Wednesday, December 5, 2018

कोरियाले १० वर्षे बहुप्रवेश भिसा दिने

निकुञ्ज तिवारी
इन्छन्

(दक्षिणपूर्वी एसियाली मुलुकहरूबाट दक्षिण कोरिया घुम्न आउने पर्यटकहरूले अब १० वर्षे मल्टिपल ९बहुप्रवेश० भिसा पाउने भएका छन् । कोरियाको न्याय मन्त्रालयका अनुसार बहुप्रवेश भिसा पाउने मुलुकहरूमा नेपाल, भारत, बंगलादेश, म्यानमार, कम्बोडिया, श्रीलंका, इन्डोनेसिया, लाओस, पाकिस्तान, फिलिपिन्स र भियतनाम रहेका छन् ।

डिसेम्बरबाट लागू हुने नयाँ भिसा नियमअनुसार कोरियाका लागि एकपटक भिसा प्राप्त गरेपछि १० वर्षसम्म आवतजावत गर्न पाइने छ । यससँगै बर्सेनि कोरिया घुम्न चाहने पर्यटकका लागि सहज भएको छ । यसअघि यी मुलुकहरूले कोरियाका लागि प्रत्येकपटक भिसाका लागि आवेदन दिनुपथ्र्यो ।

बहुप्रवेश भिसाका लागि डाक्टर, वकिल, प्राध्यापक, इन्जिनियरहरूलगायत उच्च तहतप्कामा कार्यरत नागरिकहरूले आवेदन दिनसक्ने छन् । यस्तै, स्थानीय विश्वविद्यालयबाट चारवर्षे स्नातक तथा स्नात्तकोत्तर डिग्री हासिल गरी प्रोफेसनल रूपमा स्थापितहरूले पनि आवेदन दिन पाउनेछन् । 

न्याय मन्त्रालयका अनुसार छोटो अवधि भ्रमण ९सी–थ्री० भिसावाला पर्यटक प्रत्येकपटक ३० दिन कोरिया बस्न पाउने र १० वर्षसम्म आतेजाते गर्न पाउने छन् । तर, अवैध रूपमा रहन र अनुमतिबिना काम गर्न भने पाउने छैनन् ।अध्यागनमले कोरियामा प्रवेश गरेपश्चात गैरकानुनी रूपमा बस्न नचाहने नागरिहरूलाई मात्र उक्त भिसा दिनेछ । भिसा प्राप्त गर्न आवेदन दिएको दिनदेखि ३ महिनासम्म लाग्नसक्ने बताइएको छ । 

गत अक्टोबरसम्ममा कोरिया भ्रमण गर्ने पहिलोमा थाइल्याण्डका नागरिकहरू, दोस्रोमा भियतनामीहरू र तेस्रोमा फिलिपिनीहरू थिए । त्यस्तै, कोरियनहरूले भ्रमण गर्ने राष्ट्रमा पहिलोमा भियतनाम, दोस्रोमा फिलिपिन र तेस्रोमा थाइल्याण्ड छ । कोरियामा गै्ररकानुनी तबरले विभिन्न आपराधिक कार्यमा संलग्न र सम्लग्न हुनसक्ने अनुमानमा विमानस्थल अध्यागमन विभागले सन् २०१७ को अप्रिलदेखि गत महिनासम्ममा २५ हजार ९ सय ८९ जना विदेशीहरूलाई विमानस्थलबाटै फिर्ता पठाएको थियो ।

No comments:

जुलाईबाट कोरियामा विदेशीलाई निशुल्क कोरोना खोप, कसरि लगाउने ?

निकुञ्ज तिवारी सउल, २८ मे २०२१ दक्षिण कोरियामा बसोबासरत विदेशी नागरिकले पनि आउँदो जुलाई पहिलो साताबाट सरकारले निशुल्क उपलब्ध गराएको एस्टाजेन...