Showing posts with label ब्लग. Show all posts
Showing posts with label ब्लग. Show all posts

Sunday, February 11, 2018

सपनामा पोखरा पुग्दा...

writer- nikunja tiwari
निकुञ्ज तिवारी...

‘कृपया, हामीहरु अबको केही मिनट भित्रमा पोखरा अन्तराष्ट्रिय विमानस्थल छिनेडाँडामा अवतरण हुदैछौं ।’

रोयल नेपाल एरलायन्सको वोइन ७७७ की इएर होस्टेज नमिताले मिठो आवाजमा भनिन् ‘हजुररहरुको साथमा हाम्रो यात्रा शुन्दर भयो । यहाँहरुप्रति हार्दिक आभारी छौं ।’

लगत्तै, विमान जमिनमा गुडिरहेको आवाज आयो । दु्रत गतिमा कुदिरहेको विमानको गति विस्तारै कम हुँदै गयो । र गन्तब्यमा गएर रोकियो । र ढोका खोलियो ।

ढोकैनिर उभिएर हात जोड्दै, शीर झुकाउदै मन्द मुस्कानसहित होस्टेजहरुले भने ‘तपाईको यात्रा शुःखद हवोस् ।’ फेरि भेटौला ।’

वा.....ह्वाट अ ब्युटिफूल प्लेस एण्ड क्लाइमेट । तीन छक्क परें म । आँफैसंग प्रश्न गरें । रियल्ली इट्स पोखरा इन्टरन्यासनल इयरर्पोट ? के यो नेपाल नै हो त ? मौन अचम्मित भएँ । एक मन पत्याउँदै एक मन नपत्याउदै विमानको ढोकाबाट बाहिरिए ।

‘पोखरा अन्तराष्ट्रिय विमानस्थल नेपालमा यहाँलाई हार्दिक स्वागत गर्दछौं ।’ स्वागत डोरबाट पहिला नेपाली र पछि अंग्रजीमा स्नेहस्पर्शी आवाज आएपछि ढुक्क भएँ । हो रैछ हाम्रै नेपाल ।

शान्त, शालीन र सम्मानपूर्वक अभिवादन गर्दै यात्रुलाई लगेज हस्तान्तरण गर्दैछन् कर्मचारीहरु । त्यसरीनै, हार्दिकतासाथ चेक जाँच गर्दैछन् अध्यागमन विभागका कर्मचारीहरु ।

‘स्वागत छ है हजुर । कहाँबाट पाल्नुभा होला ? केही जानकारी चाहिएमा सोध्नुहोला है ?’
अचम्मित हुँदै मनमा कुरा खेलाइरहे ‘कस्तो नम्र, शीष्ट र मिठासपन सोधाईमा ।’

दायाँ–वाँयाँ प्राकृतिक रमणीयस्थलहरुको जानकारीका बोर्डहरु । कोही, कतै कसैलाई पनि केही सोध्न नपर्ने गरी बनाइएका सांकेतिक र सफा कलरफूल बाटाहरु ।

अध्यागमन विभाग नजिकै विशाल प्रतिक्षालय । फ्रि वाइफाई । यात्रुका लागि राखिएका जानकारी पेपरहरु, दैनिक पत्रपत्रिकाहरु । कोही आउँदै, कोही जाँदै, कोही पत्रपत्रिका पढ्दै, कोही टेलिभिजन हेर्दै, कोही इन्टरनेट चलाउँदै त कोही मोवाइलमा कुरा गर्दै ।

यहाँ पनि जमाना स्मार्टको आइसकेछ । सोंचमग्न भए म आहा, क्या भलाद्मी, क्या अनुसाशीत र सभ्य स्मार्ट मानिसहरु ।

‘आउनुहोस् स्वागत छ यहाँहरुलाई । हामी विमानस्थल बाहिर जादैछौं ।’ सिसै सिसाको लामो टे«नभित्रबाट नेपाली र अंग्रेजीमिश्रित आवाज आयो । बाहिर जानेहरु एक–एक गर्दै विमनास्थलको अन्डरग्राराण्ड टे«नभित्र पसे ।

वाह ...। क्या आरामदाउन । सफा सिटहरु । प्राकृतिक सम्पदाका इन्फर्मसहितका तस्विरहरु । तस्विरका ओरिजिनल स्थानमा पुगेको कल्पना गर्दागर्दै टे«नले इएरपोटको बाहिरी गेटमा पु¥याइदियो ।
म झरेँ
‘पोखमा यहाँलाई हार्दिक स्वागत छ ।’

‘धन्यवाद ।’
‘कहाँ पु¥याइदिउ हजुर ?
‘मालेपाटन।’
‘कहाबाट आउनु भा ?’
‘प्रदेश ।’
‘कति वर्षमा फर्किनु भो ?’
‘दश ।’
‘हँ....अ’
‘अचम्म मान्नु पर्दैन । यो तपाइँले छोडेकै देश । जहाँ प्रत्येक नागरिकको मिहेनत, लगन र परिश्रको चामत्कारिक फल देखिरहनुभएको छ ।’

फराकिला, सफा र चिल्ला सडक । किनारामा हरियाली रुखहरु । सानासाना बुट्यानका बगैँचाहरु । बगैंचारा रङीविरङगी फुलिरहेका फूलहरु । सवारी साधनका लागि अलग–अलग बाटाहरु । सडकपेटी दायाँबायाँ साईकलजोन । रनिङशाला र पैदलयात्रीका लागि रेड कार्पेट आकारका रंगिन पाथहरु । धुलो धुवाँरहित सवारी साधनहरु । इलेक्टिक ट्राफिक सिंग्लनहरु ।

‘हिजो जस्तै लाग्छ, देश छोडेको । कति चाँडै यस्तो अनौठो परिवर्तन भएछ ?’

‘इमान, परिश्रम र लगाव भएमा ब्रामण्डमा असम्भव भन्ने चिज के नै छ र हजुर ? सभ्य, संस्कार र सम्मानित शहर ब्यवस्थित छ । मापदण्ड अनुसारका अग्ला अग्ला अपार्टमेन्ट । फराकिला बाटाघाटा, चौविसै घण्टा बिजुली, पानी फालाफाल यस्ता अनेकौ सुविधा दिएको छ सरकारले जनतालाई ।’
उनि भन्दैथिए । ‘अहिले बल्ल गौतमबुद्धले दिएर गएको शान्तिको शन्देश प्रवाह भइरहेको छ ।

पोखरा मात्रै होइन, पुर्व–पश्चिम, उत्तर–दक्षिण जहाँसुकै सामाजिक, साँस्कृतिक र आर्थिक उन्नति चरमोत्कर्षमा छ । भाइभाइमा एकता, मातृत्व र भातृत्व छ । राजनीतिक दलमा मेलमिलाप छ । नागरिकमा देशप्रतिको जिम्मेवारी बोध प्रगाढ छ । विकासको गति दैनिक उच्च छ । बन्द, हड्ताल, महङ्गी, भष्ट्रचार त सुन्य नै छ हजुर ।’

झ्यालको शिशाबाट भ्याउने जति दृश्य आँखाहरुले दिमागमा कैद गरिरहेका भएपनि कानचाही एकाग्र छन् उनको वयानमा । मिलाई तपाइँको टेक्सीमा पोखरा घुमाइदिनुहुन्छ ?’ उनको वयानलाई बिचमै रोक्दै मैले अनुरोध गरे ।’ हार्दिक स्वागत छ ।’ विनम्र भावमा उनले भने ।

