Showing posts with label हाइकु. Show all posts
Showing posts with label हाइकु. Show all posts

Saturday, October 7, 2017

वियोेगान्त केही हाइकु

हाइकु- निकुन्ज तिवारी 

निकुञ्ज तिवारी
---------------

मौसम जस्तै
परिवर्तनशील
उनको मन ।
...
आँखा नछोपी
सधैं निधाइरहे
तिम्रो यादमा ।
...
मुटुका याद
आउ, संगै झिकेर
लिलामी राखौं ।
...
उनले दिएको
चोट, पीडा र दुख्ख
मैले भुल्दिए ।
...
आफ्नै छाया हो
दुख्खसुख्खको बेला
जिवन्त साथी ।
...
अति भएसी
पीर, पीडा र दुख्ख
मुस्काउँछन् ।
...
रहर छैन
दुख्खको मान्छेलाई
खुशीमा रम्ने
...
अधुरै रहे
फुलझै मुस्काउने
सपनाहरु ।
...
व्यवहारमा
उनी पथ्थर जस्तै
पथ्थर उनी ।
...
बदलिरह्यौ
मौसम जस्तै मन
बुझ्नै सकिन ।








जुलाईबाट कोरियामा विदेशीलाई निशुल्क कोरोना खोप, कसरि लगाउने ?

निकुञ्ज तिवारी सउल, २८ मे २०२१ दक्षिण कोरियामा बसोबासरत विदेशी नागरिकले पनि आउँदो जुलाई पहिलो साताबाट सरकारले निशुल्क उपलब्ध गराएको एस्टाजेन...