Showing posts with label लघुकथा short story. Show all posts
Showing posts with label लघुकथा short story. Show all posts

Sunday, February 11, 2018

अन्तिम मुल्याङ्कन्

निकुञ्ज तिवारी...


चितामाथि जलाउन राखिएको लासलाई अन्तिम् श्रद्धाञ्जली दिंदै हिउँजस्तै कपाल भएको व्यापारीले मलिन अनुहार बनाउँदै भन्यो– ‘आजै नवित्नुनुपर्ने राम्रो नेता हुन् । अलिक छिटो विते । मेरो बिजनेशलाई ठूलो गुन् लगाएका थिए । मलाई अझै उनको आवश्यकता थियो । काललाई उनको आवश्यकता रहेछ । बर्बाद भोनी ।’

लासलाई जलाउने बेला फेन्चस्टाइल दारीजुंगा बनाएकोले नेताले खुशात्मकभावमा भन्यो– ‘उमेरमै गयो । ठिकै भो । सत्ता र शक्तिमा पुग्ने हाम्रो पनि त पालो आउनुप¥र्यो नीे ? बाँचेर त के नै लछारपाटो लाको थियो र दुनियाँलाई चुस्नुबाहेक ?’

चितामाथि जल्दै गरेको लासलाई हेर्दै भावमिश्रित स्वरमा ढाकाटोपी लगाएकोले सामान्य नागरिकले भन्यो– ‘चुनावको बेला हाम्रो गाउँलाई राम्रै सहयोग गर्ने बाचा गरेका थिए । तर केही गरेनन् । जति गर्नु आफ्नै परिवार, नातापातालाई गरे र गए । बरु अझै केहि वर्ष बाँचेको भए समाजको लागि केहि गर्थे की ?’

केहिवर्षपछि 

हिउँजस्तै कपाल भएको व्यापारीको हट्यट्याकले निधन भयो । चितामाथि जलाउने बेला कालो चश्मा कपालमा अड्याएको खाइलाग्दो नेताले चुक्चुकाउँदै भन्यो–‘बुढा चाँढो पो गए । अलिक समय बाँच्नुपर्ने हुन् । हाम्रो पार्टीलाई राम्रो आर्थिक सहयोग गरेका थिए । पार्टीको लागि बुढाको आवश्यकता थियो । कालले समातिहाल्यो ।’

केहि महिनापछि 

फेन्चस्टाइल दारीजुंगा बनाएको नेताको कार दुर्घटनामा दुखद निधन भयो । लासलाई जलाउनै लागेका बेला सेतोक्याप लगाएको कार्यकर्ताले सेल्फी खिँच्दै भन्यो–‘चुस्नुचुसे नी बुढाले देश र जनतालाई । ठिकै भो । यिनिहरु नमरे हामीले जनता र देश चुस्ने पालो कहिले आउने ? बाँचेर पो के नै लछारपाटो लाको थियो र दुनियाँलाई दुखाउनुबाहेक ?’

त्यसको केही वर्षपछि

ढाकाटोपी लगाउने सामान्य नागरिकको कालगतिले निधन भयो । अति दुखी भएको भावमा सामान्य हाफ्पेन्ट लगाएको नागरिकले भन्यो–‘बुढाले परिवार, नातागोता भन्दा गाँउ, समाजको र देशको भलाईमा समय खर्र्चिए । सामाजिक जागरणमा बुढाले महत्वपुर्ण भुमिका निर्वाहे । यी बुढाजस्ता देशभक्त नागरिक अलिक लामो समय बाँच्नुपर्ने हो । तर समाजको भलो चिताउँनेहरुको बाँच्ने अधिकार कहाँ छ र ?’

बाचुन्जेल चाकडी, चाप्लुसीको चिल्लो घस्नेहरु चितामा जलिरहेको बेला रियल मुल्याङ्कन गर्छन् ।


Friday, January 19, 2018

नेताको स्वार्थ

निकुञ्ज तिवारी...


