निकुञ्ज तिवारी...
सउल ७ अगष्ट २०१८
दक्षिण कोरियाले आगामी वर्ष सन् २०१९ का लागि १०.९ प्रतिशतले वृद्धि गरेको न्यूनतम पारिश्रमिक संसदबाट पारित भएको छ । जुलाई १४ शनिबार सरकार, मजदुर संगठन र व्यवसायी प्रतिनिधिबीच भएको छलफलमा हालको ज्यालामा १०.९ प्रतिशतले वृद्धि गरेको थियो ।
बढेको ज्याला सन् २०१९ जनवरीदेखि डिसेम्बरसम्म लागु हुने श्रम तथा रोजगार मन्त्रालयले जनाएको छ । न्युनतम पारिश्रमिक वृद्धिभएसंगै इपिएस मार्फत कार्यरत १७ देशका आप्रवाशी र तल्लो लेबलका मुलबासी गरी करिब (१८.३ प्रतिशत) ३१ लाख भन्दाबढि कामदारहरु लाभान्वित हुनेछन् ।
नयाँ पारिश्रमिक अनुसार प्रतिघण्टा ८ हजार ३५० वन (७.३७ डलर) हुनेछ । यसवर्ष प्रतिघण्टा ७ हजार ५३० वन छ । कोरियाका राष्टपति मुन जे इनले सन् २०२० सम्म मजदुरको ज्याला १० हजार वन प्रतिघण्टा पु¥याउने प्रतिवद्धता गरेका थिए ।
हप्तामा ४० घण्टा (मासिक २०९ घण्टा) कामगर्ने कामदारले यसवर्षको न्युनतम मासिक १५ लाख ७३ हजार ७७० वन बाट १ लाख ७१ हजार ५४० वन बढेर १७ लाख ४५ हजार १५० वन पाउने छन् । जसको नेपाली रुपैयाँ १ लाख ६९ हजार ३३१ हुनेछ । (नेपाली १ रुपैयाँ बराबर कोरियन वन १०.३१ वन हुन्छ) अघिल्लो वर्ष यसवर्षका लागि १६.४ प्रतिशत वृद्धि भएको थियो । ज्याला वृद्धिले कोरियामा कार्यरत नेपालीहरु उत्साहित भएका छन् ।
यधपि, श्रमिकको हक अधिकारमा कृयाशील टे«ड युनियनहरुले मन्त्रालयले बढाएको ज्यालामा सन्तुष्ट नभएको बताइएका छन् । उनिहरुले अहिलेको ज्याला १० हजार वन हुनुपर्ने माग राख्दै आएका छन् । ‘दैनिक बढ्दो मूल्यवृछि र गुणस्तरिय जीवनका लागि अहिले बढाइएको ज्याला ज्याँदै न्यून हो।’ कोरियन कन्फेडेरेशन अफ टे«ड युनियन प्रतिनिधिले भने ।
एसियाका १७ देशका यूवाहरुको आकर्षक रोजगारी स्थल बन्दै गएको कोरियमा प्रत्येक बर्षको तलब बृद्धिले नेपाली श्रमिकहरु उत्साहित बनेका छन् । यधपि, कतिपय साना तथा घरेलु उद्योगहरुमा कार्यरत आप्रवाशी कामदारहरुले भने न्युनतम ज्याला पनि नपाउने गरेको बताएका छन् ।
कृर्षि तथा पशुपालन भिषावाहकका लागि लागि कामादार र संचालकबीच आपसी समझदारीमा ज्याला तय हुने जनाइएको छ ।
कोरियाले सन् १९८८ देखि ज्याला निर्धारण समितिमार्फत प्रत्येक वर्ष न्यूनतम ज्याला निर्धारण गर्दै आएको छ । जुन बेलाको न्यूनतम ज्याला ४ सय ६२ वन थियो । सरकारले सन् २००९ मा ६.१, २०१० मा २.७५, २०११ मा ५.१, २०१२ मा ६.०, २०१३ मा ६.१, २०१४ मा ७.२, २०१५ मा ७.१, २०१६ मा ८.१, २०१७ का लागि ७.३ र २०१८ का लागि १६.४ प्रतिशतले ज्याला बढाएको थियो ।

No comments:
Post a Comment