Wednesday, March 18, 2020

कोरियामा कोरोना संक्रमित घट्दो नेपालीहरु संक्रमित छैनन्



निकुञ्ज तिवारी
इन्छन्, दक्षिण कोरिया
१८ मार्च २०२०


जनवरी २० तारिकका दिन कोरियाको थेगुस्थित एक अस्पतालमा १ जनालाई कोरोना भाइरसको लक्षण देखा परेपछि दैनिक बढ्दो क्रममा रहेको संक्रमित दर हाल न्यून छ।

मार्च ३ तारिक एकैदिन ६०० जनामा देखिएको संक्रमण दर मार्च १४ शनिबार १०७, मार्च १५ आइतबार ८४, मार्च १६ सोमबार ७४ र मार्च १७ मंगलबार ८४ जनामा मात्र देखिएको स्वास्थ मन्त्रालयले जनाएको छ। 

करिब दुई महिनाको समयमा 8413 जनामा कोरोना भाइरसको लक्षण देखिएको छ। जसमा 1540 जना उपचारपश्चात निको भई घर फर्किएका छन्। भने 86 जनाको निधन भएको छ। जसमा अधिकांश वृद्धवृद्धा छन्।
कोरियाको थेगु, खेङसाननाम्दो र सउलमा बढि फैलिएको कोरोनाको लक्षणबाट हालसम्म नेपालीहरुमा सुरक्षित रहेका छन्। 

दक्षिण कोरियामा कार्यरत आप्रवाशी कामदारहरुमा कोरोनाको लक्षण देखिएको छैन । यो समाचार तयार पार्दासम्म कोरियामा नेपालीहरु सुरक्षित छन् । 

सरकारले दिइरहेको लाईभ अपडेटमा संक्रमित दर पनि घटिरहेको बताइएको छ ।

कोरियामा कार्यरत नेपालीहरुका नेपालमा रहेका आफन्तहरु चिन्तित नरहन यहाँ कार्यरत नेपालीहरुले आग्रह गरेका छन् ।

हालसम्म कोरोना संक्रमित हुनेहरु र निधन हुनेहरु अधिकाशं विमारी अवस्थाका वृद्धवृद्धा र बालबालिका मात्र रहेका छन् । 

सरकारले विद्यालयहरु, चर्चहरु, विवाह उत्सवहरु, पार्टी जन्मोत्सवजन्यलगायतका जमघटका कार्यक्रम नगर्न नागरिहरुसमक्ष अनुरोध गरेको छ । तर एकाधवाहेक अधिकाशं उद्योग, कलकारखानाहरु खुलिरहेका छन् ।

राष्टपति मुन जेइनले संक्रमित क्षेत्र थेगुमा गएर नागरिकसमक्ष माफी मागिरहेका छन्। त्यसैगरि बजारमा मास्क नपाउँदा पनि उनले देशबासीसमक्ष माफी माग्दै स्वास्थप्रति सबै नागरिकहरु सचेत रहन आग्रह गरेका छन्। राष्ट्रपति मुनले कोरोनाविरुद्धका लागि २५ अर्व अमेरिकी डलर छुट्याएका छन्।

चिनको हुवेइ प्रान्तको वुहान सहरबाट निस्कएको कोरोना भाइरस यतिबेला चिन, दक्षिण कोरिया, इटाली, इरान, जापान, सिंगापुर, फ्रान्स, हङकङ, स्पेन, अमेरिका लगायत विश्वका  १०८ देशमा फैलिएको छ । 

करिब २ महिनाको समयावधिमा कोरोनाबाट लाखौं नागरिक संक्रमित भएका छन् भने केही हजारले ज्यान गुमाएका छन् । विश्वभर संक्रमण बढ्दो छ । 

सरसफाइमा ध्यान पु¥याउँ। धेरै मानिसहरु जमघट हुने ठाउँहरुमा नजाऔं। मास्क लगाएर यात्रा गरौं । खोक्दा वा हाँच्छ्यु गर्दा अरुलाई नपर्ने तरिकाले नाकमुख छोपेर गरौं। बाहिर गएर घर फर्केपछि हातमुख साबुनपानीले धोऔं। स्वास्थको ख्याल गरौं। र संक्रमणको संका लागेमा तत्काल परामर्श लिउँ। अस्पताल जाऔं। र कोरोनालगायतका भाइरसबाट सदा बचौं। स्वास्थ नै धन हो।

Monday, March 16, 2020

कोरियामा कोरोना सकस


डायरी

निकुञ्ज तिवारी
इन्छन्, दक्षिण कोरिया
१६ मार्च २०२०

गाउँघर, शहरबजार, चोकगल्लीअङ्कित समाज भयाभह छ ? या छैन ? थाहा छैन। 

तर सामाजिक सञ्जालरुपी समाज अत्यन्त्रै भयाभहको पनि अन्तिम कष्ट्रकर स्थितिमा गुज्रीरहेछ। छिनछिनमा तातिरहेछ। त्यहीँ तातिरहेको परिस्थितिमा मानिसहरुको मनस्थिति चिसिरहेछ। धमिलिइरहेछ। निरासिइरहेछ।  

