Friday, July 12, 2019

न्युनतम ज्यालाले नेपालीहरु उत्साहित छैनन्



minimum wage for 2020 south korea
निकुञ्ज तिवारी
सउल १२ जुलाई २०१८

दक्षिण कोरियाले आगामी वर्ष सन् २०१९ का लागि २.९ प्रतिशतले न्यूनतम पारिश्रमिक वृद्धि गर्ने निर्णय गरेको छ ।

बढेको ज्याला अगष्ट ५ मा संसदबाट पारित हुनुपर्ने छ । यदि पारित भएमा सन् २०१९ जनवरीदेखि डिसेम्बरसम्म लागुहुने श्रम तथा रोजगार मन्त्रालयले जनाएको छ ।

न्युनतम पारिश्रमिक वृद्धिभएसंगै इपिएस मार्फत कार्यरत आप्रवाशी र तल्लो लेबलका मुलबासी करिब ३३ लाख भन्दाबढि कामदारहरु लाभान्वित हुनेछन् । तर इपिएसमार्फत आउने १७ मुलुकका कामदारहरु त्यति उत्साहित छैनन् ।

जुलाई १२ विहिबार लगातार १३ घण्टासम्म सरकार, मजदुर संगठन र व्यवसायी प्रतिनिधिबीच भएको छलफलमा उक्त निणर्य भएको हो ।

व्यवसायी ९, मजदुर संगठन ९ र सरकारीपक्षका ९ जना गरी २७ जना प्रतिनिधिबिच १२ औं पटकसम्म बसेको बैठकले निष्कर्ष नलिकालेपछि सरकारी पक्षले प्रतिघण्टा ८,५९० र मजदुरपक्षले ८८८० वन हुनुपर्नेमा मतदान भएको थियो ।

जसमा सरकारीपक्षले राखेको ८,५९० मा १५ मत परेको थियो भने मजदुरपक्षले राखेको पस्ताबमा ११ मत परेको थियो ंभने १ मत अनुपस्थित थियो ।

कोरियाका राष्टपति मुन जे इनले सन् २०२० सम्म मजदुरको ज्याला १० हजार वन प्रतिघण्टा पु¥याउने प्रतिवद्धता गरेका थिए । उनको चुनाबी एजेन्डा यो पनि एक मुख्य थियो । तर उनको रणनीति सफल हुन सकेन ।
नयाँ पारिश्रमिक अनुसार प्रतिघण्टा ८ हजार ५९० वन (७.३२ डलर) हुनेछ । ¬यसवर्ष प्रतिघण्टा ८ हजार ३५० वन छ ।

यसवर्ष भइरहेको न्युनतम ज्याला १७ लाख ४५ हजार १५० वनबाट ५० हजार १६० बढेर १७ लाख ९५ हजार ३१० हुनेछ । जुन ज्याला सातामा ४० घण्टा (मासिक २०९ घण्टा) कामगर्ने कामदारले पाउनेछन् ।
जसको नेपाली रुपैयाँ १ लाख ६६ हजार ७७१ हुनेछ । १०० कोरियन वन बराबर ९ रुपैयाँ २९ पैसा आजको दररेट कायम छ । 

‘देशको आर्थिक वृद्धि, मूल्यवृद्धि र ज्यालावृद्धि लगायतका विभिन्न सुचकांकको आधारमा न्यूनतम ज्याला वृद्धि गरिएको हो ।’ ज्याला निर्धारण समितिका अनुसार ‘हरेक वर्ष ज्याला वृद्धि गर्ने सरकारको उद्धेश्य अनुसार ज्याला तय गरिएको हो ।’

यधपि, श्रमिकको हक अधिकारमा कृयाशील टे«ड युनियनहरुले मन्त्रालयले बढाएको ज्यालामा सन्तुष्ट नभएको बताइएका छन् । उनिहरुले अहिलेको ज्याला १० हजार वन हुनुपर्ने माग राख्दै आएका छन् । ‘दैनिक बढ्दो मूल्यवृछि र गुणस्तरिय जीवनका लागि अहिले बढाइएको ज्याला ज्याँदै न्यून हो।’

