Monday, October 22, 2018

चर्चमा दशैंको टिका र जमरा

निकुञ्ज तिवारी.

किस्चियनधर्माल्वीहरुले वाइवल पढेर जिसस क्राइट्सको प्राथाना गर्ने चर्चमा नेपालीहरुले दशैंको टिका र जमरा लगाएका छन् । दक्षिण कोरियाको खेङ्गिदो ख्वान्जुमा रहेको उक्त चर्चमा वर्षेनी नेपालीहरुले टिका जमारा लगाउँदै आइरहेका छन् ।

चर्चकी पास्चर किम योङमीले अग्रज एवम् हिमालय सेवा समाजका अध्यक्ष समेत रहेका कमल ढुङ्गानालाई टिका जमरा लगाईदिएपछि ढुङ्गानाले त्यहाँ उपस्थित पचास जनााभन्दा बढि नेपालीहरुलाई टिका जमरा लगाइदिएका थिए ।

उक्त चर्चले हरेक वर्ष नेपालीहरुको महान् पर्व दशैंमा त्यहाँ आउँने नेपालीहरुका लागि टिका जमाराको व्यवस्था गर्दै आइरहेको छ । साथै नेपालीहरुले दशैं विषेश खाना पनि उपलब्ध गराउँदै आइरहेको छ । 
चर्चले कोरियामा कार्यरत नेपालीहरुलाई आपतविपत पर्दा सहयोग गर्दै आइहेको र काम छोडेको बेला खाना बस्नको पनि व्यवस्था गर्दै आएको समाजका अध्यक्ष ढुङ्गानाले जानकारी दिए । 

साथै कोरियाको सउलस्थित नेपाली राजदुतावाशले पनि दशैं मनाएको छ । त्यस्तै एनआएन र सनातन साहित्य सङ्गीत साधना समू पनि दशैं मनाएको छ ।

इन्छन् २२, अक्टोबर २०१८.......


No comments:

जुलाईबाट कोरियामा विदेशीलाई निशुल्क कोरोना खोप, कसरि लगाउने ?

निकुञ्ज तिवारी सउल, २८ मे २०२१ दक्षिण कोरियामा बसोबासरत विदेशी नागरिकले पनि आउँदो जुलाई पहिलो साताबाट सरकारले निशुल्क उपलब्ध गराएको एस्टाजेन...