Showing posts with label समाचार. Show all posts
Showing posts with label समाचार. Show all posts

Friday, August 28, 2020

कोरियामा ‘नो मास्क, नो राइड’

निकुञ्ज तिवारी इन्छन्, 
दक्षिण कोरिया २८ अगस्ट २०२० 

 दक्षिण कोरियामा भिडभाड हुने जुनसुकै स्थानमा र सार्वजानिक सवारीसाधनहरुमा यात्रागर्दा यात्रु र चालक दुबैपक्षले अनिवार्य मास्क लगाउनुपर्ने नियम छ। 
कोरोना भाइरसका कारण सरकारले गत मे २६ देखि ‘नो मास्क, नो राइड’ नियम लागु गरेको हो। नियम लागु गरेको ३ महिनाको समयमा मास्क नलगाई यात्रा गर्ने ३४९ जना यात्रुहरु पक्राउ परेका छन्। 
तीमध्य १६४ जनाले अन्य यात्रुहरुलाई दुब्र्यवहार गरेको आरोप पनि छ। ‘उनिहरुलाई अन्य यात्रुहरुले मास्क लगाउन अनुरोध गर्ने गरेका थिए।’ मास्क नलगाई सार्वजानिक यातायातमा यात्रा गर्दा विभिन्न दुर्ववहारजन्य घटनाहरु पनि घट्ने गरेका छन्। 
 शुक्रबार विहान सउल मेट्रो रेल नम्बर २ मा मास्क नलगाई यात्रा गरेका एक यात्रीलाई मास्क लगाएका यात्रुले मास्क लगाउन अनुरोध गर्दा भनाभनका साथै कुटपीटै भएको थियो। 
 त्यसैगरि, गत साता पनि एक वृद्ध यात्रुलाई अर्का यात्रुले मास्क लगाउन अनुरोध गर्दा हानाहान भएको थियो। त्यसरी, मास्क नलगाई यात्रा गर्दा गालीजलैज तथा हानाहानैका घटना बढ्न थालेका छन्। 
 त्यसैगरी इन्छन्क्षेत्रभित्रका सम्पूर्ण सार्वजानिक स्थलहरुमा मास्क लगाउनुपर्ने र नलगाएको उजुरी आई पक्राउ परेमा १ लाख वन अर्थात् करिब १० हजार रुपैयाँ जरिमाना लगाउने नियम ल्याएको छ। 
आँफू मास्क लगाउ र अरुलाई पनि मास्क लगाउन अनुरोध गरौं। मास्क लगाउँदा कोरोना भाइरसबाटमात्रै होइन, स्वासप्रस्वासबाट सर्ने अन्य सरुवा रोग र धुलोधुवाँ जस्ता प्रदुषणबाट जोगिऔं। स्वस्थ बनौं। 
त्यसैगरी, हिजोआज भाइरस संक्रमित बढ्न थालेपछि सरकाले सामाजिक दुरी कायम गर्न नागरिकसमक्ष अनुरोध गरेको छ भने राजधानी सउलमा १० जनाभन्दा बढि जम्मा हुन नपाउने नियम बनाएको छ। 
 कोरियामा आज शुक्रबार ३७१ जना कोरोना संक्रमित थपिएका छन्। आजसम्म १९ हजार ७७ जनामा कोरोना संक्रमित भएका छन्। जसमध्य १४ हजार ५५१ जना निको भएका छन्। भाइरसका कारण ३१६ जनाले ज्यान गुमाएका छन्।

Wednesday, August 26, 2020

राजधानी सउलले विदेशीलाई भत्ता दिने


निकुञ्ज तिवारी
इन्छन्, दक्षिण कोरिया
२६ अगस्ट २०२०


दक्षिण कोरियाको राजधानी सउल महानगरपालीकाले महानगरभित्र बसोबास गर्ने हरेक विदेशी नागरिकहरुलाई कोरोना भत्ता दिने जनाएको छ। भत्ता पाउनका लागि सउल महानगरपालिका भित्र ९० दीन बसेको हुनुपर्नेछ।

राहत भत्ताकालागि अगष्ट ३१ देखि सेप्टेम्बर २५ गतेसम्ममा महानगरपालीकाको वेबसाइट http://fds.seoul.go.kr अनलाइन आवेदन दिन सकिने छ । त्यसतै नजिकैको बिदेशी परामर्श केन्द्रमा गएर पनि आवेदन दिन सकिने छ।

राहतबापत एक व्यक्तिकोलागि प्रति महिना १.७६ मिलियन वन। दुइ जना भएको परिवारको लागि २.९९ मिलियन वन। तिन जना भएको परिवारकोलागि ३.८७ मिलियन वन। चार जना भएको परिवारकोलागी ४.७५ मिलियन वन।

पाच जना भएको परिवारकोलागी ५.६३ मिलियन वन। छ जना भएको परिवारकोलागी ६.५१  मिलियन वन। र सात जना भएको परिवारकोलागी ७.३९ मिलियन वनका दरले वितरण गरिने बताइएको छ ।

सोमबारदेखि सुक्रबारसम्म अनलाईन आवेदन दिन पाइने छ। शनिबार र आइतबार आवेदन दिन पाइने छैन।

महानगरपालीकाले गत मार्चमा कोरोना भाइरसका कारण आर्थिक अवस्था कमजोर भएका नागरिकहरुकालागि ५ सय ४२ दशमलब ३ बिलिएन वन छुट्याएको थियो।
राजधानी सउलमा ९५ लाखभन्दा बढि विदेशीहरुको बसोवास रहेको महानगरपालीकाले जनाएको छ।

Wednesday, March 18, 2020

कोरियामा कोरोना संक्रमित घट्दो नेपालीहरु संक्रमित छैनन्



निकुञ्ज तिवारी
इन्छन्, दक्षिण कोरिया
१८ मार्च २०२०


जनवरी २० तारिकका दिन कोरियाको थेगुस्थित एक अस्पतालमा १ जनालाई कोरोना भाइरसको लक्षण देखा परेपछि दैनिक बढ्दो क्रममा रहेको संक्रमित दर हाल न्यून छ।

मार्च ३ तारिक एकैदिन ६०० जनामा देखिएको संक्रमण दर मार्च १४ शनिबार १०७, मार्च १५ आइतबार ८४, मार्च १६ सोमबार ७४ र मार्च १७ मंगलबार ८४ जनामा मात्र देखिएको स्वास्थ मन्त्रालयले जनाएको छ। 

करिब दुई महिनाको समयमा 8413 जनामा कोरोना भाइरसको लक्षण देखिएको छ। जसमा 1540 जना उपचारपश्चात निको भई घर फर्किएका छन्। भने 86 जनाको निधन भएको छ। जसमा अधिकांश वृद्धवृद्धा छन्।
कोरियाको थेगु, खेङसाननाम्दो र सउलमा बढि फैलिएको कोरोनाको लक्षणबाट हालसम्म नेपालीहरुमा सुरक्षित रहेका छन्। 

दक्षिण कोरियामा कार्यरत आप्रवाशी कामदारहरुमा कोरोनाको लक्षण देखिएको छैन । यो समाचार तयार पार्दासम्म कोरियामा नेपालीहरु सुरक्षित छन् । 

सरकारले दिइरहेको लाईभ अपडेटमा संक्रमित दर पनि घटिरहेको बताइएको छ ।

कोरियामा कार्यरत नेपालीहरुका नेपालमा रहेका आफन्तहरु चिन्तित नरहन यहाँ कार्यरत नेपालीहरुले आग्रह गरेका छन् ।

हालसम्म कोरोना संक्रमित हुनेहरु र निधन हुनेहरु अधिकाशं विमारी अवस्थाका वृद्धवृद्धा र बालबालिका मात्र रहेका छन् । 