एसियाका १७ देशका यूवाहरुको आकर्षक रोजगारी स्थल बन्दै गएको कोरियमा प्रत्येक बर्षको तलब बृद्धिले नेपाली श्रमिकहरु उत्साहित बनेका छन् । यधपि, कतिपय साना तथा घरेलु उद्योगहरुमा कार्यरत आप्रवाशी कामदारहरुले भने न्युनतम ज्याला पनि नपाउने गरेको बताएका छन् ।

कृर्षि तथा पशुपालन भिषावाहकका लागि लागि कामादार र संचालकबीच आपसी समझदारीमा ज्याला तय हुने जनाइएको छ ।

आप्रवाशी कामदारको न्युनतम ज्यालाबाट रोजगारदाताले खानाबस्नबापत २० प्रतिशत कटौति गर्न पाउने व्यवस्था छ ।

कोरियाले सन् १९८८ देखि ज्याला निर्धारण समितिमार्फत प्रत्येक वर्ष न्यूनतम ज्याला निर्धारण गर्दै आएको छ । जुन बेलाको न्यूनतम ज्याला ४ सय ६२ वन थियो । सरकारले सन् २००९ मा ६.१, २०१० मा २.७५, २०११ मा ५.१, २०१२ मा ६.०, २०१३ मा ६.१, २०१४ मा ७.२, २०१५ मा ७.१, २०१६ मा ८.१, २०१७ का लागि ७.३, २०१८ का लागि १६.४, २०१९ का लागि १०.९ प्रतिशतले ज्याला बढाएको थियो ।


Wednesday, July 10, 2019

आज बसेको ११ औ बैठक पनि बिना निस्कर्ष

दक्षिण कोरियामा आगामी बर्षका लागि न्युनतम ज्याला निर्धारण गर्न आज बसेको ११ औ बैठक पनि
बिना निस्कर्ष टुंगिएको छ.

रोगजारदाताहरुले परआवर ८,१८५ हुनुपर्ने अडान लिएका छन् भने मजदुर संगठनले ९,५७० हुनुपर्ने माग राखिरहेका छन्.

श्रममन्त्रालयले जुलाई १५ सम्म ज्याला निर्धारण गर्न समय दिएको छ. ज्याला अगस्ट ५ मा संसदबाट पास हुनुपर्ने छ.

Tuesday, July 9, 2019

कोरियामा प्रतिघण्टा १०,००० होला त ?

निकुञ्ज तिवारी
इन्छन् ९ जुलाइ, २०१९..
10,000 korean money
राष्ट्रपति मुन जे इन प्रशासनले सन् २०२० देखि लागुहुने गरि न्युनतम ज्याला प्रतिघण्टा १० हजार वन बनाउने रणनीति लिएको थियो । राष्ट्रपति मुनले आफूँ राष्ट्रपतिय चुनाबमा होमिदा एक एजेण्डा यो पनि बनाएका थिए ।

दक्षिण कोरियामा कार्यरत मजदुर संगठनका प्रतिनिधिहरुले केहि वर्ष अगाडिदेखि नै न्यूनतम ज्याला प्रतिघण्टा १० हजार वन बनाउनुपर्छ भन्दै आइरहेका छन् । आगामी वर्षका लागि यहीँ जुलाईमा न्युनतम ज्यालाका विषयमा मजदुर, सरकार र मालिका प्रतिनिधिहरुबीच बहस हुनेछ ।

त्यो छलफलको १० औं संस्करण पनि विना निष्कर्ष टुङ्गिएको छ । मजदुरपक्षले आगामी वर्षका लागि प्रतिघण्टा १० हजार (मानवन) बनाउनुपर्ने बताइरहेका छन् । भने रोजगारदाताहरुले अहिले दिइरहेको ८३५० वनबाट घटाएर ८ हजार बनाउनुपर्ने अडान लिइरहेका छन् ।

जुलाई ९ मा राखिएको बैठक मजदुरपक्षले बहिस्कार गरी उपस्थित जनाएको थिएन । सरकारका ९, ब्यवसायी ९ र मजदुरपक्षका ९ गरी २७ सदस्यले निर्धारण गरेको ज्याला अगष्ट ५ तारिकमा संसदबाट पास गराउनुपर्ने प्रावधान रहेको छ । 

यसरी १० आंै पटकसम्म पनि आगामी वर्षका लागि ज्याला तय हुन नसक्दा के प्रतिघण्टा मानवन होला त ? 