‘नेता ज्यु हजुरलाई कस्तो छ अहिले ? छिटो निको हुनुहोला है हजुर । स्वास्थ लाभको कामना ।’ उच्च नेता विरामी भएर थलिएपछि अस्पतालमा भेट्न आउनेहरुको भिड बाक्लिरहेको थियो । 

स्वयम् दल एवम् अन्य दलका नेता, कार्यकता, आफन्त, शुभचिन्तक, राजनीतिक विश्लेषक, विभिन्न संघसंगठनका प्रतिनिधि, पत्रकार, विदेशी कुटनीतिज्ञलगायतका महानुभावहरु अस्पतामा भेट्न आउथे र सवैले स्वास्थ लाभको कामना दिएर जान्छे ।

आफन्त र केही शुभचिन्तक कार्यकता बाहेक एकपटक आएकाहरु दोस्रो पटक कमै आउथे । तर उनी निकट दलको दोस्रो दर्जाका फेन्चस्टाइल दारीजुंगाधारी कालो चश्मा लगाउने नेता भने पटकपटक आइरहन्थे र उपचारमा संलग्न मुख्य डाक्टरसंग खासखुस गरिरहन्थे । र आफन्तहरुलाई सहानुभुति दिन्थे–‘मैले डाक्टरसंड्ग आग्रह गरिरहेको छु । नेता ज्युको अवस्था सामान्य बन्दै गइरहेको छ रे । अब केही दिनमा उहाँ पूर्ण निको हुनुहुनेछ । तपाईहरु नआत्तिबस्नुहोला । 

त्यसको केही दिनमा तिनै खासखुस गरिरहने डाक्टरले नेताको निधन भएको घोषणा गरे । पार्टीका नेता तथा कार्यकताहरु आए । र लासलाई पार्टी कार्यालयमा लगी अन्तिम श्रद्धाञ्जलीका लागि मञ्चमा राखे ।
विभिन्न दलका नेता, कार्यकता, आफन्त, शुभचिन्तक, राजनीतिक विश्लेषक, विभिन्न संघसंगठनका प्रतिनिधि, विदेशी कुटनीतिज्ञलगायतका महानुभावहरु जम्मा भए र नेतालाई अन्तिम श्रद्धाञ्जली दिए । उहाँ अमर रहने घोषणा गरे । अनि लासको अन्त्येटिका लागि आर्यघाटमा लगे ।

चितामाथि जलाउन राखिएको लासलाई अन्तिम् श्रद्धाञ्जली दिंदै दोस्रो दर्जाका तीनै फेन्चस्टाइल दारीजुंगाधारी नेताले दुखीभावमा भने– ‘नेताज्युको आत्माको चिरशान्तिको कामना गर्दछौ । उहाँको निधनले हाम्रो पार्टीलाई ठुलो क्षति पुगेको छ । पार्टीको लागि उहाँको आवश्यकता थियो । तर कालले समातिहाल्यो ।’ 

ती नेताले आफ्नो पार्टीे उहाँको परिवारका लागि सक्दो सहयोग गर्न तयार रहेको आफन्तजनलाई आश्वासन पनि दिए । र घाट किनाराको चितामाथि जल्दै गरेको लासतर्फ लागे । अन्तिमप्रहरमा पुत्ताइरहेको लासलाई हेर्दै मौन टोलाईरहेका उनको उपचारमा संलग्न मुख्य डाक्टरनजिकै गएर खुस्स भने–‘डा.साप, बधाई छ । र ढुक्क हुनुस् । तपाईको प्रमोशन पक्का भो ।’ 