सरकारले विद्यालयहरु, चर्चहरु, विवाह उत्सवहरु, पार्टी जन्मोत्सवजन्यलगायतका जमघटका कार्यक्रम नगर्न नागरिहरुसमक्ष अनुरोध गरेको छ । तर एकाधवाहेक अधिकाशं उद्योग, कलकारखानाहरु खुलिरहेका छन् ।

राष्टपति मुन जेइनले संक्रमित क्षेत्र थेगुमा गएर नागरिकसमक्ष माफी मागिरहेका छन्। त्यसैगरि बजारमा मास्क नपाउँदा पनि उनले देशबासीसमक्ष माफी माग्दै स्वास्थप्रति सबै नागरिकहरु सचेत रहन आग्रह गरेका छन्। राष्ट्रपति मुनले कोरोनाविरुद्धका लागि २५ अर्व अमेरिकी डलर छुट्याएका छन्।

चिनको हुवेइ प्रान्तको वुहान सहरबाट निस्कएको कोरोना भाइरस यतिबेला चिन, दक्षिण कोरिया, इटाली, इरान, जापान, सिंगापुर, फ्रान्स, हङकङ, स्पेन, अमेरिका लगायत विश्वका  १०८ देशमा फैलिएको छ । 

करिब २ महिनाको समयावधिमा कोरोनाबाट लाखौं नागरिक संक्रमित भएका छन् भने केही हजारले ज्यान गुमाएका छन् । विश्वभर संक्रमण बढ्दो छ । 

सरसफाइमा ध्यान पु¥याउँ। धेरै मानिसहरु जमघट हुने ठाउँहरुमा नजाऔं। मास्क लगाएर यात्रा गरौं । खोक्दा वा हाँच्छ्यु गर्दा अरुलाई नपर्ने तरिकाले नाकमुख छोपेर गरौं। बाहिर गएर घर फर्केपछि हातमुख साबुनपानीले धोऔं। स्वास्थको ख्याल गरौं। र संक्रमणको संका लागेमा तत्काल परामर्श लिउँ। अस्पताल जाऔं। र कोरोनालगायतका भाइरसबाट सदा बचौं। स्वास्थ नै धन हो।

Monday, March 9, 2020

कोरियामा कोरोनाबाट नेपालीहरु सुरक्षित, संक्रमित दर घट्दो


निकुञ्ज तिवारी
इन्छन्, दक्षिण कोरिया
९ मार्च २०२०

दक्षिण कोरियामा कार्यरत आप्रवाशी कामदारहरुमा कोरोनाको लक्षण देखिएको छैन । यो समाचार तयार पार्दासम्म कोरियामा नेपालीहरु सुरक्षित छन् ।

सरकारले दिइरहेको लाईभ अपडेटमा संक्रमित दर पनि घटिरहेको बताइएको छ ।

कोरियामा कार्यरत नेपालीहरुका नेपालमा रहेका आफन्तहरु चिन्तित नरहन यहाँ कार्यरत नेपालीहरुले आग्रह गरेका छन् ।

एनआएनए कोरिया शाखाले सोमबार एक विज्ञप्ती प्रकाशित गर्दै यहाँ रहेका आप्रवाशीहरु हालसम्म सुरक्षीत रहेको जनाएको छ ।

राजधानी सउलबाट ३ सय ५० किलोमिटर दक्षिण थेगु सहरको सिन्छोन्जी चर्चबाट फैलिएको कोरोनाले त्यहाँभने व्यापक रुप लिएको छ । दैनिक ३ देखि ५ सय जनासम्ममा कोरोना भाइरसको लक्षण देखिएको समाचारमाध्ययमरुले जनाइरहेका छन् । 
तर अस्ति, हिजो र आज कोरोनाका विरामीहरु क्रमस घटिरहेका छन् ।

कोरोनाबाट संक्रमित र मृत्युहुने अधिकाशं चर्चका सदस्यहरु रहेका छन् । चर्चका प्रमुखले ली मानहीले सोमबार सार्वजानिक रुपमा माफि मागेका समाचारसस्थाहरुले जनाएका छन् ।

हालसम्म कोरोना संक्रमित हुनेहरु र निधन हुनेहरु अधिकाशं विमारी अवस्थाका वृद्धवृद्धा र बालबालिका मात्र रहेका छन् ।

सरकारले विद्यालयहरु, चर्चहरु, विवाह उत्सवहरु, पार्टी जन्मोत्सवजन्यलगायतका जमघटका कार्यक्रम नगर्न नागरिहरुसमक्ष अनुरोध गरेको छ । तर एकाधवाहेक अधिकाशं उद्योग, कलकारखानाहरु खुलिरहेका छन् ।
राष्टपति मुन जेइनले संक्रमित क्षेत्र थेगुमा गएर नागरिकसमक्ष माफी मागिरहेका छन्। त्यसैगरि बजारमा मास्क नपाउँदा पनि उनले देशबासीसमक्ष माफी माग्दै स्वास्थप्रति सबै नागरिकहरु सचेत रहन आग्रह गरेका छन् ।
दक्षिण कोरियामा हालसम्म ७ हजार ४४८ जना संक्रमित र ५३ जनाले ज्यान गुमाएका छन् । भने १६६ जना निको भएर घर फर्र्किएका छन् ।

चिनको हुवेइ प्रान्तको वुहान सहरबाट निस्कएको कोरोना भाइरस यतिबेला चिन, दक्षिण कोरिया, इटाली, इरान, जापान, सिंगापुर, फ्रान्स, हङकङ, स्पेन, अमेरिका लगायत विश्वका  १०८ देशमा फैलिएको छ ।

करिब २ महिनाको समयावधिमा कोरोनाबाट लाखौं नागरिक संक्रमित भएका छन् भने केही हजारले ज्यान गुमाएका छन् । विश्वभर संक्रमण बढ्दो छ ।

धेरै संक्रमित हुनेमा पहिलोमा चिन छ । जहाँ ८० हजार ७३५ जना संक्रमित भएका छन् भने ३ हजार ११९ जनाले ज्यान गुमाएका छन् ।

इरानमा ६ हजार ५६६ संक्रमित र १९४ जनाको ज्यान गुमाएका छन् ।
इटालीमा ७ हजार ३३५ जना संक्रमित र ३६६ जनाले ज्यान गुमाएका छन् ।
जापानमा १ हजार १९८ जना संक्रमित र १४ जनाले ज्यान गुमाइसकेका छन् ।
फ्रान्समा १ हजार २०९ जना संक्रमित र १९ जनाले ज्यान गुुमाइसकेका छन् ।
अमेरिकामा ५५४ जना संक्रमित र २२ जनाले ज्यान गुमाईसकेका छन् ।
स्पेनमा ६७४ जना संक्रमित र १७ जनाले ज्यान गुमाईसकेका छन् ।


कोरोनाको लक्षणहरु
लगातार ज्वरो आउने ।
खोकी लाग्ने ।
श्वास फेर्न गाह्रो हुने।
निमोनिया हुने।
श्वासप्रश्वासका अन्य रोगहरुको संक्रमण हुने।
मिर्गौला फेल हुने ।
रोगप्रतिरोधात्मक क्षमता कमी भएमा मृत्यु पनि हुने।

कोरोना संक्रमणबाट कसरी बच्ने
सरसफाइमा ध्यान दिने।
धेरै मानिसहरु जमघट हुने ठाउँहरुमा नजाने।
मास्क लगाएर यात्रा गर्ने।
खोक्दा वा हाँच्छ्यु गर्दा अरुलाई नपर्ने तरिकाले नाकमुख छोपेर गर्ने।
बाहिर गएर घर फर्केपछि हातमुख साबुनपानीले धुने।
स्वास्थको ख्याल गर्ने ।
हात नमिलाउने
संक्रमणको संका लागेमा तत्काल अस्पताल जाने