च्याउँजस्तै उम्रिएका अनलाइन र युटुबे भाइरसेहरुले मानिसभित्रको डर, त्रास र निराशा दैनानुदिन चौगुनाका दरले ह्वात्तै वृद्धिदिएका छन्। कोहि डरत्रास फैलाइरहेका छन्। त कोहि आँफै चिकित्सक बनेर औषधोपचारविधि सिकाइरहेछन्।

सामाजिक सञ्जालमा देखापरेको भयाभह स्थितिलाई पछ्याउँदै शहरको भयाभहस्थितिको भयाभह रुप हेर्न इच्छा जाग्र्यो मलाई। कोरोना बाचिरहेको शहरको। र मानिसहरुलाई सताइरहेको शहरको।


शनिबारको साँझ। रफ्तारमा छु। अफिसबाट रुम र रुमबाट सउल एक फन्को लगाउने।

म कहिलेकाहीं यति धेरै हतारिन्छु। म किन यति धेरै हतारिन्छु ? मेरो मन किन यति धेरै अतालिन्छ ? मलाई पटक्कै थाहा हुँदैन। र नहोस पनि। त्यसको पछिल्लो उदाहरणहो रफ्तार। मानौं यती धेरै रफ्तार की, मैले भर्खरै टेकेको पाइलाहरु भासिएर संसारबाटै बिलाइरहेछन्। 

जेब्राक्रममा पुग्न पनि मलाई हतार छ। पूर्वबाट रफ्तारमा गुडेर आइरहेको बिकासेकारको जोडको हर्न सुन्न पनि मलाई हतार छ। बिना जेब्राक्रसमै कुदें। र कुदेँरै जेबीमार्टको गल्लाीहुँदै ब्लुथेक अपार्टको फेदमा पुगें। 

नवौं तलामा वनरुम छ।

अपार्टमेन्टको लिफ्टमै कोरोनाभाइसले आक्रमण गरेपछि अस्पतालाइज गरिएकी महिलाको अवस्था दयनिय छ। शुक्रबार साँझको अपडेट टिभि समाचार थियो। 

म झसङ्गिए। तर्सिए। र तर्किए। अपाटको लिफ्ट चढ्ने बटम थिच्च। जकेटको गोजिमा हातका औंला राखेर लिफ्टको बटम थिच्ने प्रयास गरें। गोजिमा डटपेन रहेछ। डटपेनको सहायताले लिफ्टको बटम थिचें। कसेर मास्क लगाएँ। औंलाहरु गोजीमा लुकाएँ। 

लिफ्ट खुल्यो। पुनः डटपेनकै सहायताले लिफ्टको ढोका लगाएँ। लिफ्ट उक्ल्यो आकासतर्फ। भाइरसका भाइहरु नभएको इमाएजिन गर्दै रुम पुगें।


मोबाइलमा काकावमेफ एप अन गरें। स्थानिय क्षेत्रमा गुड्ने लोकल बसको समयतालिका हेरें। नौं मिनटभित्रमा बस आउँदैछ। म चढ्नुपर्ने स्टेशन पुग्न तीनदेखि चार मिनट लाग्छ। 

हतारहतार डे«स चेञ्ज गरें। पाइन्टको पछाडीको दाहिने गोजिमा बैंक, र आइडीकार्ड छिराएँ। मोवाइल चार्जर र हेडसेट जकेटको गोजीमा खाजें। जहिल्यै मोबाइल कबरमै रहिरहने बसकार्डलाई व्यवास्था गर्दै मास्क लगाएँ। र खाट छेउमा रहेको मोबाइललाई ट्याप्प टिपेर कुँदे पुनः उहीँ रफ्तारले। उहिँ तबरले। उहिँबाटोहुँदै बस स्टेशन पुगें।

जहाँ, एक जमाथ मास्कधारीहरु प्रतीक्षारत छन् बसको। उनिहरु ब्यग्ग्र हतारमा देखिन्छन्। एक पटकको आँखा झिम्क्याई टिभि स्कृनमा। र अर्को बसको रुटामा। जो कैयँन दुरदेखि यस वरपरका कारखानाहरुमामा हड्डी धसारेर फर्किएका हुन्। र हड्डीलाई केही घण्टा विश्राम दिन बासमा फर्किर्ने धुनमा छन्। 

मैले लुकीलुकी एककको नाकमुखइतर अनुहार चिहाएँ। 

धेरैजनामोवाइलमै व्यास्तछन्। मौन छन्। निराश छन्। डरले भयाभित छन्। रसर्तक पनि छन्। लाग्यो उनिहरु भाइरसको अपडेट हेर्दैछन्।  

बस स्टेशनमा राखिएको टिभि स्किृनसंगै जडित माइकमार्फत महिला आवाजमा गुञ्जिइरहेछ। बस नं. ७९ आउँदैछ। प्रतीक्षा गर्नुहोस्।

नेभेगीसन् टिभि स्कृनमा बस आएको संकेतसंगै बस आयो।

बस रोकियो। मास्कवाला चालकले स्टेरिङ् सिटबाटै दुबै ढोका खोलिदिए। अगाडिबाट चढ्ने र पछाडिबाट झर्ने। 
यात्रुहरु लाइनवाइलाइन् बसभित्र उक्लिदैछन्। चालकले शिर निहुराई प्रत्यक यात्रुलाई स्वागत अभिवादन गरिरहेछन्। यात्रुले पनि अभिवादन फर्काउदै बसको ढोकानेरै राखिएको काडरिडरमा टिमनी कार्ड (विशेष मेसिनबाट पैसा राखेपछि बस, रेल र ट्याक्सीको भाडा तिर्नमिल्ने) टसाउँदै पछाडिपछाडि सर्दै छन्। 