Saturday, December 23, 2017

लघुकथा - पश्चाताप


निकुञ्ज तिवारी
दशैं मनाउन होस्टलबाट घर आएको भोलीपल्टै मोटरसाइकल सहित गाएब भएपछि घरमा हल्लाखल्ला मच्चियो । कलेज, छरछिमेक, साथीभाई, इष्टमित्र जहाँतहिँ फोन गरियो । कहिं पत्ता नलागेपछि भोलीपल्ट प्रहरीमा उजुरी टिपाइयो ।
पाँच फुट पाँच इन्च अग्लो अविनास शर्मा नाम गरेको वर्ष उन्नाइस गोरोवर्णको पातलो ज्यान भएको हल्का जुङ्गा भएको मेडिकल कलेजमा एमविविएस दोस्रो वर्षमा अध्ययनरत हसिलो युवक हिजो बिहानै मोटरसाईकल लिई निस्किएको र अजसम्म घर नर्फिएको हुँदा कहिँकतै देख्नुहुने महानुभावले तलको फोन नम्बरमा सम्पर्क गरिदिनुहोला ।
स्थानिय पत्रपत्रिका र रेडियो एफएमहरुमा युवक हराएको खबर जारी गरियो । प्रहरीले पनि खोजीलाई तिब्र पा¥र्यो ।
डाक्टर पढिरहेको छोरा कहाँ गयो होला भनेर सबै आत्तिए । कसैले अपहरण गर्यो की भन्ने आशँका गरे । कसैले साथीकोमा गएहोला भनेर सान्तवना दिए ।
कसैले कतै घुम्न गएहोला आइहाल्छ नी भनेर आमाबाबुलाई ढाडस् दिए । तर हराएको तेस्रो दिनसम्म पनि छोराको अत्तोपत्तो लागेन ।
चौथो दिन खानाखाने बेलामा प्रहरीले बाउलाई फोन ग¥यो । र तुरुन्त प्रहरी कार्यलयमा आउनु भन्यो । खानाखानै छोडेर घरमा जम्मा भएका केही इष्टमित्र र छिमेकीहरु प्रहरी कार्यलय गए । बिहानै बगरमा एउटा लास भेटिएको भन्दै बाउलाई प्रहरीले भित्र लगे र लास देखाए ।
छोराको मृत देखेर बाउ अर्धबेहोस् भए । आमाको बाक्य बस्यो । ठाउँको ठाउँ ढलिन् । आमालाई सम्हाल्दै बाउ सुक्कसुकाउन थाले । इष्टमित्र र गाउँलेहरु बाउआमालाई सम्हाल्नतिर लागे ।
प्रहरीले लासलाई पोष्टमार्टमकालागि अस्पताल लाने र लास बुझाउने भनेपछि सबै अस्पतालतिर लागे ।
डाक्टरको पोष्टमार्टम रिपोर्टले युवकले अत्यधिक मात्रामा लागुऔषध सेवन गरी सेल्फहत्या गरेको पुष्टि ग¥यो ।
प्रहरीले लासलाई गाउँलेहरुसमक्ष जिम्मा लगायो । गाउँले, इष्टमित्रहरुले लासको अन्त्यष्ट्रिका लागि घाट तर्फ लगे ।
‘मैले तँेरो लागि कुनैचिजको कमि हुन दिएको थिएर ? ए, बाबु तैँले कि यस्तो निर्णय गरिस् ।’ रुन्चे स्वरमा सुक्सुकाउँदै बाउले छोराको लासलाई दागवक्ति दिए ।
चितामाथि जल्दैगरेको लासलाई हेरिरहेको एक छिमेकी प्याच्च भन्यो–‘तपाइँले आफ्ना छोराछोरीका लागि कुनैचिज कमि हुन दिनुभएन । यदि केहि कमि हुन दिएको भए सायद, तपाईले यो दिन देख्नुपर्ने थिएन ।’
प्रकाशित २०७४.०९.०७ नागरिक दैनिक पश्चिमेली

Wednesday, October 25, 2017

लघुकथाः डाक्टर

निकुन्ज तिवारी

----------------- डाक्टर बन्न छोरालाई शहर पठाएपछि बा दिनरात नभनी जोतिन्थे । कुनै महिना छोराको लागि खर्च नपुग्ने जस्तो बाले गुनासो गर्दा आमा पनि पटुका कसेर बासँगै जोतिन्थिन् ।

