Tuesday, May 22, 2018

कोरियामा न्यूनतम् ज्याला वृद्धि गर्न माग


निकुञ्ज तिवारी.....
सउल, (दक्षिण कोरिया) २२ मे, २०१८


दक्षिण कोरियामा कार्यरत मजदुर संगठनका प्रतिनिधिहरुले न्यूनतम ज्याला प्रतिघण्टा १० हजार वन बनाउनुपर्ने माग गरेका छन् । उनिहरुले गत साता राजधानी सउलमा एक कार्यक्रमको आयोजना गरि ज्याला वृद्धि गर्न माग गरेका हुन् ।

हाल कायम रहेको प्रतिघण्टा ७ हजार ५ सय ३० वनबाट वृद्धि गरि १० हजार वन बनाउनुपर्ने मजदुर संगठनहरुले माग राखेका छन् । भने न्युनतम ज्याला निर्धारण समितिले ज्याला वृद्धिका बारेमा छलफल सुरु गरेको छ । 

उक्त समितिले जुन महिना भित्रमा आउँदो वर्ष सन् २०१९ को न्युनतम ज्याला निर्धारण गर्नुपर्ने हुन्छ । निर्धारित ज्याला अगष्ट ५ मा श्रम तथा रोजगार मन्त्रीद्धारा घोषणा गर्ने सरकारी योजना रहेको छ । समितिमा रोजगारदाता, सरकारीपक्ष र मजदुर संगठनका प्रतिनिधिहरु सहभागि हुन्छन् ।

राष्ट्रपति मुन जे इन प्रशासनले सन् २०२० सम्ममा न्युनतम ज्याला प्रतिघण्टा १० हजार वन बनाउने रणनीति लिएको छ । उक्त लक्ष्य हासिल गर्नका लागि दुई वर्षमा १५. २४ प्रतिशतले ज्याला बढाउनुपर्ने हुन्छ । ज्यालाको विषयमा प्रत्यक वर्ष माग गर्नुपर्ने अवस्थाको अन्त्य गर्नेगरि रणनीति तय गर्न लागेको बताइएको छ ।  

मजदूर प्रतिनीधिहरुले आर्थिक तथा मूल्यबृद्धि र श्रम बजारको आय असमान रहेको जनाउदै आधारभूत ज्यालामा वृद्धि गरिनुपर्ने जोड गरेका छन् ।

विभिन्न मजदुर संगठनहरुले कोरियन श्रम बजारको आय असमानतालाई निरुत्साहित गर्न सामान्य मजदुरहरुको न्यूनतम ज्यालामा वृद्धि गर्न सरकारलाई दबाब दिने बताएका छन् । देशको आर्थिक वृद्धि र मूल्यवृद्धि लगायतका विभिन्न सुचकांकको आधारमा न्यूनतम ज्याला वृद्धि गर्न माग गरिएको हो ।
मजदूर संगठनहरुको माग अनुसार तलव बृद्धि भए वृद्धि न्यून आय भएका करिव १ करोड ९६ लाख २७ हजारबढि श्रमिकलाई फाइदा पुग्ने मजदूर संगठनका एक अधिकारीले बताए ।

यो वर्षको पारिश्रमिक महिनामा २०९ घण्टाको न्यूनतम मासिक १५ लाख ७३ हजार ७७० वन छ । जसको नेपाली रुपैयाँ १ लाख ५९ हजार २८ रुपैयाँ हुन्छ । (नेपाली रुपैयाँ १ सय बरावर कोरियन वन १० रुपैयाँ १० पैसा हुन्छ ) अघिल्लो वर्ष यसवर्षका लागि १६.४ प्रतिशत वृद्धि भएको थियो ।

दैनिक बढ्दो मूल्यवृछि र गुणस्तरीय जीवन र श्रमिकहरुको राय अनुसार ज्यालाको खाका तयार पारेको श्रमिकको हक अधिकारमा कृयाशील टे«ड युनियनहरुले बताएका छन् । तलब वृद्धिले यहाँ कार्यरत आप्रवाशी कामदार र अब भित्रिने नयाँ जनशक्ति लाभान्वित हुने छन् । 


हाल माग गरिएको प्रतिघण्टा १० हजार वन ज्याला २०२० सम्ममा कार्यान्वयन गर्न सकिने सह रोजगार मन्त्री यी सुङ कीले बताएका छन् ।

कोरियाले सन् १९८८ देखि ज्याला निर्धारण समितिमार्फत प्रत्येक वर्ष न्यूनतम ज्याला निर्धारण गर्दै आएको छ । जुन बेलाको न्यूनतम ज्याला ४ सय ६२ वन थियो । सरकारले सन् २००९ मा ६.१, २०१० मा २.७५, २०११ मा ५.१, २०१२ मा ६.०, २०१३ मा ६.१ २०१४ मा ७.२, २०१५ मा ७.१ , २०१६ मा ८.१, २०१७ मा ७.३ र २०१८ मा १६.४ प्रतिशतले ज्याला बढाएको थियो ।


No comments:

जुलाईबाट कोरियामा विदेशीलाई निशुल्क कोरोना खोप, कसरि लगाउने ?

निकुञ्ज तिवारी सउल, २८ मे २०२१ दक्षिण कोरियामा बसोबासरत विदेशी नागरिकले पनि आउँदो जुलाई पहिलो साताबाट सरकारले निशुल्क उपलब्ध गराएको एस्टाजेन...