Monday, March 9, 2020

कोरियामा कोरोनाबाट नेपालीहरु सुरक्षित, संक्रमित दर घट्दो


निकुञ्ज तिवारी
इन्छन्, दक्षिण कोरिया
९ मार्च २०२०

दक्षिण कोरियामा कार्यरत आप्रवाशी कामदारहरुमा कोरोनाको लक्षण देखिएको छैन । यो समाचार तयार पार्दासम्म कोरियामा नेपालीहरु सुरक्षित छन् ।

सरकारले दिइरहेको लाईभ अपडेटमा संक्रमित दर पनि घटिरहेको बताइएको छ ।

कोरियामा कार्यरत नेपालीहरुका नेपालमा रहेका आफन्तहरु चिन्तित नरहन यहाँ कार्यरत नेपालीहरुले आग्रह गरेका छन् ।

एनआएनए कोरिया शाखाले सोमबार एक विज्ञप्ती प्रकाशित गर्दै यहाँ रहेका आप्रवाशीहरु हालसम्म सुरक्षीत रहेको जनाएको छ ।

राजधानी सउलबाट ३ सय ५० किलोमिटर दक्षिण थेगु सहरको सिन्छोन्जी चर्चबाट फैलिएको कोरोनाले त्यहाँभने व्यापक रुप लिएको छ । दैनिक ३ देखि ५ सय जनासम्ममा कोरोना भाइरसको लक्षण देखिएको समाचारमाध्ययमरुले जनाइरहेका छन् । 
तर अस्ति, हिजो र आज कोरोनाका विरामीहरु क्रमस घटिरहेका छन् ।

कोरोनाबाट संक्रमित र मृत्युहुने अधिकाशं चर्चका सदस्यहरु रहेका छन् । चर्चका प्रमुखले ली मानहीले सोमबार सार्वजानिक रुपमा माफि मागेका समाचारसस्थाहरुले जनाएका छन् ।

हालसम्म कोरोना संक्रमित हुनेहरु र निधन हुनेहरु अधिकाशं विमारी अवस्थाका वृद्धवृद्धा र बालबालिका मात्र रहेका छन् ।

सरकारले विद्यालयहरु, चर्चहरु, विवाह उत्सवहरु, पार्टी जन्मोत्सवजन्यलगायतका जमघटका कार्यक्रम नगर्न नागरिहरुसमक्ष अनुरोध गरेको छ । तर एकाधवाहेक अधिकाशं उद्योग, कलकारखानाहरु खुलिरहेका छन् ।
राष्टपति मुन जेइनले संक्रमित क्षेत्र थेगुमा गएर नागरिकसमक्ष माफी मागिरहेका छन्। त्यसैगरि बजारमा मास्क नपाउँदा पनि उनले देशबासीसमक्ष माफी माग्दै स्वास्थप्रति सबै नागरिकहरु सचेत रहन आग्रह गरेका छन् ।
दक्षिण कोरियामा हालसम्म ७ हजार ४४८ जना संक्रमित र ५३ जनाले ज्यान गुमाएका छन् । भने १६६ जना निको भएर घर फर्र्किएका छन् ।

चिनको हुवेइ प्रान्तको वुहान सहरबाट निस्कएको कोरोना भाइरस यतिबेला चिन, दक्षिण कोरिया, इटाली, इरान, जापान, सिंगापुर, फ्रान्स, हङकङ, स्पेन, अमेरिका लगायत विश्वका  १०८ देशमा फैलिएको छ ।

करिब २ महिनाको समयावधिमा कोरोनाबाट लाखौं नागरिक संक्रमित भएका छन् भने केही हजारले ज्यान गुमाएका छन् । विश्वभर संक्रमण बढ्दो छ ।

धेरै संक्रमित हुनेमा पहिलोमा चिन छ । जहाँ ८० हजार ७३५ जना संक्रमित भएका छन् भने ३ हजार ११९ जनाले ज्यान गुमाएका छन् ।

इरानमा ६ हजार ५६६ संक्रमित र १९४ जनाको ज्यान गुमाएका छन् ।
इटालीमा ७ हजार ३३५ जना संक्रमित र ३६६ जनाले ज्यान गुमाएका छन् ।
जापानमा १ हजार १९८ जना संक्रमित र १४ जनाले ज्यान गुमाइसकेका छन् ।
फ्रान्समा १ हजार २०९ जना संक्रमित र १९ जनाले ज्यान गुुमाइसकेका छन् ।
अमेरिकामा ५५४ जना संक्रमित र २२ जनाले ज्यान गुमाईसकेका छन् ।
स्पेनमा ६७४ जना संक्रमित र १७ जनाले ज्यान गुमाईसकेका छन् ।


कोरोनाको लक्षणहरु
लगातार ज्वरो आउने ।
खोकी लाग्ने ।
श्वास फेर्न गाह्रो हुने।
निमोनिया हुने।
श्वासप्रश्वासका अन्य रोगहरुको संक्रमण हुने।
मिर्गौला फेल हुने ।
रोगप्रतिरोधात्मक क्षमता कमी भएमा मृत्यु पनि हुने।

कोरोना संक्रमणबाट कसरी बच्ने
सरसफाइमा ध्यान दिने।
धेरै मानिसहरु जमघट हुने ठाउँहरुमा नजाने।
मास्क लगाएर यात्रा गर्ने।
खोक्दा वा हाँच्छ्यु गर्दा अरुलाई नपर्ने तरिकाले नाकमुख छोपेर गर्ने।
बाहिर गएर घर फर्केपछि हातमुख साबुनपानीले धुने।
स्वास्थको ख्याल गर्ने ।
हात नमिलाउने
संक्रमणको संका लागेमा तत्काल अस्पताल जाने

No comments:

जुलाईबाट कोरियामा विदेशीलाई निशुल्क कोरोना खोप, कसरि लगाउने ?

निकुञ्ज तिवारी सउल, २८ मे २०२१ दक्षिण कोरियामा बसोबासरत विदेशी नागरिकले पनि आउँदो जुलाई पहिलो साताबाट सरकारले निशुल्क उपलब्ध गराएको एस्टाजेन...