‘मेरो छोरो जुन दिन ठूलो डाक्टर बन्नेछ, त्यो दिन मेरो कुप्रिएको ढाड सोझिने छ ।’ चप्पलको चुँडिएको तुना गाँस्तै बा सहकर्मी मजदुरहरूसँग गफिन्थे र मज्जाले मुस्कुराउँथे ।
छोरो डाक्टर भएर घर फिर्न अब यति वर्ष, यति महिना, यति दिन, बाँकी छ भन्दै बाले औँला भाचेर दिन–रात गनिरहन्थे । छिमेकीहरु र सहकर्मीहरुसँग भनिरहन्थे ।
सपनिमा के गर्थे तर विपनीमा छोरा डाक्टर बनी गाउँकै अस्पतालमा बिरामीहरुको उपचार गरिरहेको कल्पना गरिरहन्थे । अनि काममा जाने बेला आँफैलाई ढाडस् दिदैं मुस्कुराउँदै भन्थे ‘ए, सानेकी आमा अब हाम्रा दुखका दिन सकिँदै छन् है ।’
बाको निरन्तर संघर्ष र छोराको मिहेनतको फल छिटै प्राप्त हुने दिन आउँदै थियो । बा हर्षित थिए । बाको मुहारमा चम्किएको खुशी हेर्दै आमाका आँखामा आँसु टिप्पीलाउँथे । बाआमाका अनुहारमा खुशीका रङ्गहरु फुलिरहेका थिए ।
छोराप्रति बाबुले निभाएको कर्तव्यको कठोर मिहिनेत देख्दा सहकर्मी मजदुरहरू बालाई देखेर प्रेरित हुन्थे । छिमेकीहरू पनि हर्षित हुन्थे । छोरा असल र ठुलो डाक्टर भई दिनदुःखिहरुको सेवा गरोस् भन्ने उनिहरूले कामना गरिरहन्थे ।
क्रमसः दिनहरु बित्तै गए । महिनाहरु बित्तै गए । र वर्ष वित्तै गए । अन्ततः छोरा डाक्टर बन्यो ।
डाक्टर बनेको छोरा घर आउने खबर पाएपछि बाले केहि दिनका लागि कामबाट बिदा लिए । सहकर्मी र छिमेकीहरुसंग हर्षका थुङ्गाहरु बाड्दै हिँडे । आमा पनि बा हर्षले गद्गद् भएको देखेर खुशीले प्रफुल्लित थिइन् ।
सबै गाउँलेहरु मिलेर गाँउमा वर्षौ पहिलेदेखि जिर्ण अवस्थामा रहेको स्वास्थचौकिको मर्मत गरे । केही रकम संकलन गरे । केहि थान कुर्ची, टेबल, दराज , अत्यवश्यक औषधी किने र आफ्नै गाउँले डाक्टरको लागि स्वागत गरे ।
केहि दिनमा डाक्टर बनेको छोरो घर आयो । बाआमाले खुशीका आँसुले स्वागत गरे । बाका सहकर्मी र गाउँलेहरूले बधाई, सुभकामना र आर्शीवाद दिए ।
बा घरमा जम्मा भएका गाउँले, छिमेकी, सहकर्मीहरुसमक्ष छोराले गाउँको स्वास्थचौकीमा बसी बिमारी भएका गाउँलेहरुको उपचार गर्ने बताउन नपाउँदै छोराले भन्यो– ‘बा, मैले शहरको एक अस्पतालमा जागिर पाएँ । अस्पताल नजिकै एक फ्ल्याट भाडामा लिएको छु । अब आमा र हजुरका दुखका दिन गए । हामी भोली बिहानै शहर बसाइँ सर्छौं ।’

Thursday, October 12, 2017

लघुकथा ... 'कोरिया बाध्यता'

निकुञ्ज तिवारी
..........................