त्यस्तै, ज्याला वृद्धि गर्नुपर्ने, कार्यस्थान परिवर्तन स्वतहस्फुर्त गर्न पाउने, स्थानिय र आप्रवाशी मजदुरलाई समान व्यवहार गर्नुपर्नेलगायतका माग राखी जुलाई १४ तारिक आइतबार फेन्तेक रेल स्टेशनमा आप्रवाशी मजदुर संगठन –एमटियुले विरोध ¥याली निकाल्ने तयारी गरिरहेको अध्यक्ष उदय राइले जानकारी दिएका छन् ।  

मजदूर प्रतिनीधिहरुले आर्थिक तथा मूल्यबृद्धि र श्रम बजारको आय असमान रहेको जनाउदै आधारभूत ज्यालामा वृद्धि गरिनुपर्ने जोड गरेका छन् । उनिहरुका अनुसार ज्याला प्रतिघण्टा मानवन भएमा न्यून आय भएका करिव २ करोड बढि श्रमिकलाई फाइदा पुग्ने हुन्छ ।

गतबर्षको न्यूनतम ज्याला वृद्धिसंगै अधिकाशं कम्पनी संचालकहरुले आप्रवाशी कामदारहरुलाई दिदै आएको सेवा सुविधामा भारी कटौती गरेका थिए । अतिरिक्त काम गर्ने समय पनि कमी आएको छ ।

खाना र बस्न फ्रिमा दिदैं आइरहेका कम्पनीहरुले तलबबाट पैसा काट्ने संझौतामा हस्ताक्षर गराएका । त्यस्तै बोनस दिने कम्पनीहरुले पनि बोनसमा कतौटी गरेको नेपालीहरुले बताएका छन् ।

कोरिया सरकारले पछिल्लो सयम आप्रवाशी कामदारको खानाबस्न र अन्य खर्च गरी तलबको २० प्रतिशतसम्म काट्न पाउने नियमसंगै आप्रवाशी कामदारहरु मर्कामा परिरहेका छन् ।

खानाबस्न, बोनस र अतिरिक्त समय काम कटौती गर्दा र खानबस्नको महङ्गीसंगै कोरियामा कार्यरत आप्रवाशी कामदारले मुस्कीलले प्रतिमहिना १ लाखदेखि १ लाख ५० हजारसम्म बचत गर्न सक्ने अधिकाशं नेपालीहरु बताउँछन् । 

विभिन्न मजदुर संगठनहरुले कोरियन श्रम बजारको आय असमानतालाई निरुत्साहित गर्न सामान्य मजदुरहरुको न्यूनतम ज्यालामा वृद्धि गर्न सरकारलाई दबाब दिने बताएका छन् । देशको आर्थिक वृद्धि र मूल्यवृद्धि लगायतका विभिन्न सुचकांकको आधारमा न्यूनतम ज्याला वृद्धि गर्न माग गरिएको हो ।

यो वर्षको पारिश्रमिक सातामा ४० घण्टा (महिनामा २०९ घण्टा) को न्यूनतम मासिक १७ लाख ४५ हजार १५० वन छ । जसको नेपाली रुपैयाँ १ लाख ७० हजारजति हुन आउछ । (नेपाली रुपैयाँ १ सय बरावर कोरियन वन १० रुपैयाँ १० पैसा हुन्छ ) अघिल्लो वर्ष यसवर्षका लागि १६.४ प्रतिशत वृद्धि भएको थियो ।

कोरियाले सन् १९८८ देखि ज्याला निर्धारण समितिमार्फत प्रत्येक वर्ष न्यूनतम ज्याला निर्धारण गर्दै आएको छ । जुन बेलाको न्यूनतम ज्याला ४ सय ६२ वन थियो । सरकारले सन् २००९ मा ६.१, २०१० मा २.७५, २०११ मा ५.१, २०१२ मा ६.०, २०१३ मा ६.१ २०१४ मा ७.२, २०१५ मा ७.१ , २०१६ मा ८.१, २०१७ मा ७.३, २०१८ मा १६.४ र २०१९ का लागि १०.९ प्रतिशतले ज्याला बढाएको थियो ।

Monday, July 8, 2019

महिलाको फोटो खिचेको आरोपमा टिभी पत्रकारले दिए राजिनामा


दक्षिण कोरियाको चर्चित टेलिभिजन एसबीएस SBS मा कार्यरत सिनियर समाचारबाचक ५५ बर्षिय किम सुंग जोन (KimSung-joon) ले आफ्नो पदबाट राजिनामा दिएका छन् .