Tuesday, March 3, 2020

कोरियामा कोरोनाबाट नेपालीहरु सुरक्षित


निकुञ्ज तिवारी
इन्छन्, दक्षिण कोरिया
३ मार्च २०२०


दक्षिण कोरियामा कार्यरत आप्रवाशी कामदारहरुमा कोरोनाको लक्षण देखिएको छैन । यो समाचार तयार पार्दासम्म कोरियामा नेपालीहरु सुरक्षित छन् ।

कोरियामा कार्यरत नेपालीहरुका नेपालमा रहेका आफन्तहरु चिन्तित नरहन यहाँ कार्यरत नेपालीहरुले आग्रह गरेका छन् ।

एनआएनए कोरिया शाखाले सोमबार एक विज्ञप्ती प्रकाशित गर्दै यहाँ रहेका आप्रवाशीहरु हालसम्म सुरक्षीत रहेको जनाएको छ ।

राजधानी सउलबाट ३ सय ५० किलोमिटर दक्षिण थेगु सहरको सिन्छोन्जी चर्चबाट फैलिएको कोरोनाले त्यहाँभने व्यापक रुप लिएको छ । दैनिक ३ देखि ५ सय जनासम्ममा कोरोना भाइरसको लक्षण देखिएको समाचारमाध्ययमरुले जनाइरहेका छन् ।

कोरोनाबाट संक्रमित र मृत्युहुने अधिकाशं चर्चका सदस्यहरु रहेका छन् । चर्चका प्रमुखले ली मानहीले सोमबार सार्वजानिक रुपमा माफि मागेका समाचारसस्थाहरुले जनाएका छन् ।

हालसम्म कोरोना संक्रमित हुनेहरु र निधन हुनेहरु अधिकाशं वृद्धवृद्धा र बालबालिका मात्र रहेका छन् ।

सरकारले विद्यालयहरु, चर्चहरु, विवाह उत्सवहरु, पार्टी जन्मोत्सवजन्यलगायतका जमघटका कार्यक्रम नगर्न नागरिहरुसमक्ष अनुरोध गरेको छ । तर एकाधवाहेक अधिकाशं उद्योग, कलकारखानाहरु खुलिरहेका छन् ।

राष्टपति मुन जेइनले संक्रमित क्षेत्र थेगुमा गएर नागरिकसमक्ष माफी मागिरहेका छन्। त्यसैगरि बजारमा मास्क नपाउँदा पनि उनले देशबासीसमक्ष माफी माग्दै स्वास्थप्रति सबै नागरिकहरु सचेत रहन आग्रह गरेका छन् ।

दक्षिण कोरियामा हालसम्म ५ हजार १ सय ३५ जना संक्रमित र २६ जनाले ज्यान गुमाएका छन् । भने ३१ जना निको भएर घर फर्र्किएका छन् ।

चिनको हुवेइ प्रान्तको वुहान सहरबाट निस्कएको कोरोना भाइरस यतिबेला चिन, दक्षिण कोरिया, इटाली, इरान, जापान, सिंगापुर, फ्रान्स, हङकङ, स्पेन, अमेरिका लगायत विश्वका  ६८ देशमा फैलिएको छ ।

करिब २ महिनाको समयावधिमा कोरोनाबाट लाखौं नागरिक संक्रमित भएका छन् भने केही हजारले ज्यान गुमाएका छन् । विश्वभर संक्रमण बढ्दो छ ।

धेरै संक्रमित हुनेमा पहिलोमा चिन छ । जहाँ ८० हजार २८ जना संक्रमित भएका छन् भने २९ सय १२ जनाले ज्यान गुमाएका छन् ।

इरानमा ९३८ संक्रमित र ५४ जनाको ज्यान गुमाएका छन् । इटालीमा १६९४ जना संक्रमित र ३४ जनाले ज्यान गुमाएका छन् । भने जापानमा ९६२ जना संक्रमित र १२ जनाले ज्यान गुमाइसकेका छन् ।


कोरोनाको लक्षणहरु
लगातार ज्वरो आउने ।
खोकी लाग्ने ।
श्वास फेर्न गाह्रो हुने।
निमोनिया हुने।
श्वासप्रश्वासका अन्य रोगहरुको संक्रमण हुने।
मिर्गौला फेल हुने ।
रोगप्रतिरोधात्मक क्षमता कमी भएमा मृत्यु पनि हुने।

कोरोना संक्रमणबाट कसरी बच्ने
सरसफाइमा ध्यान दिने।
धेरै मानिसहरु जमघट हुने ठाउँहरुमा नजाने।
मास्क लगाएर यात्रा गर्ने।
खोक्दा वा हाँच्छ्यु गर्दा अरुलाई नपर्ने तरिकाले नाकमुख छोपेर गर्ने।
बाहिर गएर घर फर्केपछि हातमुख साबुनपानीले धुने।
स्वास्थको ख्याल गर्ने ।
हात नमिलाउने
संक्रमणको संका लागेमा तत्काल अस्पताल जाने

Wednesday, July 24, 2019

६,७०० जना मात्र कोरिया आउने

सन् २०१९ मा कोरियन भाषा परीक्षा पास गरेका १२,९०० मध्य ६,७०० जना मात्र कोरिया पठाउने एचआरडी कोरियाको नेपाल प्रमुख पार्क सुंग हिले बताएकी छिन.
जसमा ४,७०० उत्पादनमा र
२,००० जना कृषि तथा पशुपालनमा

Monday, July 22, 2019

कोरियामा भ्यान दुर्घटना हुदा ३ बिदेशी सहित ४ को निधन ९ घाइते

कोरियाको खावन परान्तमा आज बिहान भएको भ्यान दुर्घटनामा बिदेशी ३ सहित ४ जनाको निधन र १२ जना घाइते भएका छन्

निधन हुनेमा थाइल्याण्डका ३ जना कामदार र एक कोरियन रहेको बताइएको छ . घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको कोरियाका समाचारमाध्यमले जनाएका छन् .

१६ जना बोकेको भ्यान कसरि दुर्घटना भयो भन्ने बारेमा अनुसान्धान भइरहेको छ.

Wednesday, July 17, 2019

कोरियन राष्ट्रपति मुनले माफी मागे




निकुञ्ज तिवारी
सउल १७ जुलाई २०१९
moon jae in, president

सन् २०२० सम्ममा कोरियाको न्युनतम ज्यालाा प्रतिघण्टा १०,००० वन बनाउने राष्ट्रपति मुन जे इनको रणनीति सफल हुन नसक्दा उनले सम्पूण मजदुरसमक्ष माफी मागेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

सन् २०१७ को राष्ट्रपतिय चुनाबमा राष्ट्रपति मुनले २०२० सम्ममा प्रतिघण्टा ज्याला १०,००० वन पु¥याउने चुनाबी एक एजेण्डा बनाएका थिए ।

राष्ट्रपतिय चुनाबी दौरानमा राष्ट्रपति मुनले आफु राष्ट्रपति निर्बाचित भएमा आगामी ३ वर्षभित्रमा मजदुरको न्युनतम ज्याला प्रतिघण्टा १०,००० वन बनाउनेमा जोड दिएका थिए ।

जुलाई १२ विहीबार सरकार, मजदुर र व्यवसायीबीच लामो छलफलपश्चात सन् २०१९ का लागि २.९ प्रतिशतले न्यूनतम पारिश्रमिक वृद्धि गर्ने निर्णय भएको थियो । 

बढेको ज्याला अगष्ट ५ मा संसदबाट पारित हुनुपर्ने छ । यदि पारित भएमा सन् २०१९ जनवरीदेखि डिसेम्बरसम्म लागुहुने श्रम तथा रोजगार मन्त्रालयले जनाएको छ ।

नयाँ पारिश्रमिक अनुसार प्रतिघण्टा ८,५९० वन (७.३२ डलर) हुनेछ । ¬यसवर्ष प्रतिघण्टा ८,३५० वन छ । 

