२०१७ का लागि ७.३ प्रतिशतले न्यूनतम पारिश्रमिक वृद्धि
निकुञ्ज तिवारी
दक्षिण कोरिया, १ जनवरी २०१७
दक्षिण कोरियन संसदले गत अगष्टमा सन् २०१७ का लागि प्रतिघण्टा न्युनतम् ज्याला ६४७० वन स्वीकृत गरेको थियो । उक्त बढेको ज्याला जनवरी १ देखि लागु गर्न रोजगार तथा श्रम मन्त्रालयले यहाँका उद्योग, कलकारखाना तथा फम संचालकहरुलाई अनुरोध गरेको छ ।
न्युनतम पारिश्रमिक वृद्धिभएसंगै इपिएस मार्फत कार्यरत आप्रवाशी र तल्लो लेबलका मुलबासी करिब ३० लाख ५० हजार भन्दाबढि कामदारहरु लाभान्वित हुनेछन् । जसमा इपिएसमार्फत आउने १६ मुलुकका कामदारपनि उत्साहित छन् ।
नयाँ पारिश्रमिक अनुसार यसवर्ष प्रतिघण्टा ६ हजार ४७० वन हुनेछ । गत वर्ष प्रतिघण्टा ६ हजार ३० (५.३१ अमेरिकी डलर) थियो ।
हप्तामा ४० घण्टा (मासिक २०९ घण्टा) कामगर्ने कामदारले यसवर्षको न्युनतम मासिक १२ लाख ६० हजार २७० मा (९१ हजार ९ सय ९९ वन बढेर) १३ लाख ५२ हजार २३० वन पाउने छन् । नेपाली रुपैयाँ १ लाख २१ हजार ७१४ हुनेछ ।
त्यस्तै हप्तामा ४४ घण्टा काम गर्ने कामदारले यसवर्षको १३ लाख ६४ हजार १०३ मा –९९ हजार ५७९ वन बढेर) १४ लाख ६३ हजार ६८२ पाउने छन् ।
नेपाली रुपैयाँ १ लाख ३१ हजार ७४५ हुनेछ । नेपाली ९ रपैयाँ बराबर कोरियन १ सय वन हुन्छ ।
अघिल्लो वर्षका लागि ८.१ प्रतिशत वृद्धि भएको थियो । ज्याला वृद्धिले कोरियामा कार्यरत नेपालीहरु उत्साहित भएका छन् ।
ज्याला निर्धारण समितिको कार्यालय सेजन सीमा यसअगाडि १३ औं पटकसम्म बसेको बैठकले निर्णय लिन नसकेपछि १४ औं पटकको बैठकले मतदा गरेको थियो । सरकारका ९, मजदुर संगठनका ९ र उद्योग संचालकका ९ गरी २७ प्रतिनिधिबीच लामो समय छलफल भएको थियो ।
गत जुलाई १६ मा बसेको ज्याला निर्धारण समितिले गरेको थियो ।
‘देशको आर्थिक वृद्धि, मूल्यवृद्धि र ज्यालावृद्धि लगायतका विभिन्न सुचकांकको आधारमा न्यूनतम ज्याला वृद्धि गरिएको हो ।’ ज्याला निर्धारण समितिका अनुसार ‘हरेक वर्ष ज्याला वृद्धि गर्ने सरकारको उद्धेश्य अनुसार ज्याला तय गरिएको हो ।’
यधपि, श्रमिकको हक अधिकारमा कृयाशील टे«ड युनियनहरुले मन्त्रालयले बढाएको ज्यालामा सन्तुष्ट नभएको बताइएका छन् । उनिहरुले अहिलेको ज्याला १० हजार वन हुनुपर्ने माग राख्दै आएका छन् । ‘दैनिक बढ्दो मूल्यवृछि र गुणस्तरिय जीवनका लागि अहिले बढाइएको ज्याला ज्याँदै न्यून हो।’ कोरियन कन्फेडेरेशन अफ टे«ड युनियन प्रतिनिधिले भने ।
एसियाका १६ देशका यूवाहरुको आकर्षक रोजगारी स्थल बन्दै गएको कोरियमा प्रत्येक बर्षको तलब बृद्धिले नेपाली श्रमिकहरु उत्साहित बनेका छन् । यधपि, कतिपय साना तथा घरेलु उद्योगहरुमा कार्यरत आप्रवाशी कामदारहरुले भने न्युनतम ज्याला पनि नपाउने गरेको बताएका छन् ।
कृर्षि तथा पशुपालन भिषावाहकका लागि लागि कामादार र संचालकबीच आपसी समझदारीमा ज्याला तय हुने जनाइएको छ । तर कतिपय साना तथा घरेलु उद्योग र कृर्षि तथा पशुपालन संचालकहरुले भने आप्रवाशी कामदारलाई न्युनतम ज्याला पनि नदिने गरेको समाचार माध्ययममा आइरहन्छन् ।
कोरियाले सन् १९८८ देखि ज्याला निर्धारण समितिमार्फत प्रत्येक वर्ष न्यूनतम ज्याला निर्धारण गर्दै आएको छ । जुन बेलाको न्यूनतम ज्याला ४ सय ६२ वन थियो । सरकारले सन् २००९ मा ६.१, २०१० मा २.७५, २०११ मा ५.१, २०१२ मा ६.०, २०१३ मा ६.१, २०१४ मा ७.२, २०१५ मा ७.१, २०१६ मा ८.१ २०१७ मा ७.३ प्रतिशतले ज्याला बढाएको थियो ।
निकुञ्ज तिवारी
![]() |
| korean new wage 2017 news |

No comments:
Post a Comment