निकुञ्ज तिवारी
२० औं शताब्दीको मध्यबिन्दुमा उच्च गरिबीको रेखामुनि रहेको दक्षिण कोरिया २१औं शताब्दीको सुरुवातमा आइपुग्दा आर्थिक रूपले समृद्ध बनेको छ । सन् १९५० को दशकमा गृहयुद्धमा फसेको कोरियाले त्यसबखत र पहिले चरम भोकमरीको सामना गर्नुपरेको थियो । उतिखेर नेपाललगायत अन्य छिमेकी राष्ट्रले खाद्यान्न सहयोग गरेका थिए । त्यसलगत्तै विकासमा पाइला चालेको कोरियाले पछिल्लो ६० वर्षमा चमत्कारिक विकास र्गयो । विकासमैत्री सरकारी नीति, लगानीयोग्य वातावरण, इमानदार कर्मचारीतन्त्र र मेहनती नागरिककै कारण कोरियाले समृद्धिको अहिलेको उचाइ लिएको हो ।
गृहयुद्धपश्चात् कोरियनहरू पनि नेपालीजस्तै वैदेशिक रोजगारीमा लागेका थिए । इजरायल, साउदी अरब, मलेसिया, हङकङ, जापान, जर्मन, दुबईलगायत अन्य छिमेकी राष्ट्रमा काम गर्न गएका थिए । सीप र आर्थिक रूपले बलियो भई उनीहरू स्वदेश फर्के र स्वतन्त्र रूपमा उद्योग तथा कृषि फाम खोले । सरकारले उनीहरूको लगानीलाई आर्थिक, सामाजिक, सांस्कृतिक र राजनीतिक सहयोग गर्यो । गृहयुद्धपश्चात् कोरियाले पहिलो पटक सन् १९६० मा पञ्चवर्षीय राष्ट्रिय कार्ययोजना लागू र्गयो । सन् १९९७ सम्म वार्षिक १० हजार अमेरिकी डलर पु¥याउने लक्ष्य राखेको कोरियाले सन् ६० अगाडि लागेको उच्च आर्थिक मन्दीका कारण सफल हुन सकेन । यद्यपि प्रतिव्यक्ति आय क्रमशः वृद्धि हुँदै गयो ।
एसियामा चौथो र विश्वमा एघारौं स्थानको विकसित मुलुक कोरियामा बर्सेनि लाखौं आप्रवासी कामदार कामको खोजीमा भित्रिन्छन् । दक्षिण कोरिया विश्वमा सातौं आत्मनिर्भर देश हो ।
सन् २००० मा कोरियालीहरूको वार्षिक प्रतिव्यक्ति आय १० हजार डलर पुग्यो । सन् २००१ मा सरकारले आर्थिक मन्दीको अन्त्य भएको घोषणा गर्यो । सन् २०१७ को मध्यसम्म आइपुग्दा यहाँको प्रतिव्यक्ति आय २९ हजार ८ सय ९१ डलर रहेको छ भने यसले विश्वका १७ राष्ट्रका नागरिकलाई प्रत्यक्ष रोजगारी दिइरहेको छ । कतिपय देशका नागरिकले कोरियाबाट अप्रत्यक्ष रोजगारी पनि पाइ नै रहेका छन् ।
एसियामा चौथो र विश्वमा एघारौं स्थानको विकसित मुलुक कोरियामा बर्सेनि लाखौं आप्रवासी कामदार कामको खोजीमा भित्रिन्छन् । दक्षिण कोरिया विश्वमा सातौं आत्मनिर्भर देश हो । ५ करोडको हाराहारीमा रहेको यहाँको जनसँख्या सबै साक्षर छन् । स्वास्थ्य मापदण्डमा कोरिया तेस्रो स्थानमा पर्छ । विश्वकै पहिलो दु्रत इन्टरनेट सेवा भएको यहाँका ९५ प्रतिशत जनसंख्या इन्टरनेटको पहुँचमा छन् । यहाँका मानिसको दैनिक गतिविधि र सुरक्षा सूचना प्रविधिसँग जोडिएको छ ।