Friday, July 12, 2019

न्युनतम ज्यालाले नेपालीहरु उत्साहित छैनन्



minimum wage for 2020 south korea
निकुञ्ज तिवारी
सउल १२ जुलाई २०१८

दक्षिण कोरियाले आगामी वर्ष सन् २०१९ का लागि २.९ प्रतिशतले न्यूनतम पारिश्रमिक वृद्धि गर्ने निर्णय गरेको छ ।

बढेको ज्याला अगष्ट ५ मा संसदबाट पारित हुनुपर्ने छ । यदि पारित भएमा सन् २०१९ जनवरीदेखि डिसेम्बरसम्म लागुहुने श्रम तथा रोजगार मन्त्रालयले जनाएको छ ।

न्युनतम पारिश्रमिक वृद्धिभएसंगै इपिएस मार्फत कार्यरत आप्रवाशी र तल्लो लेबलका मुलबासी करिब ३३ लाख भन्दाबढि कामदारहरु लाभान्वित हुनेछन् । तर इपिएसमार्फत आउने १७ मुलुकका कामदारहरु त्यति उत्साहित छैनन् ।

जुलाई १२ विहिबार लगातार १३ घण्टासम्म सरकार, मजदुर संगठन र व्यवसायी प्रतिनिधिबीच भएको छलफलमा उक्त निणर्य भएको हो ।

व्यवसायी ९, मजदुर संगठन ९ र सरकारीपक्षका ९ जना गरी २७ जना प्रतिनिधिबिच १२ औं पटकसम्म बसेको बैठकले निष्कर्ष नलिकालेपछि सरकारी पक्षले प्रतिघण्टा ८,५९० र मजदुरपक्षले ८८८० वन हुनुपर्नेमा मतदान भएको थियो ।

जसमा सरकारीपक्षले राखेको ८,५९० मा १५ मत परेको थियो भने मजदुरपक्षले राखेको पस्ताबमा ११ मत परेको थियो ंभने १ मत अनुपस्थित थियो ।

कोरियाका राष्टपति मुन जे इनले सन् २०२० सम्म मजदुरको ज्याला १० हजार वन प्रतिघण्टा पु¥याउने प्रतिवद्धता गरेका थिए । उनको चुनाबी एजेन्डा यो पनि एक मुख्य थियो । तर उनको रणनीति सफल हुन सकेन ।
नयाँ पारिश्रमिक अनुसार प्रतिघण्टा ८ हजार ५९० वन (७.३२ डलर) हुनेछ । ¬यसवर्ष प्रतिघण्टा ८ हजार ३५० वन छ ।

यसवर्ष भइरहेको न्युनतम ज्याला १७ लाख ४५ हजार १५० वनबाट ५० हजार १६० बढेर १७ लाख ९५ हजार ३१० हुनेछ । जुन ज्याला सातामा ४० घण्टा (मासिक २०९ घण्टा) कामगर्ने कामदारले पाउनेछन् ।
जसको नेपाली रुपैयाँ १ लाख ६६ हजार ७७१ हुनेछ । १०० कोरियन वन बराबर ९ रुपैयाँ २९ पैसा आजको दररेट कायम छ । 

‘देशको आर्थिक वृद्धि, मूल्यवृद्धि र ज्यालावृद्धि लगायतका विभिन्न सुचकांकको आधारमा न्यूनतम ज्याला वृद्धि गरिएको हो ।’ ज्याला निर्धारण समितिका अनुसार ‘हरेक वर्ष ज्याला वृद्धि गर्ने सरकारको उद्धेश्य अनुसार ज्याला तय गरिएको हो ।’

यधपि, श्रमिकको हक अधिकारमा कृयाशील टे«ड युनियनहरुले मन्त्रालयले बढाएको ज्यालामा सन्तुष्ट नभएको बताइएका छन् । उनिहरुले अहिलेको ज्याला १० हजार वन हुनुपर्ने माग राख्दै आएका छन् । ‘दैनिक बढ्दो मूल्यवृछि र गुणस्तरिय जीवनका लागि अहिले बढाइएको ज्याला ज्याँदै न्यून हो।’

एसियाका १७ देशका यूवाहरुको आकर्षक रोजगारी स्थल बन्दै गएको कोरियमा प्रत्येक बर्षको तलब बृद्धिले नेपाली श्रमिकहरु उत्साहित बनेका छन् । यधपि, कतिपय साना तथा घरेलु उद्योगहरुमा कार्यरत आप्रवाशी कामदारहरुले भने न्युनतम ज्याला पनि नपाउने गरेको बताएका छन् ।

कृर्षि तथा पशुपालन भिषावाहकका लागि लागि कामादार र संचालकबीच आपसी समझदारीमा ज्याला तय हुने जनाइएको छ ।

आप्रवाशी कामदारको न्युनतम ज्यालाबाट रोजगारदाताले खानाबस्नबापत २० प्रतिशत कटौति गर्न पाउने व्यवस्था छ ।

कोरियाले सन् १९८८ देखि ज्याला निर्धारण समितिमार्फत प्रत्येक वर्ष न्यूनतम ज्याला निर्धारण गर्दै आएको छ । जुन बेलाको न्यूनतम ज्याला ४ सय ६२ वन थियो । सरकारले सन् २००९ मा ६.१, २०१० मा २.७५, २०११ मा ५.१, २०१२ मा ६.०, २०१३ मा ६.१, २०१४ मा ७.२, २०१५ मा ७.१, २०१६ मा ८.१, २०१७ का लागि ७.३, २०१८ का लागि १६.४, २०१९ का लागि १०.९ प्रतिशतले ज्याला बढाएको थियो ।


Wednesday, July 10, 2019

आज बसेको ११ औ बैठक पनि बिना निस्कर्ष

दक्षिण कोरियामा आगामी बर्षका लागि न्युनतम ज्याला निर्धारण गर्न आज बसेको ११ औ बैठक पनि
बिना निस्कर्ष टुंगिएको छ.

रोगजारदाताहरुले परआवर ८,१८५ हुनुपर्ने अडान लिएका छन् भने मजदुर संगठनले ९,५७० हुनुपर्ने माग राखिरहेका छन्.

श्रममन्त्रालयले जुलाई १५ सम्म ज्याला निर्धारण गर्न समय दिएको छ. ज्याला अगस्ट ५ मा संसदबाट पास हुनुपर्ने छ.

Monday, July 8, 2019

महिलाको फोटो खिचेको आरोपमा टिभी पत्रकारले दिए राजिनामा


दक्षिण कोरियाको चर्चित टेलिभिजन एसबीएस SBS मा कार्यरत सिनियर समाचारबाचक ५५ बर्षिय किम सुंग जोन (KimSung-joon) ले आफ्नो पदबाट राजिनामा दिएका छन् .

येंग्दम्फु रेल स्टेशनमा बुधाबार राति ११:५५ बजे उनले एक महिलाको आदि भागको तस्बिर खिचेको आरोप छ ..

उनले उक्त आरोप झुट भएको बताएका थिए..
तर उनको मोबाइलमा उक्त तस्बिर भेटिएको प्रहरीले जनाएको छ.