वृद्धवृद्धा, अपाङ्ग र गर्भवती महिलाहरुका लागि आरक्षण गरिएका सिट खाली छन्। तर यात्रुहरु उभिएरै यात्रा गरिरहेछन्।

मास्क नलगाएका कोही छैनन्। र एकआपसमा बोल्ने पनि कोही छैनन्। एकअर्कालाई हेर्ने पनि कोही छैनन्। नजिकै आएर बोलेमा, खोकेमा र हाच्छ्यु गरेमा भाइरस सर्नसक्छ। तर हेर्दैमा त सर्दैन भन्ने थाहा हुँदाहुँदै पनि मानौं कसैलेकसैलाई हेरेका छैनन्। सबै आफ्नै धुनमा मौन र मोवाइलमा व्यस्त छन्।


बसमा राखिएको नेभेगिसन टिभि स्कृनमा यो र आगामी स्टेशनको नाम दिइरहेछ। र आवाजमा पनि भनिरहेछ। 
यो स्टेशन रेल स्टेशन हो।

अधिकाशं यात्रुहरु यहिँ स्टेशनमा झरे। यहाँबाट छुटने मोनोरेल कम्प्युटरचालित हो। जहाँ चालक हुँदैन । एकजना निरिक्षक चालक हुन्छ। प्रतिमिनट एकसय पचासदेखि दुईसय किमीको गतीमा गुड्ने रेलका स्टेशनहरु दुईदुई मिनटको फेरमा छन्। यहाँबाट अन्य रेलहरु परिवर्तन गर्नपनि मिल्छ। 

इन्छन् विमानस्थलदेखि सउल स्टेशनको एक्सपे्रस रेल खमाम स्टेशनमा आउँदैछ। म त्यहीँ रेल चढ्ने र सिधै सउल पुग्ने सोँच बनाई रेल परिवर्तन गरेँ।


कोरियामा कोरोनाको पहिलो लक्षण देखिएको शहर थेगु हो। कोरोनालागेकामध्य नब्बे प्रतिशत विरामीहरु त्यहाँ छन्। र निधन हुनेहरुपनि। त्यो प्रान्त अत्यन्तै निराशामा छ। शोकमा पनि छ। र त्रासमय छ। मलाई त्यहाँको गतिविधि नकिकबाट हेर्ने मन छ। तर समयको अभाव छ।

दोस्रोमा कोरोनाले धेरैलाई सताएको शहर हो राजधानी सउल। जहाँका लागि म हिडिरहेछु। साथीहरु म जान लागेको देखेर डराईरहे। र नजा भनिरहे। तर म हिडिरहे। निश्चिन्त, निस्फिक्रि, परिश्रमी र इमान्दारीताको जिवन बाँचिरहेँछु। त्यसैले त मलाई केहिको भयले छुदैँन। कसैको डर लाग्दैन। सिवाय स्वयमँ।

रेल परिवर्तन गर्ने स्टेशन भित्रैको बाटोमा छु। जहाँ कोरोना भाइरस जाँच गर्ने स्वचालित मेसिन राखिएको छ। जुन, मेसिनमा जोडिएको हेल्थ सेन्सरले सय मिटर वरपर कोरोनाको लक्षण भएको मानिसलाई पत्ता लगाउन सक्छ। मेसिनप्रति कर्के नजर लगाउँदै मासिनसहरु आवतजावत गरिरहेछन्।

मास्कइतरका अनुहारहरु छैनन्। प्रायले सेता, निला, पहेँला र काला रङ्गका मास्क पैह्रिरहेछन्। हातमा मोवाइल र कानमा ठेडि घुसाएका छन्। सबै आआफ्नै धुनमा छन्। 

सउल जाने रेलको प्रतीँक्षमा छु। इन्छन विमानस्थलबाट सउल जाने रेल आउँदैछ। रेल आउञ्जेल म मासिनसहरुको मनस्थिति बुझ्ने कोशिष गर्दै छु। स्टेशनको पूर्वपश्चिम गर्दैछु। 

मान्छे ठोकिएर ढल्ला तर आँखा कसैसंग जुद्य्दैन। कोरियनहरु अपरिचितप्रति आँखा जुधाउँदैनन्।

लाग्छ, कतिबेला भाइरस कसको आँखामा गाडिन्छ। कसको नाकबाट छिर्छ। कसको हत्केलामा टासिन्छ। तर कसैलाई अत्रोपत्रो छैन। प्रयावरण त्रासमय छ। भाइरस काल बनेर आइरहेछ। 

मलाई लागेथ्यो। सञ्जालका कृयाकलापहरु सबै झुट हुन्। तर सबै झुट होइन रहेछन्। बाहिरको बातावरण पनि त्रासरहित नै छ। तरजति सामाजिक सञ्जालमा छ। त्यति पटक्कै छैन।

रेलको प्रत्यक डिब्बाका छेउछेउ हुने असक्त वृद्धवृद्धाका लागि राखिएका बाह्रसिट र बिचबिचमा हुने गर्वभती महिलाका लागि राखिएका सिट एकाध खाली छन्। अन्य पुरै भिड छ। निस्कने निस्किरहेका छन्। चढ्ने चढिरहेका छन्। तर मास्कइतर कोहि छैनन्।

