निकुञ्ज तिवारी...

इन्छन्को मोइदोस्थित सिल्मीवन कृर्षिफाममा भएको तालिमको दोस्रो भागमा अर्गानिक किटनाशक औषधी कसरी बनाउने र वालीनालीलाई दिने तरिका, वालीनालीमा लाग्ने किराफट्याङ्गा्र र तिनिहरुले ल्याउने विभिन्न भाइरसको रोकथामका लागि आवश्यक पर्ने औषधी कसरी बनाउने, कसरी प्रयोग गर्ने, विउविझन कसरी सुरक्षित राख्नेलगायतका विषयमा कृर्षिफामका संचालक एवम् कृर्षिविद सिन सुन ख्योले प्रशिक्षण दिएका थिए ।
कृर्षिविद ख्योले नेपालको हावापानीमा जुनसुकै प्रकारका बालिनाली र फलफूल सजिलै उत्पादन गर्न सकिने बताउँदै मौसम राम्रो भएका कारण थोरै लगानिमा धेरै उत्पादन गर्न सकिनेमा जोड दिएका थिए ।
खाया इन्टरनेशनल (khayah International) ले सउल नगरपालीका ( seoul mertopolitan) को सहयोगमा आयोजना गरेको उक्त तालिममा ३२ जना नेपाली युवाहरु सहभागी छन् । उनीहरुलाई अर्गानिक कृर्षिफामका संचालक एवम् कृर्षिविद सिन सुन ख्योले प्रशिक्षण दिइरहेका छन् ।
कृषिविद सिनले सन् २००२ मा अर्गानिक कृर्षिफाम खोलेर कृर्षि बालीनाली तथा पशुपालनसम्बन्धी प्रशिक्षण दिदै आइरहेका छन् । उनले नेपाल लगायत अन्य विभिन्न देशहरुका युवाहरुलाई पनि प्रशिक्षण दिइरहेका छन् ।त्यस्तै, खाया इन्टरनेशनलले (khayah International) का सस्थापक छे सून थे (최순태) ले कोरियामा सिकेको सिपलाइ स्वदेश फर्केपछि उचित उपयोग गर्ने आशा ब्यक्त गरेका छन् ।
तालिम संचालन हुने सम्बन्धी जानकारी सामाजिक संजालमार्फत दिइएको र पहिलो सम्पर्कमा आउने युवालाई प्राथामिकता दिइएको संयोजन यम श्रेष्ठले जानकारी दिए । किमे आप्रवाशी सहयोग केन्द्रका संचालक यज्ञराज सुवेदीको पहलमा तालिम संचालन गरिएको उनले बताए । तालिममा ज्ञान सागर भण्डारीले भाषा अनुवाद गरिरहेका छन् ।
तालिम लिइरहेका युवाहरु उत्सुक छन् । उनिहरु स्वदेश फर्किएर अर्गानिक कृर्षिमा केहि नयाँ काम गर्ने प्रशिक्षार्थीहरुको उदेश्य छ ।


No comments:
Post a Comment