व्यक्तिगत गोपनियताको नियम १४ अनुसार कसैको अनुमति बिना फोटो वा भिडियो खिचेमा ५ बर्षसम्म जरिमाना र १ करोड वन (१० लाख नेपालि) जरिमाना तोकिएको छ..
यदि आप्राबाशी भएको खण्डमा अर्को पटक कोरिया आउन पाउने छैन

Tuesday, July 2, 2019

कोरियामा विदेशी कामदार राख्ने मालिकहरुलाई नयाँ नियम


निकुञ्ज तिवारी
इन्छन्, २ जुलाई २०१८

दक्षिण कोरियाको रोजगार तथा श्रम मन्त्रालयले मंगलबार घोषणा गरेको नयाँ नियम अनुसार आप्रवाशी कामदार राख्ने मालिकहरुले बढिमा १५ जना मात्र एक कोठामा राख्न पाउने छन् । भने महिला र पुरुषका लागि छुट्टाछुट्टै आवाशगृहको व्यवस्था गर्नुपर्ने छ ।

एक जना कामदारका लागि २ दशमलब ५ वर्गमिटर चाहिने र त्यही अनुसार १५ जना अट्ने कोठामा मात्र १५ जना राख्न पाउने नियममा उल्यख छ । १६ जुलाईसम्म यो नियम कार्यान्वयन गर्न मन्त्रालयले रोजगारदाताहरुसमक्ष आह्वान गरेको छ ।

त्यस्तै, जिवनयापनका लागि चाहिने अत्यावश्यक स्नानकक्ष, व्यवस्थित सौचालय, भेन्टिलेशन, जाडोका लागि हिटर र गर्मीका लागि एसी, बत्तिको राम्रो व्यवस्थापन र इर्मजेन्सी ढोकाको पनि व्यवस्थापन गर्नुपर्ने छ ।

त्यसैगरी, व्यक्तिगत गोपनियता र सुरक्षाका लागि ढोकामा चावि र व्यक्तिगत सम्पती सुरक्षाका लागि लकर आदि पनि हुनुपर्ने हुन्छ ।

आप्रबासी कामदारका लागि लागु गरिएको यो नियमको बारेमा मालिकहरुलाई जानकारी गराइने र आगामी श्रम सम्झौतामा यी कुराहरु उल्यख गरी सम्झौता पत्र बनाइने मन्त्रालयले जनाएको छ ।

“हामी आप्रवाशी कामदारको न्युनतम बसाइस्तरलाई सरल र सहज बनाउने छौं ।” एक कर्मचारीले भने ।


१५ सय परिवार बस्ने अपार्टमेन्टको धारामा पानी नआएपछि...



निकुञ्ज तिवारी
इन्छन्, २ जुलाई २०१८

सउलस्थित १५ सय परिवार बस्ने एक अपार्टमेन्टका धारामा सोमबार साझ अकस्मात पानी आएन ।
 
पाइपमा अकस्मात खराबी आइ खानेपानी आपुर्ती नभएपछि स्थानीयले सउल महानगरमा खबर गराए ।

महानगरले तत्कालै जाचबुजका लागि कर्मचारी खटायो भने । शहरको पानी व्यवस्थापन कार्यालयले रातीनै ट्रकमा २ टन, १०८० बोत्तलको पानी र १५०० प्याक खानेपानी अपार्टमेन्टका बासिन्दाहरुलाई वितरण गरिदियो । र अपाटमेन्ट परिसरमा पानीको धारा बनाइदियो ।

त्यतिमात्र होइन, सोदेमुन जिल्ला हेर्ने डेमोक्रेटिक पार्टीका नेता लि जोङ्सुक राती साढे १ बजेसम्म बसेर त्यहाँका बासिन्दाहरुलाई पानी वितरण गरे ।

र उनले मगलबार आजको रातसम्म पानी पुन सुचारु हुने जानकारी दिए ।

Sunday, June 30, 2019

इन्छन्मा अर्गानिक कृर्षि तालिम लिदै नेपालीहरु (फोटो सहित)


निकुञ्ज तिवारी...
इन्छन्, ३० जुन २०१८,

 रोजगारीका लागि दक्षिण कोरिया आएका केही नेपाली युवाहरुले आधुनिक अर्गानिक कृर्षि तालिम लिइरहेका छन् । जुन १८ आइतबारदेखि सुरु तालिम आगामी सेप्टेम्बर १ सम्म हुनेछ । 

इन्छन्को मोइदोस्थित सिल्मीवन कृर्षिफाममा भएको तालिमको दोस्रो भागमा  अर्गानिक किटनाशक औषधी कसरी बनाउने र वालीनालीलाई दिने तरिका, वालीनालीमा लाग्ने किराफट्याङ्गा्र र तिनिहरुले ल्याउने विभिन्न भाइरसको रोकथामका लागि आवश्यक पर्ने औषधी कसरी बनाउने, कसरी प्रयोग गर्ने, विउविझन कसरी सुरक्षित राख्नेलगायतका विषयमा कृर्षिफामका संचालक एवम् कृर्षिविद सिन सुन ख्योले प्रशिक्षण दिएका थिए । 

कृर्षिविद ख्योले नेपालको हावापानीमा जुनसुकै प्रकारका बालिनाली र फलफूल सजिलै उत्पादन गर्न सकिने बताउँदै मौसम राम्रो भएका कारण थोरै लगानिमा धेरै उत्पादन गर्न सकिनेमा जोड दिएका थिए ।  

खाया इन्टरनेशनल (khayah International) ले सउल नगरपालीका ( seoul mertopolitan) को सहयोगमा आयोजना गरेको उक्त तालिममा ३२ जना नेपाली युवाहरु सहभागी छन् । उनीहरुलाई अर्गानिक कृर्षिफामका संचालक एवम् कृर्षिविद सिन सुन ख्योले प्रशिक्षण दिइरहेका छन् ।

कृषिविद सिनले सन् २००२ मा अर्गानिक कृर्षिफाम खोलेर कृर्षि बालीनाली तथा पशुपालनसम्बन्धी प्रशिक्षण दिदै आइरहेका छन् । उनले नेपाल लगायत अन्य विभिन्न देशहरुका युवाहरुलाई पनि प्रशिक्षण दिइरहेका छन् ।

त्यस्तै, खाया इन्टरनेशनलले (khayah International) का सस्थापक छे सून थे (최순태) ले कोरियामा सिकेको सिपलाइ स्वदेश फर्केपछि उचित उपयोग गर्ने आशा ब्यक्त गरेका छन्  ।


तालिम संचालन हुने सम्बन्धी जानकारी सामाजिक संजालमार्फत दिइएको र पहिलो सम्पर्कमा आउने युवालाई प्राथामिकता दिइएको संयोजन यम श्रेष्ठले जानकारी दिए । किमे आप्रवाशी सहयोग केन्द्रका संचालक यज्ञराज सुवेदीको पहलमा तालिम संचालन गरिएको उनले बताए । तालिममा ज्ञान सागर भण्डारीले भाषा अनुवाद गरिरहेका छन् ।

तालिम लिइरहेका युवाहरु उत्सुक छन् । उनिहरु स्वदेश फर्किएर अर्गानिक कृर्षिमा केहि नयाँ काम गर्ने प्रशिक्षार्थीहरुको उदेश्य छ ।


Thursday, June 20, 2019

कोरियन र आप्रबाशी कामदारको ज्याला फरक हुुनुपर्छ भन्ने भनाई फिर्ता लिए


निकुञ्ज तिवारी
इन्छन्, २० जुन २०१८

कोरियाका पूर्व प्रधानमन्त्री तथा विपक्षी लिबेर्टी पार्टीका अध्यक्ष ह्वान क्यो आनले हिजो आफुले बोलेको ‘आप्रवाशी कामदारलाई असमान ज्याला गर्नुपर्छ‘ भन्ने भनाई आज फिर्ता लिएका छन् ।

उनको भनाइलाई लिएर चौथर्फी आलोचना भएपछि आज सउलमा भएको संसदिय बैठकमा उनले आफुले बोलेको कुरा फिर्ता लिदै भने ‘मसंग क्षमा माग्ने कुनै शब्द छैन । मेरो भनाइको अर्थ आप्रवाशी वा स्थानिय कुनैपनि कामदारहरुबीच भेदभाव गर्ने थिएन । अर्थ मोडिएको हो ।’ 

उनले कोरियामा अझै थप आप्रबाशी कामदार आवश्यक भएको बताएका छन् । न्युनतम ज्यालाको विषयमा सरकार जिम्मेवार छ । उनले संचारकर्मीहरुलाई बताएका छन् ।