रेल गुड्यो । डिब्बामा बसिरहेका र उभिइरहेका अधिकाशँ मोवाइलमा ब्यस्त देखिन्छन्। विमानस्थलबाट छुट्ने रेलमा विदेशमा गएका र आएका धेरै हुन्छन्। उनिहरुसंगै कोरोनाका भाइरसहरु पनि नआएका होलान् भन्न सकिदैन्। मैले पनि मास्कका डोरीलाई टाइट गरें।


किम्फो इन्टरनेशनल विमानस्थलको जमिन मुनीको स्टेशनमा रेल रोकियो। 

घरबाट आफन्तहरुको फोन आइरहेछ। कोरियामा कोरोनाले मानिसहरु मरेकामरै छन्। छिटो घरफिर्ता आउ। म शान्त्वनाका शब्दहरुले सम्झाइबुझाइरहेछु। आखिर, कालै आएको छ र छ भने पानीको गल लागेर पनि मानिसहरु संसारबाट बिदा भएका छन्। काल नआएसम्म केहि हुँदैन। 

कोरोनाकै कारण निधन हुने पञ्चानब्बे प्रतिशत वृद्धवृद्धा भएको समाचारमाध्ययमहरुले फूकिरहेछन्।

रेलमा चड्ने र झर्ने क्रम जारी छ। मास्कधारीयात्रुहरुको।

रेल अन्डरग्राउण्डमै कुदिरहेछ। लाग्छ, रेलको गतीभन्दा तिब्र गतीमा मान्छेहरुको मन कुँदिरहेछ। उनिहरु छिट्टै बासस्थान पुगेर स्वयमं क्वारेन्टाइनमा बस्न आतुर छन्। 

हामी यात्रारत रेल किम्फो विमानस्थलहुँदै मागुकनारु, डिजिटल मिडियासिटी, हुदेइप्गु, खुदक र सउल स्टेशनको नौतलामुनीको लीगमा पुगिएर रोकियो। यात्रुहरु सबै निस्किए। र आआफ्नो गन्तव्यतर्फ मोडिए।

जमिनबाट नौ तला मुनी। व्यवस्थित रेलमार्ग। वृद्धवृद्धाका लागि लिफ्ट। अन्यका लागि एलिभेटर र सिमेण्टी सिडि। बिचबिचमा ट्वान्टीफोआवर पसल (जहाँ प्याकिङ खानाका साथै अन्य खाजा, पानी र अन्य जुस पदार्थहरु किनेर खान सकिन्छ।)

जमिनमुनीबाट करिब आठ मिनेट एलिभेटरमा हिडेर म जमिनमुनीकै अर्को लोकल रेल चढ्ने ठाउँतिर लागें।
छल्लानाम्दो सिन्सानबाट खेङिगदोको सोयोसान जानका लागि आइरहेको एकनम्बर रेललाइन चढेर दोङ्देमुन (जुन ठाउँ नेपालीहरुको लागि कोरियाका विशेष चाडपर्वमा जमघट हुने सिटि हो।) त्यहाँ पुग्ने सोच बनाई रेल परिवर्तन गरें। 


मास्कधारीहरुले रेल खचाखच छ। भाइरसको डर सबैमा छ। डर यसकारण कि भाइरसले आक्रमण गरिहाल्यो भने मरिनहालिएपनि दुख पाइन्छ भन्नेमा।  र डिब्बा मौन छ। कानमा इएरफोन छ।

एकअर्कामा बोल्न त परै जावोस् हेर्न पनि नहेर्नेहरु यसपाली भने सबैको ध्यान ममा आयो। सबैले मतिर आँखा तेर्साए। र फर्काइहाले। मलाई हाच्छ्यु आएको थियो। नाकभित्रको रौं नाक र मुख जोड्ने प्वालमा अड्केर।

उनिहरुलाई भएको होला। यसमा पक्कै कोरोनाका लक्षण छन्। उनिहरुले छड्के आँखाले हेर्दै मास्क कसेर लगाए। सतर्कता अपनाए। उनिहरु बेस्सरी हतासिए। मानौं यसरी हतासिय की गुडिरहेको रेल रोकेर कुद्न चाहें। भाग्न चाहेँ। तर, मन कुँदाएपनि रेल रोकिएन। कुनै भैपरि नआएसम्म स्टेशनबेगर रोकिदैन पनि।

टे«नमा स्टेशन्का नाम मात्र होइन । समाचारका हाइलाइट। मौसमको जानकारी।  कोरोनाका लक्षण, बच्ने उपाय र परामर्शका लागि नम्बरलगायतका जानकारीहरु हेर्न र सुनिएको छ। 

रेलको नेभिगेशन टिभिमा दोङ्देमुन आएको मौखिक र अक्षराम्स जानकारीसंगै रेल रोकियो।

बसको भाडारिडर मेसिनमा सवारीकार्ड टसाएँर यात्रा सुरुवात गरेको मैले रेलबाट उत्रदा पुनः टसाएँ। किलोमिटर अनुसार न्युनतम् भाडामा केही रकम थपेर काट्यो। तीन नम्बर गेटबाट निस्किदा रातको साँढे आठ भएको छ। मौसम एक डिग्री । 

