Thursday, October 12, 2017

लघुकथा ... 'कोरिया बाध्यता'

निकुञ्ज तिवारी
..........................

विएस्सी फस्ट सेमेस्टरको स्टुडेन्टलाई मैले अठारौं जन्मदिन ‘वर्थडे’ को सुभकामना दिएपछि उनले
shory story by nikunja tiwari
रिप्लाईमा लेखेका थिए–

‘यो मेरो रहर होइन । बाध्यता हो । दाई, म पनि कोरिया आउन चाहन्छु । कोरियन भाषा परीक्षा कहिले हुन्छ होला ? कोरिया आउन कति उमेर हुनुपर्छ र कति खर्च लाग्छ ? बताइदिनुहोला न ।’

‘ए भाई, यती सानै उमेरमा कोरिया नै किन आउनुप¥यो त ? घरमै बसेर विएस्सी पढिरहेको मान्छे । आफ्नै देशमा केही गर्न सकिन्छ नी यार ।’

मैले जिक्कियको स्टिगरसहित लेखें ‘तिम्रो ओठ निचो¥यो भने दुध आउन सक्छ ? सायद, जुंगाको रेखी पनि बस्न पाएको छैन होला ? यस्तो कलिलो उमेरमा कोरिया आएर दुख्ख पाउँछौ । कोरिया तिमीले सोचेँ जस्तो सजिलो पनि छैन । त्यसैले, नेपालमै आफ्नो करियर बनाउनतीर लाग्दा उचित हुन्छ नी ।
’ 
भोलीपल्ट जवाफ आयो ‘के गर्नु दाई ? नेपालमा बसेर ? तपाई जान्न चाहनुहुन्छ ? एकपटक नेपाल आएर हेनुर्स् ।’ उनले ठुस्सिएको स्टिगरसहित टेक्स पठाए । ‘दाई, म तपाईको फेसबुकको फलोहर हुँ र सुभचिन्तक पनि । यो सानै उमेरमा प्रदेश पस्नु मेरो पनि रहर कहाँ हो र ? समाज र राष्ट्रको परिस्थिति र पारिवारको बाध्यताअनुसार नै मैले सोँच बनाएको हुँ । यदि, सक्नुहुन्छ र चाहानुहुन्छ भने कोरिया आउने उपाय बताइदिनुहोस् । आभारी हुने थिए ।’

मैले नम्बर मागें र फोन डाउल गरें ।

कोरियन जनजिवनका कति कुरा सुनाएँ । स्वदेशका कति कुरा बुँझाए । सक्नेजति फकाए । अलिकति आफ्नो पन देखाएँ । अलिकति कोरियाका दुख देखाएँ । अलिकति आश्वासन देखाएँ । अलिकति स्नेह देखाएँ । र कोरियन भाषा होइन, विएस्सीनै नियमित पढ्न लगाएँ । 

त्यसपछि उनीसंग नियमित म्यासेज आदानप्रदान भइरह्यो । अत्यन्तै अध्ययनशील, मिहेनती र समझदार छन् । विएस्सी पास गरेर मास्टर डिग्रीको पहिलो बर्षमा अध्ययनरत उनी हाल विहान कलेज पढछन् र दिउसो एक स्कुलमा पढाउछन् । मासिक तीस हजार कमाउछन् ।

धेरै समयपछि हिजो उनले म्यासेज पठाएका रैछन् ‘दाई, मैले स्कुल पढाउन छोडिदिए र कोरियन भाषा पढ्न थाले । तपाईको कुनै प्रतिक्रिया ?’
http://nagarikplus.nagariknews.com/epaper/src/epaper.php?id=3172#page/23

No comments:

जुलाईबाट कोरियामा विदेशीलाई निशुल्क कोरोना खोप, कसरि लगाउने ?

निकुञ्ज तिवारी सउल, २८ मे २०२१ दक्षिण कोरियामा बसोबासरत विदेशी नागरिकले पनि आउँदो जुलाई पहिलो साताबाट सरकारले निशुल्क उपलब्ध गराएको एस्टाजेन...