१९५० को दशकमा गृहयुद्धमा फसेको कोरिया त्यसको केही वर्षसम्म हरेक क्षेत्रमा जर्जर थियो । सन् १९४५ मा जापानी उपनिवेशबाट मुक्ति र आन्तरिक युद्धका कारण तहसनहस भएको कोरियासँग आर्थिक पूर्वाधारका निम्ति साधनस्रोतको अभाव थियो । हरेक कुरामा वैदेशिक सहायताको आवश्यकता थियो । त्यतिखेर कोरियाको कुल गार्हस्थ्य उत्पादनमा १ सय ७२ राष्ट्रमध्ये अन्तिममा थियो । यही स्थितिमा कोरियाले सन् १९६० देखि रणनीतिक रूपमा आर्थिक विकास योजनाको सुरुवात गरेको थियो ।
५७ वर्षको छोटो अवधिमा कोरिया विकसित आधुनिक एवं औद्योगिक राष्ट्रमा रूपान्तरित भएको छ । छोटै अवधिमा सामाजिक र आर्थिक विकास सम्पन्न सम्भव भएको दक्षिण कोरिया विकासका हिसाबले एकै पुस्ताको जीवनकालभित्रै रूपान्तरण भएको देश हो र राष्ट्रिय हितमा काम गर्ने हो भने राष्ट्रको उन्नतिमा असम्भव भन्ने छैन भन्ने ज्वलन्त उदाहरण हो यो । निर्वाहमुखी कृषिमा आधारित दक्षिण कोरिया अहिले समृद्ध आधुनिक औद्योगिक अर्थतन्त्रका रूपमा उदाएको छ । बलियो राजनीतिक नेतृत्वकै कारण अहिले कोरियालीको प्रतिव्यक्ति आयमा ३ सय गुणाभन्दा बढीले वृद्धि भएको छ । कोरियालीहरू आफ्नो देशलाई सहयोग लिने राष्ट्रबाट दिने राष्ट्रका रूपमा चिनाउँदा गर्व गर्छन् ।
कोरियामा समय, श्रम र पैसाको एक–एक हिसाब हुन्छ । जुनसुकै ठाउँमा उनीहरू तोकिएकै समयमा उपस्थित हुन्छन् र काम सुरु गर्छन् । प्रकृतिले मात्रै हावा, पानी र माटो दिएको कोरियाले ‘पाल्ली–पाल्ली’ ९छिटो–छिटो० नारामै दु्रत विकास गरेका छन् ।
दक्षिण कोरिया विश्वमा सहयोग दिनेमध्ये दसौं स्थानमा पर्छ । कोरियनहरू त्यसको प्रमुख श्रेय सन् १९६१ देखि १९७९ सम्म सरकारको नेतृत्व सम्हालेका तत्कालीन राष्ट्रपति पार्क चुङ लीलाई मान्छन् । लीले अपनाएको विकास नीति, वैदेशिक सहयोग रजनताको स्वतःस्फूर्त सहभागिताजस्ता विकासमैत्री क्रियाकलापले कोरियाले छोटो समयमा विकासको छलाङ मारेको हो । युद्धपश्चात् छाएको गरिबीलाई सहयोग गर्न बाह्य राष्ट्रहरूले दिएको आर्थिक अनुदानको सही सदुपयोग र नागरिकको परिश्रमकै कारण कोरिया आजको कोरिया हुन पुग्यो ।
कोरियन नागरिक आफ्नो देशको चरम विकासको श्रेय हान नदीलाई पनि दिन्छन् । पूर्वदेखि बग्दै आएको नदी राजधानी सउलको बीच भाग हुँदै पश्चिमतर्फ बगेको छ । कोरियाले अपनाएकोे ‘सेमाउल’ अर्थात् नयाँ गाउँ अभियानले नागरिकको आर्थिक एवं सामाजिक स्तर उन्नति उकासेको हो । ग्रामीण आर्थिक विकासको सन्दर्भमा उक्त अभियानलाई आजसम्म पनि उक्तिकै रूपमा लिइन्छ ।
