आइफोन सिक्स किन्न मन लाग्यो । समयको अभाव, बजार जाने झण्झट र सस्तो मुल्यमा महङ्गो आइफोन पाइन्छ भने किन नकिन्ने ? यस्तै लाग्यो । र उक्त फेसबुक इनवक्समा उनले म्यासेज पठाए–‘मैले आइफोन सिक्सको नयाँ फुल प्याक किन्न चाहन्छु ?’ 

कोरियन नाम गरेको फेसबुकमार्फत केहि छिनमै वैंकको खाता सहित अंग्रेजीमा जवाफ आयो ‘आइफोन सिक्स नयाँ प्याकका लागि चार लाख वन (नेपाली रुपैयाँ करिब ३६ हजार) यो खातामा डिपोजिट गर्नुहोस र तपाईको ठेगाना (एडेस्स) पठाइदिनुहोस । हामी केही दिनमै तपाईले डिमाण्ड गरेको सामान पठाइदिन्छौ ।’
उनले ‘हुन्छ’ भने र भोलीपल्टै उक्त बैंक खातामा पुरै पैसा पठाइदिए । र आइफोनको प्रतीक्षा गरी बसे । तर पैसा पठाएको भोलीपल्टै उक्त फेसबुक होल्डरले फेसबुक डियाक्टिब ग¥यो । र सम्पर्कविहिन भयो । 

करिबकरिब डेढ बर्ष अगाडि कोरिया आएका एक नेपाली युवाले फोनमा गुनासो गरे । ‘मसंग पैसा पठाएको सिलिप बाहेक अरु प्रमाण केही पनि छैन । अब मैले कहाँ उजुरी दिने ? र गुमेको पैसा कसरी फिर्ता ल्याउने ?’ उनी निराशहुँदै भने ‘नचिनेको मान्छेसंग सम्पर्क गर्दा म नराम्ररी ठगिए ।’ 

स्थानीय प्रहरी कार्यलयमा उजुरी दिन सल्लाह दिदा उनले भने ‘विहानदेखि बेलुका नौ, दश बजेसम्म डिउटी हुन्छ । कतिवेला गएर उजुरी दिने र के भन्ने म त अक्क न बक्कमा छु ।’ 

उजुरी गर्नका लागि प्रयाप्त कोरियन भाषा नजान्दा र समयको अभावका कारण उनले कतै समस्या सुनाउन सकेनन् । बरु उक्त फेसबुकको इनवक्समा पैसा फिर्ता पठाइदिन पटक पटक अनुनय विनय गरे । अन्ततः पैसा पठाएको एक महिनासम्म पनि उताबाट कुनै प्रतिक्रिया नआएपछि पैसाको माया मारेको उनले सुनाए ।

त्यस्तैगरी, गत महिना फेसबुकमार्फत डिएसएलआर क्यामरा किन्न लागेका एक नेपालीपनि अञ्जान व्यक्तिमार्फत ठगिएका छन् । उनले सेकेण्डह्याण्ड क्यामराको लागि पाँच लाख वन बैंकमा जम्मा गरिदिएका थिए । 

कोरियन केटीको फोटो र फिलिपिन्स नागरिकको नाम रहेको उक्त फेसबुकमा सेकेण्डह्याण्ड क्यामरा विक्रिमा राखिएको थियो । कोरियामा रहेका नेपालीहरुको फेसबुक गु्रपमा उक्त पोष्ट सेयर गरेर ठगी गरेको पीडित नेपालीले गुनासो गरे ।

‘पैसा पठाएको रसिद र फेसबुकको स्किृनसर्टमार्फत कोरियन प्रहरीमा उजुरी दिएको छु ।’ उनले भने ‘तर फलोअप गर्न भ्याएको छैन । कोरियामा रातदिन खटिइ, पसिना बगाइ कमाएको पैसा लुट्न खोज्नेहरुको व्यापकता रहेछ । बल्ल आज आफुलाई परेपछि थाहा पाए ।’ फेसबुकमा देखेकै भरमा अञ्जान व्यक्तिमार्फत कारोबार नगर्न कोरियामा रहेका नेपालीहरुलाई उनले सुझाब दिए ।