हिजो उनले बुसान उद्योग बाणिज्यसंघमा स्थानिय व्यवसायीहरुसंगको भेटमा कोरियन र आप्रबाशी कामदारको ज्याला फरक हुनुपर्ने राय ब्यक्त गरेका थिए । साना तथा मझौला उद्योगहरुलाई पर्न गएको आर्थिक भारलाई कम गर्न उनको पार्टीले यो पस्ताब ल्याउने बताएका थिए ।

स्वदेशी र आप्रबाशी कामदारलाई दिइने ज्यालामा समानता हुनु उचित छैन । ‘समान ज्यालाले स्वदेशी कामदारले देशका लागि दिएको योगदानको कदर हुदैन, यसैले विदेशी कामदारको तुलनामा स्वदेशी कामदारले ज्याला बढि हुनुपर्छ ।’ उनले भनेका थिए ।

दक्षिण कोरियाका राष्ट्रपति मुन जे इनले सन् २०२० का लागि न्युनतम ज्याला प्रतिघण्टा १० हजार वन पु¥याउने कार्ययोजना बनाइरहेका छन् । 

ह्वान बर्खास्त पूर्व राष्ट्रपति पार्क गु हेको कार्यकालमा करिब २ वर्ष प्रधानमन्त्रीको जिम्वेवारी सम्हालेका थिए ।
तर श्रम नियामावलीको धारा ६ का अनुसार लैङगीक, राष्ट्रियता, धार्मिक, सामाजिक मुल्यमान्यताका आधारमा कुनैपनि कामदारलाई भेदभाव गर्न पाइने छैन् ।

अन्तराष्ट्रि श्रम संगठन (आइएलओ) ले पनि ज्यालाको आधारमा कामदारलाई भेदभाव गर्न नपाइने जनाउँदै आइरहेको छ ।

कोरियाले सन् २०१८ मा २०१९ (यो वर्ष) का लागि १०.९ प्रतिसतले ज्याला वृद्धि गरेको थियो । सन् २०१८ मा प्रतिघण्टा ७५३० वन थियो भने यसवर्ष ८३५० वन छ ।

प्रबासी मजदुर संघले (एमटियु) आज पार्टी कार्यालय अगाडी विभेदकारी बोलि फिर्ता लिनुपर्ने, आप्राबाशी कामदारहरुसंग माफ माग्नुपर्ने, आप्राबासी मजदुरलाई भेदभाव गर्ने अभिव्यक्ति दिन बन्द गर्नुपर्ने लगायतका माग राखी ज्ञापन पत्र बुजाएको अध्यक्ष उदय राइले बताएका छन्  ।

Wednesday, June 19, 2019

कोरियन र आप्रबाशी कामदारको ज्याला फरक हुुनुपर्छ – पूर्व प्रधानमन्त्री ह्वान


निकुञ्ज तिवारी
इन्छन्, १९ जुन २०१८

दक्षिण कोरियाका राष्ट्रपति मुन जे इनले सन् २०२० का लागि न्युनतम ज्याला प्रतिघण्टा १० हजार वन पु¥याउने कार्ययोजना बनाइरहेका बेला मुख्य विपक्षी लिबेर्टी पार्टीका अध्यक्ष ह्वान क्यो अहनले कोरियन र आप्रबाशी कामदारको ज्याला फरक हुनुपर्ने राय ब्यक्त गरेका छन् ।

उनले आज बुसान उद्योग बाणिज्यसंघमा स्थानिय व्यवसायीहरुसंगको भेटमा यस्तो भनेको कोरिया टाइन्सले लेखेको छ । साना तथा मझौला उद्योगहरुलाई पर्न गएको आर्थिक भारलाई कम गर्न उनको पार्टीले यो पस्ताब ल्याउने बताएका थिए ।

स्वदेशी र आप्रबाशी कामदारलाई दिइने ज्यालामा समानता हुनु उचित छैन । ‘समान ज्यालाले स्वदेशी कामदारले देशका लागि दिएको योगदानको कदर हुदैन, यसैले विदेशी कामदारको तुलनामा स्वदेशी कामदारले ज्याला बढि हुनुपर्छ ।’ उनले भनेका छन् ।

ह्वान बर्खास्त पूर्व राष्ट्रपति पार्क गु हेको कार्यकालमा करिब २ वर्ष प्रधानमन्त्रीको जिम्वेवारी सम्हालेका थिए ।
तर श्रम नियामावलीको धारा ६ का अनुसार लैङगीक, राष्ट्रियता, धार्मिक, सामाजिक मुल्यमान्यताका आधारमा कुनैपनि कामदारलाई भेदभाव गर्न पाइने छैन् ।

अन्तराष्ट्रि श्रम संगठन (आइएलओ) ले पनि ज्यालाको आधारमा कामदारलाई भेदभाव गर्न नपाइने जनाउँदै आइरहेको छ ।

कोरियाले सन् २०१८ मा २०१९ (यो वर्ष) का लागि १०.९ प्रतिसतले ज्याला वृद्धि गरेको थियो । सन् २०१८ मा प्रतिघण्टा ७५३० वन थियो भने यसवर्ष ८३५० वन छ ।

Wednesday, May 15, 2019

कोरियामा फोक्सो प्रत्यारोपणका लागि अमृतलाइ १४ जनाले रगत दिए


निकुञ्ज तिवारी
इन्छन् १५, मे २०१९, दक्षिण कोरिया

लामो समयसम्म उपचार गर्दापनि फोक्सोले राम्रो काम नगरेपछि नयाँ फोक्सो प्रत्यारोपणका लागि आइसियुमा उपचारार्थ अमृत कुँबरलाई १३ जना नेपाली र १ जना फिलिपिनी नागरिक गरी १४ जनाले बि पोजेटिब रगत दिएका छन् । 

निम्प्निियाले ग्रसित भई उपचारार्थ कुवँरले अस्पतालको सैयाबाट बि पोजेटिभ रगतको लागि सहयोगको अपिल गरेका थिए । जसका लागि ९द्यं० भएका १० जनाको रगत आवश्यक हुने अस्पताल श्रोतले जनाएको थियो । 

कोरियाको ब्यस्त समयको वाबजुत पनि हरी रेग्मी, बिमल कर्माचार्य, नारायण न्यौपाने, लियोनार्दो पाक्युवान, रामसागर महत, मनोज काफ्ले, लक्ष्मी गुरुङ, आस्था विन्दु मल्ल, राजेश श्रेष्ठ, स्यामलाल भुषाल, बिरेन्द्र सिंह, यम श्रेष्ठ, राजन श्रेष्ठ र झलक थापाले रगत दान दिएका हुन् ।

शरिरबाट खेर जाने रगतले परदेशमा विमार भएको नेपालीको ज्यान बच्छ भने हामी रगत दिन तयार छौं भन्दै रगत दान दिएका र आगामी दिनमा चाहिने जुनसुकै सहयोग गर्न पनि तयार रहेको उनीहरुले प्रतिबद्धता जनाए ।

पर्वत फलेबास नगरपालिका खानिगाउँ ५ का २६ वर्षिय युवक अम्रित कुवँर राजधानी सउलको आन्याङस्थित हान्रिम शिक्षण मुटु अस्पताल (한림대학교성심병원) मा गत जनवरी ७ गतेबाट उपचारार्थ छन् । अमृतलाई फोक्सो प्रत्यारोपणका लागि तयारी भइरहेको छ । 

मानविय नाताले रगत दान गरी अमृतको जिवन बचाइदिन कोरियामा रहेका नेपालीहरुसमक्ष अपिल गरिएको थियो । जसअनुसार कोरियाको विभिन्न भुभागमा कार्यरत नेपालीहरुले रगत दान दिएका छन् ।

