कोरियन राहदानी ३ नम्बरमा
नेपाली राहदानी १०१ नम्बरमा
हेन्ले बिश्व राहदानी सूचकांकमा दक्षिण कोरियन राहदानी नम्बर ३ मा परेको छ भने नेपाली राहधानी एक सय एक मा परेको छ.
हेन्लेले बिश्वका १९० देशका राहदानीको सर्बेक्षण गरेको थियो. जसमा जापानिस राहदानी एक नम्बरमा परेको छ.
त्यस्तै दोस्रोमा सिंगापुर, तेस्रोमा कोरिया, जर्मन, फ्रान्सको राहदानी परेका छन्. चौथोमा डेनमार्क, फिनल्याण्ड, इटाली, स्वीडेनको राहदानी परेका छन् .
त्यस्तै, नम्बर पाच मा नर्बे, बेलायत, अमेरिका,अस्ट्रिया, लक्जम्बर्ग, नेदरल्याण्ड, पोर्तुगलका राहदानी परेका छन्.
रेंकिंगको अन्तिममा कर्मस पाकिस्तान, सोमालीया, सिरिया, इराक र अफगानिस्तान परेका छन्.
2018 Henley Passport Index Ranking



No comments:
Post a Comment