कोरियामा नक्कली फेसबुक आइडि बनाई महङ्गो सामानलाई सस्तो मुल्यमा घरमै पठाइदिने प्रलोभन देखाई ठग्नेहरुको विगविगीनै छ । जसमा धेरै पैसा पर्ने मोवाईल, ल्यावटप, क्यामरा, व्लाङ्केटदेखि लिएर थोरै पैसा पर्ने मोवाईल चार्जर, लाईट, हेडफोन, पछौरालगायतका सामाग्री सुपथ मुल्यमा पाइने र घरमै पठाइदिने विज्ञापन गरिन्छन् । तर त्यस्ता नाम र फोटो नखुलेका फेसबुक आइडिहोल्डरले पैसा प्राप्त गरेपछि सामान नपठाइदिने र फेसबुक नाम ठेगाना परिवर्तन गर्ने गरेका छन् ।

यी त उदाहरणमात्र हुन् । दक्षिण कोरियामा पछिल्लो समय नेपाली कामदारको संख्या वृद्धिसंगै ठगिने क्रम बढ्दो छ । इन्टरनेटबाट किनेको समान नपठाइदिने, अरुको पासपोर्टबाट बैंक खाता खोल्ने, परिचयपत्र –एलिएन कार्ड) बाट फोन नम्बर निकाल्ने, लगायतका साइवर अपराध बढ्दो छ । 

कतिपय आफुलाई परेको समस्याको बारेमा सुनाउने निकाय नै नभएको बताउछन् भने कतिपयले समयको अभाव र भाषा समस्याका कारण घटनाहरु प्रहरीसमक्ष नपुग्दै सेलाउने गरेको बताउँछन् ।

त्यसैगरी, सस्तो मुल्यमा नेपाल पैसा पठाइदिने भन्दै अवैधानिक हुण्डी व्यापारीले पनि नेपालीहरुबाट ठुलो रकम उठाइ बेपत्ता हुने गरेका छन् । यस्ता कार्य पनि पटकपटक दोहोरिदै आएका छन् । 

यस्ता किशिमका ठगी व्यवसायीहरु बढ्दो क्रममा रहेका र त्यस्ता व्यवसायीबाट कारोबार नर्गन र गर्नै परेमा आधिकारीक रुपमा बुझेर मात्र कारोबार गर्न सल्लाह दिन्छन् कोरियामा लामो समयदेखि भाषा अनुवादको रुपमा काम गर्दै आएका मुक्त गुरुङ् । 

कोरियामा नेपालीहरुको बढ्दो संख्या संगै आपराधिक कृयाकलाप पनि बढ्दै गएका छन्  भने नेपालीहरु नेपालीबाटै पीडित हुने गरेका पनि छन् । पछिल्लो समय सहकर्मीकै कारण सहकर्मीले कार्यस्थान छोड्ने, डिप्रेशन र कुलतमा फस्ने क्रम बढ्दो छ । त्यसोत् गत वर्ष एक नेपालीले सहकर्मीकै कारण झुण्डिएर आत्महत्या समेत गरेका थिए ।

यस्ता किसिममा समस्याहरु परेमा कोरियन प्रहरीको साइवर अपराध शाखाको परामर्श केन्द्र (एआएर्स) मा सम्पर्क गर्नुहोला । जसका लागि यी नम्बरमा सम्पर्क गरी आफ्ना समस्याहरुको उजुरी दिन सकिन्छ । 
02 -393-9112, 02 -363-7447 

दक्षिण कोरिया, १३ डिसेम्बर २०१६ ।

No comments:

जुलाईबाट कोरियामा विदेशीलाई निशुल्क कोरोना खोप, कसरि लगाउने ?

निकुञ्ज तिवारी सउल, २८ मे २०२१ दक्षिण कोरियामा बसोबासरत विदेशी नागरिकले पनि आउँदो जुलाई पहिलो साताबाट सरकारले निशुल्क उपलब्ध गराएको एस्टाजेन...