येंग्दम्फु रेल स्टेशनमा बुधाबार राति ११:५५ बजे उनले एक महिलाको आदि भागको तस्बिर खिचेको आरोप छ ..

उनले उक्त आरोप झुट भएको बताएका थिए..
तर उनको मोबाइलमा उक्त तस्बिर भेटिएको प्रहरीले जनाएको छ.

व्यक्तिगत गोपनियताको नियम १४ अनुसार कसैको अनुमति बिना फोटो वा भिडियो खिचेमा ५ बर्षसम्म जरिमाना र १ करोड वन (१० लाख नेपालि) जरिमाना तोकिएको छ..
यदि आप्राबाशी भएको खण्डमा अर्को पटक कोरिया आउन पाउने छैन

Tuesday, July 2, 2019

कोरियामा विदेशी कामदार राख्ने मालिकहरुलाई नयाँ नियम


निकुञ्ज तिवारी
इन्छन्, २ जुलाई २०१८

दक्षिण कोरियाको रोजगार तथा श्रम मन्त्रालयले मंगलबार घोषणा गरेको नयाँ नियम अनुसार आप्रवाशी कामदार राख्ने मालिकहरुले बढिमा १५ जना मात्र एक कोठामा राख्न पाउने छन् । भने महिला र पुरुषका लागि छुट्टाछुट्टै आवाशगृहको व्यवस्था गर्नुपर्ने छ ।

एक जना कामदारका लागि २ दशमलब ५ वर्गमिटर चाहिने र त्यही अनुसार १५ जना अट्ने कोठामा मात्र १५ जना राख्न पाउने नियममा उल्यख छ । १६ जुलाईसम्म यो नियम कार्यान्वयन गर्न मन्त्रालयले रोजगारदाताहरुसमक्ष आह्वान गरेको छ ।

त्यस्तै, जिवनयापनका लागि चाहिने अत्यावश्यक स्नानकक्ष, व्यवस्थित सौचालय, भेन्टिलेशन, जाडोका लागि हिटर र गर्मीका लागि एसी, बत्तिको राम्रो व्यवस्थापन र इर्मजेन्सी ढोकाको पनि व्यवस्थापन गर्नुपर्ने छ ।

त्यसैगरी, व्यक्तिगत गोपनियता र सुरक्षाका लागि ढोकामा चावि र व्यक्तिगत सम्पती सुरक्षाका लागि लकर आदि पनि हुनुपर्ने हुन्छ ।

आप्रबासी कामदारका लागि लागु गरिएको यो नियमको बारेमा मालिकहरुलाई जानकारी गराइने र आगामी श्रम सम्झौतामा यी कुराहरु उल्यख गरी सम्झौता पत्र बनाइने मन्त्रालयले जनाएको छ ।

“हामी आप्रवाशी कामदारको न्युनतम बसाइस्तरलाई सरल र सहज बनाउने छौं ।” एक कर्मचारीले भने ।


१५ सय परिवार बस्ने अपार्टमेन्टको धारामा पानी नआएपछि...



निकुञ्ज तिवारी
इन्छन्, २ जुलाई २०१८

सउलस्थित १५ सय परिवार बस्ने एक अपार्टमेन्टका धारामा सोमबार साझ अकस्मात पानी आएन ।
 
पाइपमा अकस्मात खराबी आइ खानेपानी आपुर्ती नभएपछि स्थानीयले सउल महानगरमा खबर गराए ।

महानगरले तत्कालै जाचबुजका लागि कर्मचारी खटायो भने । शहरको पानी व्यवस्थापन कार्यालयले रातीनै ट्रकमा २ टन, १०८० बोत्तलको पानी र १५०० प्याक खानेपानी अपार्टमेन्टका बासिन्दाहरुलाई वितरण गरिदियो । र अपाटमेन्ट परिसरमा पानीको धारा बनाइदियो ।