त्यतिन्जेल म चढेको ट्रयाक्सी पोखरा रङ्गशाला गेट नजिकै गुढिरहेको छ । पृथ्वीचोक आउन आउन लागेको छ । त्यहाँका सडक, बजार, सवारीसाधन र ट्राफिकको व्यवस्थापन देख्दा म कुनै उच्च विकसित मुलुकको सुन्दर सिटीमा छु । जस्तो भान भइरहेको छ । ग्यालेक्सी एस सेवेन एज मोवाइलको क्यामरामा यहाँका दृश्यहरु क्याच गरिरहेकोछु । ट्रयाक्सीको प्लेअडियोमा स्वदेशगान गुञ्जिइरहेको छ । बजारका सटरहरु खुल्नेक्रममा छन् ।

अहिले हामी चढेको ट्याक्सी नयाँबजारको सडकमा गुडिरहेको छ । ट्याक्सीभित्र हामी मौन छौं । महेन्द्रपुल आउनै लाग्यो । म अचम्मित छु । कहाँको दश वर्ष पहिला मैले देखेको त्यो गुचुमुच्च बजार र साँघुरा कालोपत्रे उक्केका सडक । कहाँको आज मैले हेरिरहेको मेरो पोखरा ।

ट्याक्सीमा रहेको सीसीक्यामराको फुटेजले महेन्द्रपुल कटेको संकेत ग¥यो । नदिपुरहुदै बगर जाने इश्केच देखायो । उनको मौनता भङ्ग गर्दै म बोलें–

‘यो ट्याक्सी कहाँ किन्नुभयो ?’
‘यहीँ किनेको हुँ हजुर । दुई वर्ष पहिला । पाँच लाख रुपैयाँमा । नेपालकै टप टेनमा पर्ने ब्राण्डेड कार कम्पनी पोखराकार । यसको मुख्यकम्पनी लेखनाथमा छ ।’

‘वाह..। स्वदेशमै कार कम्पनी । तैपनि, पोखरामै ?’ मैले अचम्म मान्दै सोधें । ‘यहाँ अन्य के के कम्पनी छन् । प्लिज ‘व्रिफिम मी ।’

अँ‘म तपाईलाई सबै बताउँछु । क्याम्पस गेट नजिकै चिया पिउँदै ।

उनि कार पार्किङ् गर्न लागे । म क्याम्पस गेटबाट मुन्टो चिहाएर भित्र हेरें ।
मैले अध्ययन गरेको पिएन क्याम्पसको लुक्सनै फेरिएछ । हार्वड विश्वविद्यालयको झल्को दिने बनाएछन् । मलै मनमनै सोचिरहँे । 

चियाँको चुस्कीलिदै उनि बोले ।

‘५० को दशकमा गृहयुद्धमा फसेको नेपालले दश वर्षमा धेरै मानविय तथा आर्थिक भौतिक क्षेती व्यर्होर्नु प¥यो । ६० को दशकमा शान्ति प्रक्रियामा आएपछि पछिल्लो केही वर्षमै चामत्कारिक विकास ग¥यो । जसको आधार – विकासमैत्री सरकारी नीति, लगानी योग्य वातावरण, इमान्दार कर्मचरीतन्त्र र मिहेनती नागरिक हुन् ।’


उनले सविस्तार बर्णन गर्दै गए–


गृहयुद्ध ताका र शान्ति प्रक्रियमामा आएपति युवाहरु कोही देशभित्रै त कोहि इजरायल, साउदी, कतार, दुबै, अरब, मलेसिया, हङकङ, जापान, जर्मन, कोरिया लगायतका अन्य छिमेकी राष्ट्रमा काम गर्न गए । त्यहाँबाट विभिन्न सिप र अर्थ आर्जन गरी स्वदेश फर्के । र स्वतन्त्र रुपमा उद्योग तथा कर्षि फाम खोले । र आय आर्जन गर्न लागे । सरकारले उनिहरुलाई आर्थिक लगानी तथा स्वरोजगार सम्बन्धीत शीपविकास तालिम दियो । अहिले नेपालको प्रतिव्यक्ति आय वार्षिक २० हजार ५ सय अमेरिकी डलर छ ।’

म छक्क प¥र्दै बोले– ‘तपाई मलाई पागल बनाउँदै हुनुहुन्छ ।’

यही क्याम्पसमा पढाउने कुनै प्रध्यापककोभन्दा कम छैन उनको लेक्चर शैली । म सुनिरहेछु । उनि भनिरहे ।

‘हत्तेरी हजुर । म त्यस्तो पनि सोँचुला हजुरलाई । हजुर त हाम्रो पाहुना हो नी । तपाईलाई थाहा छ ? हामीमा समय, पैसा र श्रमको एक–एक हिसाव हुन्छ । त्यसैको उपज प्रविधि र विधिले मानवजीवन सरलीकृत बनेको छ । जीवनशैली सुविधाजनक छ । राष्ट्रको विकासप्रति हामी इमान्दार, वफादार र लगनशील छौ ।’


‘कारण के हो त ?’ मैले उत्सुक हुँदै सोँधे ।


‘कारण इमान र लगावको हो हजुर । प्रकृतिले मात्रै हावा, पानी र माटो दिएको देशका हामीले  ‘आफ्नो गाउँ आफै बनाऊ ।’ नारा अंगाल्यौ र दु्रत विकास ग¥यौ । अहिलेको विकासको गति उच्च देख्दा हामी हरेकको छाती गर्वले फुल्छ ।

यहाँका व्यवसायीक भवन हेर्नुस् । चिल्ला र सफा सडक हेर्नुस् । औधोगिक कलकारखाना, शैक्षिक क्षेत्र र मठमन्दिर कुनै समृद्ध मुलुकभन्दा कम छैन् । देशको परिवर्तन दिनप्रदिन उच्च छ । आजका हरेक युवामा जिज्ञाशा, चेतनासंगै नयाँ विषयको खोजी र जोखिम मोल्ने शामथ्र्य छ । र उनिहरुकोे दिमागमा राष्ट्र बनाउन सोच र पाखुरामा शक्ति छ ।’


‘कसरी आयो त यस्तो चेतना ?’



‘राष्ट्रको शान्ति र आर्थिक उन्नतिका लागि नेतृत्व र सर्वसाधारण सवैमा राष्ट्रप्रति जिम्मेवारी, लगनशील र इमान्दारीता बोध बढ्यो । मुलुकको आवश्यकतावमोजिम प्रभावकारी विकास नीति र दृढ इच्छाशक्ति भएको राजनीतिक नेतृत्व र लगनशील नागरिककै कारण देश छोटो समयमै आधुनिक एवं औद्योगिक राष्ट्रमा रूपान्तण भयो । तपाईले देखेको आजको देशको उन्नति सबै युवाको देन हो । तपाईले भोगेको र आजकोसंस्कृति, भाषा, खानपान र कार्यकौशलमा नितान्त भिन्न छ । हामी भन्छौ । धैरे खाउँ । छिटो–छिटो काम गरौें । स्वस्थ बनौं र देश समृद्ध बनाऊ । हाम्रा युवा देशको मेरुद्धण्ड हुन् । हरेक पक्षमा सक्षम छन् । आजका युवाहरु दैनिक दश घण्टाभन्दा बढि कठोर परिश्रम गर्छन् । त्यस्तै, छिमेकी राष्ट्रबाट पनि रोजगारीका लागि आउनेक्रम बढिरहेको छ ।’


‘विधि, व्यवस्थापनमा कस्तो छ ?’