आइसियु (भेन्टिलेटर) मा राखेर निम्प्निियाको उपचार गराइरहेका कुँवरको आर्थिक अवस्था कमजोर भएकोले कोरियामा केहि महिना पहिला आर्थिक सहयोग अभियान थालिएको थियो । जसमा संकलन भएको रकममध्य केही प्रतिशत अस्पताललाई, केहि प्रतिशत उनका मालिकलाई र केही प्रतिशत अभियानकर्ताको खातामा छ । उक्त रकम आवश्यकपर्दाको क्षणका लागि राखिएको छ ।

Tuesday, April 30, 2019

कोरियामा अमृतका लागि बि पोजेटिभ रगतको अपिल, एक बर्ष कोरिया बसेकोले रगत दिन मिल्ने



निकुञ्ज तिवारी
इन्छन् ३०, अप्रिल २०१९, दक्षिण कोरिया




दक्षिण कोरियामा निम्प्निियाले ग्रसित भई उपचारार्थ अमृत कुवँरले अस्पतालको सैयाबाट बि पोजेटिभ रगतको लागि सहयोगको अपिल गरेका छन् । लामो समयसम्म उपचार गर्दापनि फोक्सोले राम्रो काम नगरेपछि नयाँ फोक्सो प्रत्यारोपण गर्नुपर्ने र जसका लागि ९द्यं० भएका १० जनाको रगत आवश्यक हुने अस्पताल श्रोतले जनाएको छ ।
रगत दिने व्यक्ति कोरियामा १ वर्षभन्दा बढि लगातार बसेको हुनुपर्ने अस्पतालले जनाएको छ । कोरिया र नेपालको हावापानी नमिल्ने कारण कोरियामा एक वर्ष कम वा विदामा नेपाल गएर आएको एक वर्ष ननाघेको व्यक्तिले रगत दिन नमिल्ने जानकारीमा आएको छ । 

कृपया, बी पोजेटिब रगत भएका नेपालीहरुले अमृतका लागि रगत दान दिएर सहयोग गर्नुहुन कोरियाबासी नेपालीहरुसमक्ष अपिल गरिएको छ ।
यहाँ दिइएको स्थानमा शनिबार र आइतबार पनि रगत दिन मिल्ने छ । 

आफ्नो परिचयपत्र देखाएर अमृतका लागि रगत दिन आएको अथवा यो फोटोमा भएको तश्विर देखाएर रगत दिन सकिने छ ।

हान्रिम शिक्षण अस्पताल ०३१३८७८८४२
सुवन स्टेशन ०३१२४५६५१८
आन्याङ् ०३१४४९८३०९
आजुदे विश्वविद्यालय ०३१२१४८५५०
फेन्तेक स्टेशन ०३१६५६८८४४
आन्सान हान्याङदेहाक्यो ०३१४०६५०३१
इाथाप ०३१७०७३७९१
सान्बुन ०३१३९७७६००

पर्वत फलेबास नगरपालिका खानिगाउँ ५ का २६ वर्षिय युवक अम्रित कुवँर राजधानी सउलको आन्याङस्थित हान्रिम शिक्षण मुटु अस्पताल (한림대학교성심병원) मा गत जनवरी ७ गतेबाट उपचारार्थ भर्ना भएका छन् ।

मानविय नाताले रगत दान गरी अमृतको जिवन बचाइदिन कोरियामा रहेका नेपालीहरुसमक्ष अपिल गरिएको छ । जसको बि पोजेटिब रगत छ उहाँले आफ्नो परिचयपत्रका साथ आन्याङ्स्थित अस्पतालमा वा सुवनस्थित तल दिइएको ठेगानामा गई रगत दिन सक्नुहुनेछ ।

आइसियु (भेन्टिलेटर) मा राखेर निम्प्निियाको उपचार गराइरहेका कुँवरको आर्थिक अवस्था कमजोर भएकोले कोरियामा केहि महिना पहिला आर्थिक सहयोग अभियान थालिएको थियो । जसमा संकलन भएको रकममध्य केही प्रतिशत अस्पताललाई, केहि प्रतिशत उनका मालिकलाई र केही प्रतिशत अभियानकर्ताको खातामा छ । उक्त रकम आवश्यकपर्दाको क्षणका लागि राखिएको छ ।

अस्पताल वरिपरि हुनेहरुका लागि 
ठेगाना : 경기 안양시 동안구 동안로 130 (롯데 백화점 출구) 건물 : 4 호선 범계역 4-1
सम्पर्क नम्बर : 031-357-8842

수원역 वरिपरी हुनेहरुको लागी :
ठेगाना : 경기 수원시 팔달구 덕영대로 923-1 새수원 빌딩 4 ( Ak 플라자 ) 육교 건너편 ( 분당선 9,10 출구 )
सम्पर्क नम्बर : 031-245-6518

सम्पर्कको लागि
लक्ष्मी गुरुङ् (अध्यक्ष एनआरएन) 01020786649

Wednesday, April 24, 2019

कोरियामा अमृतका लागि बि पोजेटिभ रगतको अपिल


निकुञ्ज तिवारी
इन्छन् २४, अप्रिल २०१९, दक्षिण कोरिया

दक्षिण कोरियामा निम्प्निियाले ग्रसित भई उपचारार्थ अमृत कुवँरले अस्पतालको सैयाबाट बि पोजेटिभ रगतको लागि सहयोगको अपिल गरेका छन् । लामो समयसम्म उपचार गर्दापनि फोक्सोले राम्रो काम नगरेपछि नयाँ फोक्सो प्रत्यारोपण गर्नुपर्ने र जसका लागि बि पोजेटिभ भएका १० जनाको रगत आवश्यक हुने अस्पताल श्रोतले जनाएको छ ।

पर्वत फलेबास नगरपालिका खानिगाउँ ५ का २६ वर्षिय युवक अम्रित कुवँर राजधानी सउलको आन्याङस्थित हान्रिम शिक्षण मुटु अस्पताल (한림대학교성심병원) मा गत जनवरी ७ गतेबाट उपचारार्थ भर्ना भएका छन् ।

मानविय नाताले रगत दान गरी अमृतको जिवन बचाइदिन कोरियामा रहेका नेपालीहरुसमक्ष अपिल गरिएको छ । जसको बि पोजेटिब रगत छ उहाँले आफ्नो परिचयपत्रका साथ आन्याङ्स्थित अस्पतालमा वा सुवनस्थित तल दिइएको ठेगानामा गई रगत दिन सक्नुहुनेछ ।

आइसियु (भेन्टिलेटर) मा राखेर निम्प्निियाको उपचार गराइरहेका कुँवरको आर्थिक अवस्था कमजोर भएकोले कोरियामा केहि महिना पहिला आर्थिक सहयोग अभियान थालिएको थियो । जसमा संकलन भएको रकममध्य केही प्रतिशत अस्पताललाई, केहि प्रतिशत उनका मालिकलाई र केही प्रतिशत अभियानकर्ताको खातामा छ । उक्त रकम आवश्यकपर्दाको क्षणका लागि राखिएको छ ।
अस्पताल वरिपरि हुनेहरुका लागि
ठेगाना : 경기 안양시 동안구 동안로 130 (롯데 백화점 출구) 옆 건물 : 4 호선 범계역 4-1 번
सम्पर्क नम्बर : 031-357-8842
수원역 वरिपरी हुनेहरुको लागी :
ठेगाना : 경기 수원시 팔달구 덕영대로 923-1 새수원 빌딩 4층 ( Ak 플라자 ) 육교 건너편 ( 분당선 9,10 번 출구 )
सम्पर्क नम्बर : 031-245-6518
सम्पर्कको लागि–
लक्ष्मी गुरुङ् (अध्यक्ष एनआरएन) 01020786649