त्यतिमात्र होइन, सोदेमुन जिल्ला हेर्ने डेमोक्रेटिक पार्टीका नेता लि जोङ्सुक राती साढे १ बजेसम्म बसेर त्यहाँका बासिन्दाहरुलाई पानी वितरण गरे ।

र उनले मगलबार आजको रातसम्म पानी पुन सुचारु हुने जानकारी दिए ।

Sunday, June 30, 2019

इन्छन्मा अर्गानिक कृर्षि तालिम लिदै नेपालीहरु (फोटो सहित)


निकुञ्ज तिवारी...
इन्छन्, ३० जुन २०१८,

 रोजगारीका लागि दक्षिण कोरिया आएका केही नेपाली युवाहरुले आधुनिक अर्गानिक कृर्षि तालिम लिइरहेका छन् । जुन १८ आइतबारदेखि सुरु तालिम आगामी सेप्टेम्बर १ सम्म हुनेछ । 

इन्छन्को मोइदोस्थित सिल्मीवन कृर्षिफाममा भएको तालिमको दोस्रो भागमा  अर्गानिक किटनाशक औषधी कसरी बनाउने र वालीनालीलाई दिने तरिका, वालीनालीमा लाग्ने किराफट्याङ्गा्र र तिनिहरुले ल्याउने विभिन्न भाइरसको रोकथामका लागि आवश्यक पर्ने औषधी कसरी बनाउने, कसरी प्रयोग गर्ने, विउविझन कसरी सुरक्षित राख्नेलगायतका विषयमा कृर्षिफामका संचालक एवम् कृर्षिविद सिन सुन ख्योले प्रशिक्षण दिएका थिए । 

कृर्षिविद ख्योले नेपालको हावापानीमा जुनसुकै प्रकारका बालिनाली र फलफूल सजिलै उत्पादन गर्न सकिने बताउँदै मौसम राम्रो भएका कारण थोरै लगानिमा धेरै उत्पादन गर्न सकिनेमा जोड दिएका थिए ।  

खाया इन्टरनेशनल (khayah International) ले सउल नगरपालीका ( seoul mertopolitan) को सहयोगमा आयोजना गरेको उक्त तालिममा ३२ जना नेपाली युवाहरु सहभागी छन् । उनीहरुलाई अर्गानिक कृर्षिफामका संचालक एवम् कृर्षिविद सिन सुन ख्योले प्रशिक्षण दिइरहेका छन् ।

कृषिविद सिनले सन् २००२ मा अर्गानिक कृर्षिफाम खोलेर कृर्षि बालीनाली तथा पशुपालनसम्बन्धी प्रशिक्षण दिदै आइरहेका छन् । उनले नेपाल लगायत अन्य विभिन्न देशहरुका युवाहरुलाई पनि प्रशिक्षण दिइरहेका छन् ।

त्यस्तै, खाया इन्टरनेशनलले (khayah International) का सस्थापक छे सून थे (최순태) ले कोरियामा सिकेको सिपलाइ स्वदेश फर्केपछि उचित उपयोग गर्ने आशा ब्यक्त गरेका छन्  ।


तालिम संचालन हुने सम्बन्धी जानकारी सामाजिक संजालमार्फत दिइएको र पहिलो सम्पर्कमा आउने युवालाई प्राथामिकता दिइएको संयोजन यम श्रेष्ठले जानकारी दिए । किमे आप्रवाशी सहयोग केन्द्रका संचालक यज्ञराज सुवेदीको पहलमा तालिम संचालन गरिएको उनले बताए । तालिममा ज्ञान सागर भण्डारीले भाषा अनुवाद गरिरहेका छन् ।

तालिम लिइरहेका युवाहरु उत्सुक छन् । उनिहरु स्वदेश फर्किएर अर्गानिक कृर्षिमा केहि नयाँ काम गर्ने प्रशिक्षार्थीहरुको उदेश्य छ ।


जुलाईबाट कोरियामा विदेशीलाई निशुल्क कोरोना खोप, कसरि लगाउने ?

निकुञ्ज तिवारी सउल, २८ मे २०२१ दक्षिण कोरियामा बसोबासरत विदेशी नागरिकले पनि आउँदो जुलाई पहिलो साताबाट सरकारले निशुल्क उपलब्ध गराएको एस्टाजेन...