‘देशको विधि र व्यवस्थापन निकै नै कडा छ । दैनिक उपभोग्य खाद्यबस्तुदेखि औषधीसम्म कहीँ–कतै मिसावट छैन । मिसावट गरेमा अस्वस्थ भइन्छ र काम गर्न सकिदैन । जसले गर्दा प्रतिब्यक्ति आय घट्दै जान्छ र देश उधाँेगतितर्फ जान्छ भन्ने हरेक व्यवसायीमा चेताना छ । नियम–कानुन सबैलाई छ । ठूलो–सानो, जात–भात, धर्म–कर्म, लिङ्ग–वर्ण, पुरुष–महिला कहिँ भेदभाव छैन । शान्ति छ । काटमार, खुट्टा तानातान, लुटपाट, हत्याहिंशा एक रौं पनि छैन । यहाँको दैनिकी एउटा घेरामा बस्न पाइन्छ । पसिना बगाएर खान पाइन्छ । अनि नयाँनयाँ प्रविधिसंग साक्षात्कार हुन पाइन्छ ।’


‘यो कसरी सम्भव भयो ?’

‘युवाले मुलुकको परिवर्तनका लागि इतिहासका कयौं कालखण्डदेखि अहिलेसम्म महत्वर्पूण योगदान दिदैं आए । देश रुपान्तरणका लागि उनिहरुको शीप र क्षमताको भरपुर उपयोग भयो । कृर्षि, पर्यटन, जलस्रोत लगायत पशु पंछीपालन, तरकारी खेतीजस्ता सानातिना कार्यले नै नेपालको उन्नती भएको हो ।

नेतृत्व वर्गदेखि आम नागरिक सवैमा एकता छ । मुलुकबाट मैले के लिए, भन्नु भन्दापनि मुलुकलाई मैले के दिए र के दिनसक्छु भन्ने भावना छ । के युवा, के पौढ र के वृद्ध सवैले सक्नेजति काम ग¥यो भने देशले विकासको गति लिन्छ यहीँ चेत छ हजुर नागरिकमा । नीतिनिर्माताले राज्यभित्रका साधन–स्रोतको अधिकतम सदुपयोग हुने गरी विकासमैत्री रणनीति लिएकै कारण यो अवस्था आएको हो ।’

हामी विन्दुवाशिनी मन्दिरमा घण्टी बजाउँदा बजाउँदै मोवाइलमा आलराम बज्यो । म झसंङग ब्युझेँ । र काममा दौडें ।

Tuesday, February 6, 2018

आबुई राजधानी !


निकुञ्ज तिवारी 



प्रिय, राजधानी काठमाडौं तिम्रो चरणमा स्पर्श गर्न नपाएको लामो समय भएछ। यसै साता केहि दिनका लागि स्मार्ट मोबाइल बोकेर म तिम्रो स्मार्ट सिटीभित्र पस्दैछु। प्रतिक्षा गर ल .

म एकदमै उत्सुक छु। स्मार्ट सहर हेर्न। स्मार्ट सहरभित्रका स्मार्ट सडक देख्न, स्मार्ट सडकमा गुड्ने स्मार्ट साधन चढ्न। स्मार्ट साधनभित्र यात्रा गर्ने स्मार्ट मानिसहरू हेर्न र ती स्मार्ट मानिसले गर्ने स्मार्ट व्यवहारको महसुस गर्न।

काठमाडौं, तिमी स्मार्ट भएको म हेर्न आउँदैछु। जब म तिम्रो स्मार्ट सहरका लागि प्रस्थान गर्नेछु। तब तिमीभित्रका अव्यवस्थित व्यथितिको दुर्गन्ध मभित्र कुनै पनि हालतमा प्रवेश गर्न पाउने छैनन्। पहिला–पहिला तिम्रो सहरका लागि यात्रा सुरू गर्दा मभित्र छट्पटाउने द्विविधाका शंका उपशंका र तिरस्कारले यसपटक पक्कै पनि पालो पाउने छैनन्। र तिम्रो स्मार्ट सिटीका खातिर ममा पूर्ण विश्वास्को खुल्दुली छ–  यसपालिको मेरो यात्रा निसंकोच निष्फिक्रि र रमणीय हुनेछ।

पहिले जस्तै यसपालि यात्रा सुरु गरेदेखि नै ठगिएर म आफूले आफैंलाई धिकार्ने छैन। हीनताले मन लाचार हुने छैन। नेपाल र नेपाली हुनुमा एकदमै गर्वले नाक फुलाउँदै म स्वतन्त्रापूर्वक तिम्रो सहरमा प्रवेश गरी एक फन्को घुम्नेछु । र मेरा केहि काम सहजै फत्ते गरी फर्कनेछु।

तिम्रो सहरका लागि छुट्ने यातायातका साधन स्मार्ट हुनेछन्। स्मार्ट साधन गुडाउने चालक–सहचालक स्मार्ट व्यवहारमा प्रस्तुत हुनेछन्। उनीहरूबाट कुनै तितो दुर्व्यवहार फेस गर्नुपर्ने छैन। भाडादरमा कुनै बार्गेनिङ गर्नुपर्ने छैन। दिनदहाडै कोही ठगिनुपर्ने छैन। साधनभित्र ठेलमठेल गर्नुपर्ने छैन। सीटबाट कुनै पनि दुर्गन्ध आउने छैन। बसभित्र कोचाकोच गरी बस्नुपर्ने छैन।मैले यात्रा गर्ने यातायातका साधनमा कुनै खराबी आउने छैन। कुनैपनि सवारी साधनहरू सडकमै बिग्रे पनि लथालिङ्ग भताभुङ्ग अव्यवस्थित छाडिने छैन। तत्काल किनारा लगाइ मर्मत गरिनेछ। जसका कारण राजमार्ग बन्द या जाम हुनेछैन। छाडा चौपाया कहिँ पनि देखिने छैनन्। राजमार्गमा कुनै अवरोध सिर्जना हुने छैन। चालकमा केहि तनाव उत्पन्न हुनेछैन। बस्, फराकिला सफा र चिल्ला सडक हुनेछन्। सडक किनारामा हरियाली बगैंचाहरू हुनेछन्। र ती बगैंचाबाट निस्कने स्वच्छ अक्सिजन र फूलहरुको वास्ना।

त्यस्तै राजमार्ग छेउछाउका होटल, रेष्टुराँ र सौचालय व्यवस्थित र सफा हुनेछन्। शौचालयबाट निस्कने गन्धजस्तो दुर्गन्ध, होटल र रेष्टुराँहरुका किचनबाट निस्कने छैन। होटल र रेष्टुराँहरुका किचन र खानाखाने डेक्सबेन्चबाट निस्कने गन्धजस्तो दुर्गन्ध शौचालयबाट निस्कने छैन। होटल, रेष्टुराँको वरिपरिको वातावरण सुगन्धित र स्वस्छ हुनेछ। पानी सफा र स्वस्थ हुनेछ।

हरिया र राता टाउँके झिंगा घुमिरहेको बासी सडेगलेको होइन, स्वस्थ र ताजा खानेकुरा पाइनेछैन। यात्रामा राजमार्गका होटलमा कहिल्यै खाना नखाने मजस्ताले पनि सजिलै खाना खान सकुन्।  जहाँ मीठो मानीमानी खाइएको खानाले सातदिनसम्म पेट अटसमटस र अनइजि फिलिङ्स हुनेछैन। तिम्रो शहरमा खोलिएका औषधी पसलमा चहार्नुपर्ने छैन।