(कोरियाको सार्वजानिक सबारीसाधन कार्ड प्रयोग गर्दा बसबाटहोस् या रेलबाट उत्रिएको पचासमिनटको वारपारमा अर्को बस या रेल चड्दा पुरै पैसा लाग्दैन। किलोमिटर अनुसार थप भाडा तिर्नुपर्ने हुन्छ। सो जानकारी कार्डमै हुन्छ। र भाडारिडरमेसिनले अटो काट्ने गर्छ।)

पहिलापहिला आधारातसम्म जाग्राम रहने यो सिटि अहिले सुनसान छ। सवारीसाधनहरुपनि कम गुडिरहेछन्। नेपालीहरुले व्यापार, व्यावसाय गर्ने ठाउँ। रेमिट बैंक र हुण्डी कारोबार गर्नेइलाका। नेपाली युवाहरु गन्थनमन्थन गर्न भेटिने हब। र यो पनि भनौं नेपालीले नेपालीलाई गुट्मुटाई लुट्ने ठाउँ।

एक फन्को लगाइ म जुङ्रोतर्फ लागेँ। सुनको शहर। कोरियाको प्राचिनशहर। 
रातभर ननिधाउने त्यो शहर पनि आधाआधी निधाँइसकेछ। 

रातको दश बज्दैछ। म कोरियन रेष्टुराँमा छिरँे। दुइजना कामदार पाहुना कुरेर बसेका । हत्तपत्त उनिहरुको चेहेरामा मुस्कान आयो । मलाई स्वागत गरे। मैले खाना चाहेको मगाएँ। तर, मैले मगाएको खाना त्यहाँ नभएको जानकारी पाएँ। पाक्न समय लाग्ने भएपछि म निस्किएँ। र अर्कोमा पसेँ। त्यहाँ पनि उस्तै सुनसान लाग्यो।  

शहरमा हिजोआज खानाखाने पाहुनाहरु निकै कम आउँछन्। खासै परिकारहरु पनि         पाक्दैनन्। सहर सुन्य छ। चोकचोकमा साँझहरु गुञ्जिदैनन्। घुमन्तेहरु आउँदैनन्। रेष्टुराँ मालिक गुनासो गर्छन्। 

निकैबेरको भलाकुसारीसंगै उनले मलाई एक बटुका मिएक खुक (समुन्द्रीसागको सुप) भात र  केहि किम्ची दिएँ। कुरागर्दै खानाखाएँ र साहुलाई धन्यबाद दिदैं म रेष्टुराँबाट बाहिरिएँ। 

रातको एघार बज्न केहि मिनट बाँकी छ। एकाध मानिसहरु मात्र हिडडुलमा छन्। केही निजी र सार्वजानिक सबारी बराबरीमा गुडिँरहेछन्।

कुँदिरहेको ट्याक्सीलाई हात उठाएँ। रोक्न संकेत दिएँ। ट्याक्सी रोकियो। चालक पनि मास्कमा र म पनि मास्कमा। मास्कभित्रैबाट मैले खाङ्वामुन सम्म पु¥याइदिन अनुरोध गरेँ।  उनले     ट्याक्सीलाईलाई युटन गरे। र खाङ्वामुनतर्फ स्टेरिङ् तेर्साए। 

ट्याक्सी चालक पनि मौन। म पनि मौन। कोहि बोल्न चाहेनौं। सायद, दुबै डरमा  छौं।      ट्याक्सीमा भाइरसहरु छन् की भन्ने डर मलाई। र प्यासेन्जर भाइरसग्रसित होकी भन्ने उनलाई डर। कतिबेला कुन भाइरसले आक्रमण गर्ने हो। त्रासमा छन्। र बाध्यतामा छन्। जिजीविषाकालागि।

कार्ड दिएँ। ट्याक्सीमा रहेको भाडारिडरमेसिनद्धारा मिटरमा चढे अनुसार उनले भाडा लिए।  मैले धन्यबाद दिदैं ट्याक्सिबाट निस्किए। ऊ गुडिहाल्यो।


सेजोङ्रो खाङ्वामुन मध्य सउल।

जहाँको बिच सडकमा राजा सेजोङ् छन्। अजङ्घको शरिर लिएर मन्द मुस्कानमा आसिन छन्। देबे्र हातमा किताब र दाईने हातले केहि इसारा गर्दैछन्। शालिकमा होइन, नागरिकको मनमा अमर छन्। उनले कोरियामा बोलिदै आएको भाषा उत्पादन गरेँ। कोरिया देशबासीहरुलाई हान्गुल सिकाए। दश हजार वन (कोरियन दश हजारको नोट) नोटमा पनि रहेका उनले १४१८ देखि २२ सम्म कोरियामा शाशन गरेका थिए।

कहिँपनि अध्यारो नरहेको सडकमा कुँद्नेहरुको मन भने अध्याँरो भएको छ। तर कसैप्रति     होइन। मानिसहरु एकाध हिडिरहेछन्। खासै चहलपहल छैन। सुन्यप्रायः छ। कोरियामा शान्तिपूर्ण होस् या अशान्तिपूर्ण आन्दोलन धर्ना दिने ठाउँ हो यो। 

यहाँका केहि सडक र चोक हिड्दाहिड्दै रातको एक बज्यो। भाइरसले नभेट्याइहाले पनि   भट्याएजस्तै थकित भएको म नजिकैको मोथेल (होटल) तर्फ लागेँ।