विएस्सी फस्ट सेमेस्टरको स्टुडेन्टलाई मैले अठारौं जन्मदिन ‘वर्थडे’ को सुभकामना दिएपछि उनले
shory story by nikunja tiwari
रिप्लाईमा लेखेका थिए–

‘यो मेरो रहर होइन । बाध्यता हो । दाई, म पनि कोरिया आउन चाहन्छु । कोरियन भाषा परीक्षा कहिले हुन्छ होला ? कोरिया आउन कति उमेर हुनुपर्छ र कति खर्च लाग्छ ? बताइदिनुहोला न ।’

‘ए भाई, यती सानै उमेरमा कोरिया नै किन आउनुप¥यो त ? घरमै बसेर विएस्सी पढिरहेको मान्छे । आफ्नै देशमा केही गर्न सकिन्छ नी यार ।’

मैले जिक्कियको स्टिगरसहित लेखें ‘तिम्रो ओठ निचो¥यो भने दुध आउन सक्छ ? सायद, जुंगाको रेखी पनि बस्न पाएको छैन होला ? यस्तो कलिलो उमेरमा कोरिया आएर दुख्ख पाउँछौ । कोरिया तिमीले सोचेँ जस्तो सजिलो पनि छैन । त्यसैले, नेपालमै आफ्नो करियर बनाउनतीर लाग्दा उचित हुन्छ नी ।
’ 
भोलीपल्ट जवाफ आयो ‘के गर्नु दाई ? नेपालमा बसेर ? तपाई जान्न चाहनुहुन्छ ? एकपटक नेपाल आएर हेनुर्स् ।’ उनले ठुस्सिएको स्टिगरसहित टेक्स पठाए । ‘दाई, म तपाईको फेसबुकको फलोहर हुँ र सुभचिन्तक पनि । यो सानै उमेरमा प्रदेश पस्नु मेरो पनि रहर कहाँ हो र ? समाज र राष्ट्रको परिस्थिति र पारिवारको बाध्यताअनुसार नै मैले सोँच बनाएको हुँ । यदि, सक्नुहुन्छ र चाहानुहुन्छ भने कोरिया आउने उपाय बताइदिनुहोस् । आभारी हुने थिए ।’

मैले नम्बर मागें र फोन डाउल गरें ।

कोरियन जनजिवनका कति कुरा सुनाएँ । स्वदेशका कति कुरा बुँझाए । सक्नेजति फकाए । अलिकति आफ्नो पन देखाएँ । अलिकति कोरियाका दुख देखाएँ । अलिकति आश्वासन देखाएँ । अलिकति स्नेह देखाएँ । र कोरियन भाषा होइन, विएस्सीनै नियमित पढ्न लगाएँ । 

त्यसपछि उनीसंग नियमित म्यासेज आदानप्रदान भइरह्यो । अत्यन्तै अध्ययनशील, मिहेनती र समझदार छन् । विएस्सी पास गरेर मास्टर डिग्रीको पहिलो बर्षमा अध्ययनरत उनी हाल विहान कलेज पढछन् र दिउसो एक स्कुलमा पढाउछन् । मासिक तीस हजार कमाउछन् ।

धेरै समयपछि हिजो उनले म्यासेज पठाएका रैछन् ‘दाई, मैले स्कुल पढाउन छोडिदिए र कोरियन भाषा पढ्न थाले । तपाईको कुनै प्रतिक्रिया ?’
http://nagarikplus.nagariknews.com/epaper/src/epaper.php?id=3172#page/23

जुलाईबाट कोरियामा विदेशीलाई निशुल्क कोरोना खोप, कसरि लगाउने ?

निकुञ्ज तिवारी सउल, २८ मे २०२१ दक्षिण कोरियामा बसोबासरत विदेशी नागरिकले पनि आउँदो जुलाई पहिलो साताबाट सरकारले निशुल्क उपलब्ध गराएको एस्टाजेन...