जहाँँ बीस रुपैयाँ लिटर पाइने पानीलाई चालिस तिर्नु पर्ने छैन। एककप पानीमा एकचम्चा चिनी र चियापत्ती राखेर उमालेको पाँच, दश रुपैयाँको तातो चिनीपानीलाई तीस, चालिस तिर्नुपर्ने छैन। सत्तरी पर्ने रेडबुललाई एकसय दश तिनुपर्ने छैन। एक सय पचास पर्ने सादाखानामा दुई पिस बाख्रीको मासु थप्दा चार सय तिर्नुपर्ने छैन। तिर्नुपरे पनि गुणस्तिरीय र स्वास्थ्यवर्धक हुनेछ।

र खुशीको कुरात यो छ कि यात्रु महानुभावले जुन खाना खान्छन् त्यहीँ खाना होटल संचालकहरुले  खाएको देख्न पाइनेछ। संचालकहरूले यात्रुलाई पाहुनासमान सम्मानित व्यवहारले आदरसत्कार गर्नेछन्।

स्मार्ट राजधानी पस्ने मुख्यद्वार थानकोटको उकालोमा एक मिनट पनि जाम हुनेछैन। थानकोट उक्लेर काठमाडौं लागेपछि यसअगाडि म भित्रको एउटा मन् गर्वले गदगद् हुन्थ्यो। किनकि, शरीरका बाहिरी आवरणमा मात्र होइन, देशको मुख्य माटोलाई मेरो फोक्सोसम्म पुर्याउन पाउँथे।  मभित्र अचाक्ली देशभक्तिको महसुस हुन्थ्यो। यसपटकको यात्रामा यस्तो महसुस गर्न कदापि पाउने छैन।

देख्न पाउनेछैन– धूलो–धुँवा, फोहोरमैला र कोलाहल। साँघुरा सडक, भग्नावशेष सार्वजनिक सम्पति,  जीर्ण अवस्थाका सवारीसाधन,  सार्वजनिक सवारीसाधनमा हुने कोचाकोच, सडक किनारामा जम्मा हुने बेरोजगारको भीड,  अव्यवस्थित ट्राफिक,  फुटपाथको लथालिङ्ग व्यवसाय,  मगन्तेको रोदन,  ट्याक्सीहरूको लुट। सपिङ मलको मनपरितन्त्र,  खुल्ला सार्वजनिक स्थलमा गरिने दिशापिसाब,  छाडा चौपाया,  आवाशगृह वा व्यवसायिक भवन बनाउँदा प्रयोग गरिने फुटपाथको धराप।

देख्न सुन्न पाउनेछु– सफा, सुन्दर र हराभरा स्मार्ट राजधानी। चाक्ला, चिल्ला र फराकिला स्मार्ट सडक, हरेक सवारीसाधनका लागि छुट्टाछुट्टै बाटा, सार्वजानिक सम्पतिको व्यवस्थित संर्वधन र संरक्षण, खुलमखुला सवारीसाधन, स्मार्ट ट्राफिक सिग्लन र जेब्राक्रस, साइकलजोन,  वाइफाइजोन, व्यवस्थित ढलनिकास। यस्तै  व्यवस्थित पैदलमार्ग, नो मगन्ते, सबै रोजगार, ट्याक्सिको मिटरसिस्टम, कुनैपनि सामाग्रीको मुल्यमा एकरुपता, व्यवस्थित बसाई,  सफा र गुणस्तरिय खाजाघर। सुन्न पाउनेछैन– सार्वजनिक सवारीसाधनमा हुने बार्गेनिङ, र तुच्छ व्यवहार। त्यहाँबाट निस्कले ध्वनि, सहचालको कर्कश आवाज, अभद्र शब्द।

सुन्न पाउनेछु– सवारीसाधनमा हुने शिष्टाचार, सम्मान। सवारीसाधनको मधुर आवाज, चालक सहचालकको नम्र र मीठो बोली, सार्वजनिक कार्यलयमा नागरिकप्रति गरिएको नम्रता, शिष्टता र आदार, कामप्रतिको जिम्मेवारी र कर्तव्यको सत्कार। साना, मझौला तथा ठूला सपिङ मलमा समान नकिन्दा पनि ग्राहकलाई गर्ने शिष्टता।

भोग्नुपर्ने छैन– कुनै सानो काम लिएर सार्वजनिक कार्यालयका कर्मचारीसँग अनुरोध गर्दा उनीहरूले गर्ने अनैतिक व्यवहार। ढिलासुस्ती, घुसखोरी, र तिर्नुपर्ने छैन दुई रुपैयाँ पर्ने फोटोकपीलाई पन्ध्र रुपैयाँ, दश रुपैयाँका हुने फोटो धुलाईलाई तीस रुपैयाँ, दश रुपैयाँ पर्ने टिकटलाई पन्ध्र रुपैयाँ, एकसय पनि नपर्ने खानालाई दुईसय पचास रुपैयाँ।

भोग्नुपर्नेछ – छिटोछरिता कर्मचारीतन्त्र। शिष्ट र नम्र बोली व्यवहार, एक घण्टामा हुने काम दश मिनटमा,  व्यवस्थित एवं मर्यादित सार्वजनिक निकाय, सस्तो सुलभ र हरेक नेपाली समक्ष पुग्न सकेको सहरको बसाई, सफा र  गुणस्तरीय खाना,  व्यवस्थित र सर्वसुलभ बास।

ओ काठमाडौं१ मलाई यस्तै स्मार्ट राजधानी हेर्ने रहर छ।

Wednesday, October 18, 2017

कोरिया प्रश्नैपश्न


निकुञ्ज तिवारी
.............................

nikunja tiwari
‘म भर्खर १८ पुगेर १९ बर्ष लाग्दैछु । विएस्सी फस्ट सेमेस्टरको स्टुडेन्ट हुँ । मलाई कोरिया आउने रहर छ । रहर मात्र होइन, बाध्यता पनि छ । कोरियन भाषा परीक्षा कहिले हुन्छ होला ? कोरिया आउन कति उमेर हुनुपर्छ र कति पैसा लाग्छ ?’

फेसबुक पेजमा दाई सम्बोधनमा आएको टेक्स म्यासेजको मैले सामान्य जानकारीमुलक रिप्लाई दिए । र सोधें –

‘ए भाई, यती सानै उमेरमा कोरिया नै किन आउनुप¥यो त ? बल्ल १९ वर्ष टेक्दै हुनुहुन्छ । र घरमै बसेर विएस्सी पनि पढ्दैहुनुहुन्छ ।’

मैले टेक्स म्यासेज पठाए । र जिक्कियको स्टिगरसहित लेखें ‘तपाईको ओठ निचो¥यो भने दुध आउन सक्छ ? सायद, जुंगाको रेखी पनि बस्न पाएको छैन होला ? यस्तो कलिलो उमेरमा कोरिया आएर के गर्नुहुन्छ ? कोरिया तपाईले सोचे जस्तो सजिलो पनि छैन । त्यसैले, नेपालमै आफ्नो करियर बनाउनतीर लाग्दा उचित हुन्छ नी ।’ 

भोलीपल्ट जवाफ आयो ‘के गर्नु दाई ? नेपालमा बसेर ? तपाई जान्न चाहनुहुन्छ ? एकपटक नेपाल आएर हेनुर्स् ।’ उनले ठुस्सिएको स्टिगरसहित टेक्स म्यासेज पठाए । ‘दाई, म तपाईको फेसबुकको फलोहर हुँ र सुभचिन्तक पनि । यो सानै उमेरमा प्रदेश पस्नु मेरो पनि रहर कहाँ हो र ? समाज र राष्टको परिस्थिति र पारिवारको बाध्यताअनुसार नै मैले सोँच बनाएको हुँ । यदि, सक्नुहुन्छ र चाहानुहुन्छ भने कोरिया आउने उपाय बताइदिनुहोस् । आभारी हुने थिए ।’

