Thursday, June 14, 2018

कोरियामा नेपाली महिला पुलिस


निकुञ्ज तिवारी..
सउल, (दक्षिण कोरिया) १४ जुन, २०१८

दक्षिण कोरियामा नेपाली महिला पुलिस भर्ती परीक्षामा पास भएकी छन् । २८ वर्षिय सम्झना राई कोरियन प्रहरीमा जागिर खाने पहिलो नेपाली हुन् । 

कोरियन पुरुषसंग विवाह गरि नेपालबाट सन् २०१० को अक्टोबरमा कोरियाको ख्वान्जुस्थित दाम्याङ् आएकी राइले सन् २०१५ को मार्चबाट प्रहरीको लागि आवश्यक तयारी गर्ने चुजन विश्वविद्यालयमा भर्ना भएकी थिइन् । 

उनले उक्त विश्वविद्यालयबाट जुन १४ मा कोरियन प्रहरीको भर्ती परिक्षा पास गरेकी हुन् । उनी कोरियाको प्रहरी प्रशासनमा भर्ती भएकी पहिलो विदेशी महिला हुन् । 

कोरियाको प्रहरी मुख्यालयमा आठ महिना तालिम लिएपछि राइलाई खेङ्गिदो प्रान्तको विदेशीलाई हेर्ने प्रहरी एजेन्सिमा नियुक्त गरिने बताइएको छ ।

‘प्रहरीमा जागिर खानका लागि मैले कडा मिहेनत गरेकी छु । मिहेनतको फल पाउँदा खुशी लागेको छ । जसका लागि मेरा शिक्षकहरु र साथीहरुलाई धन्यबाद दिन चाहन्छु ।’ उनले भनिन् ।





No comments:

जुलाईबाट कोरियामा विदेशीलाई निशुल्क कोरोना खोप, कसरि लगाउने ?

निकुञ्ज तिवारी सउल, २८ मे २०२१ दक्षिण कोरियामा बसोबासरत विदेशी नागरिकले पनि आउँदो जुलाई पहिलो साताबाट सरकारले निशुल्क उपलब्ध गराएको एस्टाजेन...