निकुञ्ज तिवारी
इन्छन्, २ जुलाई २०१८
सउलस्थित १५ सय परिवार बस्ने एक अपार्टमेन्टका धारामा सोमबार साझ अकस्मात पानी आएन ।
पाइपमा अकस्मात खराबी आइ खानेपानी आपुर्ती नभएपछि स्थानीयले सउल महानगरमा खबर गराए ।
महानगरले तत्कालै जाचबुजका लागि कर्मचारी खटायो भने । शहरको पानी व्यवस्थापन कार्यालयले रातीनै ट्रकमा २ टन, १०८० बोत्तलको पानी र १५०० प्याक खानेपानी अपार्टमेन्टका बासिन्दाहरुलाई वितरण गरिदियो । र अपाटमेन्ट परिसरमा पानीको धारा बनाइदियो ।
त्यतिमात्र होइन, सोदेमुन जिल्ला हेर्ने डेमोक्रेटिक पार्टीका नेता लि जोङ्सुक राती साढे १ बजेसम्म बसेर त्यहाँका बासिन्दाहरुलाई पानी वितरण गरे ।
र उनले मगलबार आजको रातसम्म पानी पुन सुचारु हुने जानकारी दिए ।

No comments:
Post a Comment