कोरियाका कति कुरा सुनाएँ । स्वदेशका कति कुरा बुँझाए । सक्नेजति फकाए । अलिकति आफ्नो पन देखाएँ । अलिकति प्रदेशका दुख देखाएँ । अलिकति आश्वासन देखाएँ । फेसबुककै नाता हो । तैपनि अलिकति स्नेह देखाएँ । र कोरियन भाषा होइन, विएस्सीनै नियमित पढ्न लगाएँ । 

त्यसपछिका दिनदेखि उनीसंग नियमित म्यासेज आदानप्रदान हुँदैछ । उनले विएस्सी पास गरेर मास्टर डिग्रीको पहिलो बर्षमा अध्ययनरत छन् । अत्यन्तै अध्ययनशील, मिहेनती र समझदार छन् । अहिले उनी विहान कलेज र दिउसो एक स्कुलमा कार्यरत छन् । मासिक २५ देखि ३० हजारसम्म कमाउने गरेको म्यासेजमा लेख्छन् ।
तर, केहीदिन अगाडि उनको म्यासेज आयो ‘दाई, मैले कोरियन भाषा पढ्न थाले । तपाईको कुनै प्रतिक्रिया ?’

नेपाली समाजका उनी एक प्रतिनिधि युवा हुन् । नेपालबाट दैनिक सरदर दुइ हजार युवाले परिवार, समाज र राष्ट्र छोडेर विदेश पलायन हुन्छन् । भने सोच त कतिले बनाउँछन् बनाउँछन् । रोजीरोटीका निम्ती । जसमध्य अधिकाशंको लागि दक्षिण कोरिया निकैनै आर्कषकको केन्द्र हो ।

दक्षिण कोरियामा हाल करिब ५५ हजार नेपालीहरुको बसोबास छ । जसमध्य ५० हजार इपिएसमार्फत आएका छन् । आउनेक्रम पनि जारी छ । भने प्रश्न र समस्याहरु पनि चुलिदै छन् ।

नेपालबाट आउने जिज्ञासाहरु :

१. म कोरिया आउन चाहन्छु, कसरी आउने होला ?

२. कोरियन भाषा पास गर्न गाह्रो छ । त्यसैले म अन्य बाटोबाट आउन चाहान्छु । जसका लागि म १० लाख रुपैयाँसम्म खर्च गर्न तयार छु । कत्तिको सजिलो छ ? कोरियामा मासिक कति लाखसम्म कमाउन सकिएला ?

३. यसपालीको भाषा परीक्षामा कति ल्याए पास भइएला ? र कति पास होलान् ? र कति कोरिया जान पाउलान् ? लेबर कन्ट्याक कहिलेदेखि आउला ? मेरो यति वटा उत्तर मिलेको छ । म पास हुलाँ की नहुला ?

४. म पढ्नको लागि कोरिया आउन चाहान्छु । कसरी एप्लाइ गर्ने होला ? कुन सब्जेट पढ्दा राम्रो होला ? परिवार लान पाइन्छ की पाइदैन ? ग्रीन कार्ड पाइन्छ की पाइदैन ? स्टुडेन्ट भिषामा गएर पैसा कमाउन कत्तिको सहज छ ? 

५. कृर्षीमा राम्रो की मेनुमा ? एग्रीमा कस्तोकस्तो काम पाइएला ? कति समय खट्नुपर्छ ? ओभरटाइम हुन्छ की हुँदैन ? खानाबस्न दिन्छकी दिदैँन ? मेनुफेक्चरमा वेसिक कमाइ कति होला ? कति समय काम गर्नुपर्ला ? ओटी, बोनस कति देला ? काम गाह्रो भयो भने अर्को चेन्ज गर्न मिल्ला की नमिल्ला ?

६. आगामी वर्षको भाषा परीक्षा कहिले होला ? परीक्षाको कोर्ष फेरिएला की नफेरियला ? कोटा कति आउँला ? मेनुफेक्चरमा भर्दा राम्रो की एग्रीमा ? उमेर कतिदेखि कतिसम्म ? योग्यता कति चाहिएला ?

७.अबको सिविटि परीक्षा कहिले होला ? कृर्षिमा गएकोले सिविटि दिदा मेनुमा भर्न पाउलाकी नपाउला ? सिविटि दिदाँ कत्तिको ग्राह्रो प्रश्न आउला ? सिविटि पास गरे कोरिया जाने ग्यारेन्टी होला की नहोला ?

८.म पहिला अबैधानिक भएर बसेको थिए । अध्यागमन विभागले समात्यो र नेपाल पठाइदियो । अव म कोरिया आउन पाउछु या पाउँदिन होला ? अनि सिविटि दिन पाउँछु की पीविटि दिनुपर्छ ?

कोरियामा नेपाली कामदारको संख्या बढेसंगै समस्या र गुनासा र सवाल पनि बढिरहेका छन् । त्यसमध्य औधोगिक उत्पादन क्षेत्रको दाँजोमा कृर्षि तथा पशुपालनमा अधिक छन् ।

रोजगारदाताले समयमा तलब नदिने । सरकारले तोकेको ज्याला र सेवासुविधा नदिने । साप्ताहिक विदा र रातो विदा नदिने । खाना र बस्नका लागि आवश्यक सामाग्री नदिने । विरामी र चोटपटक लाग्दा उपचार विमा र समय नदिने । चाहेको बेला घरविदा नदिने । रोजगारस्थान परिवर्तनका लागि स्वीकृति नदिने । न्युनतम ज्यालामा बढि काम लगाउने । अतिरिक्त कामको पैसा कम दिने । रातीको कामको पनि दिनकै समान ज्याला दिने । कार्यस्थानमा तनाब र गाली दिने लगायत ।

१. मेसिनमा परेर मेरो हात काट्यो । साहुले सान्जे विमा गर्दिएको छैन । अब यस्तो वेला मैले के गर्ने ? कम्पनीले मलाई न्युनतम ज्याला देला की नदेला ? जसका लागि मैले कहाँ सम्पर्क राख्न सक्छुहोला ? 

२.म कोरिया आएको एक महिना हुन लाग्यो । कम्पनीमा काम साह्रै गाह्रो छ । म अर्को कम्पनी चेन्ज गर्न चाहान्छु । यसको लागि मैले के गर्नुपर्ला ? र साहुले लेटर दिएन भने के गर्ने होला ? अनि काम छोडेको बेला कहाँ बस्ने होला ? सजिलो र धेरै तलब, बोनस र विदा भएको कम्पनी खोजिदिनुहुन्थ्यो की ? कतातीर काम धेरै पाइन्छहोला ?

३. साहुले स्वास्थ कार्ड बनाइदिएन । कहाँ सम्पर्क गर्नेहोला ? 

४. कम्पनीमा कार्यरत पहिला आएको नेपालीले काममा यातना दियो । साहुसंग लेटर मागेको दिदैन । काम पनि गाह्रो छ । बस्नको व्यवस्था राम्रो छैन । यस्तो बेला मैले के गर्ने होला ?

५. कम्पनीमा मेरो कारण धेरै क्षति भो । गाडी चलाउँदा ठोकियो । भाषाका कारण मेसिन अपडेट गर्न गाह्रो भो । तलब काट्ने कुरा गरेको छ । र मलाई पनि निकाल्ने कुरा गरेको छ । काम चेन्ज गर्ने अप्सन छैन । कसो गर्ने होला ? भिषाअबधि थोरै छ ? 