डर अन्धविश्वासको जड हो। अज्ञानाताको छाँया हो। डर कु्ररताको स्रोत पनि हो। त्यसैले डर संग डराउँने होइन। डरसंग जुधौं। अनावश्यक डरलाई मनबाट हटाऔं। डरलाई जितौं। खानपान र सरसफाइमा ध्यान पुराऔं। रोगप्रतिरोधात्मक क्षमतामा ह्रास ल्याऔं। र स्वस्थ जिवन बाँचौं।

सरसफाइमा ध्यान पु¥याउँ। धेरै मानिसहरु जमघट हुने ठाउँहरुमा नजाऔं। मास्क लगाएर यात्रा गरौं । खोक्दा वा हाँच्छ्यु गर्दा अरुलाई नपर्ने तरिकाले नाकमुख छोपेर गरौं। बाहिर गएर घर फर्केपछि हातमुख साबुनपानीले धोऔं। स्वास्थको ख्याल गरौं। र संक्रमणको संका लागेमा तत्काल परामर्श लिउँ। अस्पताल जाऔं। र कोरोनालगायतका भाइरसबाट सदा बचौं। स्वास्थ नै धन हो।

यो लेख तयार पार्दासम्म कोरियामा नेपालीहरु कोरोनाको संक्रमित नभएको पाइएको छ।      अधिकाशं वृद्धवृद्धामा कोरोनाको लक्षण देखिने गरेको समाचारमाध्ययमहरुले जनाएका छन्। कोरोना संक्रमित ८२३६ जना छन्। ७६ जनाको निधन भएको छ। ११३७ जना पूर्ण निको भएर घर फिर्ता भएका छन्। सोमबार साँझ ७४ जनामा मात्र कोरोना १९ को लक्षण देखिएको छ। अस्ति, हिजो र आजको संक्रमित दर निकै कम छ। 

Monday, March 9, 2020

कोरियामा कोरोनाबाट नेपालीहरु सुरक्षित, संक्रमित दर घट्दो


निकुञ्ज तिवारी
इन्छन्, दक्षिण कोरिया
९ मार्च २०२०

दक्षिण कोरियामा कार्यरत आप्रवाशी कामदारहरुमा कोरोनाको लक्षण देखिएको छैन । यो समाचार तयार पार्दासम्म कोरियामा नेपालीहरु सुरक्षित छन् ।

सरकारले दिइरहेको लाईभ अपडेटमा संक्रमित दर पनि घटिरहेको बताइएको छ ।

कोरियामा कार्यरत नेपालीहरुका नेपालमा रहेका आफन्तहरु चिन्तित नरहन यहाँ कार्यरत नेपालीहरुले आग्रह गरेका छन् ।

एनआएनए कोरिया शाखाले सोमबार एक विज्ञप्ती प्रकाशित गर्दै यहाँ रहेका आप्रवाशीहरु हालसम्म सुरक्षीत रहेको जनाएको छ ।

राजधानी सउलबाट ३ सय ५० किलोमिटर दक्षिण थेगु सहरको सिन्छोन्जी चर्चबाट फैलिएको कोरोनाले त्यहाँभने व्यापक रुप लिएको छ । दैनिक ३ देखि ५ सय जनासम्ममा कोरोना भाइरसको लक्षण देखिएको समाचारमाध्ययमरुले जनाइरहेका छन् । 
तर अस्ति, हिजो र आज कोरोनाका विरामीहरु क्रमस घटिरहेका छन् ।

कोरोनाबाट संक्रमित र मृत्युहुने अधिकाशं चर्चका सदस्यहरु रहेका छन् । चर्चका प्रमुखले ली मानहीले सोमबार सार्वजानिक रुपमा माफि मागेका समाचारसस्थाहरुले जनाएका छन् ।

हालसम्म कोरोना संक्रमित हुनेहरु र निधन हुनेहरु अधिकाशं विमारी अवस्थाका वृद्धवृद्धा र बालबालिका मात्र रहेका छन् ।

सरकारले विद्यालयहरु, चर्चहरु, विवाह उत्सवहरु, पार्टी जन्मोत्सवजन्यलगायतका जमघटका कार्यक्रम नगर्न नागरिहरुसमक्ष अनुरोध गरेको छ । तर एकाधवाहेक अधिकाशं उद्योग, कलकारखानाहरु खुलिरहेका छन् ।
राष्टपति मुन जेइनले संक्रमित क्षेत्र थेगुमा गएर नागरिकसमक्ष माफी मागिरहेका छन्। त्यसैगरि बजारमा मास्क नपाउँदा पनि उनले देशबासीसमक्ष माफी माग्दै स्वास्थप्रति सबै नागरिकहरु सचेत रहन आग्रह गरेका छन् ।
दक्षिण कोरियामा हालसम्म ७ हजार ४४८ जना संक्रमित र ५३ जनाले ज्यान गुमाएका छन् । भने १६६ जना निको भएर घर फर्र्किएका छन् ।

चिनको हुवेइ प्रान्तको वुहान सहरबाट निस्कएको कोरोना भाइरस यतिबेला चिन, दक्षिण कोरिया, इटाली, इरान, जापान, सिंगापुर, फ्रान्स, हङकङ, स्पेन, अमेरिका लगायत विश्वका  १०८ देशमा फैलिएको छ ।