Wednesday, February 13, 2019

कोरियाको रोजगारीमा १५२ ले ज्यान गुमाए



निकुञ्ज तिवारी
दक्षिण कोरिया

(ईपिएस लागू भएयताको १२ वर्षमा सुतेकै अवस्थामा मृत्यु हुने, आत्महत्या गर्ने र कार्यस्थल दुर्घटनामा मृत्यु हुनेको संख्या सबैभन्दा धेरै छ । सडक दुर्घटना र कारणै नखुल्ने गरी मृत्यु हुनेको संख्या पनि अधिक छ । दैनिक कामको ओभरलोड धेरै र सुताई वा आराम गर्ने समय थोरै भएमा क्रोनिक फटिकको लक्षण देखा पर्छ । त्यसले मानिसको जिउमा तागत नहुने, थकाइ मात्र लाग्ने, राम्रोसँग निद्रा नलाग्ने, खाना खान मन नलाग्ने, पेट तथा जिउ दुख्ने, वाकवाकी लाग्ने र स्मरण शक्तिमा ह्रास आउनेजस्ता लक्षण देखा पर्छन् ।

नेपाली युवाको प्रमुख आकर्षक रोजगार गन्तव्य दक्षिण कोरिया जाने क्रम बर्सेनि बढ्दै गइरहेको छ । नेपाली युवाको कोरिया प्रवेश बढेसँगै विभिन्न कारणले मृत्यु हुने संख्या पनि बढ्दै गइरहेको छ । श्रम कानुन र रोजगारजन्य सुरक्षाका लागि विश्वमा नै उदाहरणीय देशमा मानिए पनि मृत्युलाई रोक्न सकिएको छैन ।

नेपालीहरू रोजगारीका लागि दक्षिण कोरिया आउन थालेदेखि हालसम्म १५० जनाले ज्यान गुमाएका छन् । सन् २०१७ मा सबैभन्दा धेरै २३ जनाको विभिन्न कारण निधन भएको छ भने २०१८ मा १४ जनाको निधन भएको छ । २०१९ मा १ जनाको निधन भएको छ । २०१८ मा १४ जनाको विभिन्न कारण निधन भयो । सो अवधिमा आत्महत्या ३, कम्पनी दुर्घटनामा ३, सुतेकै अवस्थामा ३, हृदयघात २, सडक दुर्घटना २ र डुबेर १ जनाको निधन भएको थियो । दक्षिण कोरियामा रोजगारी र घरजम गर्न सन् २००७ देखि आएकामा हालसम्म १५० जना नेपालीको मृत्यु भएको छ ।

कोरियामा करिब ५० हजारको हाराहारीमा नेपालीको बसोबास छ । कोरियामा मृत्युका कारण आत्महत्या, कम्पनी दुर्घटनामा, हृदयघात, बिरामी र कारण खुल्न नसकेका मृत्युका विभिन्न कारणहरू रहेका छन् ।


ईपिएस लागू भएयताको १२ वर्षमा सुतेकै अवस्थामा मृत्यु हुने, आत्महत्या गर्ने र कार्यस्थल दुर्घटनामा मृत्यु हुनेको संख्या सबैभन्दा धेरै छ । सडक दुर्घटना र कारणै नखुल्ने गरी मृत्यु हुनेको संख्या पनि अधिक छ । दैनिक कामको ओभरलोड धेरै र सुताई वा आराम गर्ने समय थोरै भएमा क्रोनिक फटिकको लक्षण देखा पर्छ । त्यसले मानिसको जिउमा तागत नहुने, थकाइ मात्र लाग्ने, राम्रोसँग निद्रा नलाग्ने, खाना खान मन नलाग्ने, पेट तथा जिउ दुख्ने, वाकवाकी लाग्ने र स्मरण शक्तिमा ह्रास आउनेजस्ता लक्षण देखा पर्छन् । कोरियामा कार्यरत नेपाली डाक्टर राजेशचन्द्र जोशी दैनिक लामो समय काम गर्दा आराम र खानपानमा ध्यान दिनु आवश्यक हुने बताउँछन् ।


कोरियामा आत्महत्या गर्नुको मुख्य कारण डिप्रेसन रहेकोे बताइन्छ । पारिवारिक झमेला, एक्लोपना, भाषा, हावापानी, रात्रीकालीन काम र भिन्न संस्कृतिका कारण डिप्रेसन हुने गरेको छ । त्यस्तै, ज्यान गुमाउनुको मुख्य कारण पारिवारिक तनाव, लामो समय काम, खानपानमा ध्यान नदिनु, अत्यधिक मदिरा सेवन गर्नु र नियमित स्वास्थ जाँच नगाराउनु इत्यादि रहेका छन् ।

कोरियामा सन् २०१३ मा १८, २०१४ मा ८ जनाको निधन भएको थियो । यसैगरी २०१५ मा २२ जनाको निधन भएको दूतावासको तथ्यांकमा उल्लेख छ ।
यो अवधिमा आत्महत्या ८, कम्पनी दुर्घटनामा ४, सुतेकै अवस्थामा २, हृदयघात ४, अकारण ३ र हत्या १ जनाको भएको छ । २०१६ मा आत्महत्या ७, कम्पनी दुर्घटनामा ५, सुतेकै अवस्थामा ४, हृदयघात १, सडक दुर्घटना २, रोगले १ गरी २० जनाको निधन भएको थियो । २०१७ मा २३ जनाको निधन भएका मध्ये आत्महत्या ७, कम्पनी दुर्घटनमा ८, सुतेकै अवस्थामा ३, अकारण ३ र रोगले २ जना रहेका थिए । २०१८ मा १५ जनाको निधन भएकोमा आत्महत्या ३, कम्पनी दुर्घटनामा ३, सुतेकै अवस्थामा ३, हृदयघात २, सडक दुर्घटना २, उपचारका क्रममा १ र डुबेर १ जनाको निधन भएको छ ।

सरकारले विदेशमा नेपालीको आत्महत्याका घटनाहरूको विषय संवेदनशील भएको जनाउँदै आएको छ । नेपाल र श्रम गन्तव्य दुवै देशको सरकारले उत्तिकै प्राथमिकताका साथ चासो दिएर आपसी सहकार्य गरेर मृत्युका कारण रोकथामका लागि पहल गर्नुपर्ने बताइँदै आएको छ । युवाको आर्कषण श्रम गन्तव्य दक्षिण कोरियामा नेपालीको मुत्युको दोस्रो प्रमुख कारण आत्महत्या रहेको कोरियाका लागि पूर्व श्रमसहचारी अनिल गुरुङले एक कार्यक्रममा पेश गरेको प्रतिवेदनमा उल्लेख छ ।

उनले प्रस्तुत गरेको प्रस्तुतिमा रोजगारीका लागि कोरिया गएर हालसम्म मृत्यु हुने नेपालीमध्ये आत्महत्या मृत्युको दोस्रो कारण बनेको उल्लेख छ । वैदेशिक रोजगार विभागअन्तर्गत ईपीएस कोरिया शाखाका अनुसार सन् २०१७ को आठ महिनामा कोरियामा १७ नेपालीको मृत्यु हुँदा चारजनाले आत्महत्या गरेका छन् । ईपीएस शाखा नेपालका अनुसार कोरिया जाने नेपाली कामदार जे सोचेर कोरिया जान्छन्, त्यो भन्दा विपरीत अत्यधिक कामका कारण विस्तारै निरास भएर आत्महत्याको बाटो रोज्ने गरेका छन् । कोरियामा कुल मृत्युमा करीब २८ प्रतिशत आत्महत्याको कारणले मृत्यु हुने गरेको छ ।


जुलाईबाट कोरियामा विदेशीलाई निशुल्क कोरोना खोप, कसरि लगाउने ?

निकुञ्ज तिवारी सउल, २८ मे २०२१ दक्षिण कोरियामा बसोबासरत विदेशी नागरिकले पनि आउँदो जुलाई पहिलो साताबाट सरकारले निशुल्क उपलब्ध गराएको एस्टाजेन...