६. इ–९ भिषाबाट इ–७ बनाउने कसरी हो ? हामीले विद्यार्थी भिषामा चेन्ज गर्न पाइन्छ की पाइदैन ? इपिएस भिषावालाले परिवार ल्याउन पाइन्छ की पाइदैन ? 

७. मेरो भिषा अवधि सकिदैछ । भाषा पनि त्यति राम्रो आउँदैन । र सिविटि दिने उमेर पनि सकिन लागेको छ । कोरियामा षणनर्थी जी–वन भिषा बनाउने कसरी ? 

८. कम्पनी बन्द भयो । मेरो तलब पाएको छैन । अव कहाँ सम्पर्क गर्नुपर्ला ?

९.मलाई ढाडको समस्या छ । पीनासको समस्या छ । रिंगटा लागिरहन्छ । ग्यास्टीकको समस्या छ । डिप्रेशनको औषधी खाइरहन्छ । पीसावको समस्या छ । पायल्सको समस्या छ । आधी टाउँको दुख्ने समस्या छ । आँखा दुख्ने समस्या छ । तर भाषा आउँदैन । कोरियामा नेपाली डाक्टर छैनन् ? कसरी सम्पर्क राख्ने होला ?

१०. म विदा लिएर नेपाल जाने तयारी गर्दै छु । नेपाल गएर के गर्नुपर्छ र फर्कदा स्वास्थ इन्स्युरेन्स, श्रम स्वीकृत लिनुपर्छ की पर्दैन ? फर्कदा साहुले अवैधानिक बनाइदिन्छकी ?

११. यहाँबाट बैंकमार्फत पैसा पठाउने तरीका कसरी हो ? नेपालमा खाता खोल्ने कसरी हो ? मैले पठाएको पैसा पुगे नपुगेको कसरी थाहा पाउने ? आजको रेट कति छ ? हुण्डी सस्तो की बैंक ? कोरियाका कुनकुन बैकबाट पैसा पठाउन मिल्छ ? शुल्क कति लाग्छ ? 

११ हुण्डीबाट पठाएको पैसा हुण्डीवालाले दिएन । भ्वाइपको पैसा दिएन । सापटी लगेको पैसा दिएन । साहुले तलब दिएन । थेजिकम बापत आउने पैसा दिएन । कहाँ उजुरी गर्ने होला ?

१२. सगै काम गर्ने कोरियनले पिट्यो । फलानो देशको मान्छेले अभद्र व्यवहार ग¥यो । हात हाल्यो । कहाँ उजुरी गर्ने होला ?

१३.म कोरिया छु । नेपालमा मेरो नाममा भएको पैसा निकाल्नु प¥यो । घर,जग्गा, पसल बेच्नुप¥यो ? कुनै उपाए छ की ? 

१४. अर्को वर्षका लागि कति तलब बढ्ला ? बढेको तलब साहुले देला की नदेला ?  

छोटो समयमा चरम विकासको फड्को मारेको दक्षिण कोरियामा करिब २० लाख आप्रवाशीहरु बसोवास गर्छन् । जसमध्य वैधानिक कामदार १० लाखको हाराहारीमा छन् । भने अवैधानिक रुपमा रहेका कामदारहरु ३ लाख भन्दा बढि छन् । 

पछिल्लो एक आँकडा अनुसार कोरियामा ५५ हजारको हाराहारीमा नेपालीहरु बसोवास गर्छन् । जसमध्य ५० हजारभन्दा बढि इपिएस कामदार छन् । तर उनिहरुको गुनासो सुन्ने र सुझाब दिने निकाय सुन्य प्रायः छ ।

‘नेपाली दुतावासले म¥यो भने ढिलोचाडो लास पठाइदिन्छ । कामदारका लागि अन्य काम खासै गर्दैन ।’ गत आइतबार सउलमा भेटिएका एक नेपालीले भने । ‘यहाँको दुतावास नेपाली कामदारमैत्री छैन ।’

Saturday, October 7, 2017

कोरिया र नेपाली युवा

nikunja tiwari

south korea and nepali youth.
निकुञ्ज तिवारी...........
देखाई सुनाई र पढाइमा दक्षिण कोरिया जति शुन्दर र सभ्य छ । भोगाई र व्यवहारमा अलिक फरक छ । एसियामा चौथो र विश्वमा दशौं स्थानको विकसित मुलुक कोरियामा वर्षेनी लाखौं आप्रवाशी कामदारहरु कामको खोजिमा भित्रिन्छन् । 

दक्षिण कोरियाले सन् ९० को दशकमा चरम विकासको गतिलिएसंगै नेपाली युवाहरु रोजगारीका लागि यहाँ आउन थाले । इपिएस माध्ययमभन्दा पहिला विभिन्न एजेन्सीमार्फत कोरियमा आएका थिए । 

जब सन् २००७ देखि कोरियाले रोजगार अनुमति प्रणाली ‘इपिएस’ लागु ग¥यो । तब नेपाली युवाहरुले कोरियामा रोजगारीको अवसर पाउदै गए । त्यसपछि कोरियाले १६ छिमेकी देशबाट बार्षिक हजारौं अदक्ष कामदारहरु भित्राइरहेको छ । 

हाल कोरियामा नेपालीहरुको संख्या दैनिक बढ्दो छ । पछिल्लो एक आंकडाका अनुसार इपिएस मार्फत ४८ हजार र अन्य विभिन्न माध्ययमबाट आएका गरी करिब ५५ हजारको हाराहारीमा नेपालीहरु बसोवास गर्छन् ।

दक्षिण कोरिया विश्वमा सातौं आत्मनिर्भर भएको देश हो । पाँच करोडको हाराहारीमा रहेको यहाँको जनसँख्याको शतप्रतिशत साक्षर छन् । कोरियन श्वास्थस्तरमा विश्वमा तेस्रो स्थानमा रहेको छ । 
विश्वकै पहिलो दु्रत इन्टरनेट सेवा भएको कोरियाका ९५ प्रतिशत जनसंख्या इन्टरनेटको पहुँचमा छन् । यहाँका मानिसको दैनिक गतिविधि सुचनाप्रविधिसंग सम्वन्धित छ । र सुरक्षा पनि ।


विकास गती ः

२० औं सताब्दीमा उच्च गरिबीको रेखामुनि रहेको दक्षिण कोरिया २१ औं सताब्दीमा आइपुग्दा विश्वमा तहल्का मच्चाइरहेको छ । सन् १९५० को दशकमा गृहयुद्धमा फसेको कोरियाले चरम भोकमरीको सामना गर्नुपरेको थियो । 

नेपाल लगायत अन्य छिमेकी राष्ट्रले खाद्यान्न सहयोग गरेको कोरियाले पछिल्लो ६० वर्षमा चामत्काररिक विकास ग¥यो । यहाँको विकासका आधार – विकासमैत्री सरकारी नीति, लगानी योग्य वातावरण, इमान्दार कर्मचरीतन्त्र र मिहेनती नागरिक मात्रै हुन भन्दा फरक पर्दैन । 

नागरिकहरु कोही देशभित्रै त कोहि इजरायल, साउदी अरब, मलेसिया, हङकङ, जापान, जर्मन, दुबै लगायतका अन्य छिमेकी राष्ट्रमा काम गर्न गए । त्यहाँबाट विभिन्न सिप र अर्थ आर्जन गरी स्वदेश फर्के र स्वतन्त्र रुपमा उद्योग तथा कर्षि फाम खोले । र आय आर्जन गर्न तर्फ लागे । 

