Tuesday, July 2, 2019

कोरियामा विदेशी कामदार राख्ने मालिकहरुलाई नयाँ नियम


निकुञ्ज तिवारी
इन्छन्, २ जुलाई २०१८

दक्षिण कोरियाको रोजगार तथा श्रम मन्त्रालयले मंगलबार घोषणा गरेको नयाँ नियम अनुसार आप्रवाशी कामदार राख्ने मालिकहरुले बढिमा १५ जना मात्र एक कोठामा राख्न पाउने छन् । भने महिला र पुरुषका लागि छुट्टाछुट्टै आवाशगृहको व्यवस्था गर्नुपर्ने छ ।

एक जना कामदारका लागि २ दशमलब ५ वर्गमिटर चाहिने र त्यही अनुसार १५ जना अट्ने कोठामा मात्र १५ जना राख्न पाउने नियममा उल्यख छ । १६ जुलाईसम्म यो नियम कार्यान्वयन गर्न मन्त्रालयले रोजगारदाताहरुसमक्ष आह्वान गरेको छ ।

त्यस्तै, जिवनयापनका लागि चाहिने अत्यावश्यक स्नानकक्ष, व्यवस्थित सौचालय, भेन्टिलेशन, जाडोका लागि हिटर र गर्मीका लागि एसी, बत्तिको राम्रो व्यवस्थापन र इर्मजेन्सी ढोकाको पनि व्यवस्थापन गर्नुपर्ने छ ।

त्यसैगरी, व्यक्तिगत गोपनियता र सुरक्षाका लागि ढोकामा चावि र व्यक्तिगत सम्पती सुरक्षाका लागि लकर आदि पनि हुनुपर्ने हुन्छ ।

आप्रबासी कामदारका लागि लागु गरिएको यो नियमको बारेमा मालिकहरुलाई जानकारी गराइने र आगामी श्रम सम्झौतामा यी कुराहरु उल्यख गरी सम्झौता पत्र बनाइने मन्त्रालयले जनाएको छ ।

“हामी आप्रवाशी कामदारको न्युनतम बसाइस्तरलाई सरल र सहज बनाउने छौं ।” एक कर्मचारीले भने ।


No comments:

जुलाईबाट कोरियामा विदेशीलाई निशुल्क कोरोना खोप, कसरि लगाउने ?

निकुञ्ज तिवारी सउल, २८ मे २०२१ दक्षिण कोरियामा बसोबासरत विदेशी नागरिकले पनि आउँदो जुलाई पहिलो साताबाट सरकारले निशुल्क उपलब्ध गराएको एस्टाजेन...