करिब २ महिनाको समयावधिमा कोरोनाबाट लाखौं नागरिक संक्रमित भएका छन् भने केही हजारले ज्यान गुमाएका छन् । विश्वभर संक्रमण बढ्दो छ ।

धेरै संक्रमित हुनेमा पहिलोमा चिन छ । जहाँ ८० हजार ७३५ जना संक्रमित भएका छन् भने ३ हजार ११९ जनाले ज्यान गुमाएका छन् ।

इरानमा ६ हजार ५६६ संक्रमित र १९४ जनाको ज्यान गुमाएका छन् ।
इटालीमा ७ हजार ३३५ जना संक्रमित र ३६६ जनाले ज्यान गुमाएका छन् ।
जापानमा १ हजार १९८ जना संक्रमित र १४ जनाले ज्यान गुमाइसकेका छन् ।
फ्रान्समा १ हजार २०९ जना संक्रमित र १९ जनाले ज्यान गुुमाइसकेका छन् ।
अमेरिकामा ५५४ जना संक्रमित र २२ जनाले ज्यान गुमाईसकेका छन् ।
स्पेनमा ६७४ जना संक्रमित र १७ जनाले ज्यान गुमाईसकेका छन् ।


कोरोनाको लक्षणहरु
लगातार ज्वरो आउने ।
खोकी लाग्ने ।
श्वास फेर्न गाह्रो हुने।
निमोनिया हुने।
श्वासप्रश्वासका अन्य रोगहरुको संक्रमण हुने।
मिर्गौला फेल हुने ।
रोगप्रतिरोधात्मक क्षमता कमी भएमा मृत्यु पनि हुने।

कोरोना संक्रमणबाट कसरी बच्ने
सरसफाइमा ध्यान दिने।
धेरै मानिसहरु जमघट हुने ठाउँहरुमा नजाने।
मास्क लगाएर यात्रा गर्ने।
खोक्दा वा हाँच्छ्यु गर्दा अरुलाई नपर्ने तरिकाले नाकमुख छोपेर गर्ने।
बाहिर गएर घर फर्केपछि हातमुख साबुनपानीले धुने।
स्वास्थको ख्याल गर्ने ।
हात नमिलाउने
संक्रमणको संका लागेमा तत्काल अस्पताल जाने

Tuesday, March 3, 2020

कोरियामा कोरोनाबाट नेपालीहरु सुरक्षित


निकुञ्ज तिवारी
इन्छन्, दक्षिण कोरिया
३ मार्च २०२०


दक्षिण कोरियामा कार्यरत आप्रवाशी कामदारहरुमा कोरोनाको लक्षण देखिएको छैन । यो समाचार तयार पार्दासम्म कोरियामा नेपालीहरु सुरक्षित छन् ।

कोरियामा कार्यरत नेपालीहरुका नेपालमा रहेका आफन्तहरु चिन्तित नरहन यहाँ कार्यरत नेपालीहरुले आग्रह गरेका छन् ।

एनआएनए कोरिया शाखाले सोमबार एक विज्ञप्ती प्रकाशित गर्दै यहाँ रहेका आप्रवाशीहरु हालसम्म सुरक्षीत रहेको जनाएको छ ।

राजधानी सउलबाट ३ सय ५० किलोमिटर दक्षिण थेगु सहरको सिन्छोन्जी चर्चबाट फैलिएको कोरोनाले त्यहाँभने व्यापक रुप लिएको छ । दैनिक ३ देखि ५ सय जनासम्ममा कोरोना भाइरसको लक्षण देखिएको समाचारमाध्ययमरुले जनाइरहेका छन् ।

कोरोनाबाट संक्रमित र मृत्युहुने अधिकाशं चर्चका सदस्यहरु रहेका छन् । चर्चका प्रमुखले ली मानहीले सोमबार सार्वजानिक रुपमा माफि मागेका समाचारसस्थाहरुले जनाएका छन् ।

हालसम्म कोरोना संक्रमित हुनेहरु र निधन हुनेहरु अधिकाशं वृद्धवृद्धा र बालबालिका मात्र रहेका छन् ।

सरकारले विद्यालयहरु, चर्चहरु, विवाह उत्सवहरु, पार्टी जन्मोत्सवजन्यलगायतका जमघटका कार्यक्रम नगर्न नागरिहरुसमक्ष अनुरोध गरेको छ । तर एकाधवाहेक अधिकाशं उद्योग, कलकारखानाहरु खुलिरहेका छन् ।

राष्टपति मुन जेइनले संक्रमित क्षेत्र थेगुमा गएर नागरिकसमक्ष माफी मागिरहेका छन्। त्यसैगरि बजारमा मास्क नपाउँदा पनि उनले देशबासीसमक्ष माफी माग्दै स्वास्थप्रति सबै नागरिकहरु सचेत रहन आग्रह गरेका छन् ।

दक्षिण कोरियामा हालसम्म ५ हजार १ सय ३५ जना संक्रमित र २६ जनाले ज्यान गुमाएका छन् । भने ३१ जना निको भएर घर फर्र्किएका छन् ।

चिनको हुवेइ प्रान्तको वुहान सहरबाट निस्कएको कोरोना भाइरस यतिबेला चिन, दक्षिण कोरिया, इटाली, इरान, जापान, सिंगापुर, फ्रान्स, हङकङ, स्पेन, अमेरिका लगायत विश्वका  ६८ देशमा फैलिएको छ ।