गृहयुद्ध पश्चात् कोरियाले पहिलो पटक सन् १९६० मा पञ्चवर्षिय राष्ट्रिय कार्ययोजना लागु ग¥यो । त्यो संगै विकासका कार्य थालनी गर्दा नै यहाँको प्रतिब्याक्ति आय ८० अमेरिकी डलर थियो । 

सन् १९९७ सम्म १० हजार अमेरिकी डलर पु¥याउने लक्ष्य राखेको कोरियाले सन् ६० अगाडि लागेको उच्च आर्थिक मन्दीका कारण सफल हुन सकेन । यद्यपि, प्रतिब्यात्ति आय क्रमश वृद्धि हुदै गयो । सन् १९८० मा १६ सय डलर रहेकोमा सन् १९९८ मा प्रतिब्याक्ति आय करिब सात हजार डलर पुग्यो । 

त्यसरीनै सन् २००० मा १० हजार पु¥यायो । सन् २००१ मा सरकारले आर्थिक मन्दीको अन्त्य भएको घोषण  ग¥यो । सन् २०१७ को मध्यसम्म आइपुग्दा २९ हजार १ सय १५ डलर रहेको छ । भने विश्वका १७ राष्ट्रका नागरिकलाई प्रत्यक्ष रोजगार दिइरहेको छ । भने अन्य कतिपय देशका नागरिक अपत्यक्ष रोजगारी दिइरहेको छ ।

परनिर्भरबाट आत्मानिर्भर ः

५०–५३ को दशकमा गृहयुद्धमा फसेको कोरिया त्यसको केही वर्ष हरेक क्षेत्रमा जर्जर थियो । सन् १९४५ मा जापनी उपनिवेशबाट मुक्ति र आन्तरिक युद्धका कारण तहसनहस भएको कोरियासंग आर्थिक पुर्वाधारका निम्ती साधनस्रोतको अभाव थियो । हरेक कुरामा बैदेशिक सहायताको आवश्यकता थियो । 
विकिपिडियाका अनुसार कुल ग्रार्हस्थ उत्पादनमा १७२ राष्ट्रमध्य अन्तिममा थियो । यहीँ स्थितिमा कोरियाले सन् १९६० देखि रण्ाँनीतिक रूपमा आथिर्क विकास योजनाको सुरुवात गरेको थियो ।
यो ५७ वर्षमा छोटो अवधिमा कोरिया एउटा विकसित आधुनिक एवं औधोगिक राष्ट्रमा रुपान्तरित भएको छ । 
छोटै अवधिमा सामाजिक आथिर्क सम्पन्न सम्भव दक्षिण कोरिया विकासका हिसाबले एकै पुस्ताको जीवनकालभित्रै रूपान्तरण भएको हो । र राष्ट्रिय हितमा काम गर्ने हो भने राष्ट्रको उन्नतिमा असम्भव भन्ने छैन भन्ने ज्वलन्त उदाहरण भएको छ ।

निर्वाहमुखी कृर्षिमा आधारित दक्षिण कोरिया अहिले समृद्ध आधुनिक औद्योगिक अर्थतन्त्रमा उदायको छ । आर्थिक विकासका अलवा सामाजिक, साँस्कृतिक र राजनीतिकस्तर पनि विश्वका अग्रणी स्थानमा आइसकेको छ ।

राष्ट्रको आवश्यकताअनुरूपको प्रभावकारी विकास नीति र बलियो राजनीतिक नेतृत्व कै फलस्वरूप अहिले कोरियालीको प्रतिव्यक्ति आयमा ३ सय गुण्ाँभन्दा बढीले वृद्धि भएको छ । 

राष्ट्रको बलियो विकास नीति, नागरिकको निरन्तरता संर्घष र विकासमा ध्यान केन्द्रित सरकारकै उपजका रुपमा लिइन्छ । 

पार्क चुङ ली को योगदान ः

दक्षिण कोरिया विश्वमा सहयोग दिने मध्य दशौं स्थानमा छ । कोरियनहरु त्यसको प्रमुख श्रेय मान्छन् सन् १९६१ देखि १९७९ सम्म सरकारको नेतृत्व सम्हालेका तत्कालिन राष्ट्रपति पार्क चुङ लीलाई । 

मुख्यतः उनले अपनाएको सरकारको विकास नीति, बैदेशिक सहयोग र जनताको स्वर्तहस्फुर्त सहभागिता जस्ता विकासमैत्री कृयाकलापले कोरियाले छोटो समयमा विकासको छलाङ् मारेको हो ।

युद्धपश्चात् छाएको चरम गरिबीलाई सहयोग गर्न बाह्रय राष्ट्रहरुले आर्थिक अनुदान दिए । त्यसको सही सदुपयोग र नागरिकको परिश्रमले नै कोरिया आजको कोरिया हुनपुग्यो । र अर्थतन्त्रमा आफुलाई मजबुत तुल्यायो ।



हान नदिको चमत्कार ः 

कोरियन नागरिकहरु आफ्नो देशको चरम विकासको श्रेय हान नदिलाई दिन्छन् । पुर्वदेखि बग्दै आएको नदि राजधानी सउलको बीचभाग हुँदै पपश्चिमतर्फ बगेको छ ।

कोरियाले अपनाएको ‘सेमाउल’ नयाँ गाउँ अभियानले नागरिकको आर्थिक एवम् सामाजिकस्तर उन्नति उकासेको हो । जनताको ग्रामीण आर्थिक, शैक्षिक, सामाजिक र साँस्कृतिक जिवनस्तर उकास्नका लागि यसले महत्वपुर्ण भुमिका खेलेको मानिन्छ । ग्रामीण आर्थिक विकासको सन्र्धभवमा उक्त अभियानलाई आजसम्म पनि उक्तिकै रुपमा लिइन्छ । 

आफ्नै किशिमको मौलिक नीति अपनाएको दक्षिण कोरियाले पहिला सहयोग लिने देशबाट अहिले सहयोग दिने देशका रुपमा चिनाएको छ । गरीब विपन्न राष्ट्रहरुलाई वर्षेनी आर्थिक सहयोग गरिरहेको छ । 

कोरियाका उत्पाददित बस्तु आज विश्वप्रसिद्ध भएका छन् । सामसुङ, हुण्डाई, किया, एलजीले विश्वबजारमा ब्यापक स्थान पाएका छन् । कोरियाले इलोक्टोनिक्स सामान मोवाईल, कम्प्युटर लगायत यातायातका साधन, पानीजहाज, प्लास्टीक जन्य सामग्री, मेडिसिन, तेलजन्य पदार्थ, फलाम, स्टिल, अर्गानिक केमिकल लगायतका सामाग्री विश्ववजारमा निर्यात गर्छ ।
विश्वका कतिपय गरीब राष्ट्रलाई वर्षेनी आर्थिक अनुदान दिदै आएको दक्षिण कोरियाले एसियाका अल्पविकसीत मुलुकको रोजगारदाता भएको छ । यहाँ रोजगारीका लागि आएका आप्रवाशीहरुले वर्षेनी अबौं डलर रैमिट्यान्स स्वदेश पठाइरहेका छन् ।  

