Friday, May 28, 2021

जुलाईबाट कोरियामा विदेशीलाई निशुल्क कोरोना खोप, कसरि लगाउने ?



निकुञ्ज तिवारी
सउल, २८ मे २०२१
दक्षिण कोरियामा बसोबासरत विदेशी नागरिकले पनि आउँदो जुलाई पहिलो साताबाट सरकारले निशुल्क उपलब्ध गराएको एस्टाजेनेका कोरोना खोप लगाउन पाउने भएका छन्।


कोरियामा ९० दिनभन्दाबढि बसोबास गरेको जुनसुकै आप्रवाशीले खोप लगाउन पाउने छन्।


मेडिकल स्टाप, कोरोनाका विमारी र सत्तरी वर्षभन्दा माथिका वृद्धवृद्धाहरुलाई मे अन्तिमसम्म कोरोना खोप दिइसकिने बताइएको छ। जुनबाट ६० वर्षमाथिका मानिसहरुलाई लगाइने छ।


जुलाई पहिलो साताबाट १८ वर्षमाथि ६० वर्षसम्मका कोरियन विदेशीसबैले कोरोना खोपको आवेदन दिएर खोप लगाउन पाउने छन्। खोप आफुँ बसोवासरत नजिकैको स्वास्थ केन्द्रमा उपलब्ध हुने रोग नियन्त्रण र रोकथाम एजेन्सीले जनाएको छ।


खोप लगाउनका लागि बैधानिकको हकमा आप्रवाशी परिचय पत्र र अबैधानिकका लागि पासपोर्ट वा सवारीचालक अनुमति पत्र हुनुपर्ने छ। भने खोपको तालिक जुन महिनामा सार्वजानिक हुने छ।


राष्ट्रिय स्वास्थ बिमामा समेटिएका व्यक्तिहरुले सार्वजानिक स्वास्थ केन्द्रहरु साथै अन्य अस्पतालहरुमा गएर पनि खोप लगाउन सक्नेछन्।


विदेशीका लागि सरकारले विभिन्न भाषा समेटेर वेवसाइट बनाउने बताइएको छ। जुनमा सार्वजनिक हुने वेवमार्फत पनि खोप आवेदन (एप्लाई) गरेर खोप लिन सकिने छ। वेबमा अंग्रजी, जापानी, चिनियाँ, रुसी, भियतनामी, अरबी गरी १२ भाषाहरुको सहायत हुने बताइएको छ।


त्यस्तै, खोप लगाएपछि देखिन सक्ने साइडइफेक्टको रिर्पोटका लागि सरकारी वेवसाइटमा नम्बरहरु राखिने पनि जनाइएको छ।


कोरिया रोग रोकथाम केन्द्रले २४ घण्टा हटलाईनको सुविधा पनि दिइरहेको छ। जहाँ कोरोनाको खोप र अन्य बारेमा सोधपुछ गर्न सकिने छ।

No comments:

जुलाईबाट कोरियामा विदेशीलाई निशुल्क कोरोना खोप, कसरि लगाउने ?

निकुञ्ज तिवारी सउल, २८ मे २०२१ दक्षिण कोरियामा बसोबासरत विदेशी नागरिकले पनि आउँदो जुलाई पहिलो साताबाट सरकारले निशुल्क उपलब्ध गराएको एस्टाजेन...