कोरियामा उत्पादित सामसुङ, हुन्डाई, किया, एलजीले विश्वबजारमा व्यापक स्थान पाएका छन् । कोरियाले मोबाइल, कम्प्युटरसँगै पानीजहाजलगायत सवारी साधन, प्लास्टिकजन्य सामग्री, औषधि, तेलजन्य पदार्थ, फलाम, स्टिल, अग्यानिक केमिकललगायत सामग्री विश्ववजारमा निर्यात गर्छ । यहाँ रोजगारीका लागि आएका आप्रवासीहरूले बर्सेनि अर्बौं डलर रेमिट्यान्स आफ्नो देशमा पठाइरहेका छन् ।
यहाँको विकासको गति उच्च देख्दा हामी हरेक कुरा नेपालसँग दाँज्न पुग्छौं । व्यावसायिक भवन, सडक, औद्योगिक कलकारखाना, शैक्षिक क्षेत्र र सामाजिक क्षेत्रदेखि दैनिक फस्टाउँदो यहाँको विकास । कोरियालीहरू भन्छन्— ‘मानी मकयो, पाल्ली इलहेयो’ अर्थात् धेरै खाऊँ र छिटो–छिटो काम गरौं, बढीभन्दा बढी उत्पादन गरौं । प्रभावकारी विकास नीति र दृढ इच्छाशक्ति भएको राजनीतिक नेतृत्वकै कारण कोरिया छोटो समयमै आधुनिक–औद्योगिक राष्ट्रमा रूपान्तरित भएको हो ।
दक्षिण कोरियाले सन् १९९० को दशकमा चरम विकासको गति लिएसँगै नेपाली युवा त्यसतर्फ रोजगारीका लागि आउन थाले । ईपीएस माध्यमभन्दा पहिले विभिन्न एजेन्सीमार्फत नेपाली कोरिया आएका थिए । सन् २००७ देखि कोरियाले रोजगार अनुमति प्रणाली ‘ईपीएस’ लागू गरेपछि नेपाली युवाले कोरियामा रोजगारीका अवसर पाउँदै गए । अहिले पनि कोरियाले १७ छिमेकी देशबाट वार्षिक हजारौं अदक्ष कामदार भित्र्याइरहेको छ । हाल कोरियामा नेपालीको संख्या दैनिक बढ्दो छ । पछिल्लो एक आँकडाका अनुसार ईपीएसमार्फत ४० हजार र अन्य विभिन्न माध्यमबाट आएका गरी करिब ४५ हजार नेपाली यहाँ बसोबास गर्छन् । उनीहरूले दैनिक १० देखि १८ घण्टासम्म काम गर्छन् ।
तर, अदक्ष युवा जनशक्तिलाई कोरियामा काम गर्न उति सहज भने छैन । ‘थ्री डी अर्थात् डर्टी, डेन्जर र डिफिकल्ट’ कठोर श्रम गर्नुपर्ने बाध्यता, भाषा नजान्दाको कष्ट र मालिकको प्रताडना खप्न नसकेर कतिपय युवा फ्रस्टेसनको सिकार हुने गरेका छन् । तर, नेपाल विकासोन्मुख अवस्थामा छ । यहाँ कृषि, पर्यटन र जलस्रोतमा रोजगारीको प्रचुर सम्भावना छ तर नेपाली युवा परभूमिमा काम गर्न बाध्य छन् । कोरियामा सिकेको श्रम, सीप र ज्ञानलाई प्रयोग गरी समृद्ध नेपाल बनाउने अवसर कहिले मिल्ला,,,

No comments:
Post a Comment