समयको महत्व ः 

कोरियामा समय, श्रम र पैसाको महत्वको एक–एक हिसाव हुन्छ । कार्यस्थानमा होस् या अन्य सभा, गोष्ठि, वा जुनसुकै ठाउँमा नै किन नहोस । उनीहरु तोकिएकै समयमा उपस्थित हुन्छन् ।
त्यसैको उपज प्रविधि र विधिले उनिहरुको बचाइलाई सरलीकृत गरेको छ । जीवनशैली सुविधाजनक छ । नागरिकहरु राष्ट्रको समुन्नतीप्रति इमान्दार, वफादार र लगनशील छन् । उनिहरुमा जिज्ञाशा, चेतनासंगै नया विषयको खोजी र जोखिम मोल्ने शक्ति छ । 
कारण इमान, जवान र लगावकोहो । प्रकृतिले मात्रै हावा, पानी र माटो दिएको देशका नागरिकले ‘पाल्ली–पाल्ली’ ( छिटो–छिटो ) नारामै दु्रत विकास गरे । 
यहाँको विकासको गति उच्च देख्दा हामी हरेक कुरा नेपालसंग दाँज्ने गर्छौ । दैनिक फस्टाउँदो यहाँको विकास । व्यवसायीक भवन, सडक, औधोगिक कलकारखाना, शैक्षिक क्षेत्र, सामाजिक क्षेत्र । 
देशको परिवर्तन दिनप्रदिन उच्च छ । यहाँका हरेक युवामा जिज्ञाशा, चेतनासंगै नयाँ विषयको खोजी र जोखिम मोल्ने शक्ति छ ।

व्यवहार ः

यहाँको संस्कृति, भाषा, खानपान र काम गराई नितान्त भिन्न छ । यिनिहरु भन्छन् (मानी मकयो, पाल्ली इलहेयो) धैरे खाउँ । छिटो–छिटो काम गरौें । बढिभन्दा बढि उत्पादन गरौं ।
अधिक कोरियनहरु नम्र र अशल स्वभावका हुन्छन् । एकाद कडा स्वभावका हुन्छन् । तर साना तथा मझौला, कृर्षि तथा पशुपालन कम्पनी संचालकहरुले कामदारप्रति गर्ने व्यवहार भने पाल्तु होइन छाडा जनवारसमान हुन्छ ।
यहाँ आउने अधिकांश आप्रवाशीहरु आँफूले आर्जन गर्ने धनभन्दा सयैं गुना बढि नमीठा अनुभूतिहरू बोकेर फर्किन्छन् । हिनताबोध, ग्लानी, व्यवहारमा अभाव, मनमा अशान्ति, र स्वाभिमानमा चोटैचोट यावत ।
युवा स्वदेशका लागि मेरुद्धण्ड हो । हरेक पक्षमा सक्षम हुन्छ । तर यहाँ आएपछि अन्धो अदक्ष बन्छ । एउटा काम सिक्न सयौं पटक दोहो¥याउनुपर्छ । काम सहज छैन । दैनिक दश घण्टाभन्दा बढि कठोर परिश्रम गर्नुपर्छ । यहाँको भाषा, र छिटो–छिटो काम नजान्दाको कष्ट, र मालिकको प्रताडना खप्न निकै गाह्रो हुन्छ । स्वदेशमा हाशिल गरेको ज्ञान र सीपको खासै काम छैन ।
सिक्नुपर्ने पाठ ः
हाम्रो जस्तो विकाशशील मुलुकका लागि द.कोरियाको अनुभवबाट सिक्ने मूख्यतः गरिबी न्यूनीकरण र आर्थिक विकासको कार्य हो । राष्ट्रको स्थायी शान्ति र आर्थिक उन्नतिका लागि नेतृत्वदेखि सर्वसाधारणसम्म सवैमा राष्ट्रप्रति जिम्मेवारी, लगनशील र इमान्दारीता हुनुपर्छ । र निरन्तर प्रयास । उद्यमशील नीति हुनु आवश्यक छ ।   
मुलुकको आवश्यकतावमोजिम प्रभावकारी विकास नीति र दृढ इच्छाशक्ति भएको राजनीतिक नेतृत्वकै कारण कोरिया छोटो समयमै आधुनिक एवं औद्योगिक राष्ट्रमा रूपान्तण भएको हो । यहाँको सामाजिक, साँस्कृतिक एवम् आर्थिक विकास एकै पुस्तामा भएको मानिन्छ ।

नेतृत्व वर्गदेखि आम नागरिक सवैमा राष्ट्रिय एकताको हुनु आवश्यक छ । मुलुकबाट मैले के लिए, भन्नुभन्दापनि मुलुकलाई मैले के दिए र के दिनसक्छु । भन्ने भावना पलाउनु आवश्यक छ । के युवा, के पौढ र के वृद्ध सवैले सक्नेजति काम ग¥योभने देशले विकासको गति लिन्छ ।

यद्यपी, नीतिनिर्माताले राज्यभित्रका साधन–स्रोतको अधिकतम सदुपयोग हुने गरी विकासमैत्री रणनीति लिनु आवश्यक छ । 

नेपाली युवा र रेमिट्यान्स ः

राष्ट्र बनाउने दिमागमा सोच र पाखुरामा शक्ति भएका अधिकांश नेपाली युवा कोरिया आएका छन् । उनिहरु दैनिक १० देखि १८ घण्टा सम्म काम गर्छन् । धेरै काम गरेर, धेरै पैसा कमाउन चाहन्छन् । जेहोस् यहाँको कृर्षि क्षेत्र इतर गतिलो आर्जन हुन्छ । र वार्षिक अबौं रुपैयाँ नेपाल भित्राइरहेका छन् ।
तर अदक्ष युवा वर्गलाई कोरियामा काम गर्न त्यति सहज भने छैन । ‘थ्रिडि अर्थात डर्टी, डेन्जर र डिफिकल्ट’कठोर श्रम गर्नुपर्ने बाध्यता, भाषा नजान्दाको कष्ट, र मालिकको प्रताडना खप्न नसकेर कतिपय युवा फ्रस्टेशनको सिकार हुन्छन् । भने कतिपयले मृत्युको बाटो रोज्छन् ।
युवाले मुलुकको परिवर्तनका लागि इतिहासका कयौं कालखण्डदेखि अहिलेसम्म महत्वर्पूण योगदान दिदैं आए । देश रुपान्तरणका लागि उनिहरुको शीप र क्षमताको भरपुर उपयोग भएन । राज्यले सत्र्मागमा हिँडाउन र फाइदा लिन सकेन । 
देश विकाशोन्मुख अवस्थामा छ । कृर्षि, पर्यटन, जलस्रोत लगायत पशु पंछीपालन, तरकारी खेतीमा रोजगारीको प्रचुर सम्भावना छ । तर नेपाली युवाहरु आफ्नो भूमिमा होइन अर्कैको भूमिमा काम गर्न बाध्य छन् । 
स्वदेशको विधि र व्यवस्थापन निकैनै कमजोर छ । जसले जहाँ जे गरेपनि मनपरितन्त्र छ । नियम–कानुन गरीवदुखीका लागि मात्र छ । दैनिक उपभोग्य खाद्यबस्तुदेखि औषधीसम्म केही शुद्धता छैन । 
कोरियमा एउटा घेरामा बस्न पाइन्छ । पसिना बगाएर खान पाइन्छ । अनि नयाँनयाँ प्रविधिसंग साक्षात्कार हुन पाइन्छ । 
http://nagarikplus.nagariknews.com/epaper/src/epaper.php?id=3166#page/19

जुलाईबाट कोरियामा विदेशीलाई निशुल्क कोरोना खोप, कसरि लगाउने ?

निकुञ्ज तिवारी सउल, २८ मे २०२१ दक्षिण कोरियामा बसोबासरत विदेशी नागरिकले पनि आउँदो जुलाई पहिलो साताबाट सरकारले निशुल्क उपलब्ध गराएको एस्टाजेन...