निकुञ्ज तिवारी
सउल २७ सेप्टेम्बर २०१८.....
नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखामा नयाँ कार्यसमिति चयन भएको छ । गत मंगलबार राजधानी सउलमा भएको छैंटौ अधिवेशनमा रञ्जन कुँबरको अध्यक्षतामा पन्ध्र सदस्यिय नयाँ कार्यसमिति चयन भएको हो ।
कार्यसमितिको बरिष्ठ उपाध्यक्षमा किशन गौतम, उपाध्यक्षमा दुर्लभबन्धु पोखरेल, रेश्मा राई, महासचिबमा मिन विक, सचिबमा निकुञ्ज तिवारी र केशब पोखरेल चयन भएका छन् ।
त्यस्तै कोषाध्क्षमा बविता वली, सदस्यहरुमा कृष्ण शर्मा, सविना कार्की, हरि अधिकारी, बामदेब देबकोटा, कृष्णप्रसाद न्यैपाने र गुरुदक्त न्यैपाने चयन भएका छन् ।
त्यसैगरि, केन्द्रिय पार्सदमा डम्बर सुब्बा, खेम कार्की, यम शिरीष मगर र किशोर कोइराला चयन भएका छन् ।
नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा आफूलाई प्रमुख अतिथि नबनाएको भन्दै राजदुत जंगबहादुर सिंहले कार्यक्रम बहिस्कार गरि निस्किएका थिए ।

No comments:
Post a Comment