करिब २ महिनाको समयावधिमा कोरोनाबाट लाखौं नागरिक संक्रमित भएका छन् भने केही हजारले ज्यान गुमाएका छन् । विश्वभर संक्रमण बढ्दो छ ।

धेरै संक्रमित हुनेमा पहिलोमा चिन छ । जहाँ ८० हजार २८ जना संक्रमित भएका छन् भने २९ सय १२ जनाले ज्यान गुमाएका छन् ।

इरानमा ९३८ संक्रमित र ५४ जनाको ज्यान गुमाएका छन् । इटालीमा १६९४ जना संक्रमित र ३४ जनाले ज्यान गुमाएका छन् । भने जापानमा ९६२ जना संक्रमित र १२ जनाले ज्यान गुमाइसकेका छन् ।


कोरोनाको लक्षणहरु
लगातार ज्वरो आउने ।
खोकी लाग्ने ।
श्वास फेर्न गाह्रो हुने।
निमोनिया हुने।
श्वासप्रश्वासका अन्य रोगहरुको संक्रमण हुने।
मिर्गौला फेल हुने ।
रोगप्रतिरोधात्मक क्षमता कमी भएमा मृत्यु पनि हुने।

कोरोना संक्रमणबाट कसरी बच्ने
सरसफाइमा ध्यान दिने।
धेरै मानिसहरु जमघट हुने ठाउँहरुमा नजाने।
मास्क लगाएर यात्रा गर्ने।
खोक्दा वा हाँच्छ्यु गर्दा अरुलाई नपर्ने तरिकाले नाकमुख छोपेर गर्ने।
बाहिर गएर घर फर्केपछि हातमुख साबुनपानीले धुने।
स्वास्थको ख्याल गर्ने ।
हात नमिलाउने
संक्रमणको संका लागेमा तत्काल अस्पताल जाने

Wednesday, July 24, 2019

६,७०० जना मात्र कोरिया आउने

सन् २०१९ मा कोरियन भाषा परीक्षा पास गरेका १२,९०० मध्य ६,७०० जना मात्र कोरिया पठाउने एचआरडी कोरियाको नेपाल प्रमुख पार्क सुंग हिले बताएकी छिन.
जसमा ४,७०० उत्पादनमा र
२,००० जना कृषि तथा पशुपालनमा

Monday, July 22, 2019

कोरियामा भ्यान दुर्घटना हुदा ३ बिदेशी सहित ४ को निधन ९ घाइते

कोरियाको खावन परान्तमा आज बिहान भएको भ्यान दुर्घटनामा बिदेशी ३ सहित ४ जनाको निधन र १२ जना घाइते भएका छन्

निधन हुनेमा थाइल्याण्डका ३ जना कामदार र एक कोरियन रहेको बताइएको छ . घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको कोरियाका समाचारमाध्यमले जनाएका छन् .

१६ जना बोकेको भ्यान कसरि दुर्घटना भयो भन्ने बारेमा अनुसान्धान भइरहेको छ.

Wednesday, July 17, 2019

कोरियन राष्ट्रपति मुनले माफी मागे




निकुञ्ज तिवारी
सउल १७ जुलाई २०१९
moon jae in, president

सन् २०२० सम्ममा कोरियाको न्युनतम ज्यालाा प्रतिघण्टा १०,००० वन बनाउने राष्ट्रपति मुन जे इनको रणनीति सफल हुन नसक्दा उनले सम्पूण मजदुरसमक्ष माफी मागेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

सन् २०१७ को राष्ट्रपतिय चुनाबमा राष्ट्रपति मुनले २०२० सम्ममा प्रतिघण्टा ज्याला १०,००० वन पु¥याउने चुनाबी एक एजेण्डा बनाएका थिए ।

राष्ट्रपतिय चुनाबी दौरानमा राष्ट्रपति मुनले आफु राष्ट्रपति निर्बाचित भएमा आगामी ३ वर्षभित्रमा मजदुरको न्युनतम ज्याला प्रतिघण्टा १०,००० वन बनाउनेमा जोड दिएका थिए ।

जुलाई १२ विहीबार सरकार, मजदुर र व्यवसायीबीच लामो छलफलपश्चात सन् २०१९ का लागि २.९ प्रतिशतले न्यूनतम पारिश्रमिक वृद्धि गर्ने निर्णय भएको थियो । 

बढेको ज्याला अगष्ट ५ मा संसदबाट पारित हुनुपर्ने छ । यदि पारित भएमा सन् २०१९ जनवरीदेखि डिसेम्बरसम्म लागुहुने श्रम तथा रोजगार मन्त्रालयले जनाएको छ ।

नयाँ पारिश्रमिक अनुसार प्रतिघण्टा ८,५९० वन (७.३२ डलर) हुनेछ । ¬यसवर्ष प्रतिघण्टा ८,३५० वन छ । 

जुलाईबाट कोरियामा विदेशीलाई निशुल्क कोरोना खोप, कसरि लगाउने ?

निकुञ्ज तिवारी सउल, २८ मे २०२१ दक्षिण कोरियामा बसोबासरत विदेशी नागरिकले पनि आउँदो जुलाई पहिलो साताबाट सरकारले निशुल्क उपलब्ध गराएको एस्टाजेन...