Wednesday, January 6, 2021

• कोरियामा निशुल्क कोरोना परिक्षण अनुभव र गर्ने तरिका

 निकुञ्ज तिवारी

इन्छन्, दक्षिण कोरिया
६ जनवरी २०२१

कोरियामा चिसो मौसम सुरु भएसंगै केहि सातादेखि कोरोनाका संक्रमितहरुपनि बढिरहेका छन्।

कोरिया सरकारले मुलबासीसंगै कानुनी या ग्रैहकानुनी तबरमा जिवनयापनगरिहेका आप्रवाशी नागरिकको कोरोना परिक्षण निशुल्क गरिरहेको छ।

तपाइँको वरपर पनि संक्रमित छन् ? तपाइँले आजसम्म कोरोना परिक्षण गर्नुभएको छैन ? र कोरोना परिक्षण गर्न मन छ ?

छ भने–

परिक्षण गर्दा भिषा, भाषा, पासपोर्ट र आप्रवाशी परिचयपत्र केहि नभएपनि हुन्छ। मात्र मोवाइल नम्बर भए पुग्छ।
विदाको दिन, शनिबार, आइतबार र हरेक बार विहान नौ बजेदेखि बेलुकी छ बजेसम्म कोरोना निशुल्क परिक्षण गर्न पाइन्छ।

काकाव म्याप वा गुगल सर्चमा 코로나선별지료소 वा COVID-19 screening center सर्च गर्नुहोस। तपाईँ बसेको नजिकै यस्तै सेन्टर देखिन्छन्। त्यहाँ गएर कोरियनमा ‘नान् कोरोनारल् हाक्किनहार वास्सयो।”  वा अंग्रजीमा कोरोना ‘आइ वान्ट टु चेक कोरोना ।’ मात्रै भने पनि हुन्छ।

पहिलो बुथमा रहेका मेडिकल स्टाफहरुले त्यहाँ राखिएको स्यानिटाइजरले तपाईको हात धुन लगाउँछन् र तपाईको नाम र मोवाईल नम्बर लेख्न लगाउँछन् । अंग्रेजिमा पनि लेख्न सकिने छ। र त्यो नाम लेखेको पेपर लिएर तपाईँलाई अर्को बुथमा पठाउँछन् ।

उक्त वुथमा तपाईको नाम र फोन नम्बर चेक गरेपछि खकार र र्याल राख्ने सानो सिसी तपाईलाई दिन्छन् ।

तपाइँ त्यो सिसी लिएर अर्को बुथमा गएपछि त्यहाँ खटिएका स्टाफले तपाइँको नाक र मुखबाट खकार र र्यालको स्याम्पल लिन्छन् र चौविस घण्टाभित्र तपाईको मोवाइलमा परिक्षण नतिजा पठाइदिने जानकारी दिन्छन् ।

भोलीपल्ट तपाइको मोवाइलमा उम्संगइम्निदा आयो भने तपाई सुरक्षित हुनुहुन्छ
यदि, यान्ग्संगइम्निदा आयो भने तपाई कोरोना संक्रमित हुनुहुन्छ ।

No comments:

जुलाईबाट कोरियामा विदेशीलाई निशुल्क कोरोना खोप, कसरि लगाउने ?

निकुञ्ज तिवारी सउल, २८ मे २०२१ दक्षिण कोरियामा बसोबासरत विदेशी नागरिकले पनि आउँदो जुलाई पहिलो साताबाट सरकारले निशुल्क उपलब्ध गराएको एस्टाजेन...